Sunday, May 3News That Matters

समाचार

ईक्राहा – शिवनगर झोलुङ्गे पुलको शिलान्यास

ईक्राहा – शिवनगर झोलुङ्गे पुलको शिलान्यास

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
प्रबिन मगर, बेल्टार असार , ३० उदयपुरको चौदण्डिगढी नगरपालिका शिवनगर – इक्राहा जोड्ने झोलुङ्गे पुलको शिलान्यास सङ्घिय सांसद डा. नारायण खड्काले गर्नुभएको छ। ९ करोड बढी लगानीमा बन्न लागेको उक्त झोलुङ्गे पुलको शिलान्यास सोमवार खडुकाले गरेको हो । डा। खडकाको प्रमुख आथित्यतामा सम्पन्न सिलन्यास कार्यक्रममा चौदण्डीगढी नगरपाकिाकी उपप्रमुख मनिका दुलाल सहितको जनप्रतिनिधि, दलका नेता साथै स्थानीय बुद्धि जिवीहरुको सहभागी रहेको थियो। उक्त पुलले त्यस स्थानका स्थानीयहरुलाई आवत जावतमा सहजीकरण गरेको छ । सांसद खड्काले करिब १२ बर्ष देखिको पटक पटकको पहलमा विभिन्न राजनीति, प्राकृति , सामाजिक कारण अहिले सम्म निर्माण हुन नसकेको दुख ब्याक्त गरे। देशमा स्थिर राजनीति , स्थिर सरकार , र आर्थिक अभावमा ठुला परियोजनाहरु अलपत्र पर्ने गरेको पनि सांसद खड्काले बताए । पटक पटक जनताले उदयपुर क्षेत्र १ मा बिजय गराएको ...
उदयपुरमा ४३९ के.जी. गाँजा सहित बुलेरो चालक पक्राउ

उदयपुरमा ४३९ के.जी. गाँजा सहित बुलेरो चालक पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार ३० । उदयपुरमा ४३९ के.जी. लागुऔषध गाँजा सहित बोलेरो चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभुमी गाउँपालिका–२ बस्ने २९ बर्षीय तेज राई रहेका छन् । आईतबार दिउँसो ३ बजेर ५० मिनेटको समयमा कटारी नगरपालिका–२ खोक्सास्थित शिद्धिचरण लोकमार्गमा कटारीबाट सिराहाको मिचैँया तर्फ जादैँ गरेको को १ ज १२७५ नम्बरको तरकारी बोकेको बोलेरोलाई सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा प्लास्टिकको बोरामा प्याक गरेको अबस्थामा गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश कटारीबाट सशस्त्र प्रहरी निरिक्षक मेघराज राउतको चेकप्वाईन्ट टोलीले गाँजा बरामद गरेसँगै गाडी र चालकलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका चालकलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश कटारीमा ल्याई अनुसन्धान गरिरहेको र आवश्यक कारबाहीको लागी नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया भईरहेको सशस्त्र प्रहरीले जनाएको छ ...
उदयपुरमा अस्पताल जादैँ गरेकी गर्भवती महिलाको बाटोमै मृत्यु

उदयपुरमा अस्पताल जादैँ गरेकी गर्भवती महिलाको बाटोमै मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार ३० । उदयपुरमा अस्पताल जादैँ गरेकी एक गर्भवती महिलाको बाटोमै मृत्यु भएको छ । मृत्यु हुेनमा त्रियुगा नगरपालिका–९ गैरुनकी ३० बर्षीया तारा गिरी रहेको प्रहरीले जनाएको छ । आईतबार अस्पतालमा चेकजाँच गर्न जादैँ गर्दा बाटोमै लडेर बेहोस भएकी गिरीलाई तत्काल उपचारको लागी जिल्ला अस्पताल उदयपुरमा ल्याईएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । उनको पेटमा रहेको शिशुको समेत मृत्यु भएको अस्पतालले जनाएको छ । गर्भवती महिलाको मृत्यु के कारणले भएको भन्ने बारे कुनै पनि जानकारी नभएको जिल्ला अस्पतालकी चिकित्सक निर्मला चौधरीले बताईन् । गर्भवतीको अवस्थामा सुगर वा प्रेसर भएको कारण बिरामीको अचानक मृत्यु हुन सक्ने उनले बताईन् । मृतकको श्रीमान वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा छन् ।...
ताप्लीमा कृषि सामग्री खरिद अनियमितता बारे एक सप्लायर्सले लाए फेसबुके आरोप, आफुले नपाएको रिसमा अतिरञ्जित गरेको पालिकाको प्रतिआरोप

