गुणस्तरीय शिक्षामा प्रश्नै प्रश्न, निशुल्क की बढी शुल्क
पूर्णपुष्टि, १९ जेष्ठ ।
शिक्षा प्रदान गर्ने राज्यको दायित्व अन्तर्गत प्रत्येक नागरिकलाई आधारभूत तथा माध्यमिक तहसम्म निशुल्क शिक्षा प्रदान गर्ने जिम्मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको हुनेछ भनि नेपालको संविद्यानमा उल्लेख गरिएको छ ।
त्यो सँगै सरकारले गुणस्तरीय र प्रभावकारी शिक्षामा पनि समान अधिकारको पहुँच हुने उल्लेख गरेको छ । गुणस्तरीय शिक्षाका लागि विद्यालय, अविभावक, विद्यार्थी र सरकारको आ–आफ्नै जिम्मेवारी पनि होला तर पनि नेपालमा गुणस्तरीय शिक्षामा भने अझै पनि पश्नै प्रश्नहरु उब्जीरहेको अवस्था छ ।
तर फेरी यसबीचमा पनि प्रश्नै खडा हुन्छ । सबैभन्दा बढी महत्वको क्षेत्रसमेत रहेको शिक्षालाई प्रभावकारी र गुणस्तर बनाउने कुरापनि बाराम्वार भैरहेपनि कुरामा मात्रै सिमित व्यवाहरमा खासै प्रगति नभएको एक कार्यक्रमले देखाएको छ । शुक्रबार गाईघाटमा शिक्षाको लागि राष्ट्रिय अभियान नेपालले आयोजन...









