Thursday, April 30News That Matters

साहित्य

जिम्मेवारी

जिम्मेवारी

Breaking News 3, समाचार, साहित्य
   कविता गोठकृषण ठकुरी जिम्मेवारीले यस्तो बाँध्दो रहेछ कि मन परेको काम के थियो मन परेको सपना के थियो सब विर्साउँदो रहेछ यहाँ सम्म कि म को हुँ भन्ने नै विर्साउँदो रहेछ अनि त के छ र ठक्कर लाग्छ उठ्यो चोट लाग्छ सुम्सुम्यायो मान्छेले भन्छन् सुन्यो चुपचाप सह्यो हिड्यो भिडमै हाँस्यो भिडमै ताली बजायो भिडमै रमायो भिडमै हिड्यो भिडकै दिशा तिर फर्कियो भिडकै लहरमा उभियो भिडको विपरीत दिशामा उभिन पनि डर लाग्दो रहेछ जिम्मेवारीले यतिसम्म गराउँदो रहेछ जुन गर्न मनले चाहेको हुँदैन यो सब गरिरहँदा कहिले काहीँ यताबाट समयले प्रहार गर्छ उताबाट बाध्यताले लखेट्छ अर्कोतिरबाट समाजले छिर्के हान्छ अर्कोतिर परिवारले छेक्छ चारैतिरबाट काँइकाँई हल्ला मच्चाउँछ त्यसबेला कतै भाग्ने ठाउँ नहुँदो रहेछ बीचमा मुर्छा परिदोँ रहेछ भित्रभित्रै गलिदोँ रहेछ एक्लै परिदाँे रहेछ त्यसवेला उनान्सय प्रतिशत म...
आयौ चुनाब आयौ

आयौ चुनाब आयौ

Breaking News 3, मनोरञ्जन, शिक्षा, समाचार, साहित्य
            कविता   शिर्षक : आयौ चुनाब आयौ सुरज राई आयौ चुनाब आयौ कतै दाजुभाई लडाएर आयौ कसैलाई जागिर छोडाएर आयौ कसैलाई भाग्य दोहोराएर आयौ आयौ चुनाब आयौ राष्ट्रको ढुकुटी दोहन गरेर आयौ उमेदवारको खल्ति स्वाहा बनाएर आयौ कसैको लगानि र ईतिहास ध्वस्त बनाएर आयौ आयौ चुनाब आयौ छिमेकी छिमेकी बोलचाल बन्द बनाएर आयौ सगै हिड्ने रामे श्यामेहरु डोबाटोमा छुटाएर आयौ चारजना छिमेकी चारै तिर फर्कीने बनाएर आयौ आयौ चुनाब आयौ कसैलाई लाठी कसैलाई मुङ्ग्री बनाएर आयौ छदाखादाको राजनैतिक ईतिहास त्यागी कसैलाई वागि बनाएर आयौ                                                                                    ताप्ली गाउँपालिका -४ उदयपुर...
कृति परिचयः अँजुलीभरी अति सरल कविता र गीत

कृति परिचयः अँजुलीभरी अति सरल कविता र गीत

Breaking News 3, समाचार, साहित्य
काठमाण्डौँ, बैशाख ७ ‘बनावटी हाँसोको त सागर नै दिए पनि रित्तो हुन्छ, कामना हुँदैन, वासना हुँदैन भ्रम हुन्छ त्यो स्वच्छ अनि निर्मल हुँदैन त्यो...’ औपचारिकता हुन्छ नेपाली राष्ट्रसेवकहरू नियमित प्रशासनिक काम मात्र गर्दैनन्, सिर्जनात्मक लेखनमा पनि समय दिन्छन् भन्ने पछिल्लो उदाहरण सागर फुयाल हुनुभएको छ । विमल कोइराला, एस्पी कोइराला, लव गाउँले, दामोदर पुडासैनी किशोर, राम सञ्जेल आदि निजामती सेवाका कर्मचारीका लहरमा फुयाल ‘अँजुलीमा थाप्न पाए’ काव्यसङ्ग्रह ९प्रकाशक मैया फुयाल, २०७८० लिएर आउनुभएको छ । कविता र गीत गरी दुई भागमा विभाजित सङ्ग्रहमा एक सय एक रचना छन् । तीमध्ये केही पत्रपत्रिकामा प्रकाशित पनि भइसकेका छन् । सत्र वर्षअघिदेखि नै कविता, गीत र गजलमा कलम चलाउनुभएका फुयाल आफ्ना पिता ईश्वरीप्रसादको निधनपछि झनै उद्वेलित बन्नुभयो र उहाँमा भावावेग अझ बढ्यो जसमा मित्रहरूले पनि प्रेरणा दि...
गुरागाईंलाई वसुन्धराश्री, रावललाई मानश्री पुरस्कार

