Monday, August 24News That Matters

समाचार

त्रियुगा साना शहरी खानेपानी निर्वाचनमा १७१० मत खस्यो

त्रियुगा साना शहरी खानेपानी निर्वाचनमा १७१० मत खस्यो

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २१ । त्रियुगा साना शहरी खानेपानी तथा सरसफाई उपभोक्त्ता समितिको निर्वाचनमा १७१० मत खसेको छ । सोमबार त्रियुगा नगरपालिका–१० बोक्से स्थित बाल मन्दिर मा.वि. मा बिहान ७ बजेदेखी बेलुका ५ बजेसम्म भएको मतदानमा १७१० मत खसेको हो । त्रियुगा साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा २७५० जना उपभोक्त्ता रहेको छ । मत गणना राती साढेँ ७ बजेदेखी सुरु हुनेछ । अध्यक्ष पदका लागि संकर बस्नेत र ओम खड्का उम्मेदवार रहेको छ भने उपाध्यक्षको लागि सुपराज राई र निगम कोईराला उम्मेदवार रहेको छ । यता सचिव पद भने निर्विरोध भएको छ । सन्तोष खड्का सचिवमा निर्विरोध भैसकेको छ । यस बाहेक अध्यक्ष सहित अन्य ८ ओटा पदमा निर्वाचन भैरहेको छ ।...
त्रियुगा शानासहरी खानेपानीको निर्वाचन धमाधम हुँदै

त्रियुगा शानासहरी खानेपानीको निर्वाचन धमाधम हुँदै

Breaking News 1, समाचार
पूर्णपुष्टि, २१ फागुन । त्रियुगा शानासहरी खानेपानी उपभोक्ता समितिको चुनाव धमाधम भैरहेको छ । ७ बेजेदेखी ५ बजे सम्म हुने निर्वाचन बोक्से स्थित बाल मन्दिर माविमा भैरहेको छ । अध्यक्ष पदका लागि संकर बस्नेत र ओम खड्काको भिडन्त भैरहेको छ भने उपाध्यक्षको लागि सुपराज राई र निगम कोईरालाको भिडन्त भैरहेको छ । यता सचिव पद भने निर्विरोध भएको छ । सन्तोष खड्का सचिवमा निर्विरोध भैसकेको छ । यस बाहेक अध्यक्ष सहित अन्य ८ ओटा पदमा निर्वाचन भैरहेको छ ।...
टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २१ । खोटाङमा टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङ हलेसी तुवाचुङ–६ का २० बर्षीय टंकल राई रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार आईतबार बिहान १० बजेको समयमा तुवाचुङ नगरपालिका १० अर्खौले स्थितमा टिफरले ठक्करदिदाँ मोटरसाईकल चालक राईको मृत्यु भएको हो । मध्य पहाडी लोकमार्गको खार्पाबाट कटारीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख २४०२ नम्बरको टिपरले बिपरित दिशाबाट आउँदै गरेको स. ९ प १२१२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न ठक्कर दिने टिपर र टिपर चालक कटारी नगरपालिका–३ उदयपुरका ४३ बर्षीय पदम कुमार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शवलाई सम्पुर्ण कानुनि प्रकृया पश्चात पोष्टमाटमको लागि जिल्ला अस्पताल खोटाङ पठाईएको र...
पिकअप गाडी दुर्घटना हुँदा एक बालिकाको मृत्यु

पिकअप गाडी दुर्घटना हुँदा एक बालिकाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २१ । धनकुटामा पिकअप गाडी दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाख्रीनबास नगरपालिका–१० धनकुटाका रेमन राईको ९ बर्षीया छोरी सँस्कृती राई रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार शनिबार दिउँसो साढे ३ बजे हिलेबाट चुङबाङ तर्फ जादैँ गरेको को.२ च १६१९ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनाबाट घाईते सँस्कृती राईको उपचारको क्रममा जिल्लामा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ८ जना घाईते भएका छन् । घाईते धनकुटा नगरपालिका–४ का ३६ बर्षीया देबिका खत्री र १४ बर्षीय अभिनाश खत्रीको सोहि अस्पतालमा उपचार भईरहेको छ भने अन्य पाख्रीबास–१० की २२ बर्षीया रबिका राई, ६० बर्षीया लक्ष्मी राई, ४० बर्षीया सानु आले, धनकुटा–४ की ३७ बर्षीया देवी खत्री...
बयलगढी सफारीलाई त्रियुगा नगरपालिकाको सहयोग, टुबोर्ग र गार्खा ब्रुअरीको प्रायोजक

