Monday, July 6News That Matters

समाचार

जितेकाे पुरस्कार क्लवलाई सहयाेग

जितेकाे पुरस्कार क्लवलाई सहयाेग

Breaking News 1, Breaking News 3, खेलकुद, समाचार
उदयपुर/मङ्सिर २८ । जिल्ला ब्याड्मिन्टन संघ उदयपुरका अध्यक्ष किसन राईले चाैदण्डिगढी-४ बसाहामा आयाेजित ब्याडमिन्टन प्रतियाेगितामा जितेकाे नगद पुरस्कार क्लवलाई सहयाेग गर्नु भएकाे छ । नवाै मेयरकप ब्याडमिन्टन प्रतियाेगिता, भेट्रान्स डबल्समा उपाधि जितेका राईले प्राप्त नगद पुरस्कारकाे १० हजार रुपैया क्लवकाे उन्नति प्रगतिका लागि सहयाेग गर्नु भएकाे हाे । उहाँ र खगेन्द्र बलकाे जाेडीले भेट्रान्सतर्फकाे उपाधी जित्नु भएकाे थियाे । उहाँले पुरस्कार प्राप्तगरेसंगै दस हजार क्लवलाई सहयाेग घाेषणा गर्नुभयाे । उहाँले क्लवका अध्यक्ष नारायण तामाङलाई क्लवकाे प्रगतिकाे लागि भन्दै उक्त रकम प्रदान गर्नुभयाे । उहाँकाे सहयाेगलाई क्लवले विशेष सहयाेगकाे रुपमा लिएकाे छ ।...
१० दिन देखि बृद्ध बेपत्ता

१० दिन देखि बृद्ध बेपत्ता

Breaking News 1, Breaking News 3, समाचार
पूर्णपुष्टि/उदयपुर, मङ्सिर २८ । मोरङको विराटनगर महानगरपालिका –४ का ६८ वर्षिय कनकबहादुर थापा दशदिनदेखि बेपत्ता भएका छन् । घरबाट म‌सिर २ गतेतिर नाताकाेमा जाने भन्दै हिडेका उनी गत मंसिर १८ गते दिउसो उदयपुरको बेलका नगरपालिकाको रामपुर स्थित बेलका रिसोर्ट छेउमा देखा परेको जानकारी परिवारले पाएको छ । देखिएको आधा घण्टा पछिबाट उनको मोवाइल अफ रहेको र मानिस बेपत्ता रहेको परिवारले जनाएको छ । खोजीतलासीमा लागेको परिवारले प्रहरीमा हुलीया दिइसकेको बेपत्ता बृद्धका ज्वाई प्रतिक दवाडीले जानकारी दिए । परिवारले देखा परेको रामपुर आसपासमा ब्यापक खोजि गरिरहेको भएपनि अझै फेला पार्न नसकेको जनाएको छ ।...
नवौं मेयरकप बसाहा ब्याड्मिन्टन प्रतियोगिताको भेट्रान्स उपाधी किसन राई र खगेन्द्र बलको जोडीलाई, पुरुष डबल्स (बी) को उपाधी सौरव र आदिमको जोडीलाई, महिला डबल्सको उपाधी शिला र निताशाको जोडीको कब्जामा

नवौं मेयरकप बसाहा ब्याड्मिन्टन प्रतियोगिताको भेट्रान्स उपाधी किसन राई र खगेन्द्र बलको जोडीलाई, पुरुष डबल्स (बी) को उपाधी सौरव र आदिमको जोडीलाई, महिला डबल्सको उपाधी शिला र निताशाको जोडीको कब्जामा

