साहित्यकार लेखक महासंघको अध्यक्षमा मुकारुङ
पूर्णपुष्टि, चैत ९
‘आदिवासी जनजाति साहित्यकार लेखक महासङ्घ’ को अध्यक्षमा लेखक राजन मुकारुङ चयन हुनु भएको छ ।
ललितपुरमा सम्पन्न महासंघको प्रथम राष्ट्रिय भेलाले वरिष्ठ उपाध्यक्षमा टंक सेलिङ, उपाध्यक्षमा रजनी मिला, जगबहादुर बुढा, डा. विष्णुकुमार सिञ्जाली, वेचन उराँव, डा. कृष्णराज सर्वहारी, डा. सोमबहादुर धिमाल, गौरी तमू र उत्तमकुमार सुनुवारलाई निर्विरोध चयन गरेको छ ।
त्यस्तै, महासचिवमा बुद्ध योञ्जन लामा, सचिवमा लक्ष्मी रुम्बा, अन्वेश थुलुङ, प्रेमिला राई, बच्चु हिमांशु, जीवनप्रवेश रोकामगर, कुन्साङ र मेनुका छन्त्याल चयन भए भने कोषाध्यक्षमा उर्मिला गम्बा थारू र सह–कोषाध्यक्षमा जितेन पन्धाक चुनिएका छन् ।
महासंघको प्राज्ञिक परिषदमा कैलाश राई, मुनाराज शेर्मा, विष्णुकुमार सिञ्जाली, सञ्चु ब्लोन, गुरुङ सुशान्त, लालबहादुर भुजेल, डा. सोमबहादुर धिमाल, डा. लाल रापचा, डा. कृष्णराज सर्वहारी र डा....









