Friday, August 7News That Matters

Month: ७ वर्ष अगाडि

ट्याक्टरबाट लडेर १ जनाको मृत्यु

ट्याक्टरबाट लडेर १ जनाको मृत्यु

समाचार
उदयपुर, पुस ४ गते ।  गाईघाटको बरुवा नयाँ बस पार्कमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–१३ को बरुवा नयाँ बस पर्क छेउमा ट्याक्टरबाल लडेर प्रदेश अलिन्याको मृत्यु भएको प्रहरीले जनाएको हो । मुकुर्चीबाट ढुङ्गा लिएर आएको स १ त ६८०० नम्बरको ट्याक्टरबाट लडेपछि पछाडिको टायरले किचेर सह–चालक त्रिनपा–६ जल्लजले निबासी अन्दाजी १६ वर्षीय अलिन्याको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।...
अन्तर स्कुल टि–१० सगरमाथा फाईनलमा प्रवेश

अन्तर स्कुल टि–१० सगरमाथा फाईनलमा प्रवेश

खेलकुद, समाचार
उदयपुर, पुस ४ गते । अन्तर स्कुल टि–१० क्रिकेट टुर्नामेन्टको सेमिफाईनलका खेलमा सगरमाथा मोडेल स्कुल फाईनलमा प्रवेश गरेको छ । त्रियुगा उच्च मावि र सगरमाथा मोडेल स्कुल विच भएको प्रतिस्पर्धामा ६२ रनले फाईनलमा प्रवेश गरेको हो । जितसँगै फाइनलको स्थान सुरक्षित गरेका छन । पहिलो सेमीफाइनल खेलमा उदयशी ले टस जितेर फिल्डिंग गरेको थियो । पहिले बैटिंग गरेको गाईघाटले आदित्य श्रेस्ठको शानदार १६ रन को मद्दतमा ६२ रन बनाएको थियो । पहिले बैटिंग गरेको गाईघाटले आदित्य श्रेस्ठ को शानदार १६ रन को मद्दत मा टद्द रन बनाएको थियो । उदयशीका रबी गुप्ताले २ ओवरमा ८ रन दियर ३ विकेट लिएका थिए । जबाफि बैटिंगमा उत्रीएको उदयशीलाई धरासायी बनाउन त्रियुगा माविका अनीश ओझाले २ ओवरमा १ मेडन सहित १ रन दियर ३ विकेट लियपछि उदयशीले ५९ रन मात्र बनाउन सक्यो । रोहन बस्नेतले २४ रन को योगदान दिएका थियो । त्रियुगा मावि ३ रनले बिजय...
मोटरसाइकल चोरी गर्ने ठूलो गिरोह पक्राउ

मोटरसाइकल चोरी गर्ने ठूलो गिरोह पक्राउ

समाचार
पुस ४ गते । मोटरसाईकल चोरी गर्ने ठूलो गिरोह काठमाडौंमा पक्राउ परेका छन् । काठमाण्डौँ उपत्यकामा मोटरसाइकल चोरी गर्ने समूह पक्राउ परेका हुन् । उपत्यकाका विभिन्न ठाउँबाट चोरीमा संलग्न व्यक्तिहरु समातेपछि मोटरसाईकल चोरीमा ठूलो समूह सक्रिय रहेको पाइएको प्रहरीले जनाएको छ । हराएका मोटरसाइकलसहित ११ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा क्रमशः सन्दीप गुरुङ, सोम सुनार, मदन तामाङ, सन्तोष गोले, चन्द्रागिरिका रिन्जेन मोक्तान, नवलपरासीका भरत थापा, सिन्धुलीका विक्रम भुजेल, काभ्रेपलाञ्चोकका इन्द्रबहादुर तामाङ र गणेश लामा, बर्दियाका राजु पौडेललाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई चोरी मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । चन्द्रागिरि, नागार्जुन, कीर्तिपुरलगायतका क्षेत्रबाट केहि दिन भित्र नौ वटा मोटरसाइकल हराएको प्रहरीले जनाएको छ ।...
जग्गा विवादमा पत्रकार चौधरीमाथि कुटपिट

