Thursday, August 20News That Matters

स्वास्थ्य

नेपालमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु

नेपालमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १५ नेपालमा आज थप सात जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय २८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट बालिका र महिला गरी तीन जना र चार जना पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । महोत्तरीकी चार वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला र रुपन्देहीकी ६८ वर्षीया महिलाको संक्रमणबाट मृत्यु भएको जनाईएको छ । झापाका ८६ वर्षीय पुरुष, रौतहटका ४० वर्षीय पुरुष, चितवनका ७८ वर्षीय वृद्ध र भक्तपुरका ७७ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार चार सय ६० जनामा संक्रमण पुष्टि भईसकेको छ भने २१ हजार चार सय १० जना निको भएर घर फर्केका छन् ।...
नेपालमा थप ८९९ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ८९९ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १५ नेपालमा आज थप आठ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ३९ हजार चार सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप पाँच सय ८८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या २१ हजार चार सय १० पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा सात जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या दुई सय २८ पुगेको मन्त्रालयले जनाएको छ ।...
विश्वमा १ करोड ७७ लाखभन्दा बढी कोरोना मुक्त

विश्वमा १ करोड ७७ लाखभन्दा बढी कोरोना मुक्त

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १ विश्वभर एक करोड ७७ लाख भन्दा बढीले कोरोना जितका छन् । दुई सय १३ देशमा फैलिएको कोरोनाबाट संक्रमित भएका मध्ये एक करोड ७७ लाखभन्दा बढीले कोरोना जिते घर फर्किएका हुन् । अमेरिकाका ३४ लाख २५ हजार, ब्राजिलका ३० लाख ३१ हजार, भारतका २७ लाख ७२ हजार र रसियाका ८ लाख ८ हजार कोरोना सङ्क्रमितले कोरोनालाई जितेको वल्र्डमिटरले जनाएको छ । अहिले ६८ लाख २८ हजारभन्दा धेरै व्यक्तिको उपचार भैरहेको छ । विभिन्न अस्पतालमा उपचाररत सङ्क्रमितमध्ये १ प्रतिशत बिरामीको अवस्था गम्भीर छ । ९९ प्रतिशत सङ्क्रमितको अवस्था सामान्य रहेको जनाईएको छ । अहिलेसम्म कोरोनाबाट दुई करोड ५३ लाख ८३ हजारभन्दा बढीमा मानिस सङ्क्रमित भएका छन् भने आठ लाख ५० हजारको मृत्यु भएको जनाईएको छ ।...
वीरगञ्जमा उपचारपछि ३७ जना कोरोना सङ्क्रमण मुक्त

वीरगञ्जमा उपचारपछि ३७ जना कोरोना सङ्क्रमण मुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १५ वीरगञ्जमा उपचारपछि ३७ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्केका छन् । नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल गण्डक, वीरगञ्ज हेल्थ केयर, सामुदायिक आइसोलेशन सेन्टर र होम आइसोलेशनमा रहेकामध्ये हिजो बेलुका ३७ जना डिस्चार्ज भएको जनाईएको छ । योसँगै पर्सामा कोरोना सङ्क्रमणलाई जितेर घर फर्किनेको संख्या ६ सय ८४ पुगेको छ । वीरगञ्जको २ वटा कोभिड अस्पतालमा ९८ जनासहित होम आइसोलेशनमा ९ सय ८४ जना सङ्क्रमित रहेको जनाईएको छ ।...
पीसीआर परीक्षणको शुल्क घट्यो

