Tuesday, August 18News That Matters

स्वास्थ्य

थप २५ जनामा कोरोना संक्रमण पुष्टि

थप २५ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ७ गते ।  आज थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ४ सय २७ पुगेको हो । बाँकेको नरैनापुर गाउँपालिका–५ का १७, २०, २८, ३० र ४० वर्षीय पुरुष र खजुरा गाउँपालिका–५ का २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै कपिलवस्तुमा थप २२, ३५ र ४८ वर्षीय पुरुष विजयनगरको क्वारेन्टाइनमा छन् भने महाराजगञ्ज गाउँपालिकाका  जना बालिकासहित १० जना रहेको छ ।  ३, ४, ६,१६, २५ र ३२ वर्षकी महिला र १२, २०, २४ र ३४ वर्षका पुरुषमा संक्रमण देखिएको जनाईएको  छ । उक्त संक्रमितमध्ये आज सम्म ४५ जना उपचारपछि निको भएका छन् भने २ जनाको मृत्यु भईसकेको छ । अहिलेसम्म नेपालको ३८ वटा जिल्लामा संक्रमण देखिएको छ ।...
कोरोना भाईरबाट विश्वमा ५० लाख बढी संक्रमित

कोरोना भाईरबाट विश्वमा ५० लाख बढी संक्रमित

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ७ गते ।  विश्वको विभिन्न देशमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमित ५० लाख नाघेको छ । वल्डोमिटरले सार्वजनिक गरेको कोरोना भाईरस तथ्याङ्क अनुसार संक्रमितको संख्या ५० लाख ५ सय नाघेको हो । संक्रमितमध्ये १९ लाख ७० हजार ९ सयभन्दा बढी उपचारपछि निको भएका छन् भने ३ लाख २५ हजार १ सय ५६ जनाको मृत्यु भएको जनाईएको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म विश्वका २ सय १३ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिइसकेको छ ।...
भारतमा कोरोना संक्रमित १ लाख ६ हजार नाघ्यो

भारतमा कोरोना संक्रमित १ लाख ६ हजार नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ७ गते ।  भारतमा कोरोना संक्रमितको संख्या १ लाख ६ हजार नाघेको छ । एकै दिन ५ हजार ६ सय ११ जना नयाँ संक्रमित थपिएसँगै भारतमा १ लाख ६ हजार ७ सय ५० पुगेको हो । अहिलेसम्म भारतमा कोरोना संक्रमित मध्ये ४२ हजार भन्दा बढी उपचारपछि निको भएका छन् महाराष्ट्रमा मात्रै ३५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । तमिलनाडुमा १२ हजार ४ सय ४८, गुजरातमा १२ हजार १ सय ४० र दिल्लीमा १० हजार ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको केन्द्रिय कर्यालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १ सय ४० जनाको मृत्यु भएसँगै कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३ हजार ३ सय ३ पुगेको छ । कोरोना भाइरसको प्रकोप सीमित गर्नको लागि गृह मन्त्रालयले लकडाउनलाई मे ३१ सम्मको लागि बढाएको छ ।...
भुल्केका ३ जनासहति ८ जना कोरोना मुक्त

भुल्केका ३ जनासहति ८ जना कोरोना मुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ७ गते । उदयपुरको भुल्केमा फेला परेका कोरोना संक्रमितमध्ये ८ जना आज अस्पतालबाट डिस्चार्ज भएका छन् । विराटनगरको कोशी अस्पताल कोडिभ १९ उपचार केन्द्रमा उपचारारत भुल्केका ३ जना र ५ जना भारतीय जमाती सहित ८ जना बुधबार कारोनामुक्त भएर डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा त्रियुगा नगरपालिका–३ भुल्केका ५२, १८ र ६५ वर्षका र भारतीय जामातीहरु ४०, २८, २५, २२ र ४० वर्षका पुरुषहरु रहेको अस्पतालले जनाएको छ । उनीहरु मध्ये ६५ वर्षीय पुरुष बैशाख ५ गते र बाँकी ७ जना बैशाख ९ गते कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका थिए । उनीहरु सवैको भुल्केमै रहेको बेला कोरोना पूष्टि भएको थियो । डिस्चार्ज भएका भारतीय नागरिकलाई विराटनगर महानगरपालिका–१७  स्थित रानी मरकज क्वारेन्टाइनमा र उदयपुरका ३ जनालाई होम क्वारेन्टाईनमा बस्ने गरी पठाइएको अस्पतालले जनाएको छ ।...
थप २७ जनामा कोरोना संक्रमण पुष्टि

थप २७ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुुिष्ट, जेठ ६ गते । थप २७ जनामा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आज थप २७ संक्रमित मध्ये २४ जना पुरुष र ३ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै नेपालमा संक्रमितको सङ्ख्या ४ सय २ पुगेको मन्त्रालयले जनाएको छ । काठमाडौँमा ३, भक्तपुर १ र ललितपुरमा पहिलो पटक १ जनालाई संक्रमण पुष्टि भएको छ । त्यसैगरी झापामा ९, कपिलवस्तुमा ४, सर्लाहीमा २, मोरङमा १, सुनसरीमा १, रामेछापमा १, मकवानपुरमा १, सिन्धुलीमा १, लमजुङ १ र नवलपरासीमा १ संक्रमित पुष्टि भएका मन्त्रालयले जनाएको छ । अहिलसेम्म ३६ वटा जिल्लामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।...
झापा, सुनसरी र कपिलवस्तुमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