बयलगढी सफारीलाई त्रियुगा नगरपालिकाको सहयोग, टुबोर्ग र गार्खा ब्रुअरीको प्रायोजक

Breaking News 1, समाचार
पूर्णपुष्टि, २० फागुन । बयलगढी सफारीलाई त्रियुगा नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ भने प्रख्यात बियर टुबोर्ग र गोर्खा बु्रअरीले प्रायोजन गर्ने भएको छ । बयलगढी सफारी बहेडुवा सामुदायिक थारु होम स्टेले यहि पाmगुन २५ गते शुक्रबार माहासिवरात्रिको अवसर पारी शुभारम्भ गर्ने भएको छ । होम स्टेले लोपन्मुख बयलगढी सफारीलाई पर्यटकको आकर्षणको रुपमा सुभारम्भ गर्ने भएको हो । गढीको शुभारम्भ प्रदेश मन्त्री कृषि उद्योग तथा सहकारी मन्त्री राम कुमार खत्रीले गर्ने भएको छ । सो दिन थारु परिकार २ सयमा छानी छानी व्यवस्था गरिएको छ । बयलगढी सफारीको लागि प्रति ब्यक्ति रु १ सय, थारु पहिरन सहित रु २५० र २ किलो मिटर रिजर्भको लागि रु ५ सय रहेको छ ।  ...
उदयपुरमा लागुऔषध मुद्धाका १ फरार प्रतिवादी पक्राउ

उदयपुरमा लागुऔषध मुद्धाका १ फरार प्रतिवादी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २० । उदयपुरमा लागुऔषध मुद्धाका १ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङा नगरपालिका घर भई हाल त्रिनपा–११ बस्ने ४१ बर्षीय मोहमद पत्ते रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार जिप्रकाबाट खटिएको प्रहरीले टोलीले आईतबार फत्तेलाई पक्राउ गरेको हो । जिल्ला अदालतले लागुऔषध मुद्धामा २००० हजार रुपैँया जरिवाना तोकेको पत्तेलाई लुकिछिपि बसेको भन्ने विशेष आधारमा पक्राउ गरिएको डिएसपी चौधरीले बताए । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पठाएको प्रहरीले जनाएको छ ।...
त्रियुगा सानाशहरी खानेपानी उपभोक्ता समितिको चुनाव भोली हुँदै

त्रियुगा सानाशहरी खानेपानी उपभोक्ता समितिको चुनाव भोली हुँदै

Breaking News 1, समाचार
पूर्णपुष्टि, २० फागुन । त्रियुगा सानासहरी खानेपानी उपभोक्ता समितिको निर्वाचन भोली हँदैछ । चुनावमा पूर्व अध्यक्ष संकर बस्नेत र कार्यबाहक अध्यक्ष ओम खड्काबीच भिडन्त हुने भएको छ । खड्का प्यानल सहित चुनावमा होमिएका छ भने बस्नेतको प्यानलै बन्न सकेको छैन् । खड्काको प्यानलमा उपाध्यक्ष पदको उम्मेदवारमा सुपराज राई, सचिवमा सन्तोष खड्का (निर्विरोध) र रेवती रमण गेलाल कोषाध्यक्ष रहेको छ ।  यस्तै सदस्यहरुमा कृष्ण कुमारी राई, रिता आछामी, जित बहादुर बराल, भविन्द्र खत्री, र डिल्ली नारायण श्रेष्ठ रहेको छ । भोली हुने चुनावलाई मध्यनजर गर्दै उपभोक्ता समितिहरुले खानेपानीको हकहितमा काम गर्ने विवाद रहित व्यक्ति आउनु पर्ने जनाए । उनिहरुले उपोक्ताहरुको लागि पानी सुलब बनाउने र पानी वितरणमा सहज पुराउने उम्मेदावारलाई मत दिने पनि जनाए । उक्त समितिमा झण्डै २८ सयको हाराहारीमा उपभोक्ताहरु रहेको छ । चुनाव बाल मन्दिर मा...
उधोग, कृषि तथा सहकारी मन्त्री राम कुमार खत्रीले बयलगढी सफारीको उ्घाटन गर्ने

