Monday, May 4News That Matters

समाचार

सरकारले ल्यायो आगामी बर्षका लागि १९ खर्ब ६४ अर्ब बजेट

सरकारले ल्यायो आगामी बर्षका लागि १९ खर्ब ६४ अर्ब बजेट

Breaking News 1, Breaking News 2, Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि, १५ जेष्ठ । सरकारले आगामी बर्षका लागि बजेट प्रस्तुत गरेको छ । बिहिबार संसदमा अर्थ मन्त्री बिष्णु प्रसाद पौडेलले आगमी बर्षका लागि १९ खर्ब ६४ अर्ब बजेट प्रस्तुत गरेको हो । पछिल्ला वर्षहरूमा राजस्व वृद्धिदर निरन्तर ह्रास आइरहेको बेलामा राजस्व बाँडफाँट बाहेक १३ खर्ब १० अर्ब रूपैयाँको राजस्वको आधार देखाएर १९ खर्ब ६४ अर्बको बजेट अर्थमन्त्री पौडेलले प्रस्तुत गरेका हुन् ।...
गणतन्त्र दिवस : अपाङ्गता भएका व्यक्तिहरुलाई पारा खेलकुद

गणतन्त्र दिवस : अपाङ्गता भएका व्यक्तिहरुलाई पारा खेलकुद

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख १५ । उदयपुरको त्रियुगा नगरपालिकामा गणतन्त्र दिवसको अवसरमा अपाङ्गताहरुको लागी नगर स्तरीय पारा खेलकुद प्रतियोगिता गराईएको छ । बिहिबार ‘खेलकुद स्वस्थ्यको लागी, खेलाडी राष्ट्रको लागी’ भन्ने मुल नाराका साथ गणतन्त्र दिवस जिल्ला स्तरीय मुल समारोह समितिको आयोजना तथा त्रियुगा नगर खेलकुद विकास समितिको समन्यवयमा एक दिने पारा खेलकुद प्रतियोगिता गरिएको हो । त्रियुगा नगरपालिकाको भवनमा खेलाईएको पारा खेलकुदमा अपाङ्गता भएकाहरुलाई म्युजिकल चियर र बल पास गरी दुई वटा खेल खेलाईएको थियो । हिड्न सक्ने आपाङ्गता भएकाहरुलाई म्युजिकल चियर खेल खेलाईएको थियो भने हिड्न सक्ने र नसक्ने दुबै किसिमका अपाङ्गता भएकाहरुलाई बल पास खेल खेलाईएको हो । म्युजिकल चियर खेलमा वडा नं. ६ की भेष कुमारी थापा प्रथम भईन् भने वडां. ३ कि देवी गिरी दोस्रो र वडा नं. ११ कि विनिता खत्री तेस्रो भईन् । त्यस्तै बल पास खेल...
गणतन्त्रको अवसरमा उदयपुरमा ब्याडमिन्टन प्रतियोगिता

गणतन्त्रको अवसरमा उदयपुरमा ब्याडमिन्टन प्रतियोगिता

Breaking News 1, Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, १५ जेष्ठ । जिल्ला व्याड्मिन्टन संघ उदयपुरले गणतन्त्र दिवसको अवसर पारी ब्याडमिन्ट प्रतियोगिता गराएको छ । बिहिबार १८ औँ गणतन्त्रको अवसरमा बोक्से कवड हल स्थित जिल्ला स्तरीय त्रियुगा मेयर कप ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो । उक्त प्रतियोगिताको उद्घाटन जिल्ला प्रमुख अधिकारी प्रेम प्रसाद लुईडेलले गर्नुभयो । प्रतियोगितामा जिल्लाको बिभिन्न पालिकाहरुबाट खेलाडीहरु उपस्थित रहेको छ । संघका अध्यक्ष कालिदास राईले प्रतियोगिताले खेलाडीहरुको सुमधुर सम्बन्ध कायम राख्नुका साथै जिल्लामा ब्याडमिन्टनको क्रेज बढाउने जनाए ।...
गणतन्त्र दिवसको अवसरमा उदयपुरमा केके कार्यत्रम भए ?

गणतन्त्र दिवसको अवसरमा उदयपुरमा केके कार्यत्रम भए ?

