Tuesday, August 18News That Matters

स्वास्थ्य

चिनीया खोपले ब्राजिलमा आशा जगायो, मर्नेको संख्यामा ९५ प्रतिशत कमि

चिनीया खोपले ब्राजिलमा आशा जगायो, मर्नेको संख्यामा ९५ प्रतिशत कमि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २० ब्राजिलको एक शहरमा गरिएको चिनिया खोपको परिक्षणले त्याहाँको नागरिकमा कोरोनाबाट बच्ने आशा जगाएको छ । करिब ४५ हजार जनसंख्या रहेको सो सहरमा अहिले संक्रमित संख्या घट्नुका साथै मृतको संख्यामा पनि ९५ प्रतिश कमि आएको इन्स्टिच्युटका शोध निर्देशक रिकार्डो पालासियसले बताए । हाल त्यहाँ अस्पतालमा भर्ना हुनेको दरमा ८६ प्रतिशत कमी आउनुका साथै लक्षण देखिने संक्रमितको संख्यामा ८० प्रतिशतको कमी आएको अनुसन्धा तथा सोधकर्ता टोलीको भनाई छ । यसको प्रमुख कारण त्यहाँ चलाइएको खोप अभियान हो । वैज्ञानिकहरुका अनुसार यो सहरको करिब सबै वयस्क मानिसले चिनियाँ कम्पनी सिनोभ्याकले बनाएको खोप लगाएका छन् । यो खोप विकास गर्ने क्रममा पनि ब्राजिलमै परीक्षण गरिएको थियो । शोधकर्ताको दाबीअनुसार यो सहरमा खोप नपाएका मानिसहरु पनि अहिले सुरक्षित देखिएका छन्, किनकी यो सहरमा कोरोना संक्रमणमा उल्लेख्य कमी आइस...
उदयपुरमा एकै परिवारका तिन कोरोना संक्रमितको लगतार मृत्यु

उदयपुरमा एकै परिवारका तिन कोरोना संक्रमितको लगतार मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २० उदयपुरमा एकै परिवारको तीन सदस्यको कोरोनाले ज्यान गएको छ । रौतामाई गाउँपालिका ७ मुर्कुचीको एकै परिवारको ३ सदस्यहरुको मृत्यु भएको हो । ६ दिनभित्रमै परिवारको आमा, जेठो छोरो र साइलो छोरोको मृत्यु भएको हो । रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार आमा ७१ वर्षिय तिलमाया मश्राङ्गी मगरको आज विहान होम आइसोलेशनमै मृत्यु भएको हो । जेठो छोरो ५१ वर्षिय पुष्कल मगरको गत १८ गते नोबेल हस्पिटल विराटनगरमा र साइलो छोरो ४५ वर्षिय तुलबहादुर मगरको १५ गते विराट हस्पिटल विराटनगरमा आइसियुमा उपचारको क्रममा मृत्यु भएको थियो । जनता माध्यामिक विद्यालय मुकुर्चका प्राचार्य खड्ग मगरका अनुसार आमा तुलमायासहित तीनछोराको कोरोना परिक्षण हुदा पोजेटिभ देखिएपछि गाईघाटस्थित मदनमण्डारी आँखा अस्पतालमा उपचारमा राखिएको थियो । त्यहाँ जेठो र साइलोको स्वास्थ्य अवस्था जटिल देखिएपछि आइसियुमा...

उदयपुर- काेराेना खबर अपडेट, १९ जेठ ०७८ : मृत्यु हुने बृद्धबृद्धा भन्दा उमेरदार बढी

