Sunday, August 23News That Matters

समाचार

मोटरसाईकल दुर्घटना १ जनाको मृत्यु

मोटरसाईकल दुर्घटना १ जनाको मृत्यु

समाचार
सुनसरी, फाल्गुन १ गते । सुनसरीको भोक्राहा नरसिंहमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । भोक्राहा नरसिंह गाउँपालिका–८ सोनीयाई टोलमा भएको दुर्घटनामा सवतादेवी यादवको मृत्यु भएको हो । दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको स ३ प ७०१२ नम्बरको मोटरसाईकल बुधवार दिउँसो ३ बजे आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक स्थानीय ४५ बर्षीय शिवनारायाण यादव र उनको श्रीमती ४० बर्षीया सबितादेवी घाईते भएको प्रहरीले जनाएको छ । घाईते दुबै जनालाई उपचारको लागि बिराटनगरको न्यूरो अस्पताल पठाईएकोमा उपचारको क्रममा सबितादेवी दिउँसो पौने ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।...
आज सुनको भाउ बढ्यो

आज सुनको भाउ बढ्यो

आर्थिक, समाचार
फागुन १ गते । आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ । बिहीबार सुनको भाउ तोलाको ७६ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलामा दुई सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ७५ हजार सात सय रुपैयाँमा झरेको थियो । यस्तै चाँदीको तोलामा पाँच रुपैयाँ बढेर तोलाको आठ सय ८० रुपैयाँ पुगेको छ ।...
दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सुरु

दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सुरु

समाचार, स्वास्थ्य
फागुन १ गते । आजबाट ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई लगाईने दादुरा रुवेला विरुद्धको खोप अभियान सुरु भएको छ । दुई चरणमा संचालन हुने अभियान अन्र्तगत पहिलो चरणको अभियानमा प्रदेश न. १, २ र ५ मा अभियान विहिबारदेखि सुरु भएको हो । दुई चरणमा संचालउक्त अभियानमा करिब ३० लाख बालबालिकालाई खोप दिइने भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । सन् २०२३ सम्ममा नेपालबाट दादुरा र रुबेला निवारण गर्ने लक्ष्यका साथ अभियान संचालन गरेको मन्त्रालयले जनाएको छ । एक महिनासम्म संचालन हुने अभियानमा सवै बालबालिकालाई खोप लगाउन सरकारले आग्रह गरेको छ । आगामी चैत्र १ गतेबाट दोस्रो चरणको अभियान वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा संचालन हुने मन्त्रालयले जनाएको छ ।...
ट्रकको ठक्करबाट १ को मृत्यु १ जना घाईते

ट्रकको ठक्करबाट १ को मृत्यु १ जना घाईते

समाचार
मोरङ, माघ २९ गते । मोरङको बेलवारीमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा ट्रकको ठक्करबाट स्कुटरमा सवार दिलबहादुर खड्काको मृत्य भएको हो भने नरबहादुर खड्का घाईते भएका हुन् । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ८६८० नम्बरको ट्रकले बिपरीत दिशाबाट आउँदै गरेको को ४० प ११७ नम्बरको स्कुटरलाई बिहान पौने १० बजे ठक्कर दिंदा स्कुर चालक बेलवारी नगरपालिका–१ निबासी ५५ बर्षीय नरबहादुर घाईते भएको छ भने उक्त स्कुटरमा पछाडी सवार रहेका ५९ बर्षीय दिलबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका दुवै जनाको उपचारको लागि बिराटनगरको न्युरो अस्पताल पठाईएकोमा उपचारको क्रममा दिलबहादुरको पौने १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय वेलवारीले जनाएको छ । ट्रक र ट्रक चालकलाई प्रहरी चौकी डाँगीहाटले नियन्त्रणम...
मेचि महाकाली शान्ति यात्राका अभियान्तालाई विदाई

मेचि महाकाली शान्ति यात्राका अभियान्तालाई विदाई

पर्यटन, समाचार
गाईघाट/माघ, २९ पर्यटन प्रवद्र्धन तथा सामाजिक शान्ति अभियान २०७६ लाई सफल बनाउने भन्दै शारिर अपाङगता भएका नारायणभक्त कार्की अहिले मेचि महाकाली शान्ति यात्राको दौरानमा हुनुहुन्छ । पर्यटन बर्ष २०२० लाई सफल पार्ने भन्दै राष्ट्रको निमित्त आफु यस अभियान हिडिरहेको उहाँको भनाई छ । उनलाई अपाङग विकास संघ उदयपुरले जिल्ला समन्वय समितिको हलमा पत्रकार सम्मेलन गरी बुधबार सफल यात्रको विदाई गरेको छ । त्रियुगा नगरपालिका वडा नं ५ सिरपुरका कार्की ३ बर्षको हुदा पोलियो रोगबाट ग्रसित भई देव्रे गोडामा समस्या देखा परेको थियो । आफु शारिरक अपाङगता भएपनि देश र राष्ट्रको लागि १६ दिने यात्रामा रहेको कार्कीले बताउनुभयो । उनले मेचि महाकालीको दौरानमा बिभिन्न ठाउँहरुमा पुग्ने बताउनुभयो । बुटवल, स्याङजा, पोखरा, काठमाण्डो, सिन्धुली खुरर्कोट हुदै कटारी बाट उदयपुरको प्रमुख गन्तव्य स्थल उदयपुरगढी सम्म आफ्नो यात्रा रहने बताउ...
ट्याक्टरबाट लडेर सह–चालकको मृत्यु

