Monday, August 24News That Matters

समाचार

प्रहरीकाे नयाँ कारवाही सवारीकाे हावा खाेलिदिने

प्रहरीकाे नयाँ कारवाही सवारीकाे हावा खाेलिदिने

समाचार
पूर्णपुष्टि, चैत १४ । उदयपुरमा लकडाउनकाे अबज्ञा गर्ने सवारी साधनलाई नयाँ कारवाही स्वरुप प्रहरीले हावा खाेलिदिएका छन् । चाैथाे दिन अाज लकडाउन अबज्ञा गर्ने केही माेटरसाईकलकाे प्रहरीले हावा खाेलिदिएकाे हाे । निरन्तर कडाई गर्दा पनि अटेर गरि चलाएकाे पाइएपछि हावा खाेलिदिएकाे प्रहरीले जनाएकाे छ । प्रहरीले हावा खाेलेर गुड्न नसक्ने अबस्थामा जहाकाे तहि छाडिदिने गरेकाे छ । नियन्त्रण र कारवाहिले मात्र नभएपछि नयाँ कारवाहीस्वरुप हावा खालिदिएकाे प्रहरीकाे भनाई छ । चाैथाे दिन प्रहरीले एक स्कुटिसहित ७ माेटरसाईकलकाे हावा खालिदिएकाे छ । साथै ४ साईकल, १ ट्याक्टर गरि पाँच सवारि साधन नियन्त्रणमा परेका छन् भने ५ वटा माेटरसाईकलकाे चावी नियन्त्रणमा परेकाे जिल्ला प्रहरी प्रमुख एसपी बिरबहादुर बुढा मगरले बताउनुभयाे । लकडाउनकाे पालना र काेराेना भाइरस संक्रमणप्रतिकाे सचेतना बढेसंगै सवारी साधन कारवाहीमा कमी अाएकाे...
लिम्चुङ्बुङका चार स्थानमा हेल्पडेक्स स्थापना गर्ने

लिम्चुङ्बुङका चार स्थानमा हेल्पडेक्स स्थापना गर्ने

समाचार, स्वास्थ्य
मिलन परियार, चैत १४ बिश्वब्यापी रुपमा फैलियको नोबेल कोरोना भाईरस ९कोभिड १९ ०ले अहिले बिस्वभर आतंक मच्चाएको छ । बिस्वका धेरै देस ले लकडाउन नै गरेर नागरिक हरुलाई घर बाट निस्कन प्रतिबन्ध गरेका छ्न । फ्रान्स बाट कोरोना भाइरस संक्रमित युवती संगै कतार एयरवेज फ्लाईट बाट ४ गते लिम्चुङ्बुङ गाँउ पालिका ३ बाराहा का एक युवा काठमाडौ देखि उदयपुर गाईघाट हुँदै लिम्चुङ्बुङ आईपुगेका छन । जहाज मा आएकी युवती लाई कोरोना भाईरस संक्रमण भएको पुष्टि भएपछि उनै संग आएका यात्री को खोजी का क्रम मा ती ब्याक्ती लिम्चुङ्बुङ मा भेटिएका हुन । अहिले उन लाई होम क्वारेन्टाइन मा राखिएको गाउँ पालिका ले जनाएको छ । काठमाडौ बाट उदयपुर आएर आईसुलेसनमा नबसी घरमा नै बसेको र गाउँ घर मा हिडडुल गरेको भेटघाट मा समेत सामेल भएको थाहा पाए पछि लिम्चुङ्बुङ गाउँ पालिका ले आकस्मिक कार्यपालिका बैठक राखी महत्त्वपूर्ण निर्णय गरेको छ। लिम्चुङ्बुङ गा...
याे समय रमाइलो गर्ने र पाहुना जाने समय हाेइन : प्रजिअ

