जिल्ला प्रशासन कार्यालय उदयपुरले हिजाे बेलुका ८ बजेदेखि अगामी २५ गते बेलुका ८ बजेसम्मका लागि जारी गरेकाे सूचना अनुरूप माेटरसाइकलमा सिंगल यात्रा गरिरहेकाे यी दृष्यहरू । प्रशासनले तीन पांग्रेभन्दा माथिका सवारी साधन एकसाताका लागि बन्द गराएकाे छ । बजार, पसलहरू आज विहान १०: ०० देखि दिउसाे ३ : ०० बजेसम्म मात्र खुल्न दिएकाे छ ।...
पूर्णपुष्टि, बैशाख १९
उदयपुरमा आज पनि थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका रिपोर्ट अनुसार ६ पुरुष र ३ महिला गरी ९ जना संक्रमण पुष्टि भएको हो ।
पुष्टि हुनेहरुमा त्रियुगा नगरपालिकाको ४ जना, रौतामाईको ४ र चौदण्डीगढीको १ जना रहेको छ ।
त्रिनपा ६ का २५ बर्षिय पुरुष, त्रिनपा ६ कै ५४ बर्षिय पुरुष, त्रिनपाकी ३० बर्षिया महिला र त्रिनपा १० कै ३७ बर्षिय महिला रहेको छ । रौतामाई ५ को ५१ बर्षिया महिला, ५ कै ३५, ६१, २८ बर्षिय पुरुष, रहेको छ भने चौदण्डीगढीको ४२ बर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय उदपुरले जनाएको छ ।
हाल उदयपुरमा यो सँगै जिल्लामा संक्रमितको संख्या ३७ पुगेको छ । त्यसमा १२ जना महिला र २५ जना पुरुष रहेको छ । त्रियुगा नगरपालिकामा सबै भन्दा बढी २२ जना संक्रमित देखिएको छ भने ३ ओटा गाउँपालिका ताप्ली, लिम्चुङबुङ र उदयपुरगढीमा संक्रमितको संख्या सु...
पूर्णपुष्टि, वैशाख १८ ।
बढ्दो कोरोना संक्रमणलाई मध्येनजर गर्दै भोलीदेखि एकसाता उदयपुरमा यातायात बन्द हुने भएको छ । भोली आइतबार बेलुका ८ बजे देखि २५ गते बेलुका ८ बजेसम्मका लािग चार पांग्रे र तीन पांग्रे सबै किसिमका सवारी साधन बन्द हुने जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । सरकारी कर्मचारीहरुको सवारी साधन भने परिचय पत्रसहित हिड्न पाउनेछ भने मोटरसाईकल एकजना मात्र सवार भई हिड्न पाउनेछ । खाद्यन्न तथा अत्यावश्यक बस्तु, ढुवानी सेवा गर्ने सवारी साधनहरु निर्वाद रुपले सञ्चालन हुन पाउनेछन् ।
उदयपुर जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन समिति (डीसीसीएमसी) को आज प्रशासनमा बसेको बैंठकले यातायात सम्बन्धी यस्तो निर्णय गरेको हो ।
साथै बैंठकले बजार सञ्चालन, नियन्त्रण तथा नियमनका लागि जिल्ला भित्र लाग्ने हटियाहरु बन्द गर्ने र जिल्ला भित्रका मुख्य बजारहरु गाईघाट, बेल्टार, कटारी, रामपुर, मुर्क...
पूर्णपुष्टि, वैशाख १८ ।
१ नं. प्रदेशमा दाेस्राे चरणकाे काेराेना लहरमा ११ जना पत्रकारमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
नेपाल पत्रकार महासंघ, १ नं. प्रदेशका सचिव विवेक गाैतमका अनुसार पाँच जिल्लाका ११ पत्रकारमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । झापामा ४ जना, मोरङमा ३ जना, ओखलढुंगामा २ जना, खोटाङमा १ जना र सुनसरीमा १ जना गरि ११ जना पत्रकारहरु संक्रमित भएका हुन् । महासंघले सबैकाे सिघ्र स्वास्थ्य लाभकाे कामना गरेकाे छ । साथै सम्पूर्ण पत्रकारहरुलाई सचेत र सतर्कतापूर्वक काम गर्न अपिल गरिएकाे छ । ...
पूर्णपुष्टि, वैशाख १७ ।
आज उदयपुरमा ८ जनालाई काेराेना संक्रमण पुष्टि भएकाे छ । ७ जना त्रियुगा नगरपालिकाका रहेका छन् भने १ जना चाैदण्डिगढी नगरपालिकाका हुन् । जिल्ला हस्पिटल उदयपुरमा परिक्षण हुँदा एक महिलासहित ८ जना संक्रमित पुष्टि भएकाे सुरक्षा स्राेतले जनाएकाे छ ।
याे संगै उदयपुरमा पछिल्लाे समय १४ महिलासहित ३१ जनामा काेराेना देखिएकाे छ । जसमध्ये १ जनाकाे मृत्यु भएकाे छ । त्रिनपा ६ की एक महिलाकाे गत ५ गते विराटनगरमा मृत्यु भएकाे थियाे । हिजाे र आजमा दुईजना निकाे भएका छन् । चाैदण्डिगढीकी एक महिला र त्रियुगाकी एक महिला गरि दुईजना निकाे भएका हुन् ।
संक्रमित मध्ये त्रिनपाकाे सबैभन्दा बढि छन् । त्रिनपाका २० जना, चाैदण्डिगढीका ५ जना, कटारीका ४ र बेलकाका १ जना हुन् ।
पछिल्लाे समय परिक्षण थालिएसंगै संक्रमितकाे संख्या बढेकाे हाे । स्थानीय प्रशासनले विद्यालय बन्द गराउनुका साथै उच्च सतर्कता अपना...