ताप्लीमा कृषि सामग्री खरिद अनियमितता बारे एक सप्लायर्सले लाए फेसबुके आरोप, आफुले नपाएको रिसमा अतिरञ्जित गरेको पालिकाको प्रतिआरोप

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार २९ । उदयपुरको ताप्ली गाउँपालिकाले किसानहरुलाई कृषि सामग्री खरिद, वितरण र भुक्तानीमा अनियमितता भएको भन्दै एक सप्लायर्सले आरोप लगाएको छ । प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा वितरण गर्नुपर्ने कृषि सामग्रीको सन्दर्भमा भुगोल एग्रो एण्ड मल्टी सप्लायर्स, गाईघाटका प्रोपाइटर भरत खत्रीले सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएको हो । उनले कृषि सामग्री खरिद अघि नै भुक्तानी गरेर कमजाेरी भएकाे भनेका छन् । ब्यक्तिगत फाइदा नभएपछि सप्लायर्सका प्रोपाइटर खत्रिबाट अनावश्यक भ्रम फैलाउने काम भएको र सामान्य विषयलाई अतिरन्जित बनाउने प्रयास भएको गाउँपालिकाका अध्यक्ष ढुंगराज वि.क.को भनाई छ । किसानहरुले पाउने कृषि सामग्रीबारे पालिका सम्बेदनशिलरुपमा लागि रहेको र भोली वितरणको तयारी रहेको अध्यक्ष वि.कले बताए । “सामाजिक सञ्जालको दुरुपयोग गर्दै भ्रम फैलाउने र अतिरन्जित बनाउने कोशिस भएको छ ।” अध्यक्ष व...
प्रलेस उदयपुरद्वारा भानुजयन्ती मनाइयो

प्रलेस उदयपुरद्वारा भानुजयन्ती मनाइयो

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार २९ । प्रगतिशील लेखक सङ्घ जिल्ला शाखा उदयपुरको आयोजनामा आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्ती भब्यरुपले शनिवार गाईघाटमा मनाईयाे । साे अवसरमा त्रियुगा नगर अन्तर माधयामिक विद्यालय (कक्षा ९–१२) स्तरीय कविता प्रतियोगिता भयाे । प्रतियाेगितामा प्याराडाईज बोर्डिङ्ग स्कुलकी विपना शर्मा प्रथम भएकी छन् । निजामती कर्मचारी संङ्गठनको सभाहलमा सम्पन्न प्रतियोगितामा लक्ष्मीपुर मा.वि. पोर्ताहाकी सुमिक्षा श्रेष्ठले द्धित्तिय स्थान हासिल गरिन् भने सगरमाथा बोडिङ्ग स्कुलकी प्रतिक्षा निरौलाले तृतिय स्थान हाँसिल गरिन् । रामजानकी मा.वि. मोडिगडाकी दिपिका धमलाले सान्त्वना स्थान हासिल गरिन् । पुरस्कार स्वरुप विजेताहरुलाई सिक्न केही सजिलो होस् भनी सिकाई सामाग्री डायरी, कलम र किताबहरु प्रदान गरिएको थियो ।...
बिग्रिएको सवारी सडकमै थन्कीदा दुर्घटनाको जोखिम

