मुकुर्ची स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री वितरण
पूर्णपुष्टि, साउन १५
नेपाल घरेलु तथा साना उद्योग माहासंघको समन्वय तथा नेपल चिन कार्यकारी परिषद्को सहयोगमा मुकुर्ची स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
शनिवार स्वास्थ्य चौकी व्यवस्थापनकाका अध्यक्ष तथा वडाअध्यक्ष मनोजक कुमार मगर र स्वास्थ्य चौकी प्रमुख सरोज कुमार यादवलाई स्वास्थ्य सामाग्री उपलब्ध गराईएको हो । पछिल्लो समय कोरोना बढ्ने संकेतले स्वस्थ्य सामाग्रीहरु वितरण गरिएको माहासंघका जिल्ला अध्यक्ष मधुकर थापाले बताउनुभयो । सुरक्षाकर्मीहरु सुरक्षित भएमात्र विरामीलाई उपचार सम्भव रहने भन्दै सामाग्री वितरण गरिएको हो ।
सामाग्री रौतामाई गाउँपालिकाका अध्यक्ष विरेन्द्र मगरले स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्नुभयो उक्त कार्यक्रममा माहासंघका केन्द्रीय माहासचिव डम्वर प्रसाद रेग्मी, केन्द्रीय सदस्य भरत थापा, जिल्ला अध्यक्ष मधुकर थापा, केन्द्रीय प्रतिनिधि तेज नारायण शेर्पा, प्रदे...









