कोरोनाको संक्रमण बच्चा र महिलाहरुमा कम
फागुन, २८
चाइनिज सेन्टर्स अफ डिजिज् कन्ट्रोलको अध्ययनले पुरुषहरुको दाजोमा कोरोनाको संक्रमण महिलाहरुमा निकै कम हुने तथ्य निकालेको छ । कोरोनाबाट संक्रमित ४४ हजार व्यक्तिमा यो अध्ययन गरिएको थियो । तीमध्ये २.८ प्रतिशत पुरुष र १.७ प्रतिशत महिलाको मृत्यु भएको अध्यानले जनाएको छ ।
बच्चामा कम असरको कारण
सानो बच्चालाई कोरोना हुन्छ, किनभने फ्लू पनि पाँच वर्ष भन्दा कम उमेर (खासगरी दुईभन्दा कम)कालाई लाग्ने सम्भावना बढी हुन्छ । डाक्टर पनखनिया भन्छन ‘मान्छेमा उमेर बढ्दै जाँदा बढी बिरामी हुन्छन् । किनभने रोग प्रतिरोधी क्षमता घट्दै जान्छ । उमेर बढी भएकाहरुमा पहिलेदेखि नै कमजोर प्रतिरोधी क्षमता र गम्भीर आस्थ्माजस्ता रोग हुन्छन् । उनीहरुमा संक्रमण बढी पाइएको छ । तर, बच्चामा त्यस्तो हुँदैन ।’
एक वयस्क र बच्चाको प्रतिरक्षा प्रणालीमा महत्वपूर्ण अन्तर हुन्छ। बच्चामा प्रतिरक्षा प्रणाली अपरिपक्व हुन्छ...