याे समय रमाइलो गर्ने र पाहुना जाने समय हाेइन : प्रजिअ

समाचार
पूर्णपुष्टि, चैत १४ गते ।  स्थानीय प्रशासनले उदयपुर जिल्लामा सुरक्षा चेकजाँच र सतर्कताका लागि कडाइ गरेसंगै चाैथाे दिन नागरिकहरूबाट लकडाउनकाे पालना देखिएकाे छ ।  नागरिकहरू सबैखाले काम छाडेर घर बसेका छन् । पालिकाहरूले गाउँगाउँमा कडाइ गरेकाले गाउँघर तिर पनि लकडाउनकाे पालना बढेकाे छ । केही नागरिकहरूले अडेरी र लापरवाहीपन देखाएकाले प्रहरीले लाठीचार्जसमेत गर्नु परेकाे थियाे । गाइघाट बजारकाे अासपासका गाउँसम्म पुगेर प्रहरीले कडाइ गर्नुका साथै लाठीले तर्साउने कामसमेत गरेकाे छ । यसैबीच याे समय रमाइलो गरि हिड्ने, पाहुनापाछा जाने नभएको प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले बताउनु भएकाेछ। नागरिकहरुले आफैले पनि उच्च सतर्कता अपनाउनु पर्ने र कोरोना भाईरस जस्तो विश्वलाई समस्या ग्रस्त बनाइरहेको भाईरलबाट बच्नु पर्ने भएकाले यसबेला कोहि कसैले पनि रमाइलोका लागि गतिविधि नगर्न र पाहुना जाने आउनेजस्ता कामहर...
नागरिकले लकडाउन बुझ्दै, जिल्लामा विशेष कमाण्ड पोष्ट गठन

नागरिकले लकडाउन बुझ्दै, जिल्लामा विशेष कमाण्ड पोष्ट गठन

समाचार
पूर्णपुष्टि, चैत १३ उदयपुरका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले लक डाउनको तेस्रो दिन देखि वास्ताविक लकडाउनको अवस्था देखिन थालेको बताउनु भएको छ । पहिलो दिन भन्दा दोस्रो दिन र दोस्रो दिन भन्दा आज तेस्रो दिन मानवीय गतिविधि तथा सवारी सञ्चालन ठप्प बनेको उहाँले बताउनुभयो । विस्तारै नागरिकहरुमा लकडाउनको अर्थ बुझाई र कोरोना भाईरसको संक्रमण प्रति सचेतना बढ्दै गईरहेकोले लकडाउन पालना देखिएको उहाँको भनाई छ । प्रशासनको तर्फबाट लकडाउन पालनाकोे निम्ति नागरिकहरुलाई कडाई गरिराखिएको छ । लकडाउन अवज्ञा नगर्न आह्वान गर्दै अनावश्यक हिडडुल सवारी सञ्चालनमा पूर्ण प्रतिवन्ध लगाईएको छ । जिल्ला प्रवेशका नाकाहरुमा विषेश सुरक्षा जाँच सहित प्रवेश निषेधमा कडाई गरिएकोे छ । अटेर गरी बाहिर देखिएका सवारी साधन र मानिसलाई प्रहरीले कार्वाही गरिरहेको छ । जिल्ला प्रहरी प्रमुख एसपी वीर बहादुर बुढामगरले लकडाउन पालनाम...
कटारीको  बेलस्रोत करेन्टाइनमा थप ६ जना थपिए

कटारीको बेलस्रोत करेन्टाइनमा थप ६ जना थपिए

समाचार
 पूर्णपुष्टि/कटारी, चैत्र १३ कटारीको त्रिवेणी बेलस्रोत आर्मि व्यारेक करेन्टाइनमा बिहिबार थप ६ जना थपिएको छ । रोजगारको शिलशिलामा झापा नाका हुदै भारतको शिलगुढी बाट आएका लिम्चुङबुङ गाउँपालिका ४ का ३ जना र त्रियुगा नगरपालिका १५ का २ जना र त्रियुगा नगरापालिका ७ का १ जना गरी तीन पुरुष र तीन महिलालाई करेन्टाइनमा राखिएको सुरक्षा स्रोतले जनाएको छ । बुधबार पहिलो लटमा २१ जना आएको मध्ये १ जनालाई हस्पिटलमा र २० जनालाई भने करेन्टाइनमा राखिएको थियो । दोस्रो लटमा आएको थप ६ जना गरी २६ जना क्वारेन्टाइनमा राखिएको स्रोतले जनाएको छ । झापा प्रहरीको प्रत्यक्ष निगरानीमा उनिहरुलाई कटारीको वेलस्रोतको क्वारेन्टाईनमा ल्याइएको हो । १४ दिन सम्म क्वारेन्टाइनमा राखेर स्वास्थ्य परिक्षण स्वास्थ्यलाई घर पठाउने र संङखा भए थप उपचारमा लाने स्रोतले बताएको छ ।    ...
लक डाउनको तेस्रो दिन गाईघाट बजारमा सर्वसाधारणहरुलाई समेत हिड्न प्रतिबन्द

