Thursday, August 20News That Matters

स्वास्थ्य

विश्वमा कोरोना सङ्क्रमणबाट ८ लाख भन्दा बढीको मृत्यु

विश्वमा कोरोना सङ्क्रमणबाट ८ लाख भन्दा बढीको मृत्यु

समाचार, संसार, स्वास्थ्य
 पूर्णपुष्टि,  भदौ ६ विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ लाख नाघेको छ । विश्वका २ सय १३ देशमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म ८ लाख ३ हजार ३ सय ७४ जनाको मृत्यु भएको वल्डोमिटरले जनाएको छ । विश्वमा अहिलेसम्म २ करोड ३१ लाख ३० हजार ४ सय भन्दा धेरै मानिस संक्रमित भएका छन् । उक्त सङ्क्रमितमध्ये १ करोड ५७ लाख २२ हजार ७ सय भन्दा धेरै उपचारपछि निको भएको जनाईएको छ । कोरोनाको सबैभन्दा धेरै सङ्क्रमण फैलिएको अमेरिकामा अहिलेसम्म ५७ लाख ९६ हजार भन्दा धेरैमा संक्रमण पुष्टि हुदा एक लाख ७९ हजार २ सय जनाको मृत्यु भएको जनाईएको छ । त्यस्तै, ब्राजिलमा ३५ लाख ३६ हजार ४ सय भन्दा धेरै सङ्क्रमित छन् भने भारतमा अहिलेसम्म २९ लाख ७९ हजार भन्दा धेरै सङ्क्रमित भएका छन् । भारतमा कोरोना संक्रमणबाटा ५५ हजार ९ सय भन्दा बढी मानिसको मृत्यु भएको जनाईएको छ ।...
बरिष्ठ नेता माधवकुमारको सुरक्षामा खटिएका ९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

बरिष्ठ नेता माधवकुमारको सुरक्षामा खटिएका ९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ६ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका सुरक्षा गाडमा कोरोना संक्रमण पुष्टि भएको छ । ३५ जनाको स्वाब संकलन गरिएकोमा नेता नेपालका पीएसओसहित ९ जनामा सङ्क्रमण पुष्टि भएको निजी सचिवालयले जनाएको छ । नेता नेपाल र उहाँको परिवारका अरु सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाईएको छ । अस्ति बिहीबार नेता नेपाल, उनको परिवार, उहाँको सुरक्षामा खटिएका सुरक्षकर्मीसहित निवासमा रहेका ३५ जनाको स्वाब संकलन गरिएको थियो । सङ्क्रमण देखिएका सबैलाई गतराति नै आइसोलेशनमा पठाइसकिएको जनाएको छ ।...
पर्सामा थप २ जना कोरोना सङ्क्रमितको मृत्यु

पर्सामा थप २ जना कोरोना सङ्क्रमितको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ६ पर्सामा कोरोना सङ्क्रमणबाट थप दुईको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिकाको सुगौली बिर्ताका ५८ वर्षीय पुरुष र बहुदरमाई नगरपालिका बहुअरीका ६१ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । सुगौली विर्ताका पुरुषको नारायणी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा गतराति मृत्यु भएको जनाईएको छ । ती पुरुष गत भदौ ४ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएकोमा हिजो रिपोर्ट पोजेटिभ आएको थियो । कुनै पनि ट्राभल हिस्ट्री नभएका उनीमा खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो । त्यस्तै गत भदौ ४ गते उपचारका लागि अस्पताल भर्ना भएका बहुअरीका पुरुषको बिहान सवा ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ  ।...
कोरोना २ वर्षभित्र नियन्त्रणमा आउने : डब्लूएचओ

