Sunday, June 21News That Matters

स्वास्थ्य

संचारकर्मी एवम् कलाकार गाेठकृष्णलाइ पत्नीशाेक

संचारकर्मी एवम् कलाकार गाेठकृष्णलाइ पत्नीशाेक

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ४ । उदयपुरका संचारकर्मी तथा कलाकार गोठकृष्ण ठकुरीलाई पत्नीशोक परेको छ । दोस्रो लहरको कोरोनाले आजविहान वहाँको धर्मपत्नीको निधन भएको छ । उहाँकी धमृपत्नी ३५ वर्षिया  मृदुल ज्यू ठकुरीको विहान निधन भएको कलाकार ठकुरीले बताउनुभयो । नोबेल अस्पताल विराटनगरले उपचारपछि कोरोना परिक्षणको दोस्रो रिपोर्ट नेगेटिभ देखाएपछि उहाँले धर्मपत्नीलाई त्रिनपा ३ मोतिगडास्थित घर ल्याउनु भएको थियो । एक्कासी विहान २ बजेतिर स्वास्थ्यमा समस्या आइ निधन भएको उहाँले बताउनुभयो । एक्कासी शरीरमा अक्सिजनको कमी देखाएको र साथमै ल्याएको अक्सिजन दिदा पनि काम नगरेको उहाँले बताउनुभयो । अस्पतालले नेगेटिभ देखाएपछि घर फर्किएको विरामीको मृत्यु भएपछि अस्पतालको परिक्षण नै गलत होकी भन्ने आशंका बढेको छ ।...
जेठ ४ गतेकाे विस्तृत काेराेना खबर : अब उदयपुरमै अक्सिजन प्लान्ट सञ्चालन हुने, प्रशासनकाे १५ बुदे महत्वपूर्ण निर्णय सावर्जनिक

जेठ ४ गतेकाे विस्तृत काेराेना खबर : अब उदयपुरमै अक्सिजन प्लान्ट सञ्चालन हुने, प्रशासनकाे १५ बुदे महत्वपूर्ण निर्णय सावर्जनिक

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ४ । उदयपुरमा कोरोना संक्रमितको संख्या ४ सय ५२ पुगेको छ । जसमा २ सय ६९ पुरुष र १ सय ९३ महिला रहेका छन् । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार पछिल्लो २४ घण्टामा २२ जना थपिएसंगै संक्रमितको संख्या ४ सय ५२ पुगेको हो । ३७ जनाको एन्टिजेन परिक्षण गर्दा १६ पुरुष र ६ महिला गरी २२ जना संक्रमित फेला परेका हुन् । संक्रमित मध्ये ४०७ जनाको होम आइसोलसनमा र ४५ जनाको संस्थागत आइसोलेशनमा उपचार भइरहेको छ । यता तीनदिनदेखि उदयपुरमा कोरोना विरामीको मृत्यु लहर टुटेको छैन । आज पनि एकजनाको कोरोनाले ज्यान गएको छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार त्रिनपा १२ का एक पुरुषको मृत्यु भएको छ । योसंगै उदयपुरमा मृत्यु हुनेको संख्या १४ पुगेको छ । पछिल्लो तीनदिनभित्र ७ जनाको ज्यान गएको हो । मृतहरु मध्ये १० जना त्रियुगा नगरपालिकाका हुन् भने ३ जना चौदण्डीगढी नगरपालिका र १ जना कटारी नगरपालिकाका हु...
२०७८ उदयपुरमै अक्सिजन प्लान्ट बनाइने | काेराेना खबर अपडेट – उदयपुर | ४ जेठ, २०७८ | मेयर दुर्गा थापासंग संवादसहित – भिडियाे हेर्नुहाेस्

२०७८ उदयपुरमै अक्सिजन प्लान्ट बनाइने | काेराेना खबर अपडेट – उदयपुर | ४ जेठ, २०७८ | मेयर दुर्गा थापासंग संवादसहित – भिडियाे हेर्नुहाेस्

समाचार, स्वास्थ्य
https://youtu.be/Gz15lGuh84I आफै पनि दुईदुई पटक संक्रमण अनुभवसहितको बेलका नगरपालिकाका मेयर दुर्गा थापासंगको विशेष संवाद रोचक छ साथै कोरोना खबर अपडेट विशेष छ ।
नेपालमा भारतीय भेरियन्ट सँगै अन्य तिन किसिमको भेरियन्ट फैलिएको पुष्टि

