Tuesday, August 25News That Matters

समाचार

विपन्न परिवारलाई कटेलको राहत

विपन्न परिवारलाई कटेलको राहत

समाचार
पूर्णपुष्टि, बैशाख १२ गते । त्रियुगा नगरपालिका–१३ को विपन्न घरपरिवारलाई विकास कटेलले व्यक्तिगत रुपमा राहत वितरण गरेको छ । स्थानीय युवाहरु र टोलविकास संस्थाको समन्वयनमा विपन्न घरपरिवारलाई राहत वितरण गरेको हो । चामल, दाल, नुन र तेल लगायतका खाद्य सामाग्री राहत स्वरुप वितरण गरेको टोल विकास सस्थाले जनाएको छ । वडाका १६ विपन्न घरपरिवार राहत वितरण गरेको जनाएको छ ।...
विनासरी भुकम्प गएको ५ वर्ष पुरा, अझै पूनर्निर्माण पुरा भएन

विनासरी भुकम्प गएको ५ वर्ष पुरा, अझै पूनर्निर्माण पुरा भएन

समाचार
पूर्णपुष्टि, बैशाख १२ गते । २०७२ सालको विनासकारी भूकम्प गएको आज पाँच वर्ष पुरा भएको छ । तर अझै निजी आवास पुनर्निर्माण पुरा भएको छैन । पुर्ननिर्माणमा ८८ प्रतिशत प्रगति भएपनि कोरोना भाइरसका कारण लकडाउन लागू गरिएपछि पुनर्निर्माण प्रभावित भएको हो । बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ म्याग्नेच्यूडको भूकम्प गएको थियो । उक्त भूकम्पले देशभरको आड हजार सात सय ९० मानिसको मृत्यु भएको थियो भने २० हजार भन्दा बढी घाइते भएका थिए । भूकम्पकाले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर गरी १४ लिल्लामा सबैभन्दा बढी क्षति भएको थियो । भूकम्पले नेपालको ३२ जिल्लामा मानविय क्षतिसँगै घर, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सार्वजनिक भवन, सडक, खानेपानी लगायतका पूर्वाधारमा ठूलो क्षति भएको थियो । ...
प्रशासनद्वारा जनकपुरको मस्जिद अनुगमन

प्रशासनद्वारा जनकपुरको मस्जिद अनुगमन

समाचार
पूर्णपुष्टि, बैशाख १२ गते । जनकपुरको मस्जिद र मदरसाहरुको प्रशासनले अनुगमन गरेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौतलाको नेतृत्वमा संयुक्त सुरक्षा टोलीले जनकपुरधाम नगर भित्रका दर्जनौ मस्जिद र मदरसाहरुको अनुगमन गरेको हो । कोरोना संक्रमितहरु मस्जिद र मदरसामा लुकेको चर्चा चलिरहेको अवस्थामा प्रशासन र मुस्लिम समुदायका अगुवाहरूसँगको समन्वयमा अनुगमन गरेको थियो । नगर क्षेत्र भएका मस्जिदहरुको अवस्था र त्याहा बसेका व्यक्तिहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रशासनले जनाएको छ  । अनुगमनको क्रममा मस्जिदहरुमा नवाज पढ्दा पनि सामाजिक दूरी कायम गरिएको पाईएको प्रशासनले जनाएको छ । उदयपुरको मस्जिदमा रहेकाहरुमा कारोना पोजिटिभ देखिएपछि अहिले देशभरका मस्जिद र मदरसामा अनुगमन थालिएको छ ।...
वर्ल्डभिजनले उदयपुरमा दियाे ३० पिपिइ सेट, चार थर्माेगन