समाचार, स्वास्थ्य
https://youtu.be/Dm6rsHHxRrA अब खबर विस्तृतमा... १. उदयपुरमा आज ३८ जना कोरोना संक्रमित थपिएका छन् । १०९ जनाको एन्टिजेन परिक्षण गर्दा २० महिला र १८ पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितहरु त्रियुगाका १९, उदयपुरगढीको ६, ताप्लीको ६, बेलकाको ५, चौदण्डीगढीको १ र रौतामाईको १ जना रहेका छन् । योसंगै उदयपुरमा सक्रिय संक्रमितको संख्या १ हजार ४४ पुगेको छ । पालिकास्तरमा सक्रिय संक्रमित संख्या सबैभन्दा बढि त्रियुगामा छ, दोस्रोमा चौदण्डीगढी र तेस्रोमा बेलका रहेको छ । त्रियुगामा सक्रिय संक्रमित ५०५, चौदण्डीगढीमा १२०, बेलकामा ११९, कटारीमा ११४ जना रहेका छन् । गाउँपालिकातर्फ सबैभन्दा बढि रौतामाईमा ७९, दोस्रोमा लिम्चुङबुङमा ६०, देस्रोमा उदयपुरगढी ३६ र ताप्लीमा ११ जना रहेका छन् । २ उदयपुरमा आज कोरोनालाई जितेर निको हुनेको संख्या १० थपिएको छ । आज निको हुनेमा चौदण्डीगढीको ५, त्रिय...
लिम्चुङबुङमा एक जनाको मृत्यु

लिम्चुङबुङमा एक जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ १९ लिम्चुङबुङमा कोरोना संक्रमित एक ब्यक्तिको आज मृत्यु भएको छ । पालिकाको आइसोलेशनमा उपचाररतसंक्रमित पुरुषको आज एक्कासी मृत्यु भएको हो । पालिकका प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बुका अनुसार मृत्यु हुने संक्रमित वडा नं. २ ताम्लिछाका ५५ वर्षिय पुरुष हुन् । गत ११ गते परिक्षण गर्दा उनी पोजेटिभ देखिएका थिए । होम आइसोलेशनमा बस्दै गरेका उनलाई स्वास्थ्य समस्या देखिएपछि पालिकाको आइसोलेशनमा तीनदिन अघि ल्याइएको थियो । विहानसम्म सामान्य अवस्थामै बोलचाल गरिरहेका उनको एक्कासी मृत्यु भएको जनाइएको छ । शब ब्यवस्थापनमा नेपाली सेना पुग्न लामो समय लाग्ने भएपछि पालिकाकै पहलमा ब्यवस्थापन गरिने भएको छ । पालिकाका स्वास्थ्यकर्मीटोलीले पिपिइ सेट लगाई शब लैजाने र आफन्तको जिम्मामा दाहसंस्कार गरिने भएको छ । आफन्तलाई पनि स्वास्थ्य सुरक्षाका लागि पिपिइ सेट पालिकाले उपलब्ध गराएको छ ।...
उदयपुरमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु, कुन पालिकामा कति बिस्तृतमा

उदयपुरमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु, कुन पालिकामा कति बिस्तृतमा

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ १९ उदयपुरमा पछिल्लो २४ घण्टामा थप ३८ जना संक्रमित थपिएको छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार जिल्लामा १८ पुरुष २० महिला गरी ३८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितहरु त्रियुगा, ताप्ली उदयपुरगढी र बेलकाको रहेको छ । त्रियुगामा १९ जना, ताप्लीमा ६ जना, उदयपुरगढीमा ७ जना, बेलकामा ५ जना र रौतामाईमा १ जना पछिल्लो समय संक्रमित थप भएको हो । यो सहित जिल्लामा कुल संक्रमितको संख्या १ हजार ३२९ पुगेको छ । पछिल्लो २४ घण्टामा जिल्लामा १ जनाको मृत्यु भएको छ । यो सँगै जिल्लामा मृत्यु हुने संक्रमितको संख्या ३६ पुगेको छ । मृत्यु हुनेमा रौतामाई गाउँपालिका ७ का ५१ बर्षिय एक पुरुष रहेको छ । उनको नोवेल हस्पिटलमा उपचारको क्रममा ज्यान गएको हो । पछिल्लो २४ घण्टामा १० जना निको भएको छ । यो सँगै उदयपुरमा निको हुनेको संख्या २ सय ४९ जना पुगेको छ । उदयपुरमा सब...
फारम भरी १८ वर्ष देखिमाथिका सबैले कोरोना खोप लगाउन सकिने