नेपालमा भारतीय भेरियन्ट सँगै अन्य तिन किसिमको भेरियन्ट फैलिएको पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ४ नेपालमा भारतीय भेरियन्ट फैलिएको पुष्टि भएको छ । भारतको ल्याबमा गरिएको जिन सिक्वेन्सिङको मंगलबार प्राप्त नजिताअनुसार ९७ प्रतिशत अर्थात ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात एउटा नमुनामा बी १.६१७.२ पुष्टि भएको छ । यो दुबै भेरियन्ट भारतमा पहिलो पटक भेटिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट ३५ नमुना संकलन गरेर जिन सिक्वेन्सिङ गरिएको थियो । भारतीय भेरियन्ट सँगै अन्य तिन किसिमको भेरियन्ट हाल नेपालमा फेलिरहेको मन्त्रालयको पत्रमा उल्लेख गरिएको छ ।  ...
उदयपुरमा थप २२ जनामा संक्रमण पुष्टि, थप १ को मृत्यु

उदयपुरमा थप २२ जनामा संक्रमण पुष्टि, थप १ को मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ४  उदयपुरमा आज थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या ४ सय ५२ पुगेको छ । आज १६ जना पुरुष र ६ जना महिलामा संक्रमण पष्टि भएको हो । कोरोनाबाट आज त्रियुगा नगरपालिका–१२ का एक पुरुषको मृत्यु भएसंगै जिल्लामा मृत्यु हुनेको संख्या १४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । कार्यालयका अनुसार त्रियुगामा १० जना, बेलकामा ६ जना, कटारीमा ३ जना र उदयपुरगढीमा ३ जना  संक्रतिम भएका छन् । कोरोना मुक्त भएर १८ पुरुष र ८ महिला घर फर्किए संगै जिल्लामा जिल्लामा कोरोना मुक्त हुनेको संख्या २६ पुगेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।...
४० अक्सिजन सिलिन्डर रिफिलिङका लागि उदयपुर जेसिजको आर्थिक सहयोग

४० अक्सिजन सिलिन्डर रिफिलिङका लागि उदयपुर जेसिजको आर्थिक सहयोग

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ४ उदयपुर जेसिजले कोरोना माहामारीमा अतिआवश्यकीय साधनको रुपमा प्रयोग भईरहेको अक्सिजन सिलिन्डर रिफिलिङ गर्न उदयपुरका २ कोरोन हस्पिटललाई आर्थिक सहयोग गरेको छ । जिल्ला अस्पताल उदयपुर र उदयपुर कोभिड अस्पताल चौदण्डीगढीलाई आर्थिक सहयोग गरेको हो । जेसिजले करिब ४० ओटा अक्सिजन सिलिन्डर रिफिलिङ गर्ने आर्थिक उपलब्ध गराएको जेसिज उदयपुरकी अध्यक्ष शबु थापाले बताईन् । उनिहरुले उदयपुर कोभिड हस्पिटलका व्यवस्थापन समितिका संयोजक तथा नगर प्रमुख खगेन्द्र राईको टोली र जिल्ला हस्पिटल उदयपुरका प्रमुख डा. जिव नारायण मन्डललाई हस्पिटलमा पुगेर आर्थिक सहयोग गरेको हो । “मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो” भन्दै बिभिन्न सहयोगी हातहरु प्रति आभार व्यक्त गर्दै माहामारीमा सबै क्षेत्र व्यक्तिहरु बाट थप सहयोगका अपेक्षा सहित कोरोना मुक्त व्यक्ति, परिवार, समाज र राष्ट्रको लागि सुरक्षित हुने चृतनाक...
अर्थोपेडिक विशेषज्ञ लाहानका एक चिकित्सकको कोरोना संक्रमण बाट निधन

