त्रियुगामा ६० हजार बढि विरुवा रोपिने, पूर्वपश्चिम बरुवा बसपार्कबाट बृक्षरोपण सुरुवात
पूर्णपुष्टि, साउन १ ।
क्लिन सिटि, ग्रीन सिटि शहर निर्माण अभियानको क्रममा आज हजारौं विरुवा बृक्षरोपण गरिएको छ । त्रियुगा नगरपालिकाले आजबाट १६ वटै वडालाई हरियाली बनाउन बृक्षरोपण थालेको हो । वडा नं. १३ को पूर्वपश्चिम बरुवा बसपार्कबाट बृक्षरोपणको सुरुवात गरिएको छ । आज एक समारोहको आयोजना गरी बृक्षरोपण थालिएको हो ।
बसपार्क क्षेत्रको खाली जमिनको ठूलो क्षेत्रमा बृक्षरोपण गरिएको हो । खाली चौरीको छेउछेउमा बृक्षरोपण गरी विरुवसुाले घेरा लगाइएको छ । नगरका मेयर बलदेव चौधरी, उपमेयर देवीकुमारी चौधरी, जिल्ला प्रहरी प्रमुख सुवासचन्द्र बोहोरो, सशस्त्र प्रहरी उपरिक्षक सुधिर सुवेदी, रणसार्दुल गण बोक्सेका गणपती अर्जुन बोहोरा, वडाध्यक्ष पशुपती चौधरीले एकसाथ विरुवा रोपेर हरित अभियानको सुरुवात गरेका छन् ।
सुरुवातीसंगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले चौरीको चारै कुना समेटेर पारेक...