बिग्रिएको सवारी सडकमै थन्कीदा दुर्घटनाको जोखिम

Breaking News 1, Breaking News 2, समाचार
प्रविन मगर, बेल्टार  पूर्णपुष्टि, २८ असार । उसै पनि उदयपुरको मदन भण्डारी हाईवेमा दिन प्रतिदिन सडक दुर्घटना भैरहेको पाईन्छ । दुई लेनकै सडक सानो भैरहेको यस सडको दुर्घटनामा बिग्रिएको सवारी साधनले सडक ओगड्दा दुर्घटनाको जोखिम थप बढ्ने अवस्था रहन्छ । उदयपुरकाृ चौदण्डिगढी बेल्टार स्थित पुर्ब रामपुर र पश्चिम गाईघाट जाने मेन हाईवएमा बिगत १ हप्ता देखि माल सामान बाहक बुलेरो आलपत्र पर्दा सवारी साधन दुर्घटना हुने जोखिम बढेको छ। ज्योति क्याम्पस गेटको आगाडिनै रोड्को भाग ओगटेर बसेका ती बुलेरोको कारण दुर्घटनाको जोखिम बन्दै गएको छ। उक्त सवारी साधनलाई सम्बन्धित निकायहरुले व्यवस्थापन गर्न सकिरहेको देखिँदैन । इलाका ट्राफिक प्रहरी बेल्टारले पनि यसवारे जानकारी बिहिन अवस्थामा रहेको देखिन्छ । राजमार्ग बनेको डेढ बर्षमै उच्च दुर्घटना हुने पहिचान बनाएकोमा ट्राफिक प्रहरी र सवारी साधन चालक, धनी कति जिम्मेवार हो । ...
४५ चौकमा “होटल लुहाङ्स” सुरुवात

४५ चौकमा “होटल लुहाङ्स” सुरुवात

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, असार २९ । पर्यटकीय हब सोलुखुम्बुबाट ब्यवसायिक योजना र सपनासहित उदयपुरको बसाहा पाइला टेकेका होमबहादुर मगरले पाँचवर्षको अन्तरालमा ब्यवसायिक सफलता देखाउन सफल भएका छन् । उनले पाँचवर्षअघि चौदण्डीगढी नगरपालिका –४ बसाहामा एउटा सामान्य क्याफेबाट ब्यवसायिक यात्रा थालनी गरे । क्लाशिक क्याफेबाट ब्यवसाय सुरुवात गरेका उनले दुईवर्षमा “होटल सोलुखुम्बु” सञ्चालन गरे । यो होटल बसाहाकै पहिलो र ब्यवसायिक सफल नमुना होटल बन्नपुग्यो ।  मगरले पारिवारिकरुपमा सञ्चालन गरेको होटलले तीनवर्षमा राम्रो ब्यवसायिक सफलता पाएपछि अहिले बसाहाकै ४५ चौकमा नयाँ होटल “लुहाङस् किचेन”को सुरुवात गरेका छन् । आजैमात्र लामागुरुहरुद्वारा नयाँ होटलको पुजाँपाठ गरी होटल उद्घाटन भएको छ । भोलीदेखि खाना, खाजा, सेकुवा लगायतको राम्रो ब्यवस्थासहित ब्यवसाय सुरुवात गर्ने मगरको भनाई छ । उनको क्रमिक सफलताको दुई प्रमुख कारण छन् । पहिल...
बागमती नदी ६ महिनामा निर्मल हुने दावी

