Friday, August 21News That Matters

समाचार

नयाँ ईतिहासमा गौरिकाको ४ स्वर्ण

नयाँ ईतिहासमा गौरिकाको ४ स्वर्ण

खेलकुद, समाचार
मंसिर २३ गते नेपालकी गौरिका सिंहले १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा चौथो स्वर्ण जित्दै नयाँ कीर्तिमानी कायम बनाएकी छिन् । सातदोबाटोमा भएको एक सय मिटर फ्रीस्टाइलमा गौरिकाले स्वर्ण जितिन् । निर्धारित दुरी ५८.१३ सेकेण्डमा पूरा गरिन् । उनले भारतीय शिवांगी शर्मालाई पराजित गर्दै स्वर्ण जितिकी हुन् । आइतबार भएको एउटै सागमा तीन स्वर्ण जित्दै गौरिकाले कीर्तिमान बनाएकी थिइन् । सोमबार थप एक स्वर्ण जित्दै दीपक विष्टसँगको कीर्तिमान बराबरी गरेकी छिन् । विष्टले आठौँदेखि एघारौँ सागमा चार स्वर्ण जितेका थिए । गौरिका ३५ वर्षे सागको इतिहासमा एउटै सागमा चार स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी छिन् । यसअघि उनले ४ सय मिटर फ्रीस्टाइल, २ सय मिटर ब्यास्ट्रोक र २ सय मिटर रिलेमा स्वर्ण जितेकी थिइन् । त्यस्तै गौरिकाले १ सय मिटर ब्याकस्ट्रोकमा रजत र ४ बाई १ सय मिटर फ्रीस्टाइल रिलेमा कांस्य हात पारेकी थिइ...
फरार अभियुक्त पक्राउ

फरार अभियुक्त पक्राउ

समाचार
उदयपुर, मंसिर २३ गते ।  जबरजस्ती बलात्कार गरी फरार रहेको अभियुक्त पक्राउ परेको छ । २०६८ सालमा जबरजस्ति बलात्कार गरेर फरार रहेको रामबहादुर विकलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । त्रियुगा नगरपालिका–१३ बरुवा खोला निबासी एक युवतीलाई जबरजस्ति करणी गरी फरार रहेको त्रिनपा–३ निबासी रिठे कामीको छोरा ३७ वर्षीय विकलाई निरन्तर खोजतलासको क्रममा त्रिनपा–१३ बाट दिउँसो करिब १२ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ । जबरजस्ति करणी गरी लुकिछिपी बस्दै आएका विकलाई पक्राउ गरी जिल्ला अदालतमा फैसला कार्यान्वयन गराउन पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  ...
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

आर्थिक, समाचार
मंसिर २३ गते ।  आज कुवेती दिनार, ओमानी रियाल र कोरियन वनको भाउ बढेको छ भने अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ स्थिर रहेको छ । सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ २१ पैसा तोकेको छ । त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ भने ओमानी रियाल १ को खरिददर २ सय ९६ रुपैयाँ ८६ पैसा रहेको छ । हिजो आइतबार खरिददर २ सय ९५ रुपैयाँ ९६ पैसा रहेको थियो । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा छ  भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३१ पैसा र बिक्रीदर २७ रुपैयाँ ४६ पैसा तोकेको छ । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा...
रसुवा ओभरसिजमा विभागले मारे छापा

रसुवा ओभरसिजमा विभागले मारे छापा

समाचार
मंसिर २३ गते । यूएई जाने दुई श्रमिकसँग बढी रकम लिने एअरपोर्टको रसुवा ओभरसिजमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । ओेभरसिजले श्रमिकसँग पैसा मागेको सूचनाको आधारमा छापा मार्दा दुई श्रमिकबाट लिएको एक लाख २५ हजार रुपैयाँ बरामद गरेको विभागले जनाएको छ । यूएईको तमायाज इम्प्लोइमेन्ट सर्भिसमा विल्डिङ लेबरका लागि महिनाको ८ सय दिर्हाम तलब पाउने भन्दै रसुवा ओभरसिजले प्रतिव्यक्ति एक लाख २५ हजार रुपैयाँ मागेपछि सुरेन्द्र रानामगर ,बालकृष्ण गरंजामगर, समिर गरंजामगर, शन्तबहादुर गरंजामगर र योगबहादुर गुरमछानले विभागमा निवेदन दर्ता गराएका थिए । विभागको टोली म्यानपावर कार्यालय पुग्दा एजेण्ट जितबहादुर बम्जनले योगबहादुर गुरमछानबाट ७० हजार र शन्तबहादुर जर्गा मगरबाट एक लाख १० हजार बुझिसकेका तथा बाँकी तीन जनासँग रकम लिने तयारी रहेको अवस्थामा फेला पारेको जनाएको छ । एजेण्ट बम्जनले यसअघि नै तीन जनासँग ३५ ...
बढी घुस लिनेमा इन्जिनियर

बढी घुस लिनेमा इन्जिनियर

लिम्चुङबुङ डायरी, समाचार
मंसिर २३ गते ।  घुस लिनेमा सवै भन्दा बढी ईन्जिनियर रहेको एक तथ्याङकले देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला ६ महिनाको तथ्याङ्क हेर्दा सवै भन्दा बढी ईन्जिनियर रहेको देखिएको हो । उक्त अवधिमा घुससहित १ सय ४० जनालाई नियन्त्रणमा लिई अदालतमा मुद्दा दर्ता गरेको छ । घुससहित नियन्त्रणमा लिएकाबाट अख्तियारले १ करोड ३७ लाख ७० हजार ४ सय ६० रुपैयाँ जफत गरेको छ । गत साउन महिनाको तथ्यांक हेर्दा अख्तियारको १९ वटा अप्रेसनमा १० जना इन्जिनियर फन्दामा परेको थियो । त्यस्तै भदौमा आठ जना इन्जिनियरलाई नक्कली शैक्षिक योग्यता प्रमाणपत्रदेखि घुस रकमसहित पक्राउ गरेको थियो । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ । ...
फरार प्रतिबादी पक्राउ