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि/उदयपुर, मङ्सिर २८ । चौदण्डीगढी नगरपालिका–४ बसाहामा नवौं मेयरकप ब्याड्मिनटन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको भेट्रान्स (४५‌‍‍+) डबल्समा किसन राई (कालिदास) र खगेन्द्रकुमार बलको जोडीले प्रथम स्थान हाँसिल गरेको छ । राई जिल्ला ब्याड्मिन्टन संघ उदयपुरका अध्यक्ष हुन् । फाइनल खेलमा मणी राई र बबिन्द्र राईको जोडी दोस्रो स्थानमा रह्यो भने देविराज राई र लोकमान श्रेष्ठ तथा प्रेम रायमाझी र युवराज आचार्यको जोडी तृतीय स्थानमा आए । त्यसैगरी पुरुष डबल्स बी डिभिजनमा सौरव राई र आदिव मगरको जोडीले प्रथम स्थान हाँसिल गर्यो । मणी चामलिङ र मिलन राईको जोडीलाई फाइनलमा जितेसंगै प्रथम भएको हो । मणी र मिलनको जोडी दोस्रो स्थानमा रह्यो । तेस्रो स्थानमा काजिमान राई र लोकमान श्रेष्ठको जोडी तथा चुडामणी राई र विपन्चन्द्र राईको सफल भए । त्यसैगरी महिला डबल्सतर्फ शिला राई र निताशा मगरको जोडी प्रथम भयो ।...
उदयपुरमा दनुवार समुदायको न्वागी महोत्वस सम्पन्न

उदयपुरमा दनुवार समुदायको न्वागी महोत्वस सम्पन्न

Breaking News 1, Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, राजावास, मंसिर २८ गते । उदयपुरमा संञ्चालन भएको तिन दिने राष्ट्रिय न्वागी (नेमान)ं पर्व दोस्रो दनुवारी खाना परिकार तथा सांस्कृतिक उत्सव २०८२ भव्यताका साथ सम्पन्न भएको छ । मंसिर २५ गतेबाट सुरु भएको उक्त महोत्सव २७ गते औपचारिक कार्यक्रम सहित सम्पन्न भएको हो । महोत्सव सँगै सांस्कृतिक कार्यक्रम पनि भव्य भएको छ । तिन दिने महोत्सवले दनुवार समुदायलाई एक ठाउँमा उभ्याएको र थप एकतामा बाँध्न सफल भएको दनुवार जागरण समाज त्रियुगा नगर समितिका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका समेत अध्यक्ष रहेका भुनराज दनुवारले बताए । दनुवारले पहिले दनुवार समुदायहरुले आआफ्नै तरिकाले मनाउँदै आएको उक्त पर्व पछिल्लो समय एकै स्थानबाट मनाउने र एक बद्ध गराउने काम गरिरहेको अध्यक्ष दनुवारको भनाई छ । यस्ता खाले मेला महोत्सवले दनुवार समुदायलाई थप सचेत बनाउने काम गरेको समेत बताईएको छ । महोत्सवले यस समुदायको परम्परा ...
आगलागीबाट ध्वस्त भएको फर्मलाई श्रम सिविर मार्फत निर्माण

आगलागीबाट ध्वस्त भएको फर्मलाई श्रम सिविर मार्फत निर्माण

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि/ उदयपुर/ मंसिर २९ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ४ बगाहामा आगलागी बाट नष्ट भएको पोल्ट्री फर्म श्रम सिविर मार्फत निर्माण गरिएको छ । शनिवार नेपाल घरेलु तथा साना उद्योग महासंघ कोशी प्रदेश समितिका बरिष्ठ उपाध्यक्ष मधुकर थापाको नेतृत्वमा जिल्ला र नगर समितिको आयोजनामा श्रम सिविर संञ्चालन गरिएको थियो । दियालीको काली पोल्ट्री फर्म गत चैत्र १५ गते फर्म आगलागीमा परेको थियो । करिब १० हजार क्षमता भएको कुखुरा फर्म आगलागी बाट पूर्ण रुपमा ध्वस्त हुँदा करिब २५ लाख बरावर क्षती पुगेको थियो । उद्योगीलाई समस्या पर्दा सहयोग गर्ने हो भने व्यवसायीहरुको मनोवल बढ्ने भन्दै श्रम मार्फत फर्म निर्माण गरिएको उपाध्यक्ष थापाले बताए । श्रममा उपाध्यक्ष थापा सहित जिल्ला कमिटी अध्यक्ष साहिमा किराती, वरिष्ठ उपाध्यक्ष ज्ञानु प्रधान, नगर कमिटी अध्यक्ष रुद्र श्रेष्ठ लगायत ब्यव्क्तिहरुको उपस्थिति रहेको थियो...
त्रिनपा १ नं. वडा कार्यालयद्वारा अपाङ्गलाई न्यानो कपडा वितरण