कोरोना २ वर्षभित्र नियन्त्रणमा आउने : डब्लूएचओ

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ६ अबको दुई वर्षभित्रमा कोरोना भाइरस संक्रमण नियन्त्रणमा आउन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले आशा गरेको छ । सन् १९१८ मा फैलिएको स्पेनिस फ्लूको तुलनामा कोरोना नियन्त्रणमा आउन सक्ने देखिएको डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडनाम गेब्रेयेसस बताएका छन् । अहिलेको उपचार पद्धतिले कोरोनालाई दुई वर्षभित्रमा नियन्त्रणमा लिन सक्ने उनले बताए । स्पेनिस फ्लू पनि दुई वर्षमा नियन्त्रणमा आएको थियो । अबको दुई वर्षमा कोरोनालाई पनि नियन्त्रण गर्न सकिने एउटा आशा देखिएको बताएका छन् । एक अर्कोको सम्पर्कमा आएकै कारण विश्वमा कोरोना फैलिएको पनि उनले बताए । स्पेनिस फ्लूका कारण सन् १९१८ देखि १९२० सम्ममा कम्तीमा पाँच करोड मानिसको मृत्यु भएको थियो । कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म झण्डै ८ लाख मानिसको मृत्यु भईसकेको छ ।...
उदयपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ५  उदयपुरमा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिकाका ३६ वर्षीय पुरुक्षमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । ती पुरुष करिब एक हप्ता अगाडी दक्षिण कोरियाबाट आएर नगरपालिकाले निर्माण गरेको मोतिगडा क्वारेन्टाईनमा बस्दै आएको थियो । संक्रमितलाई चौदण्डीगढी नगरपालिका–६ स्थित सातधारे कोडिभ १९ अस्पतालमा उपचारको लागि पठाइएको जनाईएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या एक सय ११ पुगेको कार्यालयले जनाएको छ ।...
आज कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

आज कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ५ नेपालमा आज थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप आठ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ३० हजार चार सय ८३ पुगेको छ । गत २४ घण्टामा थप दुई सय ५० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमित मध्ये उपचारपछि निको हुनेको संख्या १८ हजार दुई सय १४ पुगेको मन्त्रालयले जनाएको छ ।...
नेपालमा कोरोना संक्रमित निको हुनेको संख्या १८ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमित निको हुनेको संख्या १८ हजार नाघ्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ५ नेपालमा आज थप दुई सय ५० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमित मध्ये उपचारपछि निको हुनेको संख्या १८ हजार दुई सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थप आठ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ३० हजार चार सय ८३ पुगेको छ । त्यस्तै गत २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक सय ३७ पुगेको मन्त्रालयले जनाएको छ ।...
कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार नाघ्यो

कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार नाघ्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ५ पछिल्लो २४ घण्टामा नेपालमा थप आठ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार चार सय ८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप दुई सय ५० जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर डिस्चार्ज भएको छ । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार दुई सय १४ पुगेको छ । अब नेपालमा १२ हजार एक सय ३२ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै  १२ हजार दुई सय ३४ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक सय ३७ पुगेको मन्त्रालयले जनाएको छ ।...
कोरोना रोकथामका लागी समन्वय गर्न उच्च स्तरीय समिति गठन

कोरोना रोकथामका लागी समन्वय गर्न उच्च स्तरीय समिति गठन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ५ प्रदेश, जिल्ला र पालिकामा रहेका अस्पतालसँग कोरोना रोकथामको लागि समन्वय गर्न सरकारले उच्च स्तरीय समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना रोकथामको कामलाई प्रभावकारी बनाउन समिति गठन गर्नुभएको मन्त्रालयले जनाएको छ । समितिमा मन्त्रालय वा विभागको ११ औं तहका कर्मचारीको संयोजकत्वमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका शाखा अधिकृत र मन्त्रालयकै जनस्वास्थ्य अधिकृत सदस्य रहने जनाईएको छ । समितिले प्रदेश, जिल्ला र पालिकासँग समन्वय गर्ने र कोरोना बाहेकको अन्य नियमित सेवा प्रवाह गर्न पनि समन्वय गर्नेछ । समितिले आइसीयू र भेन्टिलेटरको व्यवस्था गर्न, कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउन, नेपाल प्रवेश गर्ने नाकाबाट प्रवेश गर्ने व्यक्तिलाई मापदण्डअनुसार क्वरेण्टीन र होल्डिङ सेन्टरमा राख्ने र कोरोना परीक्षणको व्यवस्था लगायतको काममा समन्वय गर्...
पाटन अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ५ ललितपुरको पाटन अस्पतालमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण भएका एक जना पुरुष र एक जना महिलाको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा दोलखाकी ३० वर्षीया महिला र सर्लाही मलंगवाका ४६ वर्षीय पुरुष रहेका जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति ललितपुरले विज्ञप्ति निकालेर जानकारी गराएको छ । दुवै जनाको आज बिहान मृत्यु भएको थियो ।...