Monday, August 24News That Matters

समाचार

उदयपुरको कटारीमा बोलेरो दुर्घटना, १ को मृत्यु, १३ घाइते

उदयपुरको कटारीमा बोलेरो दुर्घटना, १ को मृत्यु, १३ घाइते

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १८ । आज उदयपुरको कटारी नगरपालिका –७ मजेतपुरमा आज दिउँसो बोलेरो दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ना १ ज ८३३३ नम्बरको बोलेको दुर्घटना हुँदा कटारी नपा–८ थलियाका ७० वर्षिय बीरबहादुर तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी सुवास राईले जानकारी दिनुभयो । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेहरु मध्ये ११ जनाको अवस्था गम्भिर छ । उनीहरुलाई उपचारका लागि विराटनगरस्थित नोबेल हस्पिटल पठाइएको छ । अन्य दुईजनाको कटारी अस्पतालमा उपचार भइरहेको छ । कटारी बजारदेखि थलियातर्फ जाँदै गरेको बोलेको ब्रेक फेल भई डेडसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।  ...
उदयपुरमा बिभिन्न मुद्धाका १९ जना फरार प्रतिवादी पक्राउ

उदयपुरमा बिभिन्न मुद्धाका १९ जना फरार प्रतिवादी पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, १८ फागुन । जिल्ला प्रहरी कार्यालय उदयपुरले बिभिन्न मुद्धाका २१ फारर प्रतिवादी पक्राउ गरेको छ । बिभिन्न मिति, समय र स्थानबाट फरार रहेका प्रतिवादीहरुलाई बिषेश सूचनाको आधारमा प्रहरीले पक्राउ गरी फैसाला कार्यन्वयनको लागि अदालत पठाएको हो । यस्तो छ पक्राउ पर्नेहरुको बिवरण १.जि.उदयपुर त्रियुगा न.पा.१२ बस्ने वर्ष ४१ को क्षेत्र ब. खत्री फैसला मिति २०७७/१०÷१९ गते । मुद्धा चेक अनादर रु.१०००।– २. ऐ.११ वस्ने वर्ष ३४ को मनोज कटुवाल फैसला मिति २०६४/०२/२१ गते । मुद्धा कुटपिट रु.२५०/– ३.ऐ.ऐ. बस्ने वर्ष ४४ को टंक ब. कटुवाल फैसला मिति २०७२/१२/१७ गते। मुद्धा सार्वजानिक अपराध रु.१५००/– ४.ऐ.६ बस्ने वर्ष ४२ को सुरजु गियादेवि मलवार फैसला मिति २०६८/०३/२९ गते। मुद्धा कुटपिट रु.१२००/– ५.ऐ.९ बस्ने वर्ष ३६ की सर्मीला कार्की फैसला मिति २०६७/०९/२७ गते । मुद्धा जालसाझी÷गाली बईज्जती रु.१७/– ६...
१६ नं वडाका जनप्रतिनिधि, कर्मचारी सहित टोल विकासका पदाधिकारीलाई ३ दिने क्षमता बिकास तालिम

१६ नं वडाका जनप्रतिनिधि, कर्मचारी सहित टोल विकासका पदाधिकारीलाई ३ दिने क्षमता बिकास तालिम

Breaking News 1, समाचार
पूर्णपुष्टि, १८ फागुन । त्रियुगा नगरपालिका वडा नं १६ मा कर्मचारी, जनप्रतिनिधि र टोल विकास संस्थाका पदाधिकारीहरुलाई ३ दिने क्षमता विकास तालिम दिईएको छ । कार्यालयको कामलाई चुस्त दुरुस्त जनमुखी बनाउन तालिम प्रदान गरिएको वडा सचिव महेश खानालले जनाए । तालिममा स्थानीय सरकार संञ्चालन ऐनको बारेमा उपस्थितिहरुलाई जानकारी गराईएको सचिव खानालको भनाई छ । जनप्रतिनिधि, कर्मचारी तथा टोल विकासका पदाधीकारीहरुको संयुक्त उपस्थितिमा वडा कार्यालयको काम कार्वाहीबारे तालिममा छलफल भएको छ । जनप्रतिनिधि, कर्मचारी र टोल विकास संस्थाहरुबीच काम कार्वाही बढी जसो हुने हुँदा सम्बन्धित पक्ष पहिला जानकारमुखी बन्नु पर्ने वडाको भनाई छ । यी तिन निकाय आफ्नो काम र जिम्मेवार प्रति सचेत र सजग बने जनताको काम सहज र सरल बन्नेमा ढुक्क रहन सकिने वडाले जनाए । तालिममा कार्यालय व्यवस्थापन सम्बन्धि क्षमता बिकास, ब्यक्तिगत घटना...
१६ नं वडाको निशुल्क स्वास्थ्य सिवरमा ९४ जना बिरामीले लिए प्रत्यक्ष सेवा

