Wednesday, July 15News That Matters

स्वास्थ्य

उदयपुरमा कोरोना संक्रमितको संख्या ३,२४६ पुग्यो

उदयपुरमा कोरोना संक्रमितको संख्या ३,२४६ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन ३२  उदयपुरमा आज (सोमबार) थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार २ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको कुल संख्या ३ हजार २४६ जना पुगेको छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार थपिएका संक्रमितहरु त्रियुगा र कटारी नगरपालिकाका रहेका छन् । त्रियुगामा २६ वर्षीया १ महिला र ४४ र १९ वर्षीय २ पुरुष गरी ३ जनामा संक्रमण देखिएको छ । कटारीका २८ वर्षीया १ महिलामा संक्रमण पुष्टि भएको हो । थप १५ जनाले कोरोना जितेर घर फर्र्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको कुल संख्या १ हजार ३६२ महिला र १ हजार ६०१ पुरुष गरी २ हजार ९६३ जना रहेका छन् । जिल्लामा सक्रिय संक्रमितको संख्या ११३ महिला र ११८ पुरुष गरी २३१ जना रहेका छन् । जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ महिला र ३६ पुरुष गरी ५२ जना रहेको स्वास्थ्य क...
उदयपुरमा थप ३७ कोरोना पुष्टि, संक्रमितको संख्या ३,२७६ पुग्यो

उदयपुरमा थप ३७ कोरोना पुष्टि, संक्रमितको संख्या ३,२७६ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २९ उदयपुरमा आज (शुक्रबार) थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार २२ पुरुष र १५ महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको संख्या ३ हजार २७६ जना पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमितहरु त्रियुगा, बेलका, चौदण्डीगढी र कटारी नगरपालिकाका साथै लिम्चुङबुङ गाउँपालिकाका रहेका छन् । त्रियुगामा ५ पुरुष र ७ महिला गरी १२ जना, बेलकामा ५ पुरुष र १ महिला गरी ६ जना, चौदण्डीगढीमा, ६ पुरुष र ३ महिला गरी ९ जना, कटारीमा, ४ पुरुष र ४ महिला गरी ८ जना र लिम्चुङबुङमा २ पुरुषमा संक्रमण देखिएको हो । कारोनालाई जितेर थप ३१ जना घरफर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार ५७६ पुरुष र १ हजार ३३२ महिला गरी २ हजार ८९९ जना पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या १४६ पुरुष र १२७ महिला गरी २७३ जन...
उदयपुरमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३,१८७ जना पुग्यो

उदयपुरमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३,१८७ जना पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २८ उदयपुरमा आज (बिहिबार) थप १९ जनामा कोरोना भाइरसको संक्रमाण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार ११ पुरुष र ८ महिला गरी १९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको कुल संख्या ३ हजार १८७ जना पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार थपिएको संक्रमितहरु त्रियुगा र कटारी नगरपालिकाका साथै लिम्चुङबुङ र उदयपुरगढी गाउँपालिकाका रहेका छन् । त्रियुगामा २ पुरुष र १ महिला गरी ३ जना, कटारीमा ३ पुरुष र २ महिला गरी ५ जना, लिम्चुङबुङमा ३ पुरुष र २ महिला गरी ५ जना र उदयपुरगढीमा ३ पुरुष र ३ महिला गरी ६ जना संक्रमण देखिएको हो । कोरोनालाई जितेर थप ३५ जना घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार ५४४ पुरुष र १ हजार ३२४ महिला गरी कुल संख्या २ हजार ८६८ जना पुगेको स्वास्थ्य कार्यालयको तथ्याङकले देखाएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्...
मास्क नलगाउने कारवाहीमा पर्दै