पूर्णपुष्टि, बैशाख १७
उदयपुरमा थप २ जना कोरोना संक्रमित थपिएका छन् । आज दिउँसो ४ बजे सम्मको अबधिमा त्रियुगा नगरपालिका १० र ११ का २ जना नयाँ संक्रमित पुष्टि सहित ८ जना भएको हो । आजकै दिन ६ जनामा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
यसैगरी उदयपुरमा शुक्रबार ८ जना कोरोना संक्रमित थपिए संगै जिल्लामा कोरोना संक्रमितको संख्या २५ जना पुगेको स्वास्थ्य कार्यालय उदयपुरका सुचना अधिकारी चिरञ्जिबी निरौलाले जानकारी दिनुभयो ।
संक्रमति सबै पुरुष रहेका छन भने हाल सबै होम आइसोलेसनमा रहेका छन ।
ब्युटि पार्लर शैलुन बन्द गरिने
जिल्लामा पनि संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले शनिबार देखि लागुहुने गरी शैलुन र व्यटिपार्लर बन्द हुने सूचना प्रकाशित गरेको छ ।
अर्को आदेश जारी नभए सम्मका लागि प्रशासनले भोली बाटै पार्लर तथा शैलुन तत्काल बन्द गर्ने निर्णय गर...
पूर्णपुष्टि, बैशाख १७
संघिय सांसद सुरेश कुमार राईलाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँले आफ्नो फेसबुक स्टाटसमा आफुलाई कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।कोरोना पोजेटिभ पुष्टि पोजेटिभ भयो, केहि दिनमा सघन उपचारमा रहने छु । सम्पर्कमा केहि असुविधा हुने छ । साथि मित्रजनहरुमा क्षमा माग्न चाहान्छु उहाँले स्टाटसमा लेख्नु भएको छ । कोरोना पुष्टि भएको सांसद राईलाई सम्पूर्ण आफन्तजन, सुभचिन्तक, कार्यकर्ता सबैले स्वास्थ्यलाभको कामना गरेको छ ।
...
पूर्णपुष्टि, बैशाख १७
जिल्ला प्रशासन कार्यालय उदयपुरका एक अधिकृतमा कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान गरिएको एन्टिजेन टेष्टबाट उनिलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएसँगै उनी होम आईसोलेसनमा बसेका छन् । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले खासै त्यस्तो लक्षण नदेखिएकाले कार्यालयकै क्वाटरमा एक्लै सुरक्षितसाथ बसेको बतानुभयो ।‘दुई/ तीन दिन अघिदेखि कोरोनाको जस्तो लक्षण देखिएपछि अधिकृत कार्यालयबाट बिदा लिई कोठामा नै बस्दै आएका थिए, ‘स्वास्थ्यमा सामान्य समस्या भएपछि आफै जोगिएर बसेकाले अन्य कर्मचारीलाई खासै समस्या होला जस्तो नलागेको सेढाईले बतानुभयो ।
कोरोना संक्रमणको जोखिम बढे सँगै जिल्लामा पनि स्वास्थ्य कार्यालयले पिसिआर र एन्टेजिनको माध्यमबाट कोरोना परिक्षणको कामलाई अघी सारेको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।
...
पूर्णपुष्टि, बैशाख १६
डा. प्रतिज्ञा आचार्य ७ महिना देखि नेपालगन्जको भेरी अस्पतालमा कार्यरत छिन् । उनि भेरी अस्पतालका मेडिकल अफिसरको रुपमा कार्यरत महिला डाक्टर हुन् । उनि यहि कोरोना उपचारमै खटिन भेरी अस्पताल नेपालगन्ज आएकी हुन् । कोरोना संक्रमणको अवस्था तिब्र बढिरहेकाले अहिले भेरी अस्पतालमा प्यासेन्टहरु भरिभराउ छ ।
हालै अन्य ठाउँहरुमा सुविधा सम्पन्न प्रविधिमय कोरोना हस्पिटलहरु नबन्दा भेरी अस्पताल गम्भिर बिरामीको उपचारको केन्द्र नै बनेको छ । यहाँ पनि बिरामीको चाप सँगै बिभिन्न प्रविधि, जनशक्ति जस्ता समस्याले संक्रमितहरुलाई सरल सुविधा सहितको उपचार दिन नसकिरहेको हुँदा आफु निकै दुखिद रहेको उनि बताउँछिन् । दिनदिनै बिरामीको चाप बढे पछि सबैलाई सहज उपचार दिन सकिँदैन पहिलो चरण्का कोरोनामा भन्दा यो दोस्रो चरणमा धेरै प्यासेन्टहरु हस्पिटल भर्ना भएको छन् ।
त्यो पनि निकै सिरियस भएपछि अन्य हस्...