१६ नं वडाको निशुल्क स्वास्थ्य सिवरमा ९४ जना बिरामीले लिए प्रत्यक्ष सेवा

Breaking News 1, समाचार
पूर्णपुष्टि, १८ फागुन । त्रियुगा नगरपालिका वडा नं १६ मा संञ्चालन गरिएको निशुल्क स्वास्थ्य सिविरमा ९४ जना बिरामीहरुले प्रत्यक्ष रुपमा सेवा लिएका छन् । १६ नं वडा कार्यालय र बिहानी महिला सामुदायीक संस्था सुकौराले वडावासीहरुलाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको हो । यस सिविरलाई जिल्ला अस्पताल उदयपुर, सुखायु आयुर्वेद अस्पताल गाईघाट, त्रिुयुगा नगरपालिका स्वास्थ्य शाखा र जाल्पा चिलाउने स्वास्थ्य चौकीले सहयोग तथा समन्वय गरेको छ । वडा अध्यक्ष मानवहादुर राईका अनुसार वडाको आर्थिक बर्ष २०८०/८१ को स्वीकृत बार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत सिशिर संञ्चालन गरिएको हो । सिविरमा महिलाहरुले बिषेश सेवा लिएको अध्यक्ष राईको भनाई छ । जस अन्तर्गत ५५ महिलाको बच्चादानीको परिक्षण, १७ जनाको पायल पिस्टुला परिक्षण, २७ जनाको भिआईए जाँच र अन्य १४ जना बिभिन्न बिरामीहरुको निशुल्क स्वास्थ्य परिक्षण तथा उपचार गर...
सवारी दुर्घटना तिन जनाको मृत्यु २ जना घाईते

सवारी दुर्घटना तिन जनाको मृत्यु २ जना घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, १८ फागुन । मोरङको बेलवारी नगरपालिका(१ स्थित पुर्व पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको प्रदेश १ (०२(००१ ख ९६७६ नम्बरको टिपरले बिपरीत दिशाबाट आऊँदै गरेको बाग्मती प्रदेश ०३(००१ ख २७१८ नम्बरको बसलाई ठक्कर दिंदा टिपर अनियन्त्रित भई सोहि दिशा तर्फ आउदै गरेको मे १ ज २८५६ नम्बरको बोलेरोलाई समेत ठक्कर दिई दुर्घटना हुँदा बोलेरोमा सवार ५ जना घाईते भएका थिए । घाईतेहरुलाई उद्धार गरी उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएकोमा बोलेरो चालक बिर्तामोड नगरपालिका(२ झापाका ३६ बर्षीय कृष्ण गजुरेल, बोलेरोमा सवार कमल गाउँपालिका(२ का ५२ बर्षीय यदुकान्त भट्टराई र कमल गाउँपालिका(४ की ४४ बर्षीया दिपा खानालको उपचारको क्रममा मृत्यु भएको हो । उक्त घटनामा घाईते भएका बिर्तामोड(२ की ४८ बर्षीया गायत्री भट्ट...
मेयर वस्नेतले पत्रकार गालिगलोज गरेको अडियो सार्वजानि भएपछि…

मेयर वस्नेतले पत्रकार गालिगलोज गरेको अडियो सार्वजानि भएपछि…

Breaking News 1, समाचार
पूर्णपुष्टि, १७ फागुन । कार्यपालिका बैंठकमा पत्रकारलाई गालीगलौज गरेको अडियो सार्बजनिक भएपछि उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतको सचिवालयले आज स्पष्टिकरण दिएको छ । सचिवालयले उक्त गाली गलौज पत्रकारमाथि लक्षित नभएको स्पष्टिकरण दिएको हो । उक्त अडियो कार्यपालिका सदस्यहरुलाई इंगित गर्दै बोल्ने क्रमको रहेको भनिएको छ । हिजोको कार्यपालिका बैंठकमा मेयर बस्नेतले गालीको क्रममा तल्लोस्तरको शब्द प्रयोग गरेको अडियोमा सुनिन्छ । मेयर जस्तो ओहदाबाट जो सुकैका लागि बोलिएको शब्द पाच्य किसिमको छैन । उक्त शब्दले पत्रकारिता तथा संचारक्षेत्रको गरिमामा आँच पुर्याउने कुनै आशय नरहेको जनाएको छ । हिजो विहान १० नं। वडाध्यक्ष किरण पाण्डेले भ्रष्टाचार गर्ने कर्मचारी र जनप्रतिनिधिलाई कालोमोसो लाउनुपर्छ भन्ने सन्दर्भ जोडेर सार्बजनिकरुपमा बोलेका थिए । अघिल्लो कार्यपालिका बैंठकमा उनले बोलेको भ्रष्टाचारविरुद्...
१ लाख युवा दस्तावेज तयार पार्देछौँ : महासचिव  राई

