त्रियुगा, १६ नं. वडाकाे संक्रमण यसरी चेनब्रेक भयाे : काेराेना विरूद्धका कदमहरू -०१
https://youtu.be/4Z-f2Mu1o_4
भोटराज राई
विश्व कोरोना महामारी कुनै बेला कथा झै लाग्दथ्यो । तर, आज हर नेपालीले आफैले, आफ्नै ठाउँमा भोग्नुपर्दा कथा हैन यथार्थ अनुभुती भएको छ ।
यो महामारीबाट विश्वको कुनै देश अछुतो रहेन । त्यसै प्रकार यो देशमा हाम्रो उदयपुर जिल्ला पनि अछुतो रहेन । कोरोना महामारीसंग ठूलै युद्ध लड्नु पर्यो । चार नगरपालिका र चार गाउँपालिका गरी आठ पालिका रहेको उदयपुरले ठुलै क्षती ब्यहोर्नु परेको छ ।
यो खबर तयार हुदासम्म अर्थात २०७८ असार १ गतेसम्ममा कोरोनाका कारण उदयपुरमा ४७ जनाको मृत्यु भइसकेको छ भने जिल्लाको कुल संक्रमितको संख्या १ हजार ७८३ पुगेको छ । त्यसमध्ये १ हजार २५३ जना निको भइसकेका छन् भने ४८३ जना संक्रिय संक्रमित रहेका छन् ।
उदयपुरमा दोस्रो लहरको कोरोना संक्रमित चैत २४ देखि फेला परेको थियो । संक्रमण फैलिदै जाँदा त्यसको एकमहिना पछि वैसाख २५ गतेदेखि स्थानीय ...