गुरागाईंलाई वसुन्धराश्री, रावललाई मानश्री पुरस्कार

Breaking News 3, समाचार, साहित्य
काठमाण्डौँ, बैशाख ७ वरिष्ठ साहित्यकार ठाकुरप्रसाद गुरागाईँ (म्यान्मा)लाई २०७९ सालको वसुन्धराश्री पुरस्कार तथा कलाकार थानबहादुर रावल (म्यान्मा)लाई २०७९ सालको मानश्री पुरस्कार प्रदान गरिने भएको छ । वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले उत्कृष्ट आधुनिक नेपाली कथा, उपन्यास र नाटकको सिर्जनाद्वारा नेपाली साहित्यलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरी नेपाली डायस्पोरामा नेपाली भाषा र साहित्यको स्थान र पहिचान उच्च र अक्षुण राख्न विशिष्ट योगदान दिएको भन्दै गुरागाईँलाई वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि रु ७५ हजार रहेको छ । यस्तै आधुनिक नेपाली गीत, नाटक, चलचित्र र हास्यव्यङ्ग्यको सिर्जना र अभिनयद्वारा नेपाली वाङ्मयको विकास र विस्तारमा महत्वपूर्ण यो...
दोसाँधमा कवि दुर्गाबहादुर शाह ‘बाबा’

दोसाँधमा कवि दुर्गाबहादुर शाह ‘बाबा’

Breaking News 2, समाचार, साहित्य
काठमाण्डौँ, फागुन २५ “हिमालमा हिउँ नटुटे झैँ जिन्दगीका अनेकौँ मोडहरूमा एकपछि अर्को दोसाँध आइरहँदा रहेछन्” कवि दुर्गाबहादुर शाह ‘बाबा’को दोसाँध कविता सङ्ग्रहको ‘दोसाँध’ शीर्षकको कविताको यस अंशमा भने झैँ जिन्दगीका अनेक मोडमा आउने एकपछि अर्को दोसाँधले मानिस स्वयंलाई अलमल्याइरहेको चित्रण गरिएको छ । हालै बजारमा आएको विभिन्न ५१ वटा कविताको यस सङ्ग्रहमा कविले जीवन र जगत्का विविध पक्षलाई उतार्नुभएको छ । महामारीका रुपमा फैलिएको कोरोना भाइरस र यसले समाजमा पारेको प्रभाव, माया प्रेमदेखि मातृत्व र मातृभूमि आदिलाई कविताहरूमा समेटिएको छ । वर्तमानमा समाजमा कोरोनाले पारेको प्रभावबारे चर्चा गर्दै कवि शाहले ‘कोरोना’ शीर्षकको कवितामा भन्नुभएको छ, “विश्व मानचित्रमा सन्त्रास फैलाउन सफल अदृश्य कोरोनाले मानव जीवनमा अविस्मरणीय घटना निम्त्याइरहेछ” यही कवितामा कोरोनाले विश्वलाई नै क्वारेन्टिन र आ...
यति गरिदिए हुन्थ्यो जस्तो लाग्छ

यति गरिदिए हुन्थ्यो जस्तो लाग्छ

Breaking News 3, साहित्य
मलाई तिमीले यति गरिदिए हुन्थ्यो जस्तो लाग्छ जस्तो कि तिमीलाई बाडुली लागेको बेलामा मलाई सम्झिदिए हुन्थ्यो जस्तो लाग्छ धेरै मान्छे भेला भएको ठाउँमा तिम्रो आँखाले मलाई खोजीदिए हुन्थ्यो जस्तो लाग्छ तिमीसँग छुटेर कतै टाढा जाँदै गर्दा राम्ररी जानु, आफ्नो ख्याल गर्नु पुगरे फोन गर्नु है भनिदिए हुन्थ्यो जस्तो लाग्छ तिमीलाई दुःख लागेको बेलामा मेरो काँधमा शिर अड्याएर सबै पीर भनिदिए हुन्थ्यो जस्तो लाग्छ यति गरिदिए हुन्थ्यो जस्तो लाग्छ जस्तो कि म कतै टाढाबाट आउने दिन तिम्रो ओठमा दिनभरी मुस्कान होस् अनि तिम्रो मुखबाट तिमीले थाहै नपाई तिमीलाई मनपर्ने गीत गुन्जी रहोस् यति गरिदिए हुन्थ्यो जस्तो लाग्छ जस्तो कि छिनछिनका कुरा उठ्ने होईन नुहाउने होईन चिया खाने होईन खाना खाने होईन अफिस जाने होईन यो सब तिमीलाई सोधिरहन मन लागोस् जस्तो कि सानो सानो कुरा, मोबाईलको चार्ज सकियो म ...
साहित्यकार ताना शर्माको निधन

