Wednesday, June 3News That Matters

समाचार

उदयपुरका जनप्रतिनिधीहरु धमाधम राजिनामा दिँदै

उदयपुरका जनप्रतिनिधीहरु धमाधम राजिनामा दिँदै

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख ९ पुन जनप्रतिनिधिमा निर्वाचित हुने आशमा त्रियुगा नगरपालिकाका जनप्रतिनिधीले राजिनामा दिन थालेका छन् । आज बैशाख ०९ गते सम्म ३१ जना प्रतिनिधीले राजिनामा दिईसकेका छन् । वडा नं.२ का वडाध्यक्ष भमान सिंह बस्नेत , ५ का केदार थापा (उदव), १३ की पशुपति चौधरी लगाएत बडा अध्यक्षले राजिनामा दिएका छन् । यस्तै वडा सदस्यहरु जयराम पञ्जीयार, कृष्ण बुढाथोकी, तारा सार्की, मान व. मगर, तनुकलाल चौधरी लगायतले समेत राजिनामा दिएका छन् । धेरै जनप्रतिनिधीको नाममा वेरुजु रहेकाले नगरपालिकाले भोली शनिबार पनि कार्यालय सञ्चालन गरी वरुजु हुने र राजिनामा लिने काम गर्ने त्रियुगाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम ढकालले बताएका छन् । यो नगरका प्रमुख बलदेव चौधरी र उपमेयर देवि कुमारी चौधरी समेत पुन उठ्ने भएकोले राजिनामा दिने तयारीमा छन् ।...
त्रियुगाकी महिला वडाध्यक्षद्धरा राजिनामा

त्रियुगाकी महिला वडाध्यक्षद्धरा राजिनामा

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ९ गते । त्रियुगा नगरपालिका वडा नं. १३ कि वडाध्यक्ष पशुपति चौधरीले आज राजिनामा दिएकी छिन् । जनताले पुन जनप्रतिनिधि बन्न अनुरोध गरेसंगै चुनाबमा उठ्न राजिनामा दिएकी हुन् । चौधरी त्रियुगा नगरपालिका भित्रका १६ वडामध्येकी एकमात्र अध्यक्ष रहेकी थिइन् । उनलाई एकीकृत समाजवादीले सर्वसहमत उमेदवार चयन गरिसकेको छ । त्रियुगा भित्रका १६ वडाका अध्यक्षमध्ये उनी तुलनात्मक रुपमा सफल वडाध्यक्ष मानिन्छिन । जनताले पुन आफुलाइ अनुरोध गरेकाले वडाध्यक्षमा उठ्न लागेको चौधरीले बताइन् । उनले आफ्नो कामबाट जनता सन्तुष्ट भएकाले फेरि जित्नेमा आफू ढुक्क रहेको दाबी समेत गरेकी छिन् ।...
उदयपुरमा टाईफाई विरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई पुन : खोप लाईने

उदयपुरमा टाईफाई विरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई पुन : खोप लाईने

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख ९ गते । उदयपुरमा टाईफाई विरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई पुन खोप लाईने भएको छ । १५ महिना देखि १५ वर्षमुनी सम्मका बालबालिकालाई पुन : टाईफाई विरुद्धको खोप लगाइने भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । यस अघि टाईफाई विरुद्धको खोप सञ्चालन हुँदा केही बालबालिकाहरु छुट भएको भन्ने बुझिएकोले पुन सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ । उदयपुर अस्पतालमा वैशाख ११ गते देखि १३ गते सम्म पुन : खोप सञ्चालन गरिने स्वास्थ्य कार्यालय प्रमुख वृत कुमार दासले जानकारी दिनुभयो ।...
चौदण्डीगढीमा पनि गठबन्धन नगर्ने कांग्रेसको निर्णय