वर्ल्डभिजनले उदयपुरमा दियाे ३० पिपिइ सेट, चार थर्माेगन

समाचार, स्वास्थ्य
उदयपुर, बैशाख १२ ।  जिल्लामा पिपिइ सेट (व्यक्तिगत सुरक्षा सामग्री) को अभाव भइरहेको बेला वर्ल्डभिजन ईन्टरनेशनल नेपालले जिल्ला विपद् व्यावस्थापन समिति उदयपुरलाई ३० सेट हस्तान्तरण गरेको छ । वल्र्डभिजनले शुक्रबार ज्वरो नाप्ने चारवटा थर्मोमिटर गनसहित ३० थान पिपिइ सेट विपद् समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिपक पहाडीलाई हस्तान्तरण गरेको हो । कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा न्युनिकरणको लागी थप सहयोग पु¥याउने लक्ष्यका साथ ६ लाख १५ हजार ६९ रुपैया बराबरका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको वल्र्डभिजनका प्रतिनिधि अजयकुमार साहले बताउनुभयो । वल्र्डभिजनको सहयोगमा त्यसका जिल्ला साझेदार संस्थाहरु हुरेन्डेक, जाल्पा एकिकृत विकास समाज र नेस्पेक उदयपुरको समन्वय र सहकार्यमा सामग्री हस्तान्तरण भएको हो । । जिल्ला प्रशासन कार्यालय परिषरमै सामान हस्तान्तरण भएको थियो । कार्यक्रममा जिल्ला सम...
काेराेना विरूद्ध गाउँमा उदाहरणीय काम

काेराेना विरूद्ध गाउँमा उदाहरणीय काम

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख १२ । उदयपुरको त्रियुगा नगरपालिका ६ को एउटा गाउँमा गाउँलेहरुले कोरोना संक्रमण विरुद्धको अभियान उदाहरणीयरुपमा सञ्चालन गरेका छन् । उनीहरुले बोझे, मोहनपुर, माटिखेर गाउँलाई समेटेर गाउँमै थन थर्मोमिटरले ज्वारो नाप्ने, कोरोना संक्रमणबारे जनचेतना दिने काम गरिरहेका छन् । घरेलु तथा साना उद्योग महासंघ उदयपुरसंगको व्यवस्थापन र स्थानीय युवाहरुको सक्रियतामा थालिएको कार्यले स्थानीय खुसी बनेका छन् । गाउँलेहरु र बटुवाहरु समेतलाई ज्वारो नाप्ने र कोरोनबारे सचेतना दिने गरेको घरेलु तथा साना उद्योग महासंघ उदयपुरका अध्यक्ष मधुकर थापाले बताउनुभयो । गाउँलाई कोरोना संक्रमण हुनबाट बचाउन र लापरवाहीलाई रोक्न यस्ता अभियान थालिएको युवाहरुको भनाई छ । यस्तो कार्य थालिएपछि गाउँमा लापरवाहीपन हट्नुका साथै जाँडरक्सी खाएर होहल्ला गर्ने क्रम रोकिएको छ । गाउँभित्रै रहेको केके लाइम फ्याक्ट्रीले ज्वा...
खड्काको नेतृत्वमा मानव अधिकार अनुगमन समिति  गठन

खड्काको नेतृत्वमा मानव अधिकार अनुगमन समिति गठन

समाचार
पूर्णपुष्टि, बैशाख १२ गते । कोरोना भाईरस (कोभिड–१९) बाट उत्पन्न परिस्थितमा मानव अधिकारको अवस्था अनुगमन गर्न जिल्ला स्तरीय मानव अधिकार अनुगमन समिति गठन गरिएको छ । समितिका सदस्य सचिब सुमन परियारद्धारा शुक्रबार जारी विज्ञप्तिमा नेपाल पत्रकार महासंघ उदयपुर शाखाका अध्यक्ष भरत खड्काको संयोजकत्वमा ५ सदस्यीय जिल्ला स्तरीय मानवअधिकारी अवस्था अनुगमन समिति गठन गरिएको हो । समितिको संदस्यमा नेपाल वार एशोसियसनका अध्यक्ष श्यामानन्द चौधरी, गैरसरकारी संस्था महासंघका अध्यक्ष सुमन परियार, एकल महिला जिल्ला संजालकाका अध्यक्ष शोभा दाहाल र शान्ति समाज केन्द्रका महासचिब सन्तोष बस्नेत रहेका छन् । समितिको सदस्य सचिबको जिम्वेवारी गैससका अध्यक्ष परियारलाई दिइएको छ । कोभिड–१९ बाट उत्पन्न वर्तमान जटिल परिस्थतिमा मानवअधिकारको अवस्था अनुगमन गर्न राष्ट्रिय मानवअधिकार आयोग, नेपाल पत्रकार महासंघ, नेपाल बार एशोसि...
लडेर १ जना जेष्ठ नागरिकको मृत्यु