त्रिनपा १ नं. वडा कार्यालयद्वारा अपाङ्गलाई न्यानो कपडा वितरण

Breaking News 2, समाचार
गाईघाट÷पूर्णपुष्टि, मंसिर २७ । त्रियुगा नगरपालिका १ नं. वडा कार्यालयले आर्थिक वर्ष २०८२–०८३ को लागि अपाङ्गता लक्षित न्यानो कपडा वितरण गरेको छ । शनिबार जोगिदहस्थित साकेला थानमा वडा कार्यालयले न्यानो कपडा वितरण गरेको हो । त्रिनपा वडा नं १ का वडा अध्यक्ष मनोज कुमार चौधरीले ३४ औँ राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा ५६ जना वौधिक अपाङ्ग भएका पुरुष, महिला र बालबालिकालाई न्यानो कपडा वितरण गरिएको बताउनुभयो । वडाका सबै १०५ जना अपाङ्गलाई न्यानो कपडा वितरण गर्न लागेतापनि तिमध्ये ५६ जना मात्र उपस्थिति भएकोले हाल ५६ जनालाई मात्र न्यानो कपडा वितरण गरिएको अध्यक्ष चौधरीले बताए । आज न्यानो कपडा लिन छुटेकलाई वडा कार्यालयमा नै वितरण गर्ने अध्यक्ष चौधरीले बताए । न्यानो कपडामा प्रत्येक व्यक्ति एक–एक वटा सिरक (ब्लाङ्केट) वितरण गरिएको अध्यक्ष चौधरीले बताए ।    ...
बसाहामा मेयरकप ब्याड्मिन्टन प्रतियाेगिता सञ्चालन

बसाहामा मेयरकप ब्याड्मिन्टन प्रतियाेगिता सञ्चालन

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि/उदयपुर, मङ्सिर २६ । बसाहामा नवाैं मेयरकप ब्याड्मिन्टन प्रतियाेगिता आजबाट स्व सनातकुमार राई कभर्डहलमा सञ्चालन भएकाे छ । बसाहा ब्याड्मिन्टन क्लवका आयाेजना तथा चाैदण्डिगढी नगरपालिकाकाे सहयाेगमा दुई दिने जिल्लास्तरीय ब्याड्मिन्टन प्रतियाेगिता सञ्चालन भएकाे हाे । पुरुष डबल्स बि डिभिजन, भेट्रान्स डबल्स र महिला डबल्स,बी डिभिजन गरि तीन ईभेन्टसमा खेल हुनेछन् । प्रतियाेगितामा जिल्लाका विभिन्न पालिका र क्लवका खेलाडिकाे सहभागिता रहेकाे आयाेजकले जनाएकाे छ । प्रतियाेगिताकाे पालिकाकी उपमेयर मणिका दुलालले उद्घाटन गर्नुभयाे । उद्घाटन मैत्रिपूर्ण खेल जिल्ला ब्याड्मिन्टन  संघका अध्यक्ष कालिदास राई (किसन) र बरिष्ठ उपाध्यक्ष नारायण तामाङकाे जाेडिकाे विरुद्ध चाैदण्डिगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजिमान राई र इलाका प्रशासन कार्यालय कटारीका प्रमुख लाेकमान श्रेष्ठ जाेडीबीच भयाे । अधिकृ...
नेपाली कांग्रेस सुधार अभियान (यु फोर्टीनको )  उदयपुर संयोजकमा कार्की