लक डाउनको तेस्रो दिन गाईघाट बजारमा सर्वसाधारणहरुलाई समेत हिड्न प्रतिबन्द

समाचार
पूर्णपुष्टि/गाईघाट, चैत्र १३ अहिले नेपाल लगाएत थुप्रै देशहरु लकडाउनको अवस्थामा छ । कोरोना भाईसका कारण विश्व नै सुरक्षित हुनु पर्ने अवस्थामा नेपालमा पनि आज ३ दिन भएको छ लकडाउन को अवस्था यसै क्रममा उदयपुर लगाएत सदरमुकाम गाईघाट बजारमा पनि लकडाउन कडाई पारिदैँ आएको छ । लक डाउनको तेस्रो दिन गाईघाटमा झनै कडाईका साथ बजार तथा घर बाहिर सर्वसाधरणलाई समेत हिड्ड प्रतिवन्ध लगाइएको छ । अति आश्यक व्यक्तिहरुलाई मात्र बाहिर हिड्न दिने र काम विषेशका व्यक्तिहरुलाई सुरक्षितका साथ हिड्न दिएको अवस्था छ । एतिवेला सरकार, प्रशासन, प्रहरीले भन्दानि हामि आफैले पनि बुझ्न जरुरी देखिएको अवस्था छ । कोरोना आफै आउने होइन हामि आफैले ल्याउने अवस्था हुन सक्ने भएको भन्दै यसलाई नियन्त्रण र प्रवेशमा रोक लगाउन सरकारले अहिले नेपाललाई लक डाउनको अवस्था सम्म पुराउनु पर्ने अवस्था आएको छ । बजार लागाएत सवारी साधनहरु ठप्प छ ब...
सूचनाको हकका अभियानताहरुलाई सुरक्षित भएर काम गर्न अपिल

सूचनाको हकका अभियानताहरुलाई सुरक्षित भएर काम गर्न अपिल

समाचार
पूर्णपुष्टि, चैत १२ । सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपालले सूचनाको हकका अभियानताहरुलाई कोरोना भाइरसको सक्रमणबाट बचेर अभियानमा संलग्न हुन र सर्बसाधारणको सुरक्षाका लागि पहल गर्न आव्हान गरेको छ । भिडभाडबाट टाढै रहेर विभिन्न सञ्चारका माध्यमहरुबाट सूचना संकलन र सम्प्रेक्षण गर्न सकिने भन्दै सर्बसाधारणको सूचनाको हकका लागि काम गर्न आव्हान गरेको छ । सरकारले सतर्कताका निम्ति जारी गरेको सूचना तथा सन्देशहरुलाई सही र प्रभावकारी ढंगले प्रवाहमा भूमिका खेल्न सकिने भन्दै सुरक्षितरुपमा आप्mना भूमिका निर्वाह गर्न अपिल गरिएको छ । संयोजक उम्मीद वाग्चन र सदस्यसचिव अजयकुमार साहद्वारा हस्ताक्षरित अपिलपत्रमा आजसम्ममा विश्वभरमा करिब १४ हजार ६ सय ५२ जनाको ज्यान गएको र करिब ३ लाख ३५ हजार प्रभावित भएको जनाइएको छ । करिब १ लाख २ हजारले उपचारबाट स्वस्थ्य लाभ भई फर्केको विश्व स्वस्थ्य संगठनको प्रतिवेदनलाई उ...
भारतबाट फर्केका २१ उदयपुरे मध्ये २० लाई करेन्टाइनमा राखियो, १ लाइ अस्पतालमा