लडेर १ जना जेष्ठ नागरिकको मृत्यु

समाचार
पाँचथर बैशाख १२ गते । पाँचथरमा लडेर एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ । मिक्लाजुङ–६ कन्याटार निबासी ९० बर्षीय सुरेन्द्र राईको लडेर मृत्यु भएको हो । आफ्नै घर नजिक रहेको बारीमा घाँस काट्ने क्रममा दिउँसो साढे १ बजे अचानक लडी करिब ६ मिटर तल खसेर राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनसाथ तत्काल प्रहरी टोली घटना स्थल तर्फ गएको र घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।...
सामुहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

सामुहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

समाचार
मोरङ, बैशाख १२ गते । मोरङमा सामुहिक जबरजस्ती करणी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । राती बुढिगंगा गाउँपालिकाकी एक बालिकालाई समुहिक जक गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले ४ जनालाई पक्राउ गरेको हो । गत माघ १५ गते राती बुढी गंगाकी बालीकालाई जबरजस्ती सामुहिक करणी गरेको आरोपमा १६ वर्षीय दुई जना बालक सहित बुढिगंगा गाउँपालिका–६ का १९ बर्षीय सन्देश लिम्बु र २१ बर्षीय टंके भन्ने कुमार राईलाई प्रहरीले बुधबार पक्राउ गरेको जनाएको छ । पक्राउ परेका ४ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
भुल्केमा १२५ काे स्वास्थ्य परिक्षण, कोरोना लक्षण देखिए

भुल्केमा १२५ काे स्वास्थ्य परिक्षण, कोरोना लक्षण देखिए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख १२ ।        कोरोना संक्रमित स्थान भुल्केमा आज भएको स्वास्थ्य परिक्षणमा कसैको पनि कोरोना संक्रमणको लक्षण फेला परेन । सामान्य स्वास्थ्य शिविरकै रुपमा गरिएको स्वास्थ्य परिक्षणमा भुल्केका एकसय २५ जनाको स्वास्थ्य परिक्षण भएकोमा कसैमा पनि कोरोनाको लक्षण देखा नपरेको जिल्ला अस्पताल उदयपुरका प्रमख डाक्टर निमित्त मेडिकल सुपरिटेनडेन्ट जिवनारायण मण्डलले जानकारी दिनुभयो । त्यहाँ ७३ महिला र ५२ पुरुष गरी १ सय २५ जनाको स्वास्थ्य जाँच भएको उहाँले बताउनुभयो ।        स्वास्थ्य जाँच गराएकाहरुमा प्रेसर, सुगर र अन्य सामान्य विमारीहरु आएका थिए । केही गर्भवतीको पनि चेक भएको थियो । चेकमा गम्भिर अवस्थाको विरामी नभएको डाक्टर मण्डलले बताउनुभयो । विशेष गरी उक्त ठाउँ कोरोना संक्रमित स्थान भएपनि चेकमा आएका मानिसहरु कसैमा कोरोनाको लक्षण नदेखिएको उहाँले बताउनुभयो । कोरोनाको लक्षण भेटिएको अवस्थामा अस्प...
कोरोना संक्रमित फेला परेपछि गाउँपालिका ‘सिल’

कोरोना संक्रमित फेला परेपछि गाउँपालिका ‘सिल’

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १२ गते ।  भोजपुरको हतुवागढी गाउँपालिकामा कोरोना संक्रमित फेला परेपछि गाउँपालिका ‘सिल’ गरिएको छ । हगापा–६ होम्ताङ्गका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिका प्रवेश, बाहिरिन तथा आवतजावतमा पूर्ण रुपले बन्द गरिएको प्रशासनले जनाएको छ । आज बसेकोे जिल्ला कमाण्ड पोष्टको बैठकले धनकुटा, उदयपुर, खोटाङ र संखुवासभाबाट जिल्लामा प्रवेश गर्ने सबै नाकाहरूमा थप सुरक्षाकर्मी परिचालन  गरेर कडाइ गर्ने निर्णय समेत गरेको जिल्ला प्रशासन भोजपुरले जनाएको छ । गत फगुन ३० गते साउदी अरबबाट काठमाडौं हुँदै होम्ताङ्ग घर आइपुगेको थियो । उनको ‘ट्राभल हिस्ट्रि’ र ‘कन्ट्याक्ट ट्रेसिङ’ को आधारमा परीक्षणको दायरा बढाउनेबारे छलफल भएको थियो । उनका परिवारका सदस्य र सम्पर्कमा रहेकाहरू र वरपरको क्षेत्रमा कोरोना परीक्षणको लागि विज्ञ चिकित्सकसहित आरडीटी किट, पीपीई सेट, स्यानिटाइजर, एन–९५...