उदयपुरको दुवै स्थानमा माओवादीको उत्साह जित
पूर्णपुष्टि, १८ मंसिर ।
मंसिर १६ गते भएको उपनिर्वाचनले माओवादी उदयपुरलाई उत्साहित बनाएको छ । त्रियुगा १२ र बेलका ९ मा भएको उपनिर्वाचनको परिणाम माओवादीको पोल्टामा परेपछि उदयपुरमा माओवादीमा खुसी र उत्साह बढेको हो । दुवै वडामा गत ८९ को निर्वाचनमा कांग्रेसले जितेका थिए । यो उपनिर्वाचनमा भने कांग्रेसलाई तेस्रो स्थान र एमालेलाई दोस्रो स्थानमा सिमित गर्दै माओवादीले उत्साह जित निकाल्यो । यसोत माओवादीले उदयपुरमा मात्रै हैन देशभरनै उपनिर्वाचनमा सकरात्मक परिणाम ल्याएको छ ।
उदयपुरको दुई स्थान सँगै नेपालभर ११ स्थानमा माओवादीले जित निकालेको छ । उदयपुरमा भने दुवै वडा गत निर्वाचनमा कांग्रेसले जितेको थियो । यो पटक भने माओवादीको जितले एमाले र कांग्रेस चकितनै खाएका छन् । त्रियुगा १२ का माओवादी उम्मेदवार नविन बान्तावा राईले ९२३ मत ल्याउँदै प्रतिद्धन्दी एमालेलाई ३१५ मतान्तरले पछि पार्दै जित निकालेको हो । य...