साहित्यकार ताना शर्माको निधन

Breaking News 1, समाचार, साहित्य
काठमाडौँ, फागुन ३ वरिष्ठ साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा आज निधन भएको छ । उहाँ ताना शर्माका नामशबाट लोकप्रिय हुनुहुन्थ्यो । विसं १९९१ असार ९ गते इलामको बरबोटमा जन्मनुभएका उहाँले ‘झर्रोवादी आन्दोलन’का एक अगुवा हुनाका साथै नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचनालगायत विधामा दर्जनौँ कृति लेख्नुभएको छ । डा शर्माले ‘बेलायततिर बरालिँदा’ नियात्राका लागि विसं २०२६ मा मदन पुरस्कार र ‘सम र समका कृति’का लागि २०२९ मा साझा पुरस्कार प्राप्त गर्नुभएको थियो । उहाँलाई नेपाल प्रज्ञाप्रतिष्ठानले आजीवन सदस्यतासमेत दिएको थियो । उहाँ पाठ्यपुस्तक लेखक पनि हुनुहुन्थ्यो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले दिवङ्गत शर्माको निधनबाट नेपाली वाङ्यमयको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभयो । शर्माको अन्त्येष्टि आज मध्यान्ह १२ बजे पशुपति आर्यघाटमा गरिने जनाइएको छ । (र...
लिम्चुङबुङ गाउँपालिकाको पुस्तकमा प्रकाशनका लागि लेख रचना उपलब्ध गराउन पालिकावासीलाई अनुरोध

लिम्चुङबुङ गाउँपालिकाको पुस्तकमा प्रकाशनका लागि लेख रचना उपलब्ध गराउन पालिकावासीलाई अनुरोध

Breaking News 1, लिम्चुङबुङ डायरी, समाचार, साहित्य
पूर्णपुष्टि, माघ ५ लिम्चुङबुङ गाउँपालिकाले आफ्ना पालिकावासीहरुलाई लेख रचना भए उपलब्ध गराउ अनुरोध गरेको छ । पालिकाको ५ बर्ष” पुस्तकमा प्रकाशनका लागि आफ्नो पालिकामै स्थानीयहरुले रचना गरेको कुनै पनि लेख रचना भए पालिकालाई उपलब्ध गराउन सूचना मार्फत अनुरोध गरेको हो । पालिकाको ५ ओटै वडाहरु ताम्लीछा, वालाम्ता, बास्वोटे, जाँते र बाराहाका स्थानीयहरुलाई आफु सँग भएको लेख रचना उपलबध गराईदिन अनुरोध गरेको पालिका अध्यक्ष मेजर कुमार राईले बताए । राईले लिम्चुङबुङ गाउँपालिका हरेक क्षेत्रले अगाडी रहेको समेत जनाउँदै रचनाको हस्पोट क्षेत्र पनि रहेको जनाए । यहाँ धेरै ठुला ठुला प्रगति गर्ने व्यक्तिहरु जन्मिए सँगै रचना तथा साहित्यको क्षेत्रले पनि पालिका अग्र स्थानमै रहेको भन्दै त्यहाँका स्थानीयहरुको लेख रचनालाई पालिकाको ५ बर्षे पुस्तकमा प्रकाशनका लागि रचनाहरु उपलब्ध गराउन अनुरोध गरेको जनाए । रचना सम्...
ह्वात्तै बढ्यो नेपालमा कोरोना संक्रमणदर

ह्वात्तै बढ्यो नेपालमा कोरोना संक्रमणदर

Breaking News 3, समाचार, साहित्य
पूर्णपुष्टि, पुष २७ नेपालमा आज कोरोना संक्रमणदर ह्वात्तै बढेको छ । देशभर थप दुई हजार चार सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट एक हजार नौं सया ८१ जना तथा एन्टिजेन विधिबाट चार सय ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या नौं हजार पाँच सय २२ पुगेको छ । यही अवधिमा थप तीन सय १३ जना निको पनि भएका छन् । हालसम्म देशमा कूल संक्रमितमध्ये आठ लाख १४ हजार सात सय ९८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ । हालसम्म देशमा ११ हजार छ सय सात जनाले ज्यान गुमाइसकेका छन् ।...
समीरका सय गीतहरु…

समीरका सय गीतहरु…

Breaking News 1, समाचार, साहित्य
पूर्णपुष्टि (उदयपुर) पुस १९ । लेखक तथा गीतकार समीर राईको गीत (रचना)हरुको सङ्गालो “सय गीतहरु मेरा पनि” पुस्तक बजारमा आएको छ । उनले आप्mना गीतहरु मध्ये मनछुने सयवटा गीतहरुको सङ्गालो पुस्तक निकालेका हुन् । लेखक तथा गीतकार राईका अनुसार गायकहरुको सुमधुर स्वर र संगीतले भरिएर गीतहरु गुञ्जिरहेको भएपनि नेपाली गीत÷सङ्गीतका पारखीहरुलाई नजिकबाट पढ्नका लागि पुस्तक प्रकाशन गरिएाको हो । “साहित्य संसारमा गीतलाई पुस्तकमा पढ्नु अर्को स्वाद हुन्छ ।” राईले भने “तसर्थ मेरा गीतहरुलाई पुस्तकको रुप पनि दिएको हुँ ।” उनले पुस्तकमा गीतहरु नेपाली मात्र हैन अङ्ग्रेजी पनि राखेका छन् । यसले अङ्ग्रेजी भाषामा पढ्ने र बुझने पाठकहरु बढ्नेछन् । साङ्गितिक फाँटमा कसले गायको, कसले संगीत भरेको भन्नेतिर ध्यान जान्छ । कसले रचेको भन्नेतिर त्यति ध्यान जादैन तसर्थ, गीतकार (रचनाकार) हरु प्रायः गुमनाम हुने गर्दन् । यस्ता पुस्तकले...