उदयपुर अस्पतालमा फोहोर व्यवस्थापन भवन निमार्ण गरिदैँ
पूर्णपुष्टि, जेठ १८ गते ।
जिल्ला अस्पताल उदयपुरमा फोहोरमैला व्यवस्थापनको लागि भवन निर्माण गरिदैँ छ । अस्पतालमा मेडिकलजन्य फोहोर व्यवस्थापनमा समस्या उत्पन्न हुन थालेपछि भवनको निमार्ण गर्न लागिएको हो ।
जिल्ला अस्पताल परिसरमा फोहरमैला व्यवस्थापन भवन निर्माण कार्य भई रहेको छ । ५० बेडको अस्पताल भएपनि मेडिकल फोहोरको व्यवस्थापन नहुँदा अस्पताल प्रशासनले दुखको साथ फोहरमैला व्यवस्थापन गर्दै अएको थियो ।
मेडिकलजन्य फोहोरहरुको व्यवस्थापन गर्नका लागि दियालो निर्माण सेवा त्रियुगा नगरपालिका–११ ले भवन बनाउने जिम्मा पाएको छ ।
असार १५ गते सम्म निर्माण सम्पन्न गर्ने गरि करिब ३१ लाख ९६ हजार लागत स्टमेटमा बोलपत्र आव्हान गरिएकोमा २० लाख ४० हजारमा बोलपत्र स्वीकृत भएको अस्पतालका सूचना अधिकारी बृख बहादुर खत्रीले बताए ।
सूचना अधिकारी खत्रीका अनुसार विद्युतिय माध्यमबाट बोलपत्र आव्हान गरिदा अस्पताललाई करिब ३६ प्र...