बागमती नदी ६ महिनामा निर्मल हुने दावी

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २८ असार । एभरेष्ट इन्जिनियरिङ कलेज सानेपामा आज सम्पन्न गोष्ठीका प्रमुख वक्ता अमेरिकाको टेक्सास ए एण्ड एम अन्तर्राष्ट्रिय विश्वविद्यालयका प्रा.डा. माया प्रकास भट्टले सरकारले साथ दिएमा काठमाडौंको बागमती नदीलाई ६ महिना भित्र निर्मल गर्ने प्रविधि आफुसँग भएको दावी गरेका छन् । त्रिभुवन विश्वविद्यालय तथा जापानको नागोया विश्वविद्यालयबाट स्नातकोत्तर गरी अमेरिकाका विभिन्न विश्वविद्यालयहरूबाट विद्यावारिधि तथा पोष्ट डक गरी अनुसन्धान तथा शिक्षण कार्यमा दुई दशक भन्दा बढि सेवा गरिसकेका प्रा।डा। भट्टले आफुले गरेका अनुसन्धान परिणामहरू तथा आफू सहितले विकास गरेका प्रविधिहरू प्रयोग गर्ने अवसर दिएमा नेपालका समस्याहरू समाधानमा सकेको योगदान गर्ने इच्छा प्रकट गरे। शुरुमा आयोन एक्सचेन्ज प्रविधिबाट नदीको पानीमा प्रदुषणको मात्रा घटाउने र त्यसपछि क्रमश आरओ, नानो फिल्टर जस्ता प्रविधिहरू प्रयोग गरी जति...
जोखिमबाट सतर्क रहन जिल्ला प्रशासन कार्यालय उदयपुरको आह्वान

जोखिमबाट सतर्क रहन जिल्ला प्रशासन कार्यालय उदयपुरको आह्वान

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, २६ असार । जिल्ला प्रशासन कार्यालय उदयपुरले मनसुन जोखिमबाट सतर्क रहन आह्वान गरेको छ । देशको बिभिन्न स्थानमा भैरहेको मनसुन कुनै पनि बेला जिल्ला प्रवेश गर्न सक्ने भन्दै अग्रिम रुपमा सतर्क रहन प्रशासनले आग्रह गरेको हो । बुधबार कार्यालयले सूचना जारी गर्दै चिनको तिव्वत क्षेत्र हुँदै रसुवा भोटेकोशी नदिमा मंगलबार भएको भिषण बाढीले नेपाल चीन जोड्ने मितेरी पुल लगायत अन्य संरचनाहरुमा क्षती पुराउनुका साथै मानवीय समेत क्षती पुराएको जनाएको छ । बर्षाको समयका कारण कुनै पनि वेला बाढी पहिरो र भु–क्षय जोखिम हुन सक्ने भन्दै सबै जिल्लावासीहरुलाई सचेत रहन कार्यालयले अनुरोध गरेको हो । बिषेशगरी खोला नाला र नदी आसपास बसोवास गर्नेहरुलाई सतर्कता रहन अनुरोध गरिएको छ भने हिडडुल गर्दा अत्यावश्यक वाहेक अन्य यात्राहरु नगर्न सुझाईएको छ ।...
उदयपुरमा कारको ठक्करबाट साईकल यात्री गम्भिर घाईते

उदयपुरमा कारको ठक्करबाट साईकल यात्री गम्भिर घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार २६ । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ भुल्के स्थितमा कारको ठक्करबाट एक साईकल यात्री गम्भिर घाईते भएका छन् । बिहिबार बिहान मदनभण्डारी लोकमार्ग अन्तर्गत बेल्टारदेखी रामपुरतर्फ जादैँ गरको बा ५ च ९९८८ नम्बरको कारले सोही दिशातर्फ जादैँ गरेको साईकललाई ठक्करदिँदा चौदण्डीगढी–४ मकमडाँडाका ६० बर्षीय जितबहादुर बस्नेत घम्भिर घाईते भएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । ईप्रका कार्यालय बेल्टारका प्रहरी निरिक्षक बबिन राईका अनुसार कारको ठक्करबाट टाउकोमा चोट लागेको बस्नेतलाई तत्काल उपचारको लागी नगर अस्पताल बेल्टारमा लगिएपछि न्यूरो अस्पताल विराटनगर रिफर गरिएको छ । साईकलाई ठक्करदिने कारसहित चालक चौदण्डीगढी–९ हडियाका अन्दाजी ३६ बर्षीय युवराज खत्रीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...