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १५ जेष्ठ । आज नेपालमा गणतन्त्रको जन्म भएको दिन । गणतन्त्रको १८ औँ बर्षको अवसरमा देशब्यापी कार्यक्रमहरु भैरहँदा उदयपुरमा पनि विबिध कार्यक्रमहरु आयोजना गरिएको छ । आयोजक गणतन्त्र दिवस २०८२ जिल्ला स्तरीय मुल समारोह समितिले जिल्लामा विभिन्न तिन दिवसीय कार्यक्रम गरी गणतन्त्र दिवस मनाएको हो । जिल्ला अस्पताल उदयपुर परिसरमा झण्डा तोलन, बृक्षा रोपन, विरामीलाई फलफुल वितरण, भगवति मन्दिर परिसरमा सरसफाई गरिएको छ । सोही कार्यक्रम अन्तरर्गत बिहिबार गाईघाट शान्तिधाममा योग कार्यक्रमको आयोजना समेत गरिएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुर, जिल्ला समन्वय समिति उदयपुर, जिल्ला प्रहरी कार्यालय उदयपुर, शसस्त्र प्रहरी बल उदयपुर, पशुपति गण बोक्से लगायत बिभिन्न संघ संस्थाहरुको उपस्थितिमा गणतन्त्र दिवस भव्य मनाईएको छ । मुल समारोह समितिका सभापति तथा जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौर बहादुर विश्व...
छैठौँ वडा अध्यक्ष कप : आदर्श फुटबल क्लबलाई हराउँदै राईटोल फाइनलमा

छैठौँ वडा अध्यक्ष कप : आदर्श फुटबल क्लबलाई हराउँदै राईटोल फाइनलमा

Breaking News 2, खेलकुद, समाचार
सुनिल राई, गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ४ बगाहामा जारी छैठौँ वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा राईटोल फुटबल क्लब प्रवेश गरेको छ । मङ्गलबार भएको पहिलो सेमिफाइनल खेलमाराईटोल फुटबल क्लबले आदर्श फुटबल क्लब (पुष्प पाटिका) लाई २-० गोलले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । खेलको सुरुवाती २ औँ मिनेटमा जर्सी नम्बर ९ का (कप्तान) लोकिन राईले गोल गर्दै राई टोललाई अग्रता दिलाएका थिए भने ३३ औँ मिनेटमा लोकिन राईले हेडिङ मार्फत व्यक्तिगत दोस्रो गोल गर्दै राईटोलको अग्रता दोब्बर बनाए । यस खेलको म्यान अफ द म्याच राईटोल फुटबल क्लबका जर्सी नम्बर ९ का कप्तान लोकिन राई बने । उनले नगद रु ५ सय सहित फ्लेक्स र मेडल प्राप्त गरे ।टाईटाेल फुटबल क्लबले भोलि हुने दोस्रो सेमीफाइनल खेल फर्सेट फुटबल क्लब र आयोजक बगहा युवा समूह बीचको विजेता सँग फाइनल खेल्नेछ । यस प्रतियोगिताको विजेताले...
गाईघाट निलो पुलबाट एक बृद्ध ५ दिन देखी बेपत्ता, खोजी गर्दिन परिवारको आग्रह

गाईघाट निलो पुलबाट एक बृद्ध ५ दिन देखी बेपत्ता, खोजी गर्दिन परिवारको आग्रह

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १३ जेष्ठ । त्रियुगा नगरपालिका ११ गाईघाट निलो पुलबाट एक बृद्ध ५ दिन देखी बेपत्ता भएको छ । ताप्ली गाउँपालिका ४ ठानागाउँ घर भएका ७८ बर्षिय कुल बहादुर राई गाईघाट निलो पुल स्थित छोरी ज्वाँईको पसलबाट ९ गते शुक्रबारका दिन ८ः३० बजदेखी बेपत्ता भएको हो । ज्वाई हिमाल सिह राईका अनुसार आफु मासु किन्न गएर फर्किदा ससुरा घरमा नभएको छ । ससुरा बेपत्ता भएकै दिन निज ज्वाईले जिल्ला प्रहरी कार्यालय उदयपुरलाई खोजी कार्यमा सहयोग गरिदिन अनुरोध गरेको छ । सुस्त मनस्थितिक रहेका कुल बहादुर ६ गते गाईघाट आएका थिए । परिवारले लगतार खोजी कार्य गरिरहेको भएपनि हाल सम्म फेला परेको छैन् । सबैले खोजी कार्यमा सहयोग पुराउन परिवारले आग्रह गरेको छ । यदि कहीँ कतै फेला परेमा सम्पर्क नम्बर ९८६३७७९०५१/ ९७०३४२७०६५ मा सम्पर्क गरिदिनुहुन परिवारको आग्रह छ।...
उदयपुरमा लागुऔषध गाँजा सहित बुबा–छोरा पक्राउ