चौदण्डीगढीमा पनि गठबन्धन नगर्ने कांग्रेसको निर्णय

Breaking News 2, राजनीति, समाचार
पूर्णपुुष्टि, वैशाख ९ गते । चौदण्डीगढी नगरपालिकामा पनि काङ्ग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको छ । आज शुक्रबार बसेको गठबन्धन उदयपुरको निर्णय अनुसार काङ्ग्रेस एक्लै चुनावमा भागलिने निर्णय गरेको हो । काङ्ग्रेस बाहेक गठबन्धनका अन्य पार्टी माओवादी केन्द्र, नेकपा एस र जनतासमाजवादी पार्टीले भने गठबन्धन गर्ने भएको छ । हिजो मात्रै बसेको गठबन्धनको बैठकले त्रियुगा नगरपालिका र ताप्ली गाउँपालिकाको निर्णय बारे टुङगो लगाएको थियो । जसमा त्रियुगामा पनि काङ्ग्रेस एक्लै लड्ने निर्णय भएको थियो । यता ताप्लीमा भने जसपा एक्लै लड्ने भएको छ ।...
प्रधानमन्त्री देउवासँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट

प्रधानमन्त्री देउवासँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख ९ प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयसले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले कोरोना भाइरस महामारीका बेला महानिर्देशक डा गेहब्रेयसले खेल्नुभएको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै त्यतिबेला डब्लुएचओले नेपाललाई खोप वितरण गरी महत्वपूर्ण सहयोग गरेकामा उहाँप्रति आभार पनि व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पनि महानिर्देशक डा टेड्रोसलाई आग्रह गर्नुभयो । महानिर्देशक डा टेड्रोसले नेपालले कोरोना भाइरस खोप धेरैजसोलाई लगाएकामा खुशी व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव सेवा लम्सालले जानकारी दिनुभयो । महानिर्देशक डा टेड्रोसले नेपालले स्वास्थ्य क्षेत्रमा पु...
अनुदानले होइन कर छुटले बढ्न सक्छ विद्युतीय चुलोको प्रयोग

अनुदानले होइन कर छुटले बढ्न सक्छ विद्युतीय चुलोको प्रयोग

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख ९ विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा हरेक वर्ष घरभित्रकोे वायु प्रदूषणका कारण २२ हजार बढीको ज्यान जाने गरेको छ । खाना पकाउनका लागि अत्यधिक मात्रामा दाउरा, गुइँठालगायतको प्रयोग गर्दा धुँवा उत्पन्न हुने र त्यसले मानव स्वास्थ्य मात्रै नभई वातावरणमा समेत प्रत्यक्ष प्रभाव परेको छ । दाउराको जोहो गर्नुपर्ने बाध्यताका कारण वनजङ्गलको विनास पनि उत्तिकै बढेको छ । विशेष गरी महिला र बालबालिकाको स्वास्थयमा नराम्रो असर परेको छ । वातावरणमा पर्ने नकारात्मक असरका कारण जलवायु परिवर्तनको जोखिम पनि उत्तिकै बढेको छ । हिमालको हिउँ मात्रै पग्लिएको छैन, त्यसले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएको छ । सरकारी विवरणअनुसार नेपालमा परम्परागत ऊर्जाको प्रयोग हालसम्म पनि ६९ प्रतिशत बराबर हुने गरेको छ । त्यसमा दाउरा, गुइँठा र कृषि अवशेषलाई ऊर्जाका रुपमा खपत गरिन्छ । व्यावसायिक ऊर्जाका रुपमा बिजुल...
‘दबंग टु नेपाल–रिलोडेड’ को लागि सलमान खान नेपाल आउदैँ

‘दबंग टु नेपाल–रिलोडेड’ को लागि सलमान खान नेपाल आउदैँ

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, वैशाख ९ गते । बलिउड सुपरस्टार सलमान खान नेपाल आउने भएका छन् । १४ जेठमा ‘दबंग टु नेपाल–रिलोडेड’ कार्यक्रममा सहभागी हुन बलिउड सुपरस्टार खान दुई दिन अघि नै नेपाल आउने भएका हुन् । १२ जेठ साँझ काठमाडौं ओर्लने खानले १३ जेठमा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग माउन्ट फ्लाइट गर्नेछन् भने सोही दिन सगरमाथा क्षेत्रमा ब्रेक्रफास्टसमेत गर्ने कार्यतालिका बनाइएको आयोजक राजिव श्रेष्ठले जानकारी दिए । उनका अनुसार १४ जेठ साँझ मात्रै दशरथ रंगशाला बलिउड कलाकारसहित स्टेजमा खान पुग्नु अघि अपरान्ह १२ बजेदेखि नेपाली कलाकारले प्रस्तुति दिइसकेका हुनेछन् । बलिउडका अन्य कलाकारसँग नेपाल आउन लागेका खानको यसअघि तय भएको कार्यक्रम कोभिड महामारीका कारण रोकिन पुगेको थियो ।...
निर्वाचन आयोगद्धरा तालिका सार्बजनिक