मास्क नलगाउने कारवाहीमा पर्दै

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २५ ।  उदयपुरमा “मास्क खै ?” अभियान सञ्चालन गरेको प्रहरीले अबदेखि कारवाही थाल्ने भएको छ । साउन २६ गतेदेखि संक्रमण ऐन अन्तर्गत मास्क नलगाउनेलाई कानुनी कारवाही जरिवाना गराइने जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमले बताउनुभयो । केही समयदेखि प्रहरीले जिल्लामा सर्बसाधारणहरुका लागि मास्क खै ? अभियान सन्चालन गर्दै आएको हो । तर, यसबीचमा नागरिकहरुबाट अटेर नगरी मास्न नलगाएको अवस्था थुप्रै देखिएपछि कारवाही थालिने भएको हो । भोलीदेखि निगरानीका साथै अनुगमन बढाइने प्रशासनले जनाएको छ । त्यसक्रममा मास्क नलगाएको पाइएमा कारवाही गरिने भएको हो । पछिल्लो समय जिल्लामा कोरोना नियन्त्रणको सट्टा संक्रमण फैलदो रहेकाले स्थानीय प्रशासनले स्वास्थ्य मापदण्ड अपनाउन कडाइ गरेको छ ।...
तेस्रो लहरको कोरोना संक्रमण फैलन नदिन प्रशासनको निशेधाज्ञ  : अबदेखि विहान १० देखि ५ बजेसम्म मात्र बजार, पसल खुल्ने

तेस्रो लहरको कोरोना संक्रमण फैलन नदिन प्रशासनको निशेधाज्ञ : अबदेखि विहान १० देखि ५ बजेसम्म मात्र बजार, पसल खुल्ने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २५ ।  तेस्राे लहरकाे काेराेना संक्रमणप्रति चिन्ता बढेकाे छ । हाल जिल्लामा संक्रमण नियन्त्रणकाे साटाे संक्रमण बढ्दाे रहेपछि प्रशासनले निशेधाज्ञ जारी गरेकाे छ । भोलीदेखि बजार, पसलहरु विहान १० : ०० देखि ५ : ०० बजेसम्ममात्र खुल्न पाउने भएको छ । तरकारी, दुधजन्य, मासुजन्य पसलहरु भने विहान ७ : ०० बजेदेखि बेलुका ७ : ०० बजेसम्म खुल्न पाउनेछ । जिल्ला प्रशासन कार्यालय उदयपुरले साउन २५ गते राती १२ : ०० बजेदेखि साउन ३२ गते राती १२ : ०० बजेसम्म लागु हुनेगरी निशेधाज्ञ आदेश जारी गर्दै तोकिएको समय भन्दा बाहेकमा बजार, पसल खोल्न नपाउने जनाएको छ । सार्बजनिक सवारी साधनहरु सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन दिइएको छ । मापदण्डहरुमा कुल सिट क्षमता भन्दा बढि यात्रु नराख्ने, सबै यात्रु तथा चालक, सहचालकले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, चालक र सहचालकले भाइजर र पञ्जा पनि प्रयोग गर्नुपर...
उदयपुरमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३,०९९ जना पुग्यो

उदयपुरमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३,०९९ जना पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २४ उदयपुरमा आज (आइतबार) थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार ७ महिला र ७ पुरुष गरी १४ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या ३ हजार ९९ जना पुगेको छ । स्वास्थ्य कार्यालय अनुसार थपिएका संक्रमितहरु चौदण्डीगढी, बेलका र त्रियुगा नगरपालिकाका रहेका छन् । चौदण्डीगढीमा ४ महिला र ५ पुरुष गरी ९ जना, बेलकामा ३ जना महिला र त्रियुगामा २ जना पुरुषमा संक्रमण देखिएको हो । कोरोनालाई जितेर थप ८ घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको कुल संख्या १ हजार २५२ महिला र १ हजार ४५७ जना पुरुष गरी २ हजार ७०९ जना पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या १५४ महिला र १८४ पुरुष गरी ३३८ जना रहेको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ । शुक्रबार एक पुरुषको कोरोनाबाट ज्यान गएको थियो । उक्त...
भिरबाट लडेर एक जनाको ज्यान गयो