अर्थोपेडिक विशेषज्ञ लाहानका एक चिकित्सकको कोरोना संक्रमण बाट निधन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ४ कोरोना संक्रमित लाहानका एक चिकित्सकको सोमबार निधन भएको छ । लहान नगरपालिका वडा–६ घर भएका अर्थोपेडिक विशेषज्ञ डा. मुकेश चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले जानकारी दिए । उनका अनुसार डा. चौधरी कोरोना संक्रमित भइ ९ दिनदेखि होम आइसोलेसनमा बस्दै आएका थिए । सोमबार साँझ उपचारका लागि विराटनगरस्थित विराट नर्सिंङ लगेको केही बेरमै उनको मृत्यु भएको यादवले बताए । ३५ वर्षीय डा. चौधरी लहानमा डाइनोष्टिक सेन्टर सञ्चालन गर्दै आएका थिए । उनी सोही सेन्टरमा सेवा दिने क्रममा संक्रमित भएका थिए ।  ...
गर्भवती उपमेयर चौधरीको कोरोनाबाट निधन

गर्भवती उपमेयर चौधरीको कोरोनाबाट निधन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ४ कोरोना संक्रमणका कारण सप्तरीका एक गर्भवती उपमेयरको ज्यान गएको छ । कोरोना संक्रमित सप्तकोशी नगरपालिकाकी ४० वर्षीया उपमेयर आशा चौधरीको उपचारका क्रममा आज बिहान विराटनगरस्थित नोबेल अस्पतालमा ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । उनमा दुई हप्ताअघि ज्वरो, रुघाखोकी तथा स्वासप्रश्वासमा समस्या देखिएपछि एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । गर्भवती समेत रहेकी उनलाई थप असहज भएपछि फत्तेपुर मोडल पोलिक्लिनिकमा सामान्य उपचारपछि विराटनगर लगिएको थियो । त्यहाँ १० दिनअघि अस्पताल भर्ना भएकी उनको आईसियुमा राखेर उपचार भइरहेको थियो । उनको गर्भबाट यसअघि नै मृत बच्चा निकालिएको थियो । थप असहज भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको क्रममा उनको ज्यान गएको हो ।...
एकै परिवारमा १० संक्रमित, बाबु छोराको मृत्यु

एकै परिवारमा १० संक्रमित, बाबु छोराको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ४ झापाको भद्रपुर नगरपलिका ४ महेशपुर स्थित एक परिवार भित्र १० संक्रमित फेला परेको छ । संक्रमित परिवारमध्ये बाबु छोरको भने मृत्यु भैसकेको छ । परिवारका ७६ बर्षिय बाबु र ४८ बर्षिय छोराको कोरोना संक्रमण बाट मृत्यु भएको हो । संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका ४८ छोरालाई गत वैशाख २८ गते श्वासप्रश्वासमा समस्या भएको थियो । तत्कालै नगरपालिकाको एम्बुलेन्समा हालेर अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको थियो । नगरपालिकाको एम्बुलेन्समा अक्सिजन सिलिन्डरको व्यवस्था थिएन । श्वासप्रश्वासमा निकै समस्या भएका उनको बाटोमै मृत्यु भएको थियो । संक्रमितमध्ये बुबाको पनि मंगलबार बिहान ४ बजे होम आइसोलेसनमै मृत्यु भएको स्थानीयले जनाएको छ । ४८ बर्षिय छोराको मृत्य पश्चात तीन दिनपछि गत शुक्रबार परिवारका १३ जनाको पीसीआर परीक्षण गरिएको थियो । उनीहरुमध्ये मृतक अनुपका दुई जना छोरा र छोरीब...
चौदण्डीगढीमा एन्टिजेन्ट  किट अभाब

चौदण्डीगढीमा एन्टिजेन्ट किट अभाब

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ४ उदयपुरमा कोरोनाको संक्रमण दर तीव्र गतिमा फैलिहरेको बेलामा चौदण्डीगढीमा एन्टिजेन्ट किट सकिएको छ । किट सकिएसंगै परिक्षण कार्यलाई पनि स्थगित गरिएको छ । पालिकाले शुरुमै ५ सय किट खरिद गर्ने भनेपनि कतै नपाएपछि १ सय ५० थान मात्र खरिद गरेको नगर स्वास्थ्य शाखाले जनाएको छ । पिसिआर किट पनि २ सय थानमा अब १ सय थानमात्र बाँकी रहेको नगर स्वास्थ्य शाखाका उप संयोजक तेजबहादुर पोखरेलले जानकारी दिनुभयो  ।...