उदयपुरमा लागुऔषध गाँजा सहित बुबा–छोरा पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख १३ । उदयपुरमा लागुऔषध गाँजा सहित बुबा–छोरालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–३ का ६८ बर्षीय लकु चौधरी र उनका ३२ बर्षीय छोरा मनोज चौधरी रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले १ किलाग्राम ३०० मिलिग्राम गाँजा र नगद ६६ हजार रुपैया सहित बुबा–छोरालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका बुबा छोराको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट आवश्यक थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।...
प्रेस सेन्टर उदयपुरले मनायो  कृष्ण सेन इच्छुकको २३ औँ स्मृति दिवस

प्रेस सेन्टर उदयपुरले मनायो कृष्ण सेन इच्छुकको २३ औँ स्मृति दिवस

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १३ जेष्ठ । उदयपुरमा २३ औँ कृष्ण सेन इच्छुकको स्मृति दिवस मनाईएको छ । मंगलबार नेपाल पत्रकार महासंघको सभाहलमा गणतन्त्र र जनपक्षीय पत्रकारिता सम्बन्धी अन्तर सम्वाद सहित स्मृति दिवस मनाईएको हो । बरिष्ठ पत्रकार कौशल चेम्जोङको प्रमुख आथित्यमा भएको अन्तर सम्वादमा कृष्ण सेन जनपक्षिय र गणतन्त्रवादी पत्रकारको रुपमा रहेको स्मरण गरिएको छ । आजकै दिन जेष्ठ १३ गते कृष्ण सेनलाई राज्यले बेपत्ता बनाएको जनाएको छ । निष्पक्ष पत्रकारिताको क्रममा राज्यबाट बेपत्त भएको सेनको खोजी कार्यमा सरकार लाग्नु पर्ने संवादमा कुरा उठेको छ । महान सहित पत्रकार तथा साहित्यकार समेत रहनु भएको सेनलाई हरेक बर्ष प्रेस सेन्टर नेपालले बिभिन्न कार्यक्रम गरी सम्झीने गर्दछ । सोही अनुरु प्रेस सेन्टर नेपाल उदयपुरको आयोजनामा स्मृति दिवस मनाईएको हो ।...
०८४ को स्थानिय तह निर्वाचनमा सबै पालिका र क्षेत्रबाट उम्मेदवारी दिने मेयर साम्पाङ्गको घोषणा

०८४ को स्थानिय तह निर्वाचनमा सबै पालिका र क्षेत्रबाट उम्मेदवारी दिने मेयर साम्पाङ्गको घोषणा

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख १३ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी २०८४ सालको स्थानीय तह निर्वाचनमा देशभरका सबै पालिका र निर्वाचन क्षेत्रहरूबाट उम्मेदवारी दिने महत्वाकांक्षी घोषणा गरेका छन् । मेयर साम्पाङले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यो घोषणा गर्दै लेखेका छन्, "८४ मा हामी सबै पालिका र निर्वाचन क्षेत्रहरूबाट उम्मेद्वारी दिनेछौं । दाग नलागेका इमानदार र काम गर्न चाहनेहरू हाम्रा उम्मेद्वार बन्नेछन् ।" साम्पाङले आफ्ना उम्मेदवारहरू छनोट गर्दा बेदाग र इमानदार व्यक्तित्व, काम गर्न इच्छुक र सक्षम व्यक्ति तथा भ्रष्टाचारमा संलग्न नभएका व्यक्तिहरूलाई प्राथमिकता दिने बताएका छन् । गत मंसिर १६ गते भएको कीर्तिपुर नगरपालिकाको मेयर पदको उपनिर्वाचनमा साम्पाङले मानव अधिकार संगठनका राजमान महर्जनलाई समर्थन गरेका थिए । उक्त निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल विजयी भएका थिए भने सा...
उदयपुरमा लागुऔषध सहित एक जना पक्राउ

उदयपुरमा लागुऔषध सहित एक जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १३ । उदयपुरको बेलका नगरपालिका–९ रामपुरबजारबाट लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानबस्ने ३२ बर्षीय कम्लेश बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गत आईतबार ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा निजको बस्नेतको साथबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम फेलापारी बरामद गरेको हो । लागुऔषध बरामद भएसँगै उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका बस्नेतको सम्बन्धमा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  ...