झापा, सुनसरी र कपिलवस्तुमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ६ गते । १ नं प्रदेशमा एकै दिन ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जना र बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा २ जना गरी ११ जनामा कोरोना पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज कोरोना पुष्टि भएका ११ मध्ये २ जना सुनसरीको र बाँकी ९ जना झापाको केचना गाउँपालिका छन् । जुन सोमबार कोरोना पुष्टि भएका व्यक्तिको सम्पर्कमा रहेका थप ९ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गर्न बाँकी छ । त्यस्तै कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गर्न बाँकी छ ।...
भारतमा कोरोेना संक्रमितको संख्या १ लाख नाघ्यो

भारतमा कोरोेना संक्रमितको संख्या १ लाख नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ६ गते । भारतमा कोरोेना भाईरस (कोभिड–१९)को संक्रमित एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ हजार भन्दा बढी नयाँ संक्रमित थपिएसँगै १ लाख ३ सय २८ जना पुगेको हो । उक्त संत्रमितमध्ये पछिल्लो २४ घण्टामा १ सय ३१ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३ हजार १ सय ५६ जनाको मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ । तर अहिलेसम्म ९६ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको र ३ हजार २९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको भारत सरकारले पुष्टि गरेको छ । विश्वमा अहिलेसम्म ४८ लाख ९१ हजारभन्दा बढीमा कोरोनाको संक्रमण देखिएकोमा १९ लाख ७ हजारभन्दा बढी उपचारपछि निको भएका छन् । उक्त संक्रमितमध्ये ३ लाख २० हजार जनाको मृत्यु भएको जनाईएको छ ।...
खाेटाङ र सुनसरीमा पनि पहिलाेपटक काेराेना संक्रमित पुष्टि, रातिसम्ममा देशभर ३ सय ७५ पुग्याे

खाेटाङ र सुनसरीमा पनि पहिलाेपटक काेराेना संक्रमित पुष्टि, रातिसम्ममा देशभर ३ सय ७५ पुग्याे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ५ । प्रदेश १ काे खाेटाङ र सुनसरिमा पनि पहिलाेपटक अाज काेराेना संक्रमित पुष्टि भएकाे छ । खाेटाङकाे १ पुरुष र सुनसरीमा १ जना पुरुष पुष्टि भएका हुन् । ती दुई जिल्लासहित अाज बेलुका थप १८ जनामा काेरना संक्रमण पुष्टि भएकाे छ । धनुषामा २ जना पुरुष, बाँकेमा १२ पुरुष, दैलेखमा १ पुरुष र झापामा १ पुरुषमा संक्रमण पुष्टि भएकाे हाे । याे संगै नेपालमा संक्रमितकाे संख्या ३ सय ७५ पुगेकाे छ ।...
संक्रमित संचारकर्मीसँगै बस्ने युवाको ट्रेसिङ रिपोर्ट ‘नेगेटिभ’

संक्रमित संचारकर्मीसँगै बस्ने युवाको ट्रेसिङ रिपोर्ट ‘नेगेटिभ’

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ५ गते । उदयपुरका कोरोना संक्रमित एक संचारकर्मीसँगै कोठामा भान्सा रहेको एक युवाको स्वाव परिक्षणको रिपोर्ट नेगेटिभ आएको बुझिएको छ । गत जेठ २ गते उदयपुरमा एक संचारकर्मीमा कोरोना पुष्टि भएपछि उनीसँगै भान्सा रहेका एक युवाको ३ गते स्वाव नुमना लिई विराटनरको प्रदेश प्रयोगशालामा पठाईएको थियो । सो रिपोर्ट आज नेगेटिभ आएको बुझिएको हो । उनीसँगै वस्ने अर्का एक युवा संक्रमितसँगै परिक्षण भएकोमा रिपोर्ट नेगेटिभ आएको छ । हाल उनी होम क्वारेन्टाईनमा छन् । संक्रमित संचारकर्मी वस्ने घर र छेउछाउका घरहरुमा आउजाउ, भेटघाटको आधारमा छिमेकीहरुको पनि स्वव संकलन गरि परिक्षण गरेकोमा उनीहरुको रिपार्ट नेगेटिभ आएको बुझिएको छ । साथै जिल्ला स्थित नागरिक समाज, आधिकारकर्मीहरुको पनि स्वाव रिपोर्ट नेगेटिभ आएको छ । ३ गते स्वास्थ्य कार्यालयले संक्रमित संचारकर्मीको सम्पर्कमा आएका र अन्य गरी २८ जनाको स्व...
आज एकै दिन ६२ जना नयाँ कोरोना संक्रमित थपियो, नेपालमा संक्रमितको संख्या ३५७ पुग्यो

आज एकै दिन ६२ जना नयाँ कोरोना संक्रमित थपियो, नेपालमा संक्रमितको संख्या ३५७ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ५ गते ।  विभिन्न स्थानको प्रयोगशालामा गरिएको परिक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एकै दिन ६२ जना नयाँ संक्रमित फेला परेसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित हुनेको संख्या ३ सय ५७ पुगेको हो । विराटनगरको कोशी अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा मोरङका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै भैरहवाको प्रयोगशालामा गरिएको परिक्षणमा गुल्मिको ४१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा धनुष, रौतहट, दाङ र धादिङको १/१ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरु १८ देखि ४६ वर्ष उमेर समुहका रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै भेरि अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा बाँकेका ४६ जना पुरुष र १ जना महिलामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाए...