पदको स्वार्थमा चौदण्डीको १५० उपभोक्ता सिँचाई बहिन, सिँचाई कार्यालय गाईघाटमा घेराउ
पूर्णपुष्टि, १० बैशाख ।
चौदण्डीगढी नगरपालिका २ माडिवासमा सिँचाईको लागि परेको योजना गाउँकै गन्य मान्नेहरुको पदको स्वार्थले अबरुद्ध हुँदा उपभोक्ताहरु मारमा परेको छ । प्रदेश सरकारको सांसद राजन किरातीको पहलमा नगरको २ नं वडा स्थित देविथान मुनी मुहान हुँदै जागिरमान टोलबाट जोर बाटो सम्म जाने नामक सिँचाई योजना गाउँकै मान्य गन्यहरुको कारण रोकिएको हो । सांसद राईको पहलमा प्रदेश सरकारबाट छुटिएको ४५ लाख बजेट समितिको पद नमिल्दा फ्रिज हुने बेला भएको उपभोक्ताहरुले जनाएको छ । हाल सम्म करिब ३ ओटा समिति बनिसक्दा पनि आपसमा पद मिलाउन नसक्दा सम्झौतामा ढिलाई भैसकेको उपभोक्तहरुको भनाई छ । पदीय स्वार्थमा समिति निर्माण गर्न नसकेपछि योजना फ्रिज भई जाने उपभोक्ताहरुमा डर छ ।
बल्ल तल्ल कृषकहरुको लागि परेको बजेट गाउँकै जान्ने मान्ने मान्छेहरुको कारण फ्रिज हुने लागेको उपभोक्ताहरुले गुणासो गरे । समितिमा विवाद आएपछि सि...









