Wednesday, August 19News That Matters

स्वास्थ्य

भारतमा कोरोना संक्रमितको संख्या ८ लाख २० हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या ८ लाख २० हजार नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार २७ भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमित ८ लाख २० हजार नाघेको छ । आज बिहानसम्म भारतमा ८ लाख २० हजार ९ सय १६ जना भन्दाबढी सङ्क्रमित भएको जनाईएको छ । उक्त संक्रमित मध्ये पछिल्लो २४ घण्टामा २७ हजार १ सय १४ जना नयाँ सङ्क्रमित थपिएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोनाको कारण ५ सय १९ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । उक्त संक्रमित मध्ये अहिलेसम्म ५ लाख १५ हजार ३ सय ८६ जना उपचारपछि निको भएका छन् भने २२ हजार १ सय २३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।...
नेपालमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २७ नेपालमा आज थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ सय ३१ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै निको हुनेको संख्या ८ हजार ४ सय ४२ पुगेको छ । अहिले नेपालमा कोरोना संक्रमितको ५० प्रतिशत उपचारपछि निको भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।...
प्राकृतिक प्रकोपपछि स्वास्थ्य समस्या आउन सक्ने, सावधानी हुन डाक्टरको आग्रह

प्राकृतिक प्रकोपपछि स्वास्थ्य समस्या आउन सक्ने, सावधानी हुन डाक्टरको आग्रह

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २७ मनसुन सक्रिय भएसँगै यस वर्ष पनि बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक प्रकोप सुरु भइसकेको छ । यस्ता विपत्तिपछि विभिन्न रोगको जोखिम हुने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् । विपत्तिसँगै तत्कालीन रुपमा शरीरमा चोटपटक लाग्ने, अंगभंग हुने, पानीमा डुबेको छ भने फोक्सोमा समस्या हुने जस्ता स्वास्थ्य समस्या देखिन्छ । यस्ता समस्याको तत्कालै उपचार गर्नुपर्ने हुन्छ । यस्तै दोस्रो चरणमा पानी, खाना वा हावाबाट सर्ने रोगको जोखिम हुन्छ । यस अन्तर्गत झाडापखाला, छालामा हुने इन्फेक्सन, जण्डिस, टाइफाइड, श्वासप्रश्वास सम्बन्धी लगायतका समस्याहरु हुन सक्ने भएकाले जनरल फिजिसियन डाक्टर युवराज शर्माले सावधानी अपनाउन सुझाव दिएका हुन् । अहिले कोरोना महामारीको बेलामा त झनै यी कुराहरुमा ध्यान दिन आवश्यक रहेको उहाँको भनाई छ । यस्तै विपत्तिमा परेकाहरुको परिवारका सदस्य गुमेका हुन सक्छ...
स्याङ्जामा उपचारपछि निको हुनेको संख्या १२८ पुग्यो

स्याङ्जामा उपचारपछि निको हुनेको संख्या १२८ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २७ स्याङ्जामा कोरोना सङक्रमित उपचारपछि निको हुनेको संख्या १ सय २८ पुगेको छ । ६ महिला सहित १ सय ८८ जना सङक्रमितमध्ये २ जनाको मृत्यु भएको छ । केही दिनयता, जिल्लामा नयाँ कोरोना सङ्क्रमित भेटिएका छैनन् । विभिन्न आइसोलेसनमा बस्नेहरुको संख्या पनि घट्दो क्रममा छ । भारतबाट नेपालीहरु आउने क्रम घटेसँगै सङक्रमितको दर पनि घटेको जनाईएको छ । जिल्लामा ४ जना स्थानीय व्यक्तिमा सङ्क्रमण भेटिएको भए पनि कन्ट्रयाक ट्रेसिङ गर्दा उनीहरुको सम्पर्कमा आएका कसैमा पनि सङ्क्रमण नपाइएको स्वास्थ्य कार्यालय स्याङजाले जनाएको छ ।...
नेपालमा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २६ नेपालमा थप १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जनाएको छ । त्यस्तै आज थप १ सय २० जना उपचारपछि निको भएका छन् । योसँगै निको हुनेको संख्या ८ हजार ११ जना पुगेको छ ।
१८ दिने शिशुसहित २४ जना कोराना मुक्त

१८ दिने शिशुसहित २४ जना कोराना मुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २६ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका सुत्केरी र १८ दिने शिशुसहित २४ जना उपचारपछि निको भएका छन् । स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि आइसोलेनमा बसेको १४ दिनपछि पुुनः स्वाप परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि बिहीबार साँझ उनीहरुलाई डिस्चार्ज गरिएको हो । सिञ्जा गाउँपालिका–४ काडागाउँकी ३९ वर्षीया एक महिला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुत्केरी भएपछि आमा र बच्चा दुवैमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो । प्रतिष्ठानको आइसोलेसनमा राखेर १४ दिनपछि पुनः परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएपछि १८ दिने बच्चा, सुत्केरी आमासहित २४ जनालाई घर पठाइएको अस्पतालले जनाएको छ । प्रतिष्ठानको आइसोलेसनमा अझै १२ जना रहेका र उनीहरुको रिपोर्ट पनि नेगेटिभ आउने अपेक्षा गरिएको प्रतिष्ठानले जनाएको छ । डिस्चार्ज भएकाहरुले १४ ...
नगरलाई ईन्सेकद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