नेपाली कांग्रेस सुधार अभियान (यु फोर्टीनको ) उदयपुर संयोजकमा कार्की

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, उदयपुर मंसिर २३ गते । नेपाली कांग्रेसले पार्टी मजवुद बनाउन युवाहरुलाई प्राथामिकतामा राखेको छ । नेपाली कांग्रेस सुधार अभियान ९एनसीआरसी० अन्तर्गत पार्टीले यतिवेला युवाहरुलाई आकर्षण गर्ने निति ल्याएको छ । जसको लागि ४० बर्ष मुनिका युवाहरु ९यु फोर्टीन० नै गठन गरेको छ । यहि शिलशिलामा उदयपुरमा पनि रोशन कार्कीको नेतृत्वमा यु फोर्टीन गठन गरिएको हो । यस्ता खाले गठन र नेतृत्वले पार्टीमा युवाहरुको आवश्यकता र पहुँचका् आपश्यकता पुरा गर्ने जनाए । यो नेतृत्व संघ प्रदेश र स्थानीय तह सम्मै लागु हुने गरी कांग्रेस अघि बढेको छ । बिषेशगरी ४० प्रतिशत युवाहरुको भुमिकालाई शुनिश्चित गर्न यो अभियानले सहयोग पुराउने जनाईएको छ । जसमा भ्रष्टचार बिरुद्धको खबरदारी, शुसान कायममा चासो, प्राईमरी इलेक्सनको व्यवस्था, लोकतन्त्रको संरक्षण जस्ता कामहरुमा भुमिका खेल्ने कांग्रेसले जनाएको छ ।  ...
लिम्चुङबुङमा नेपाली सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन

लिम्चुङबुङमा नेपाली सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, मङ्सिर २० । नेपाली सेनाकाे श्री पशुपति प्रसाद गणले उदयपुरको लिम्चुङबुङ गाउँपालिका–३, बराहस्थित एल.बी. कार्की स्मृति लिम्चुङबुङ अस्पताल परिसरमा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर संचालन गरेकाे छ । लिम्चुङबुङ गाउँपालिकासंगकाे समन्वय तथा सहकार्यमा शिविर भएकाे हाे । शिविरमा सैनिक अस्पताल ईटहरी, श्री नं.१८ फिए गुल्म भुल्के, उदयपुर अस्पताल र लिम्चुङबुङ–३ बराहको आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरू सक्रियरुपमा खटिएका  थिए । उद्घाटन तथा निरीक्षणमा पालिका अध्यक्ष मेजरकुमार राई, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, श्री पशुपति प्रसाद गण, बाेक्सेका गणपति प्रमुख सेनानी मनोज कार्की, सुरक्षा निकायका प्रमुखहरू तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । शिविरमा जनरल फिजिसियन सेवा, दन्त सेवा, कान–नाका–घाँटी, आँखा जाँच सेवा, प्रजनन तथा जनस्वस्थ्य सम्बन्धी सेवा प्रदान गरिएकाे ...
गाईघाटमा ४ दिने साकेला सिली प्रशिक्षण सुरु

गाईघाटमा ४ दिने साकेला सिली प्रशिक्षण सुरु

Breaking News 2, समाचार
गाईघाट÷पूर्णपुष्टि, मंसिर २० । उदयपुरको त्रियुगा नगरपालिका–११ साकेला टोल स्थितमा ४ किरात राई साकेला सिली प्रशिक्षण सुरु भएको छ । किरात राई यायोक्खा वडा कार्य समिती त्रियुगा नगरपालिका ११, १२ र १३ गाईघाटको आयोजनामा आजदेखी ४ दिने साकेला सिलि प्रशिक्षण सुरु भएको हो । त्रियुगा नगरपालिकाको १६ वटै वडाबाट आएका प्रशिक्षार्थीहरुलाई ३६ वटा साकेला सिलीहरु सिकाईने वडा कार्य समिती त्रियुगा न.पा. ११, १२ र १३ का अक्ष्यक्ष सर्वधन राईले जानकारी दिए । लोप हुँदै गईरहेको सिलीहरु जगेर्ना गर्ने उदेश्यका साथ साकेला सिली प्रशिक्षण कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । मानव जिवन चक्र सँग सम्बन्धित सिली, कुषी तथा अन्न बाली सँग सम्बन्धित सिली, पशुपँछीसँग सम्बन्धित सिली, युद्ध कला र सिकार खेल्ने कला सँग सम्बन्धित सिली, मुन्दमी धामी, साकेला पुजा र कुल पितृ पुजा सम्बन्धि सिलीहरु सिकाईने उहाँले बताउनुभयो । ...