Friday, July 10News That Matters

समाचार

सामाजिक सञ्जालमा अपुष्ट लेख्न नपाईने, पत्रकार नयाँ आचारसंहिता

सामाजिक सञ्जालमा अपुष्ट लेख्न नपाईने, पत्रकार नयाँ आचारसंहिता

समाचार
भदौ १३ गते । नेपाल प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघले आचारसहिंता संशोधन गरेको छ । पत्रकार तथा सञ्चारमाध्यमलाई सामाजिक सञ्जाल प्रयोगमा सजग गराउँदै आचारसहिंता संशोधन गरेको हो । पत्रकारका लागि कडा प्रावधानहरु भएको यस आचारसंहिता आगामी असोज ६ गतेबाट लागू हुने छ । प्रेस काउन्सिलको स्वर्ण जयन्तीका अवसरमा असोज ६ गते राष्ट्रपतिबाट पत्रकार आचारसंहिता सार्वजनिक गरिने काउन्सिले जनाएको छ । नयाँ प्रविधि र त्यसले ल्याएका चुनौती तथा समस्याहरुलाई समेत दृष्टिगत गरेर नयाँ आचारसंहिता जारी गरिएको उनले बताए । पत्रकार तथा सञ्चारमध्यमले सामाजिक सञ्जालमार्फत प्रवाह गर्ने समाचार, विचार र सूचना वा जानकारीहरु सत्य तथ्यपूर्ण, सन्तुलित र मर्यादित हुनुपर्ने प्रावधान नयाँ आचारसंहितामा राखिएको छ । केहि समयदेखि युट्युबर, ब्लगरलाई समेत पत्रकार भनेर सर्वसाधारणले बुझ्ने र उनीहरुका सनसनीपूर्ण तर, अफवाह फैलाउन...
दुई जोर खानीलाई उत्खनन अनुमति

दुई जोर खानीलाई उत्खनन अनुमति

आर्थिक, समाचार
भदौ १३ गते । नेपालको चार वटा खानीले उत्खननका लागि खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको छ । चुनढुङ्गा, क्वार्जजाईट, पथर तथा कोईला उत्तखनको लागि विभागले अनुमति दिएको हो । चालु आर्थीक वर्षमै स्वर्गद्वारी माइन्स एण्ड मिनिलर्स प्रालिलाई चुनढुङ्गा, बालकुमारी प्रालिलाई क्वार्जजाइट, पाल्पा कोल प्रालिलाई पत्थर तथा कोइला र गुँरास स्टोन उद्योग प्रालिलाई क्वार्जजाइट उत्खननका लागि अनुमति दिएको विभागले जनाएको छ । खनिज उत्खननका लागि आएका निवेदनलाई आवश्यक अनुसन्धान गरेर अनुमति दिएको विभागले जनाएको छ । विभागले आव ०७५/७६ मा खनिज उत्खननका लागि नौ कम्पनीलाई अनुमति दिएको थियो । जसमध्ये चुनढुङ्गा उत्खननमा मात्र छ वटा रहेका रहेका छन् । आव ०७५/७६ मा चुनढुङ्गा उत्खननका लागि स्वीकृत दिएको कम्पनीमा विशाल सिमेन्ट इण्डट्रिज प्रालि, ऋद्धिसिद्धी सिमेन्ट प्रालि, शुभश्री अग्नि सिमेन्ट प्रालि, मेगा सिमेन्ट प...
पाल्न दैलेख लगेका २३ गाईको मृत्यु

पाल्न दैलेख लगेका २३ गाईको मृत्यु

समाचार
भदौ १३ गते । पाल्नका लागि बाँकेबाट दैलेख लगिएका गाई २३ वटा गाई सुर्खेतमा मृत भेटिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको कान्जी हाउसबाट दैलेख गाई वीरेन्द्रनगर नगरपालिककोा कट्कुवामा मृत भेटिएको हो । गतराति २ सय ९१ वटा गाई ८ वटा ट्रकमा लगिएको थियो । त्यसमध्ये २३ वटा गाई मरेका छन् भने अरु गाई सडक र जंगलमा अलपत्र अवस्थामा रहेको प्रहरीले जनाएको छ । उक्त स्थान अझै करिब १ सय ५० वटा जति गाई छरपस्ट अवस्थामा रहेको प्रहरीले जनाएको छ । दैलेखका कृषकले पाल्ने भनेकाले लान अनुमति दिएको जिल्ला प्रशासन बाँकेले जनाएको छ । शंकास्पद ५ वटा गाडीलाई नियन्त्रणमा लिइसकेको छ भने घटनामा संलग्न हुनसक्ने व्यक्तिको खोजी भइरहेको प्रहरी जनाएको छ ।...
एनसेल प्रति सर्वोच्चले गरेको फैसला संसदीय समितिमा