नगरलाई ईन्सेकद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २५ कोरोना रोकथाम तथा नियन्त्रणको लागी बेलका नगरपालिकामा स्वास्थ्य सामाग्री वितरण गरेको छ । इन्सेक नेपालको सहयोगमा मानव अधिकार समिति बेलकाले नगरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । सनिटाइजर ५ लिटर, थर्मलगन २ थान, सर्जिकल ग्लोब्स २ सय थान, सर्जिकल माक्स २ सय थान, केयन ९५ माक्स २० थान नगरका मेयर दुर्गाकुमार थापालाई हस्तान्तरण गरेको इन्सेकका प्रदेश नम्बर १ का कार्यक्रम संयोजक बाग्मता कटेलले बताए । महामारीको समयमा अग्रभागमा रहेर काम गर्ने स्वास्थ्य कर्मि, सुरक्षाकर्मी, जनप्रतिनीधि तथा सरोकारवाला निकायहरुलाई हयोग गरेको मानव अधिकार समुह बेलकाका अध्यक्ष जयराम पुर्वछानेले बताए । बेलका नगरपालिकामा अहिलेसम्म पुष्टि भएका १० जना कोरोना संक्रमितमध्ये ५ जना उपचारपछि निको भईसकेका छन् । बैदेशिक रोजगारी, छिमेकी राष्ट्र भारत तथा अन्य जिल्लाबाट नगरमा आवजाउ बढेकाले कोरोनाक...
गाइघाट सिभिल हस्पिटलकाे उपचारमा अर्काे लापरवाही : तीनवर्षे वालकको हात बांगियाे

गाइघाट सिभिल हस्पिटलकाे उपचारमा अर्काे लापरवाही : तीनवर्षे वालकको हात बांगियाे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २५ । गाइघाटस्थित गाईघाट सिभिल हस्पिटलले तीनवर्षे वालकको हातको कुहिनोको जोर्नीको राम्रो उपचार नगर्दा हात बांगिएको भन्दै अभिभावकले गुनासो गरेका छन् । आज बालकसहित पूर्णपुष्टिमा आएका बालक कृष कटुवालका बुवा हरीबहादुर र आमा अम्बिका खड्काले यस्तो गुनासो गरेका हुन् ।  त्रियुगा नगरपालिका ९ राजाबासका अभिभावकका अनुसार गतवर्षको मंसिरमा बालकको घरमा लडेर दाहिने हाँतको कुहिनाको जोर्नी खुस्किए पछि लगत्तै सो हस्पिटलमा उपचारका लागि लगिएको थियो । हस्पतालले हात सिधा बनाउने भन्दै ब्याण्डेज गरेको थियो । एकमहिना एकहप्ता पछि ब्याडेज खोल्दा बालकको हात बाँगिएको अवस्थामै थियो । हात सिधा भएन भन्दै अभिभावकले गुनासो गर्दा हस्पिटलले बालकको हात चार÷पाँच महिनामा सिधा भइसक्छ भनेको तर, नौमहिना भइसक्दा पनि सिधा नभएको बुवा हरिबहादुरले बताउनुभयो । “हस्पिटलमा डाक्टरले पाँच÷छ महिनामा सिधा हुन्छ भनेको थियो...
नेपालमा कोरोना संक्रमितको संख्या साढे १६ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या साढे १६ हजार नाघ्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २५ नेपालमा कोरोना संक्रमितको संख्या साढे १६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ८० जना नयाँ कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको हो । त्यस्तै पछिल्लो २४ घण्टामा १ सय ३९ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएका छ् । योसँगै ७ हजार ८ सय ९१ जना उपचारपछि निको भईसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म उक्त संक्रमित मध्ये ३५ जनाको कोरोनाको कारण मृत्यु भईसकेको मन्त्रालयले जनाएको छ ।...
चिनमा फेरी प्लेग भेटियो

चिनमा फेरी प्लेग भेटियो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार २५ चीनको स्वायत्त क्षेत्र भित्री मङ्गोलियामा एक व्यक्तिमा प्लेग सङ्क्रमण पुष्टि भएको छ । प्लेग संक्रमण पुष्टि भएपछि सरकारी निकायहरूले सावधानीका उपायहरू अवलम्बन गरेको छ । बायान्नुरमा प्लेग देखिएका ती व्यक्तिलाई क्वारन्टीनमा राखिएको छ र उनको स्थिति स्थिर छ । उनी गोठाला भएको जनाईएको छ । चारमध्ये तेस्रो तहको चेतावनी जारी गरेको अधिकारीहरूले जनाएका छन् । ब्याक्टेरियाको सङ्क्रमणबाट हुने ब्यूबनिक प्लेग घातक बन्न सक्छ । तर उपलब्ध एन्टीबायोटिकको प्रयोगबाट उपचार सम्भव छ । बायान्नुर स्थित एउटा अस्पतालमा गएका ती व्यक्तिमा शनिवार प्लेग भएको आशङ्का गरिएको थियो । तर उनलाई कसरी सङ्क्रमण भयो भन्ने स्पष्ट छैन । तेस्रो तहको चेतावनी जारी भएपछि प्लेग सार्न सक्ने जीवजन्तुको सिकार गर्न र तिनको मासु खान रोक लागेको छ । सङ्क्रमण भएको शङ्का लागेमा अधिकारीहरूलाई सूचित गर्न सर्वसाधारणलाई आ...