ट्याक्टरबाट लडेर सह–चालकको मृत्यु

समाचार
झापा, माघ २९ गते । झापाको शिवसताक्षीमा ट्याक्टरबाट लडेर सह–चालकको मृत्यु भएको छ । मोरङ टाँडी निबासी २३ बर्षीय मनित लिम्बुको ट्याक्टरबाट लडेर मृत्यु भएको हो । शिबसताक्षी लालझोडा स्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तर तर्फ जांदै गरेको मे १ त ४५४४ नम्बरको ट्याक्टरमा सवार सह–चालक लिम्बु मंगलबार बेलुका ७ बजे अचानक ट्याक्टरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरबाट लडेर घाईते भएको लिम्बुको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कायालय झापाले जनाएको छ ।...
आज  विदेशी मुद्राको भाउ घट्बढ

आज विदेशी मुद्राको भाउ घट्बढ

आर्थिक, समाचार
माघ २९ गते । आज विदेशी मुद्राको भाउ घट बढ भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डरल १ कोे खरिददर १ सय १३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ३६ पैसा तोकेको छ । त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा तोकेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा रहेको थियो । त्यस्तै ओमानी रियाल १ को खरिददर २ सय ९५ रुपैयाँ ८३ पैसा तोकेको छ । हिजो खरिददर २ सय ९७ रुपैयाँ २९ पैसा रहेको थियो । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १४ पैसा रहेको थियो । त्यस्तै मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५२ पैसा र र बिक्रीदर २७ रुपैयाँ ६६ पैसा तोकेक...
सवारी दुर्घटनामा चालकको मृत्यु

सवारी दुर्घटनामा चालकको मृत्यु

समाचार
मोरङ, माघ २८ गते । मोरङको बुढिगंगामा मोटरसाईकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । बुढिगंगा–५ को भित्रि सडकमा दुर्घटनामा सुनसरी दुहबी–८ निबासी २७ बर्षीय दिपेश चौधरीको मृत्यु भएको हो । अन्नपुर्ण सिमेन्ट फ्याक्ट्री अगाडी भित्री सडकखण्डमा उतरबाट दक्षिण तर्फ जादै गरेको को २७ प ८३६७ नम्बरको मोटरसाईकल हिजो राती ११ बजे अनियन्त्रीत भई बिजुलीको पोलमा ठोकिएर दुर्घटना हुदा चौधरीले मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएको चौधरीको बिराट नर्सिङहोम बिराटनगरमा उपचारको क्रममा बिहान पउने ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
४५ दिने कुसन सिलाई तालिम सञ्चालन

४५ दिने कुसन सिलाई तालिम सञ्चालन

समाचार
गाईघाट/माघ, २८ गाईघाटमा ४५ दिने कुसन तालिम संञ्चालन भईरहेको छ । नेपाल घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा तालिम सञ्चालन भईरहेको हो । नेपाल कपडा तथा सिलाई व्यवसायी संघको कार्यलय जगत भवन स्थित तालिम संञ्चालन भईरहेको छ । तालिममा सोफा तथा सजावटका लागि कुसन लगाएत अन्य खादा र कपडाहरु उत्पादनको सिलाई तालिम भईरहेको छ । तालिमा १० जनाले सहभागी जनाएको छ । तालिमा उत्पादन भएको कुनै पनि सामाग्रीहरु होलसेलमा बिक्रि गरिने प्रशिक्षक ज्ञानु श्रेष्ठले बताउनुभयो । श्रेष्ठले सबैखालको कपडाहरुको उत्पादन सँगै सिप सिकाएर आत्मानिर्भर बनाउने भन्दै तालिम संञ्चालन तथा प्रशिक्षण गराई रहेकीे बताउनुभयो । तालिममा बिषेश गरी ढाकाको आइटम उत्पादन भईरहेको छ । तालिमको उद्घाटन घरेलु तथा साना उद्योग विकास समिति उदयपुर शाखाको निमित प्रमुख पाक्रम खाले गर्नुभएको थिायो । फोटो फिचर...
सडकको अभावमा पहाडको बाँस दाउँरा

सडकको अभावमा पहाडको बाँस दाउँरा

आर्थिक, समाचार
उदयपुर, माघ २७ गते । सडकको अभावले पहाडी भेगका बाँस दाउँरामा परिणत भएको छ । रौतामाई गाउँपालिका–५ को विभिन्न गाउँ बस्तिका करोडौँको बाँसले बजार नपाउँदा दाउरामा परिणत भएको हो । भान्सादेखि आवाससम्म प्रयोग हुने बाँस सडकको अभावमा खेर गईरहेको छ । रौतामाईको धोद्रे, खाँनिडाँडा, ढाँड, गुरासे लगायतका गाउँ बस्तिमा करोडौँको आगो बाल्न दाउँरा भएको छ । गाउँमा उत्पादन भएको बाँस सहरसम्म पु¥याउन सके निकै महंगोमा विक्रि वितरण हुन्छ । सडकको पहुच नपुग्दा गोठ बनाउन, मतान छाउन, बार बार्न र दाउरा पोल्न मात्रै काम लागेको स्थानीय कमलबहादुर राईले बताए । सडक ट्रयाकले भर्खर गाउँ छुएको छ । सडकको स्तर उन्नती नहुदा ठूला र लामा सवारी साधान आउन नसक्ने भएकाले बाँस दाउँरा भएको उनले बताए । बाँसबाट धेरै कुरा बनाउन सकिने भएपनि त्यसको ज्ञान छैन । हस्तकला निर्माण नर्गको लागि पनि ज्ञान नहुदा दाउरा ...