१ लाख युवा दस्तावेज तयार पार्देछौँ : महासचिव राई

Breaking News 1, समाचार
पूर्णपुष्टि, १७ फागुन । किरात राई यायोख्खा केन्द्रीय महासचिव भिम राईले पहिचान आन्दोलन र पहिचानको आधारमा नाम प्राप्तीको लागि जुन सुकै संघर्ष गर्न तयार रहेको जनाए । पहिचानको आधारमा नाम राख्न माग राख्दा राख्दै प्रदेश नं १ मा कोशी नामाकरण गरेको भन्दै यस प्रति पहिचानवादी जनताहरु असन्तुष्ट रहेको राईको भनाई छ । राजनितिक दलहरुले पहिचाको मुद्धा चुनावी सभामा मात्रै उठानउे र सांसद छिरेपछि भने जनताको पहिचान मेटाउने नाममा हस्ताक्षर गरेको राईको आरोप छ । माओवादी, काँग्रेस, एमाले कुनै पनि ठुला दलहरुले पहिचानको मुद्धालाई आत्मासाथ नगरेको भन्दै अब पहिचानवादी समुदायहरु आफै सक्षम बन्ने र पहिचानको मुद्धा उठाउने जनाए । सकारले बार्ता गर्ने विश्वासमा आफुहरु शान्त रहेको भन्दै तत्काल वार्ताको माध्यमबाट समधान तर्फ लैजानु पर्ने राईको माग छ । यदि अलमलाउने मात्रै काम गरेमा फेरी पहिचावादीहरु तातिनु पर्ने अवस्था आउ...
बित्तिय सुशासन कायम गर्नबाट किन चुक्यो त्रियुगा नगरपालिका ?

बित्तिय सुशासन कायम गर्नबाट किन चुक्यो त्रियुगा नगरपालिका ?

Breaking News 1, समाचार
पूर्णपुष्टि, १६ फागुन । उदयपुरको त्रियुगा नगरपालिका बित्तिय सुशासन कायम गर्नबाट चुकेको छ । वित्तीय सुशासन कायम नगरेका देशका करिब दुई सय स्थानीय तह मध्ये उदयपुरकै सबैभन्दा पुरानो र ठुलो नगरपालिकाको रुपमा रहेको त्रियुगा नगरपालिका पनि चुकेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए( मा ७५३ मध्ये १९९ वटा स्थानीय तह नपर्दा त्रियुगा पनि यस भित्र रहेका छन् । पालिकाहरूलाई योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा २१ अंक, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा २९ अंक, लेखांकन तथा प्रतिवेदनमा १७ अंक, अनुगमन मूल्याङ्कन तथा लेखापरीक्षणमा १६ अंक र राजश्व व्यवस्थापनमा १७ अंक गरी १०० अंक पूर्णाङ्क तोकिएका थिए । स्थानीय तहमा अनियमितता हुने गरेको गुनासा पहिचान गर्न यो मूल्याङ्कन पद्धति अपनाइएको हो । ‘विकास बजेट अनुसार काम गर्दा उनीहरू वित्तीय सु...
माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन १६ । झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाएको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदर्शी गाउँपालिका–६ का २८ बर्षीय बुद्धराज लिम्बु रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार मंगलबार दिउँसो २ बजे खेतमा जमेको पानीमा करेन्ट लागाई माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा लिम्बुको घटना स्थलमै मृत्यु भएको थियो । घटनाको जानकारी पाएसगै ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरीको टोली खटिगई कानुनी प्रकृया पश्चात शवलाई परिक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।...
चोरको खुट्टा काट भन्दा खुट्टा उचाले झै गरे त्रियुगा नगरपालिकाका कर्मचारीहरु

चोरको खुट्टा काट भन्दा खुट्टा उचाले झै गरे त्रियुगा नगरपालिकाका कर्मचारीहरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १६ । भ्रष्टाचारीलाई कालोमोसो लगाउनुपर्छ भनेर उदयपुरको यित्रुगा नगरपालिकाको कार्यपालिका बैंठकमा १० नं. वडाध्यक्षले प्रशंग उठाएपछि कर्मचारीहरुमा हलचल मच्चिएको छ । https://youtu.be/RDBtqJhhkQs यसले मानहानी र उच्च मनोबल गिरेको भन्दै पालिकाका ६२ जना कर्मचारीहरुले संयुक्त हस्ताक्षर गरी प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाएका छन् । चोरको खुट्टा काट भन्दा चोरले खुट्टा उठाए झै गरेका छन्, यहाँका कर्मचारीहरुले । वडाध्यक्ष किरण पाण्डेका अनुसार जनताले दुःख पाएको गुनासो धेरै आएपछि पालिकामा भ्रष्टाचार, बेथिति, ढिलासुस्ती गर्न हुन्न भन्ने आशयले प्रशंग उठाएका थिए । यसरी ज्ञापन पत्र बुझाउने कर्मचारीहरु र ज्ञापन पत्र बुझेर एजेण्डाकै रुपमा आज कार्यपालिका बैंठकमा राख्ने प्रमुख प्रशासकीय अधिकृतको कार्य सम्पादन मुल्यांकन र वित्तिय सुशासन जोखिम मुल्यांकन भने कमजोर छ । जिल्लामा उत्क...