Wednesday, August 19News That Matters

समाचार

पहिलो नेपाली ध्वजावहाक जाहाज जापानमा

पहिलो नेपाली ध्वजावहाक जाहाज जापानमा

आर्थिक, समाचार
भदौ १२ गते । नेपाली ध्वजावहाक जहाजले पहिलो पटक जापानमा बिहिबार यात्रुसहित अवतरण गरेको छ । काठमाडौंबाट नेपाल एयरलाइन्सको जहाजले १ सय ३४ जना यात्रु लिएर जापान पुगेको हो । काठमाण्डाँैबाट उडेको जहाज जापानको ओशाकाको कान्साई इन्टरनेशनल एयरपोर्टमा अवतरण गरेको थियो । ८५ जनाले टिकट काटेका थिए भने ४९ जनाको सरकारी–निजी क्षेत्रका प्रतिनिधीको टोली पहिलो उडानमा सहभागी भएको निगमले जनाएको छ । गतराति पर्यटनमन्त्री योगेश भट्टराईले विदाई गरको नेपाली टोलीको नेतृत्व पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले गरेको थियो । ए ३३०–२०० जहाजको पहिलो लामो दुरीको उडान पनि हो । जहाजको उडान बिहीबार बिहान साढे २ बजे राखिएको भएपनि २ः३९ मा त्रिभुवन विमानस्थलबाट उडेको थियो । यस जहाजको क्षमता २ सय ७४ सिट रहेको छ । वरिष्ठ क्याप्टेन महेश्वरमान डंगोल र श्रवण रिजालको कमाण्डमा जहा उडेको थियो भने फर्कदा विजय लामाले कमाण्ड ...
८३ केजी रक्तचन्दन बरामद

८३ केजी रक्तचन्दन बरामद

समाचार
भदौ १२ गते । तातोपानी नाका बन्द भएपछि रक्तचन्दन तस्करी रोकिएको भनिएपनि ८३ किलो ग्राम रक्तचन्दन बरामद भएको छ । भुकम्पले उत्तरी नाका तातोपानी बन्द भएपछि पहिलो पटक केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० र महानगरीय प्रहरी वृत्त, बौद्धको संयुक्त टोलीले ८३ किलो रक्तचन्दन बरामद गरेको हो । बौद्ध–६, रामहिटीबाट रक्तचन्दन बरामद गरेको प्रहरीले जनाएको छ । च्याङ्बा लामाको घरमा स्टोर गरेर राखेको अवस्थामा बुधबार बरामद गरेको प्रहरीले जनाएको छ । विशेष सुराकीका आधारमा पुगेको टोलीले च्याङ्बासहित योन्देन ग्याङ्जु तामाङलाई पक्राउ गरेको छ । विक्री गर्न राखेको अवस्थामा रक्तचन्दन बरामद गरेपनि त्यसको मालिक को भन्ने कुरामा एकिन भएको छैन । विस्तृत अनुसन्धानका लागि पक्राउ परेका दुवै जनासहित रक्तचन्दनलाई जिल्ला वन कार्यालय बुझाउने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।...
६ वटा प्रदेशमा १५ सय ३७ डेंगु विरामी

६ वटा प्रदेशमा १५ सय ३७ डेंगु विरामी

समाचार, स्वास्थ्य
भदौ १२ गते । कर्णाली बाहेकका ६ वटा प्रदेशमा १५ सय ३७ जनामा डेँगुका संक्रमित भेटिएका छन् । करिब ३ महिना अगाडी पूर्वको धरानमा देखापरेका डेंगु नियन्त्रण गर्न नसक्दा देशैभर पैmलिएको हो । डेंगु संक्रमण देखिएका ६ वटा प्रदेश मध्ये सवै भन्दा बढी प्रदेश नं. १ मा संक्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुले जनाएको छ । यस प्रदेशका १४ वटा जिल्लामध्ये ९ जिल्लामा डेँगु संक्रमित ५ सय ६३ जना भेटिएको तथ्याङ्कले देखाएको छ । यस वर्ष पहिलो पटक डेँगु फेला परेको सुनसरीको धरान हो । यहाँ ३ सय ३१ जना डेँगु संक्रमित भएको तथ्याङ्कले देखाएको छ । त्यस्तै झापामा पनि १ सय २४ जना डेँगु संक्रमित फेला परेको तथ्याङ्कले देखाएको छ । प्रदेश २ का ८ जिल्ला मध्ये ७ वटा जिल्लाका १४ जना डेंगुका बिरामी भेटिएको तथ्याङ्कले देखाएको छ । त्यस्तै प्रदेश ३ का विभिन्न जिल्लामा ५ सय ५९ जना डेँगु संक्रमित फे...
साग प्रतियोगिताको लागि प्रारम्भिक टोली छनोट