उधोग, कृषि तथा सहकारी मन्त्री राम कुमार खत्रीले बयलगढी सफारीको उ्घाटन गर्ने

Breaking News 1, समाचार
पूर्णपुष्टि, १८ फागुन । यहि फागुन २५ गते शुक्रबार सुभारम्भ हुने बयलगढी सफारीको उद्घाटन कोशी प्रदेशका कृषि, उद्योग तथा सहकारी मन्त्री राम कुमार खत्रीले गर्ने भएको छ । त्रियुगा नगरपालिका १३ बहेडुवामा रहेको बहेडुवा सामुदायिक थारु होम स्टेले सुभारम्भ गर्न लागेको बयलगढी (लहरु) सफारीको उद्घाटन मन्त्री खत्रीले गर्ने भएको हो । होम स्टेले माहासिवरात्रीको निद पारेर बयलगढी सफारी सुभारम्भ गर्न लागेको छ । होम स्टेको बिषेशता र सेवालाई थप गर्न लोप भैसकेको बयलगढीलाई आकर्षणका रुपमा संञ्चालन गर्न लागिएको जनाईएको छ ।...
भुल्केमा एक पुरुष मृतअवस्थामा फेला

भुल्केमा एक पुरुष मृतअवस्थामा फेला

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १९ । गाईघाट–फत्तेपुर सडकखण्डको भुल्केमा एक पुरुष मृत अवस्थामा फेला परेको छ । त्रियुगा नगरपालिका २ भुल्केमा निर्माणाधिन हुमपाइपकाे खाल्डोमा स्थानीयले विहान फेला पारेका हुन् । घटना रातीको हुनसक्ने आकलन गरिएको छ । घटनास्थलमा अहिले प्रहरीले प्रकृति मुचुल्का उठाउनुका साथै अनुसन्धान गर्दैछ । मृतक पुरुषको शब नजिकै स २ प ६६२२ नम्बरको एक मोटरसाईकल दुर्घटनाग्रस्त अवस्थामा छ । स्थानीयका अनुसार मृतक त्रिनपा २ मोथियाहीका अन्दाजी २० वर्षिय आनन्द चौधरी रहेका छन् । उनी नेपालटारमा ग्यारेजमा काम गर्थे । हरेक सुक्रबार घर आउने गरेका थिए । दुर्घटनाग्रस्त मोटरसाईकल र मृतकको शब भएको खाल्डोको दुरी अस्वभाविक देखिएकोले घटना संकास्पद होकी भन्ने आशंका रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।...
बाेलेराे दुर्घटनामा मृतक संख्या दुई

बाेलेराे दुर्घटनामा मृतक संख्या दुई

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १९ । हिजाे उदयपुरको कटारी नगरपालिका –७ मजेतपुरमा भएकाे बोलेरो दुर्घटनामा मृतककाे संख्या दुई रहेकाे छ । इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी सुवास राईका अनुसार मृत्यु हुनेहरुमा कटारी नपा–८ थलियाका ७० वर्षिय बीरबहादुर तामाङ र साेही ठाउँकी ३३ वर्षिया लालकुमारी तामाङ रहेका छन् । बीरबहादुरकाे घटनास्थलमै मृत्यु भएकाे हाे भने लालकुमारीकाे उपचारकाे क्रममा बिराटनगरमा मृत्यु भएकाे हाे । अन्य घाइतेहरुकाे भने उपचार भइरहेकाे छ । कटारी बजारदेखि थलियातर्फ जाँदै गरेको बोलेराेको ब्रेक फेल भई दुर्घटना भएकाे थियाे । बाेलेराे डेडसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।...