त्रियुगा नगरपालिकाले सार्वजनिक गर्यो १ अर्ब ३८ करोड ७७ लाखको बजेट
पूर्णपुष्टि/उदयपुर, असार १०
उदयपुरको त्रियुगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि १ अर्ब ३८ करोड ७७ लाख ७४ हजार रुपैयाँ बराबरको आय÷ब्याय बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १७औँ नगरसभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, रोजगार, पर्यटन तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ।
प्रस्तावित बजेटअनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ २२ करोड १८ लाख, सशर्त अनुदान चालुतर्फ ६२ करोड ८ लाख, विशेष अनुदान १ करोड तथा समपूरक अनुदान ५५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान २ करोड ३ लाख ४५ हजार, सशर्त अनुदान ५ करोड ४६ लाख २४ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।
राजस्वबाट १५ करोड १० लाख ९६ हजार, अन्त शुल्कबाट ६ करोड ४७ लाख ६५ हजार तथा सवारी साधन करबाट १ करोड ८७ लाख ९९ हजार २३८ रु...