भिरबाट लडेर एक जनाको ज्यान गयो

स्वास्थ्य
पूर्णपुष्टि, साउन २४ संखुवासभा मकालु गाउँपालिका–३ स्थित नयाँ बस्तीमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । भोजपुर नगरपालीका–२ घर भई हाल सोही स्थानमा निर्माणाधिन अरुण तेस्रो जलबिद्युत आयोजनाको रोयल हाईड्रो कम्पनीमा काम गर्ने मजदुर ५२ वर्षीय खड्ग बहादुर गुरुङको ज्यान गएको हो ।् शनिबार हेदाङना बजार गई बेलुका फर्केने क्रममा बाटोमा रहेको भिरबाट अचानक लडी अन्दाजी ६०÷७० मिटर तल झरी मृत अबस्थामा गुरुङको शव आज बिहान ११ बजे फेला परेको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।...
नेपालमा थपिए १,४३३ खोप केन्द्र

नेपालमा थपिए १,४३३ खोप केन्द्र

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २३ नेपालमा २ हजार ९८९ कोरोना भाइरसविरुद्धको खोप केन्द्र रहेकोमा १ हजार ४३३ खोप केन्द्र थप गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार खोप लगाउने मानिसहरुको भीड बढ्न थालेपछि संक्रमणको जोखिम कम गर्न खोप केन्द्र थप गरिएको हो । पहिले २ हजार ९८९ खोप केन्द्र भएकोमा अहिले त्यो संख्या चार हजार ४२२ पु¥याइएको छ । यस्तै काठमाडौँ उपत्यकामा ८३ खोप केन्द्र थप गरी १४९ पु¥यायाइएको छ । उपत्यकामा पहिले ६६ खोप केन्द्र रहेको मन्त्रालयले जनाएको छ ।...
५ लाख १३ हजार डोज कोरोनाविरुद्ध खोप जापानबाट आज नेपाल आइपुग्यो

५ लाख १३ हजार डोज कोरोनाविरुद्ध खोप जापानबाट आज नेपाल आइपुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २३ कोरोनाविरुद्धको ५ लाख १३ हजार ४२० डोज एष्ट्राजेनिका खोप जापानबाट आज नेपाल आइपुगेको छ । जापान सरकारले नेपाल सरकारलाई दिने भनेको १६ लाख डोजमध्ये कतार एयरवेजबाट आज बिहान ५ लाख १३ हजार ४२० डोज एष्ट्राजेनिका खोप आइपुगेको हो । जापानी राजदूत युटाका किकुताले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई उक्त खोेप हस्तान्तरण गरेका छन् । स्वास्थ्य सेवा विभागका अनुसार आइतबार थप २ लाख ८७ हजार डोज खोप आउने र बाँकी ८ लाख खोप अर्को साता आइपुग्ने जानकारी दिएको छ । जापानले कोभ्यास संयन्त्रमार्फत नेपाललाई खोप दिने घोषणा गरेको थियो ।...
उदयपुरमा थप १ जना कोरोना संक्रमितको मृत्यु, १२ जना संक्रमित थपिए

उदयपुरमा थप १ जना कोरोना संक्रमितको मृत्यु, १२ जना संक्रमित थपिए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २२ उदयपुरमा आज (शुक्रबार) ८ महिला र ४ पुुरुष गरी थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको कुल संख्या ३ हजार ५६ जना पुगेको हो । आज थप एकजना संक्रमित पुरुषको कोरोनाबाट मृत्यु भएको छ । मृतक पुरुषको उमेर र ठेगान जिल्ला स्वास्थय कार्यालयको तथ्याङकमा उल्लेख गरिएको छैन । सो पुरुषको मृत्यु जिल्ला बाहिर भएको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख गरिएको छ । आज थपिएको मृतक पुरुषसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ जना पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमितहरु त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाका रहेका छन् । त्रियुगामा २ महिला र २ पुरुष गरी ४ जना, चौदण्डीगढीमा ६ महिला र १ पुरुष गरी ७ जना र बेलकामा १ जना पुरुषमा संक्रण पुष्टि भएको हो । कोरोना जितेर थप १५ जना निको भएसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ ह...