आदिवाशी जनजाति पत्रकार महासङ्घको सम्मान कार्यक्रम सम्पन्न
पूर्णपुष्टि, बैशाख १०
आदिवासी जनजाति पत्रकार महासङ्घ उदयपुरले गाइघाटमा कार्यक्रम सम्पन्न गरेको छ । गाइघाटको कन्चनजङ्घा होटलमा सम्पन्न कार्यक्रममा केन्द्रिय महाधिवेशनमा निर्बाचित केन्द्रिय सचिब बिश्वराज तामाङ्ग, केन्द्रिय समावेशी सचिब यमन दनुवार राई र केन्द्रिय सदस्य गजेन्द्र राई लाई सम्मान गरिएको थियो । सो कार्यक्रममा प्रमुख अतिथी त्रीयुगा नगरपालिकाका निवर्तमान प्रमुख बलदेब चौधरी लगायत अतिथिले निर्बाचित पदाधिकारी लाई फेटा गुथेर, खादा लगायर सम्मान गर्नु भएको थियो ।
प्रमुख अतिथि बलदेब चौधरीले नेपालमा अझै समाबेशता बिरोधी कानुन अझै रहेकाले समानताका लागि आन्दोलनमा जुट्न अनुरोध गर्नु भएको हो ।
कार्यक्रममा वरिष्ठ पत्रकार कैशल चेम्जोङ, भोट राज राई, हरी राई , सुखिलाल चौधरी , नवीन राई लगायत अतिथिको रुपमा रहनुभएको थियो । सो कार्यक्रममा आदिवासी जनजाति उम्मेदवारलाई जिताउनु पर्नेमा सहभागीहरुले जो...









