क्यान्टिनको खाजा खाएर फुड पोइजन हुँदा ३४ विद्यार्थी बिरामी
पूर्णपुष्टि, भदौ १० गते ।
क्यान्टिनको खाजा खाएर फुड पोइजन हुँदा झापाको मेचीनगर नगरपालिका–६ स्थित काँकडभिट्टा माध्यमिक विद्यालय अध्ययनरत ३४ जना विद्यार्थी एकै साथ बिरामी भकएका छज् ।
उनीहरूको मेची अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । काँकडभिट्टा माविभित्र सञ्चालित क्यानटिन (चमेना गृह) मा खाजा खाएको आधा घण्टापछि विद्यार्थी एकाएक बिरामी पर्न थालेको विद्यालयका प्रधानाध्यापक हरि न्यौपानेले जानकारी दिए ।
विद्यार्थी बिरामी पर्न थालेपछि उनीहरूलाई तत्काल स्थानीय मेडिकलमा उपचारका लागि लगिएको र थप स्वास्थ्यमा समस्या देखिएपछि मेची अस्पताल ल्याएको प्रधानाध्यापक न्यौपानेले बताए ।
कक्षा १ देखि ६ सम्मका विद्यार्थीमा फुड पोइजनको लक्षण देखिएको बताउँदै प्रधानाध्यापक न्यौपानेले भने, ‘विद्यार्थीले क्यानटिनमा गएर छोला र मुरै खाएका थिए, टिफिन टाइममा खाजा खाएको केही समयपछि विद्यार्थीको पेट दुख्न थाल्यो ।’ एकैपट...