एनसेल प्रति सर्वोच्चले गरेको फैसला संसदीय समितिमा

समाचार
भदौ १३ गते । सर्वोच्च अदालतले एनसेलको कर विवाद बारे गरेको फैसला प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले अध्ययन गर्ने भएको छ । शुक्रबार बसेको समितिको बैठकमा एनसेलले तिनुपर्ने करबारे सर्वोच्चले सुनाएको फैसलाबारे अधययन गर्नुपर्ने सांसदहरुले बताएका थिए । बैठकमा सांसदहरुको धारणा सुनेपछि समितिका सभापति कृष्णभक्त पोखरेलले भने न्यायपालिकालाई संसदीय समितिले यस्तो फैसला गर भन्न चै मिल्दैन र सवोच्चको फैसलामाथि प्रश्न उठाउने पनि होइन । तर जनचासोको विषय भएर आएपछि समितिले सर्वोच्चले गरेको फैसलाहरुमा अध्ययन गर्न सक्ने व्यावस्था भएको उनले बताए । अर्को बैठकमा एनसेल कर छुट र सर्वोच्चको फैसलाबारे थप छलफल गर्ने सभापति पोखरेलले बताए । भदौ ९ गते सर्वोच्च अदालतले ठूला करदाता कार्यालयले गत वैशाखमा निर्धारण गरेको कर बदर गरेको थियो ।...
म्याजिक भेनको ठक्करबाट एक जना घाईते

म्याजिक भेनको ठक्करबाट एक जना घाईते

समाचार
सुनसरी, भाद्र १३ गते । सुनसरीको इनरुवामा म्याजिक भेनको ठक्करबाट एक जना पैदल यात्री घाईते भएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत ईनरुवा नगरपालिका–३ महेन्द्रचोकमा भेनले ठक्कर दिदा यात्री घाईते भएको हो । पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को १ ज ३०७४ नम्बरको म्याजिकले साँझ साढे ५ बजे ईरुनपा–४ निबासी ६० वर्षीय बासुदे पण्डितलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । म्याजिकको ठक्करबाट गम्भिर घाईते भएका पंन्डितलाई उपचारको लागी जिल्ला अस्पताल इनरुवा सुनसरी लगि थप उपचारको लागी गोल्डेन अस्पताल बिराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने म्याजिक र म्याजिक चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
गोरखापत्रमा राई समुदायको २५ भाषै समेट्न यायोक्खाको माग

गोरखापत्रमा राई समुदायको २५ भाषै समेट्न यायोक्खाको माग

समाचार
भदौ १३ गते । गोरखापत्र दैनिकको भाषा पृष्ठमा राई समुदायको २५ वटै भाषा समेटेर प्रकाशन गर्नु पर्ने किरात राई यायोक्खाले माग गरेका छ । यायोक्खाले बुधबार आयोजना गरेको भाषिक संस्थाको प्रतिनिधिहरुको बैठकले गोरखापत्र संस्थानसँग माग गर्ने निर्णय भएको हो । गोरखापत्रले आगामी महिनादेखि भाषिक बाहुल्यता रहेको प्रदेशबाटै भाषिक पृष्ट प्रकाशित गर्ने तयारी गरिरहेको छ । त्यसैले यायोक्खामा आयोजित बैठकले १ नम्बर प्रदेशमा राई समुदायको २५ वटै भाषाबाट भाषिक पृष्ट प्रकाशन गर्न माग गर्ने निर्णय भएको यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईले बताए । हाल ३६ वटा भाषा मध्ये राई भाषाको रुपमा वान्तावा, चाम्लिङ, कोयी, थुलुङ, कुलुङ, बाहिङ, साम्पाङ, दुमि, वाम्बुले गरी ८ वटा राई भाषाबाट पृष्ट प्रकाशन हुँदै आएको थियो । असोज ३ गतेबाट भाषिक पृष्ठ सम्बन्धित प्रदेशबाट प्रकाशन हुँने गोरखापत्रमा प्रकाशन हुँने नीति बनेक...
होटलमा नेपाली रैथाने खानाको मेनु अनिवार्य

होटलमा नेपाली रैथाने खानाको मेनु अनिवार्य

समाचार
भदौ १३ गते । नेपाली रैथाने खाना परिकारको मेनु ठूला होटेलमा अनिवार्य राख्नुपर्ने भएको छ । विशेष गरी सरकारले चारतारे र पाँचतारे होटेलका लागि नयाँ मापदण्ड तोक्न लागेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले वार्षिक कार्ययोजनामा १५ दिनभित्र नयाँ मापदण्ड तोक्ने प्रतिबद्धता जनाएको छ । नेपाली मौलिक खानाहरुको प्रचारप्रसार गर्नका लागि ठूला होटलले नेपाली मौलिक खानाको छुट्टै स्थल हुनुपर्ने गरी होटेल मापदण्ड तोक्ने मन्त्रि भट्टराईले बताए । नेपालमा १५ वटा पाँचतारे होटेल स्थापना भइसके पनि विदेशी खानाले गर्दा नेपाली मौलिक परिकार लोप हुदै गएको छ । अहिले यस होटेलहरुमा इटाली, फ्रान्स, टर्की, चिनियाँ, भारतीय, थाइ, मलेसियन, जापानिज, कोरियन खाना प्रचलित रहेको छ । मौलिक परिकारको अन्तराष्ट्रियकरण गर्नका लागि सरकारले पहल गर्ने भएको छ । प्रवद्र्धनका लागि हरेक गतिविधिमा परिका...
त्रिविमा एक व्यक्तिको दुई पद