पीसीआर परीक्षणको शुल्क घट्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १४ सरकारले आजदेखि लागू हुने गरी पीसीआर परीक्षणको शुल्क घटाएको छ । यसअघि एक जनाको स्वाबको नमुनाको पीसीआर परीक्षण गर्दा पाँच हजार पाँच सय लिने गरेकोमा अब बढीमा चार हजार चार सय रुपैयाँमात्र लिन पाउने व्यवस्था गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सरकारले तीन वटा मापदण्डका आधारमा मात्र कोरोना भाइरसको निःशुल्क परीक्षण गर्ने निर्णय गरेको छ । अब सङ्क्रमितको निकट सम्पर्कमा आएका, लक्षण देखिएका र अग्रभागमा काम गर्ने व्यक्तिहरूको मात्र निःशुल्क परीक्षण गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ । अरु व्यक्तिहरूले शुल्क तिरेर परीक्षण गराउन सक्ने मन्त्रालयले जनाएको छ । सरकारले कोरोना परीक्षणका लागि नौ वटा सरकारी र ११ वटा निजी अस्पताललाई अनुमति दिएको छ ।...
कोरोना सङ्क्रमण पुष्टि भएपछि १० दिनमा पुनः परीक्षण हुने

कोरोना सङ्क्रमण पुष्टि भएपछि १० दिनमा पुनः परीक्षण हुने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १४ सरकारले कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका व्यक्तिलाई फेरि एक पटक मात्र पीसीआर परीक्षण गर्ने भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएको १० दिनपछि पीसीआर परीक्षण गर्ने र त्यो परीक्षणमा कोरोना नेगेटिभ देखिएमा घर पठाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यदि १० औँ दिनको परीक्षणमा पोजेटिभ र कुनै लक्षण नदेखिएमा त्यसको चार दिनपछि परीक्षण नगरिकन नै घर पठाइने जनाईएको छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार नै यस्तो प्रक्रियाबाट बिरामी डिस्चार्ज गर्न लागिएको जनाईएको छ ।...
नेपालमा थप १२२१ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप १२२१ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १४ नेपालमा आज थप एक हजार दुई सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ३८ हजार पाँच सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप दुई सय ६७ जना उपचारपछि निको भएका छन् । योसँगै निको भएर डिस्चार्ज हुनेको सङ्ख्या २० हजार आठ सय २२ पुगेको छ । त्यस्तै गत २४ घण्टामा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।  योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय २१ पुगेको मन्त्रालयले जनाएको छ ।...
राप्ती प्रादेशिक अस्पताल कार्यरत ९ जना चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि

राप्ती प्रादेशिक अस्पताल कार्यरत ९ जना चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १४ दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा कार्यरत दुई जना डक्टरसहित नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा कार्यरत डाक्टर र नर्समा समेत कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको हो । राप्ती प्रतिष्ठान घोराहीमा गरिएको पीसीआर परीक्षणमा २ जना डाक्टर, २ जना नर्स, ३ जना स्वास्थ्यकर्मी र २ जना कार्यालय सहयोगीमा कोरोना पोजेटिभ देखिएको थियो । गत बिहीबार अस्पतालमा कार्यरत ५० जनाको स्वाब संकलन गरिएको थियो । ठूलो संख्यामा अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पताललाई नै सिल गरेर कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी गरेको अस्पतालले जनाएको छ ।...
धरानमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

धरानमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १४ सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जनाको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत धरान उपमहानगरपालिका– १७ का कोरोना सङ्क्रमित आमाछोराको मृत्यु भएको हो । धरान उपमहानगरपालिका–१७ की ७४ वर्षीया महिला र उनकै ६० वर्षीय छोराको मृत्यु भएको अस्पतालले जनाएको छ । वृद्धा आमालाई शनिबार राति प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनको बिहान साढे ८ बजे मृत्यु भएको हो । मधुमेह, उच्च रक्तचापको बिरामी उनमा शनिबार नै कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनका छोराको बिहान ७ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनलाई पनि शनिबार नै कोरोना पुष्टि भएपछि राति प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनमा मधुमेह र कलेजोको समस्या देखिएको प्रतिष्ठानले जनाएको छ ।...
पाटन अस्पतालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

पाटन अस्पतालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १४ ललितपुरको पाटन अस्पतालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । गतराति ललितपुरका २९ वर्षीय पुरूषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय ललितपुरले जनाएको छ ।