निर्वाचन आयोगद्धरा तालिका सार्बजनिक

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ९ गते । स्थानीय तहको निर्वाचन सर्ने हो कि भने हल्लाका बिभ निर्वाचनको मिती नजिकिएसंगै त्यो हल्ला मै सिमित भएको छ । स्थानीय तहको निर्वाचनको तालिका निर्वाचन आयोगले सार्बजनिक गरेको छ । जसानुसार हिजो बैसाक ८ गते देशैभरी निर्वाचन अधिकृतको कार्यालय खुलिसकेको छ । निर्वाचन आयोगले मनोनयन दर्ताका लागि दुई दिनको समय वैशाख ११ र १२ गते छुट्याएको छ । सोही दिन निर्वाचन कार्यालयले कार्यालय समयपछि मनोनयन गरेका उम्मेदवारको सूचि प्रकाशन गर्नेछ । वैशाख १३ गते उमेदवारको बिरुद्दमा उजुरी दिन समय छुट्याइएको छ । वैशाक १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने र प्राप्त उजुरी उपर छानबिन गर्ने गरी निर्णय गर्ने छ । सो पश्चात् कार्यालय समय पश्चात उमेदवारको नामवली प्रकाशन गर्नेछ । वैशाख १६ मा उम्मेदवारलाई आफ्नो नाम फिर्ता लिन चाहेको खण्डमा उम्मेदवारी फिर्ता लिने समय दिइएको छ । १६ गते नै उमेदवारको अन्तिम न...
ऊर्जामन्त्री भुसालसँग स्टोनियाका राजदूतको शिष्टाचार भेट

ऊर्जामन्त्री भुसालसँग स्टोनियाका राजदूतको शिष्टाचार भेट

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख ९ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि इस्टोनियाका नवनियुक्त राजदूत केटरिन किभीले आज शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा भएको उहाँहरूबीचको भेटमा आपसी सम्बन्ध र चासोका विविध विषयमा छलफल भएको छ । भेटमा मन्त्री भुसालले दुई देशबीचमा जनस्तरको सम्बन्ध अझै विस्तारका लागि पर्यटक आवागमनलाई थप प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वका बहुपक्षीय मञ्चमा दुई देशको धारणा समान रहेको उल्लेख गर्दै आगामी दिनमा पनि थप सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । जलविद्युत् विकासमा नेपाल निरन्तर लागि परेको उल्लेख गर्दै मन्त्री भुसालले भन्नुभयो, “नेपाल जलविद्युत् लगानीको महत्वपूर्ण क्षेत्र हो, इस्टोनियाका सरकारी तथा निजी क्षेत्रलाई नेपालमा लगानीका लागि आग्रह गर्न चाहन्छु ।” उहाँले आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गर्...
त्रिनपा ५ का वडाध्यक्ष केदार थापाले दिए राजिनामा

त्रिनपा ५ का वडाध्यक्ष केदार थापाले दिए राजिनामा

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ९ गते । स्थानीय तहको निर्वाचन नजिकीएसंगै उदयपुरमा जनप्रतिनिधीहरुले धमाधम राजिनामा दिनथालेका छन् । त्रियुगा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष केदार थापा (उदब ) ले राजिनामा दिएका छन् । थापाले २०७९ को निर्वाचनमा पुन उमेदवार बन्ने भन्दै राजिनामा दिएको हो । निर्वाचन आयोगले उमेदवार बन्न वाहालवाला जनप्रतिनिधीले राजिनामा दिनपर्ने अनिर्वाय व्यवस्था गरेको छ । नेपाली काङ्ग्रेस ५ वडा समितिले यस अघि नै सिफारिस गरिसकेको छ । पार्टीले पुन वडा अध्यक्षका लागि टिकट दिने भएसंगै उनले राजिनामा दिएका हुन् । उमेदवार हुन चाहाने जनप्रतिनिधीले राजिनामा दिने क्रम जारी नै रहेको छ ।...