१ नं. प्रदेशको स्वास्थ्य मन्त्रालयबाट हटाइयो राष्ट्रपति र प्रधानमन्त्रीको फोटो
पूर्णपुष्टि, असोज १० गते ।
प्रदेश नं. १ को स्वास्थ्य मन्त्रालयबाट आइतबार राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्बिर स्वस्थ्य मन्त्रालयबाट हटाइएको हो ।
स्वास्थ्यमन्त्री जयरामम यादवले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर सो ठाउँमा प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री राजेन्द्रकुमार राईको फोटो प्रतिस्थापन गरेका हुन् ।
मन्त्री यादवले प्रादेशिक सरकार तथा त्यसअन्तर्गतको मन्त्रालय भएकाले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राखिरहन आवश्यक नभएको प्रतिक्रिया दिए ।
संघीयता बलियो बनाउन परिवर्तनका लागि आफैँबाट सुरुवात गरेको यादवको भनाइ छ । उनले आफू बस्ने कुर्सीको दायाँतिर प्रदेश प्रमुख र बायाँतिर मुख्यमन्त्रीको तस्बिर राखेका छन् । कुर्सी पछाडि भने सगरमाथाको ठूलो तस्बिर छ ।
संघीय मन्त्रालयहरूमा राष्ट्रपति र प्रधानमन्त...