फरार प्रतिबादी पक्राउ

समाचार
उदयपुर, मंसिर २२ गते ।  त्रियुगाको मोतिगडामा एक बालकलाई कुट पिट गरी फरार रहेको प्रतिबादी पक्राउ परेको छ । त्रियुगा नगरपालिका–३ निबासी २० वर्षीय खेमराज राई पक्राउ परेको हो । गत मंसिर १५ गते मोतिगडा क्याम्पसमा त्रिनपा–१० निबासी १७ वर्षीय दिनेश तामाङलाई कुटपिट गरी भिडियो बनाएर सामाजिक संजालमा आतंकित बनाएमो फरार रहेको राई आईतबार दिउँसो १ः०० बजे पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेको राईलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरको मुद्दामा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
खानेपानीको मुहान शिलान्यास

खानेपानीको मुहान शिलान्यास

समाचार
राजेन्द्र दुष्ट बेल्टार/मंसिर २२ गते ।  चौदण्डीगढी नगरपालिका–९ अजगरामा खानेपानीको शिलान्यास भएको छ । नगर प्रमुख खगेन्द्र राई र नगर उप–प्रमुख रिताकुमारी चौधरीद्धारा संयुक्तरुपमा  शिलान्यास भएको हो । चालु आर्थिक वर्ष नगरले ८ लाख रुपैयाँ बजेट विनियोजन गरेपछि खानेपानीको शिलान्यास भएको हो ।  स्थानीयलाई खानेपानीको सहज बनाउनका लागि खुदि खोलामा मुहान रहनेछ । जिल्ला खानेपानी तथा सरसफाई कार्यालय उदयपुरले एउटा (ईन्टेक) बनाई दिने र ५ किमिसम्म पाईप खरीद गरिदिएर स्थानीयलाई खानेपानीको सुविधा उपलब्ध गराउने नगरप्रमुख राईले बताउनुभयो । उक्त खानेपानी स्थानीय टोलविकास समितिका अध्यक्ष टिकाराम भट्टराई र खानेपानी उपभोक्ता समितिका अध्यक्ष पवन कार्की लगायत स्थानीय वुद्धिजिबी सरोकारवालाहरुको सक्रियतामा खानेपानी व्यवस्थित हुन लागेकोे  अध्यक्ष कार्कीले बताउनुभयो । बालमुखी आधारभूत विद्यालयका विद्यार्थी...
सुनको भाउ ओरालो

सुनको भाउ ओरालो

आर्थिक, समाचार
मंसिर २२ गते ।  आज सुन चाँदीको भाउ घटेको छ । आइतबार सुन तोलाको पाँच सय रुपैयाँले घटेको हो । सुन घटेर अहिले तोलाको ७१ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलामा ३ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलामा १० रुपैयाँ घटेर तोलाको ८ सय ४० रुपैयाँले कारोबार भैरहेको संघले जनाएको छ ।...
जिल्ला अस्पतालप्रति चिन्तित हुदै नागरिक सामाजिक अभियान समिति गठन

जिल्ला अस्पतालप्रति चिन्तित हुदै नागरिक सामाजिक अभियान समिति गठन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, मंसिर २२ गते । जिल्ला अस्पताल उदयपुरबाट नागरिकहरुले प्रभावकारी सेवा नपाएको भन्दै नागरिक सामाजिक अभियान समिति गठन भएको छ । नागरिकको तर्फबाट अस्पतालको सुधारका लागि ठोस कदम चाल्ने भन्दै समिति गठन भएको हो । सरकारी अस्पताल भएर पनि सामान्य उपचार र औषधिसमेत नागरिकले पाउन नसकेको भन्दै आइतबार गाईघाटको थारुहट रंगशालामा भएको नागरिक भेलाले किरण राईको संयोजकत्वमा समिति गठन गरेको हो । सुमन्त कोइराला उपसंयोजक र सिर्जना दनुवार सचिव रहेको समितिले नागरिकहरुलाई स्वस्थ्य चेतना जगाई सरकारी हस्पिटलबाट नागरिकले पाउनु पर्ने सेवा र सुविधाहरु प्रभावकारी ढंगले दिन दवाव सिर्जना गर्ने जिम्मेवारी पाएको छ । लामो समयदेखि दरबन्दी अनुसारको डाक्टर नहुने, पर्याप्त कर्मचारी, उपकरण नहुने र भएकाहरुबाट पनि प्रभावकारी सेवा, सुविधा प्रवाह नहुने भएपछि नगारिकहरु अभियानमै उत्रनु परेको समितिका अध्यक्ष किरण राईले...
आज विदेशी मुद्राको विनिमय दर

आज विदेशी मुद्राको विनिमय दर

आर्थिक, समाचार
मंसिर २२ गते ।  आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १  स१४ रुपैयाँ २१ पैसा तोकेको छ । त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ भने ओमानी रियाल १ को खरिददर २ सय ९५ रुपैयाँ ९६ पैसा रहेको छ । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३१ पैसा र बिक्रीदर २७ रुपैयाँ ४६ पैसा तोकेको छ भने कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा पुगेको छ । त्यस्तै कुवेती दिनार १ को खरिददर ३ सय ७४ रुपैयाँ २८ पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ २५ पैसा रहेको छ । बहराइन दिनार १ को खरिददर ३ सय २ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३ सय...