बिद्यार्थी कुटेको भन्दै जनता मावि दमौटीका प्रअ राउतलाई कार्वाही गर्न माग
पूर्णपुष्टि, उदयपुर, असोज, २४ गते ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं ५ स्थित श्री जनता मावि दमौटीका प्रधानाध्यापकले विदार्थी कुटेको भन्दै अभिभावकहरु आक्रोसित बनेको छ । विद्यालयको (प्रअ) राजन राउतले बिहिबार विद्यालय समयमा पढाउने क्रममा कक्षा १० की छात्रा समिक्षा राईलाई कुटेको भन्दै परिवारले कार्वाहीको माग गरेका हुन् । पिडित अभिभावकले १५ बर्षिया शमिक्षाको गालामा प्रअ राउतले छापड हानेको बताए ।
पिडित अभिभावक सुप्रिमाया राईले छोरीको गालामा कुटेको र आँखा र गाला सुन्निएको बताईन् । विद्यार्थीले गल्ती गरेको खण्डमा अरु धेरै सजायको आधारहरु रहेपनि गालामा झापड हानेको उनको गुनासो छ । शुक्रबार परिवारले कार्वाही गर्नु पर्ने भन्दै विद्यालयमा कुरा समेत उठाएको छ । पढाउने क्रममा एसईईको सेन्टरबारे छलफल हुँदै गर्दा विद्यार्थी र (प्रअ) बीच सेन्टरको स्थानबारे कुरा हुँदै थियो । श्रीपुर सेन्टर रहँदै आएकोमा ...