साग प्रतियोगिताको लागि प्रारम्भिक टोली छनोट

खेलकुद, समाचार
भदौ १२ गते । नेपालमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली प्रारम्भिक क्रिकेट टोली छनोट भएको छ । आगामी डिसेम्बर १ देखि १० सम्म संचालन हने सागमा नेपाली टोलीका प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले बिहिबार ३५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेका हुन् । नेपाली टोलीले भदौ १५ गतेदेखि तयारी सुरु गर्नेछ । नेपालले सागसँगै ओमानमा अक्टोबर ५ देखि १०सम्म आयोजना हुने टी–२० सिरिज पनि खेल्नेछ । सिरिजमा ओमानसहित नेपाल, हंङकङ, आयरल्यान्ड र नेदरल्यान्ड्सको सहभागिता रहनेछ । प्रारम्भिक टोलीमा केही युवा खेलाडीले पनि स्थान पाएका छन् भने साग अघि हुने उक्त सिरिजले नेपाललाई फाइदा पुग्ने विश्वास गरिएको छ । कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, राजु रिजाल, जितेन्द्र मुखिया, प्रदिप ऐरी, सुनिल धमला, सौरभ खनाल, ललितसिंह भण्डारी, विक्रम सोब, इशान पाण्डे, करन ...
अवैध औषधी बरामद

अवैध औषधी बरामद

समाचार
झापा, भदौ १२ गते । झापाको मेचीनगरबाट अवैध रुपमा नेपाल ल्याउदै गरको औषधी बरामद गरिएको छ । मेचीनगर नगरपालिका–६ मा भारतबाट नेपाल ल्याउदै गरको करिब २ लाख बराबरको औषध प्रहरीले बरामद गरेको हो । गतराती सवा ९ बजे दुई कार्टुन औषधी प्रहरीले बरामद गरको थियो । गस्ति प्रहरी टोलीलाई देखेपछि औषधी ल्याउदै गरेको मानिस औषधी छाडेर भागेको प्रहरीले जनाएको छ । औषधी छाडेर फरार रहेको मानिसको खोजतलास र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
अवैध गाँजा फडानी

अवैध गाँजा फडानी

समाचार
धनकुटा, भदौ १२ गते । धनकुटाको पाङनाम र बुर्खामा अवैध रपमा लगाएको गाँजा खेती प्रहरीले नष्ट गरको छ । सहिदभुमी गाउँपालिका–१ पाङनाम र २ नम्बर वडाको बुर्खाको अवैध गाँजा खेती फडानी गरी नष्ट गरको हो । त्यस ठाउँमा करिब २छ रोपनीमा १० हजार १ सय ९४ बोट गाँजा फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।...
ब्राउन सुगरसहित ४ जना पक्राउ

ब्राउन सुगरसहित ४ जना पक्राउ

समाचार
झापा, भदौ १२ गते । झापामा लागु औषध ब्राउन सुगर सहित चार जना पक्राउ परेका छन् । लागु औषध नियन्त्रण व्यूरो काकडभिट्टाले बुधबार विभिन्न ठाउँबाट चार जनालाई पक्राउ गरेका हो । मेच नगरपालिका–६ भन्सार गेटबा दिउँसो पौने १ बजे मोरङको बेलबारी नगरपालिका – ३ निबासी २४ वर्षीय सन्तोष खड्का र १९ वर्षीय सोनाम लिम्बुलाई एक ग्राम एक सय मिलिग्राम ब्राउन सुगर प्रहरीले पक्राउ गरेको जनाएको छ । मेनपा – ७ गैह्री गाउँबाट दिउँसो ५ बजे बेनपा–३ निबासी १९ वर्षीय सुरज खवासलाई ५ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको लागु औषध नियन्त्रण ब्यूरो काकडभिट्टाले जनाएको छ । त्यस्तै विर्तामोड नगरपालिका – ५ बाट राती साढे ८ बजे हल्दिबारी गाउँपालिका – १ घर भएका (हाल) वितामोड नपा – ४ निबासी २६ वर्षीय मनोज गुरुङलाई ९० ग्राम ब्राउन सुगर सहित लागु औषध ओसारपसरामा प्रयोग भएका मे ९ प ४८३२ नम्बरको मोटरसाईकल पक्राउ परेको प्रहर...
मुम्बई सागामा काजोल