फारम भरी १८ वर्ष देखिमाथिका सबैले कोरोना खोप लगाउन सकिने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ १९ १८ वर्ष देखिमाथि उमेर समुहका व्यक्तिहरुले स्वेच्छिक फारम भरी कोरोनाको खोप लगाउन सकिने जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको सुचना उल्लेख गरीएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सुचना व्यावस्थापन ईकाई (आइयम्यु) को निर्णय अनुसार कोभिड–१९ विरुद्धको खोप लिन इच्छुक १८ देखीमाथिका सबैलाई फारम भरी खोप लगाउन सकिने व्यावस्था मिलाएको छ । मन्त्रालयका अनुसार फारम भर्नका लागि साइड र याप तयार गरिएको छ । www.vaccine.mohp.gov.np यो लिङकमा क्लिक गरी   फारम भर्न सकिने स्वास्थ्य कार्यालयको सुचनामा उल्लेख छ । यो स्वेच्छिक फारम भरेको १८ र सो भन्दा बढी उमेरका व्यक्तिहरुले प्राथमिकता र खोपको उपलब्धताको आधारमा खोप लगाउन पाउने छन् । खोप लगाउन इच्छा गरेका व्यक्तिले फारम भरी र भराई सहयोग गर्न मन्त्रालयले अनुरोध गरेको छ ।    ...
बिराटनगर कोशी अस्पतलाका सिनियर स्वास्थ्यकर्मीलाई प्रहरीले कुटपिट गर्यो

बिराटनगर कोशी अस्पतलाका सिनियर स्वास्थ्यकर्मीलाई प्रहरीले कुटपिट गर्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ १९ कोशी अस्पतालमा कार्यरत एक जना सिनियर स्वास्थ्यकर्मी माथी प्रहरीले कुटपिट गरेको छ । अस्पतालमा काम सकेर मंगलबार राति ९ बजे घर जाँदै गरेको अवस्थामा विराटनगरको देवकोटा चोकमा खटिएका प्रहरी टोलीले अस्पतालका सिनियर अहेब अशोक राजवंशीलाई कुटपिट गरेको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. चुमनलाल दासले बताउनुभयो । प्रहरीको कुटाइबाट राजवंशीको खुट्टा, घुँडालगायत शरीरको विभिन्न भागमा चोट लागेको मेडिकल सुपरिडेन्टेन्ट दासले बताए । अस्पतालमा ड्युटी सकेपछि मोटरसाइकलमा घर जाने क्रममा देवकोटा चोकमा प्रहरीले रोक्न लगाई मोटरसाईकल रोक्ने बित्तिकै दुई जना प्रहरीले भाटाले कुटपिट गरेको राजवंशीले बताउनुभयो ‘म स्वास्थ्यकर्मी हुँ, अस्पतालमा ड्युटी सकेपछि घर जाँदैछु भनिरहँदा पनि लगतार कुटपिट गरिरहेको राजवंशीले बताउनुभयो । ’ मेसु दासका अनुसार ‘जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी ...
चीनले अनुदानमा दिएको भेरोसेल खोप ६०–६४ वर्षका लागि

