गाईघाटदेखि कटारीसम्म महिला राईडरहरूको विशेष यात्रा : सडक सुरक्षाको विशेष सन्देश
पूर्णपुष्टि/उदयपुर जेठ -८
उदयपुरमा पछिल्लो समय सुरक्षित सडकका लागि विभिन्न सचेतनामूलक अभियान सञ्चालन भइरहेका छन् । यही अभियानलाई निरन्तरता दिँदै भोलि गाईघाटदेखि कटारीसम्म महिला राईडरहरूको विशेष यात्रा आयोजना गरिने भएको छ। महिला बाइक राइडर उदयपुरको आयोजना तथा सुरक्षित सडक अभियान उदयपुर र जिल्ला ट्राफिक कार्यालय उदयपुरको समन्वयमा कार्यक्रम हुने भएको हो।
सुरक्षित सडक अभियान अन्तर्गत महिला राईडरहरूले विभिन्न स्थानमा होडिङ बोर्ड राख्ने, सडक सुरक्षासम्बन्धी सन्देश प्रवाह गर्ने तथा चालक र यात्रुहरूलाई सचेत बनाउने कार्यक्रम तय गरिएको अभियानकर्मी जानुका कार्कीले बताउनुभयो । यात्राका लागि गाईघाटस्थित पिपलचोकमा राईडर टोली जम्मा हुने र यात्रा सुरु गरिने अभियानकर्मी शशिका राईले बताउनुभयो । अभियान टोलीसँगै यात्रामा सहभागी भइदिन समेत उहाँले आग्रह गर्नुभएको छ ।
अभियान अन्तर्गत सडक दुर्घटनाको उच्च जोखि...