मुम्बई सागामा काजोल

मनोरञ्जन, समाचार
भदौ १२ गते । निर्देशक संजय गुप्ताले बनाएका बलिउडका ‘सुटवाउट एट वाडाला, काविल’ जस्ता चलचित्रका निकै सफल मानिन्छ । संजयले बनाउन लागेको नयाँ चलचित्र ‘मुम्बई सागा’को छायांकन महालक्ष्मी मन्दिरबाट सुरु भएको छ । नायक जोन अव्राहम र इमरान हाश्मी यस चलचित्रको मुख्य भूमिकामा छन् । यी दुई कलाकारको एक्सनको दृश्य मंगलबार खिचिएको संजयले मिडियालाई जनाएको छ । यस चलचित्रका लागि नायिकाको रुपमा काजोल अग्रवालले समेत काम गर्ने पक्का भएको छ । काजोल नायक अव्राहमको प्रेमिकाको भूमिकामा चलचित्रमा देखिने छन् । चलचित्रको सुरुवातमा जोनको प्रेमिकाको भूमिकामा देखिने काजोल चलचित्रको अन्तिममा पनि जोनकै पत्नीको रुपमा देखिनेछिन् ।...
अक्टुवरसम्म बेलायतको संसद निलम्बित

अक्टुवरसम्म बेलायतको संसद निलम्बित

समाचार, संसार
भदौ १२ गते । बेलायत सरकारले संसद निलम्बन गर्ने सिफारिस महारानी एलिजाबेथले स्वीकृत गरेकी छन् । आगामी १४ अक्टुबरसम्मका लागि संसद निलम्बन गर्ने निर्णय गर्दै स्वीकृतिका लागि प्रधानमन्त्री बोरिस जोन्सनले महारानी समक्ष पेश गरेको थियो । सेप्टेम्बर महिनाबाट बेलायतको संसद निलम्बन हुने छ । त्यसपछि कुनै सम्झौता विना बेलायत ३१ अक्टुबरमा युरोपेली युनियन (ईयू)बाट बाहिरिने छ । संसद नै निलम्बन हुने भएकाले त्यसबारे संदनमा कुनै प्रकारको बहस हुने छैन । सम्झौता ईयूबाट बेलायत बाहिरिने प्रक्रिया रोक्ने लगायतका विधेयकहरु अब निष्कृय हुनेछन् । सम्झौता विना ईयूबाट बेलायत बाहिरिने (ब्रेक्जिट) प्रक्रिया रोक्ने कानुन पारित हुन नदिन प्रधानमन्त्री जोनसनले संसद निलम्बनको निर्णय गरेको भन्दै विपक्षी र सत्तापक्षीय सांसदहरुले केहि आलोचना गरेका छन् । सरकारको यो कदमलाई सत्ताधारी टोरी पार्टीले समेत अपमानजनक भनेको छ ...
नयाँ सिकार आरक्ष थपिने

नयाँ सिकार आरक्ष थपिने

लिम्चुङबुङ डायरी, समाचार
भदौ १२ गते । जाजरकोटको कुशे गाउँपालिकाले दुई वटा वडालाई समेतटेर सिकार आरक्षण बनाउन अघि बढेको छ । पालिकाको ३ र ८ नम्बर वडाका वन क्षेत्रलाई समेटेर ‘कुशे पाटन सिकार आरक्ष’ बनाउने अघि बढाएको हो । आरक्षको लागि पालिकाले वडाको माथिल्लो भूभागमा रहेको जलजला पाटन वन क्षेत्र र वरिपरिको क्षेत्रको विस्तृत अध्ययन पनि गरेको छ । गाउँपालिकाले आर्किटेक्ट डिजाइन एन्ड सिभिल कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरी उक्त क्षेत्रको विस्तृत अध्ययन गरेको हो । सिकार आरक्ष प्रस्तावित ४३८८ उचाइमा कुशे पाटन क्षेत्र जुम्लासँग जोडिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।...