प्रभातफेरी र्याली सहित उदयपुरमा मनाईयो सूचना तथा प्रविधि दिवस
पूर्णपुष्टि, १९ बैशाख ।
आज राष्ट्रिय सूचना तथा प्रविधि दिवस । उक्त दिवस मे २ का दिन देशैभरी मनाईने गरिन्छ । सूचना तथा प्रविधि सँग सम्बन्धीत ब्यक्ति संघ संस्थाहरुले यस दिवसलाई बिषेश रुपमा मनाउँछ । यसै सन्दर्भमा उदयपुरको गाईघाटमा पनि क्यान महासंघले भव्य दिवस मनाएको छ । शुक्रबार गाईघाट बजारमा प्रभातफेरी र्याली सहित कोणसभा गरेर यो दिवस मनाईएको हो । बिभिन्न विद्यालय, इन्सिटट्युच, प्राविधिक कलेज लगायतको सहभागीतामा उक्त दिवस सम्पन्न गरिएको क्यान महासंघ उदयपुरका सचिव पेशल राईले जानकारी दिए ।
राईका अनुसार यो बर्ष अन्य गतिविधि भने गर्न नसकिएको जनाए । सूचना प्रविधि जस्तो क्षेत्रमा सरकारले बजेट नछुटाउँदा सोचे जस्तो कार्यक्रमहरुलाई अघि बढाउन नसकिएको सचिव राईको गुणासो छ । गत बर्ष भने र्याली तथा कोण सभा सहित बक्तित्वकला लगायत अन्य कार्यक्रमहरु पनि गरिएको थियो । यस बर्ष स्रोत अभाककै कारण गत बर्ष झ...