चीनले अनुदानमा दिएको भेरोसेल खोप ६०–६४ वर्षका लागि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ १९ चीनले अनुदानमा दिएको भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समुहका नागरिकलाई लगाईने भएको छ । अनुदानको १० लाख मात्रामध्ये ९ लाख ८ सय मात्रा भेरोसेल खोप हिजो नेपाल आइपुगेको थियो । जेठ २५ देखि भेरोसेल खोप लगाउन सुरु गरिने स्वास्थ्य मन्त्रालयले मंगलबार निर्णय गरेको हो । चीनले नेपाललाई दोस्रो पटक दिने वाचा गरेको १० लाख डोज खोपमध्ये हिजो ९ लाख ८ सय डोज काठमाडौं आइपुगेको छ । परराष्ट्र मन्त्रालयका अनुसार त्यसमध्ये ८ लाख खोप नेपाल एयरलाइन्सले बेइजिङबाट ल्याएको हो । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले उपलब्ध गराउने भनेको २ लाख खोपमध्ये हिजो बिहान ५० हजार ४ सय र बेलुकी ५० हजार ४ सय गरी १ लाख ८ सय डोज खोप आइपुगेको हो । परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार बाँकी ९९ हजार २ सय डोज आज  काठमाडौं आइपुग्नेछ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग गत बिहीबार भएको ...
उदयपपुरमा कोरोना संक्रमण एकै परिवारका दुई दाजुभाईको मृत्यु

उदयपपुरमा कोरोना संक्रमण एकै परिवारका दुई दाजुभाईको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ १९ देशमा कोरोना संक्रमण फैलिरहेको छ । संक्रमणको दर सँगै मृत्यु दरपनि उत्तिकै छ नेपालमा । कोरोना संक्रमणले सबै जिल्लाहरुमा आक्रमण गरिसकेको छ । अन्य जिल्लाहरु भन्दा उदयपुर संक्रमणको दरले केहि हद सम्म सामान्य रहेपनि कुनै जिल्लाको हिसावमा भने फेरी भयावह नै हो । उदयपुरमा हाल १ हजार २९० जना संक्रमित भईसकेको छ । यसै बिच जिल्लामा ३५ जना संक्रमितले भने ज्यान गुमाईसकेको अवस्था छ । यसै ३५ जना ज्यान गुमाउने मध्यका दुई दाजु भाई भने एकै परिवारका हुन् । अन्य जिल्लाहरुमा एकै परिवारभित्र थुप्रै संक्रमितहरु मरेको खबर आएपनि उदयपुरमा भने यो पहिलो घटना हो । केहि दिन अघि उदयपुरको रौतामाई गाउँपालिका ७ मुर्कुचिका एकै परिवारका ३ सदस्यलाई कोरोना संक्रमित देखियो । कोरोना संक्रमण पश्चात उपचारमा लगिएका साईला भाईको जेठ १५ गते बिराट निर्सिङ होममा उपचारकै क्रममा ज्यान गायो । साईला भाई मरेको फे...

उदयपुरकाे सम्पुर्ण काेराेना खबर : काेराेना खबर अपडेट, १८ जेठ २०७८

समाचार, स्वास्थ्य
https://youtu.be/QWkKCMZm_aI १. विरामीको उपचारमा खटिदा खटिदै कोरोना संक्रमित हुनुभएको जिल्ला अस्पताल उदयपुरका प्रमुख डाक्टर निमित्व मेडिकल सुपरिटेन्डेन्ट जीवनारायण मण्डलले कोरनालाई पराजित गर्नु भएको छ । १४ दिन आइसोलेशनमा बसेर कोरोना मुक्त भएपछि हिजोदेखि उहाँ काममा फिर्नु भएको छ । जिल्ला अस्पतालमा हालसम्म वहाँ लगायत २० जनालाई संक्रमण भएकोमा १२ जना निको भइसकेका छन् । डाक्टर मण्डल लगायत २ जना डाक्टर, ७ जना नर्स, प्रशासन कर्मचारी ४ जना, कार्यालय सहयोगी ३ जना, चालक १ जना काउन्टरका कर्मचारी १ जना र एक्सरे विभागका १ जना संक्रमित भएका हुन् । जसमा मेसु मण्डलसहित नर्सहरु ५ जना, प्रशासनका ३ जना, चालक १, एक्सरेका १ र काउन्टरका १ गरी १२ जना निको भएका छन् । बाँकी ८ जना होमआइसोलेशनमा रहेका छन् । २ उदयपुरमा कोरोना सक्रिय संक्रमितको संख्या १ हजार १६ पुगेको छ । आज ४७ जना संक्रमित थपिएसं...