त्रिविमा एक व्यक्तिको दुई पद

लिम्चुङबुङ डायरी, समाचार
भदौ १३ गते । त्रिभुवन विश्व विद्यालयको उपकुलपति र शिक्षाध्यक्षको जिम्मेवारी सम्हालेका प्राडा सुधा त्रिपाठीले दुई पद लिन पाउने कि नपाउने भन्ने विषयमा कानुन बाझिएपनि त्रिविका अधिकांश उच्च अधिकारीले कानुन अनुसार एक पद छाड्नुपर्ने बताउँदै आएका छन् । त्रिवि ऐन २०४९ अनुसार उनले दुई मध्ये एक पद छाड्नु पर्ने हो । त्रिवि ऐन २०४९ को दफा २१ ‘ख’मा उल्लेख भएअनुसार विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा त्रिपाठीलाई भदौ ६ गतेदेखि लागू हुने गरी तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएका हुन् । ऐन र दफामा जेसुकै कुरा उल्लेख गरिएको भएपनि विश्व विद्यालयको कुनै पद रिक्त भएमा सो पदपूर्ति नभएसम्म दैनिक कार्य सञ्चालन गर्न बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी सहकुलपतिको परामर्शमा कुलपतिले र अन्य पदाधिकारीको जिम्मेवारी उपकुलपतिले विश्वविद्यालयको कुनै वरिष्ठतम प्राध्यापक...
कुटपिट गर्ने प्रहरी निलम्बन गरिने

कुटपिट गर्ने प्रहरी निलम्बन गरिने

समाचार
भदौ १२ गते । जनकपुरको युवा अभियान्ता सुशिल कर्णलाई कुटपिट गरेको छ । फुटपाथमा नरिवल बेच्ने युवकलाई प्रहरीले कुटपिट गरेको भिडियो खिचेर सार्वजनिक गरेको भन्दै प्रहरीले कर्णलाई कुटपिट गरेको थियो । दिउँसो जानकी चोकमा नरिवल बेचिरहेका जनकपुरधाम उपमहानगरपालिका – ४ निबासी १९ वर्षका युवक रोशन चौधरीलाई जानकी मन्दिर परिसरका पर्यटक प्रहरी जवान प्रेमशंकर यादवले कुटपिट गरेको थियो । चौधरीलाई प्रहरीले कुटपिट गरेको भिडियो सार्वजनिक भएको केहि समयमा अभियन्ता कर्णलाई पनि प्रहरीले ज्यादतीको गरेको थियो । कुटपिट गर्ने प्रहरीलाई कारवाहीको माग गर्दै स्थानीयले नारावाजी गरेको थियो । जानकी मन्दिर परिसरमा रहेको पर्यटक प्रहरीका ईन्चार्ज विरेन्द्रकुमार यादवले कर्णलाई चौकीमै बोलाएर कुटपिट गरको थियो । कर्ण र चौधरीमाथि भएको दुव्र्यवहार तथा कुटपिट गर्ने पर्यटक प्रहरी इन्चार्ज यादव र प्रहरी जवान प्रेमशंकर याद...
विराटनगरमा ७ जना लुटेरा पक्राउ

विराटनगरमा ७ जना लुटेरा पक्राउ

समाचार
भदौ १२ गते । मोरङका विराटनगरको विभिन्न ठाउँमा चोरी डकैती गर्ने सात जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिकामा चोरी डकैती गर्ने समूहलाई नै प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यलय पथरीबाट खटिएको प्रहरीको टोलीले द्यच्घद्दएब्द्दडघट नम्बरको स्करपियो गाडी सहित ४ जना नेपाली र ३ जना भारतीय नागरिकलाई पक्राउ गरको प्रहरीले जनाएको छ । भारतको बिहार राज्यको मधुवनी बेनिपट्टि कटैया–१३ निबासी ३५ वर्षीय धर्मेन्द्र कामत, ३२ वर्षीय लक्ष्मण गुप्ता र मधुवनी बेनिपट्टि थाना लदौत–६ निबासी ४४ वर्षीय मो.मोतिउर रहमान पक्राउ परेका छन् भने रौतहटको गौर–३ पोखरिया निबासी ४१ वर्षीय मो.मोहिज धुनियाँ, ५० वर्षीय बलराम क्षेत्री, सर्लाहीको ब्रम्हपुरी–४ का ५२ वर्षीय सेख मो.सलिफ र ४६ वर्षीय शेख अलि असगर पक्राउ परेको प्रहरीले जनाएको छ । विराटनगर महानगरपालिका–२ शनिहाटको पन्चकन्या ट्रेड लिंकबाट साउन २३ गत...