भारतबाट फर्केका २१ उदयपुरे मध्ये २० लाई करेन्टाइनमा राखियो, १ लाइ अस्पतालमा

समाचार
पूर्णपुष्टि, चैत १२ ।  कोरोना भाइरसको संक्रमणबाट उच्च सतर्कताका लागि घोषणा भएको लकडाउनको दोस्रो दिन भारतको सिलगुडीबाट नेपाल फर्किएका उदयपुरका २१ जनालाई नेपाल प्रहरीले उच्च सतर्कताका साथ जिल्ला ल्याएको छ । झापा प्रहरीको प्रत्यक्ष निगरानीमा उनीहरुलाई उदयपुरको कटारीसम्म ल्याइएको छ । कारोना भाइरस संक्रमणको आशंकाले उनीहरुलाई कटारी नगरपालिकाको त्रिवेणी बेलसोतस्थित नेपाली सेनाले निर्माण गरेको करेन्टाइनमा राखिएका छन् । उनीहरुमध्ये एकजनामा ज्वरो देखिएकाले उनको भने कटारी अस्पतालमा राखेर उपचार भईरहेको जनाइएको छ । सुरक्षास्रोतका अनुसार उनीहरु धेरैजसो ताप्ली गाउँपालिकाका रहेका छन् । उदयपुरगढीका ३ जना र रौतामाई गाउँपालिकाका १ जना रहेका छन् । सबैजसो भारतको सिलगुडीमा मजदुरी गर्न गएका बुझिएको छ । एकजना नक्सालगढीमा मजदुरी गर्न गएको बुझिएको छ । उनीहरुलाई १४ दिनसम्म करेन्टाइनमा राखेर स्वस्थ्य परिक...
दोस्रो दिन थप कडाई, १५१ सवारी साधन नियन्त्रणमा

दोस्रो दिन थप कडाई, १५१ सवारी साधन नियन्त्रणमा

समाचार
पूर्णपुष्टि, चैत १२ गते । उदयपुरमा लकडाउनको दोस्रो दिन पुरा कडाई गरिएको छ । प्रहरी कडाईकाबीच लकडाउनलाई अवज्ञा गरी सञ्चालन भएका १ सय ५१ वटा सवारी साधन प्रहरी नियन्त्रणमा परेका छन् । सवारी साधनमा साईकल पनि ठूलो संख्यामा नियन्त्रणमा परेका छन् । ७५ वटा स्कुटी तथ मोटरसाईकल, ७ वटा अटो, ६९ वटा साईकल र चारपांग्रे गाडी १ वटा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । नियन्त्रणमा परेका सवारी साधनहरु लकडाउन अवधीभर नछाडिने जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले बताउनुभयो । पहिलो दिन लकडाउन अवज्ञा गर्ने ४ सय ६३ सवारी साधन नियन्त्रणमा परेको र सर्बसाधारणलाई बढि नै चेतावनी दिनु परेपछि दोस्रो दिन विहानैदेखि कडाई गरिएको हो । बजार र सडकमा तैनाथ सुरक्षाकर्मीहरुले अनावश्यक हिडडुल गर्नेलाई जताबाट आएको उतै फर्काइरहेको छ भने विशेष काम बाहेक निस्किएका सवारी साधनहरुमा साईुकल समेतलाई कारवाहीका ...
कोरोनाविरुद्ध रौतामाईको उच्च सतर्कता, आइस्योलेशन र काेष स्थापना

कोरोनाविरुद्ध रौतामाईको उच्च सतर्कता, आइस्योलेशन र काेष स्थापना

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत १२ । उदयपुरको रौतामाई गाउँपालिकाले कोरोना भाइरस विरुद्धको उच्च सतर्कता अपनाउदै स्वास्थ्यचौकी मुर्कुचीमा आइस्योलेशन स्थापना गरेको छ । साथै पालिकाका स्वास्थ्यचौकीहरुमा हेल्पडेक्सहरु राखिएका छन् । स्वास्थ्य चौकीका स्वास्थयकर्मीहरुलाई व्यक्तिगत सुरक्षाका साधनहरु उपलब्ध गराईएको छ । आवश्यकता अनुसार भुट्टार र रौताको स्वास्थ्यचौकीमा पनि आइस्योलेशन स्थापना गरिने पालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताउनुभयो । अध्यक्ष खड्काले पालिकामा संक्रमण बढेमा नियन्त्रण तथा उपचारमा टेवा पुर्याउन कोषको पनि स्थापना गरिएको बताउनुभयो । कोषमा पालिकाको विपद् व्यवस्थापनबाट ५ लाख, जनप्रतिनिधिरुको पाँचदिनको सुविधा, कर्मचारीहरुको एकदिनको सुविधा गरी करिब १० लाखको कोष स्थापना गरिएको छ । कोषलाई आवश्यकता अनुसार बृद्धि गर्दै जाने उहाँले बताउनुभयो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले पाल...