जग्गा विवादमा पत्रकार चौधरीमाथि कुटपिट

समाचार
पूर्णपुष्टि, पुस ३ । जग्गा विवादलाई लिएर उदयपुरका पत्रकार रविन्द्र चौधरीमाथि विहिबार कुटपिट भएको छ । त्रियुगा नगरपालिका १३ स्थित जग्गा विवादमा चौधरी कुटपिटमा परेका हुन् । कुटपिटबाट उनको नाक र गालामा चोट लागेको छ । समुहमा आएका स्थानीय शिवकुमार यादवले आफुमाथि कुटपिट गरेको आरोप चौधरीको छ । चौधरीका अनुसार आफ्नो बाउबाजेको पालादेखि भोगचलन गर्दै आएको ऐलानी जग्गामा एक्कासी मैले किनेको नम्बरी जग्गा भन्दै घेराबेला गर्न आएका यादवले विवादमा कुटपिट गरेको चौधरीको भनाई छ । यादवले सिमेन्टको खम्बा र काढे तारले बार्दै गर्दा चौधरी पुगेपछि दुबैपक्षबीच झगडा भएको प्रत्यक्षदर्शीहरुले बताए । कृष्ण कार्कीबाट श्रीमतीको नाममा जग्गा खरिद गरी संरक्षणका लागि बारबेर गर्न खोजेको बताउने यादवले चौधरीलाई कुटपिट नगरेको बताए । चौधरीले जिल्ला प्रहरी कार्यालयमा कुटपिटको उजुरी दिइ घाउँ चेकजाँच गराएका छन् । दुबैपक्षबी...
दलित अधिकार सञ्जालको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

दलित अधिकार सञ्जालको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

समाचार
पूर्णपुष्टि, पुस ३ गते । दलित अधिकार सञ्जाल उदयपुरको पाँचौं भेलाबाट फुन्दे वि.क.को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्ष पाण्डु परियार, सचिव कल्पना मोते, सहसचिव शशिकला परियार र कोषाध्यक्ष कर्ण सुनाम चयन भएका छन् । सदस्यहरुमा मेम वि.क., मिलन वि.क., उमेश लामगादे, रणबहादुर वि.क., दिनेश परियार, नेत्र वि.क., जिना रत्न, मिरा वि.क., ध्रुब सार्की चयन भएका छन् । अन्य ३ जना सदस्यलाई मनोनयन गरिने जनाइएको छ । त्यसैगरी प्रमुख सल्लाहकार भिम विश्वकर्मा, सल्लाहकारहरु अमर परियार, र्पथ्वी विश्वकर्मा, गिरीलाल परियार, सुमन परियार, रमेश वि.क., बलदेव विश्वकर्मा, लालबहादुर रम्तेल, अर्जुन सुन्दास, झनक वि.क., रिता परियार, पुष्प वि.क. र प्रल्हाद वि.क. चयन भएका छन् । जिल्ला समन्वय समिति उदयपुरको प्रमुख खड्गबहादुर परियारको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्द...
घुसदिन खोजेको आरोपमा एक जना पक्राउ

घुसदिन खोजेको आरोपमा एक जना पक्राउ

समाचार
पुस  गते ।  इलाका प्रहरी कार्यालय हिरवनका प्रहरी निरिक्षकलाई घुस दिन खोजेको आरोपमा एक जना पक्राउ परेको छ । प्रहरीलाई १० हजार घुसदिन खोजेको आरोपमा सर्लाहीको वाग्मती नगरपालिका–८ सोल्टी बजारका श्यामकुमार श्रेष्ठ पक्राउ परेको हो । दुर्घटना विमा रकम दावी गर्नका लागि दुर्घटनामा लाइसेन्स नभएका व्यक्तिको लाइसेन्स भएका अर्कै व्यक्तिको नाममा सिफारिस बनाइदिन प्रहरीलाई १० हजार घुस दिन खोजेपछि श्रेष्ठ पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेको श्रेष्ठलाई उक्त रकमसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा बुझाएको प्रहरीले जनाएको छ ।...
प्र्रेमीको हतियार लुट्ने एक युवा पक्राउ

प्र्रेमीको हतियार लुट्ने एक युवा पक्राउ

समाचार
पुस ३ गते । २ न. प्रदेशको उच्च अदालत जनकपुरधाममा कार्यरत न्याधीशको अंगरक्षक रहेका प्रेमीको हतियार लिएर फरार रहेका युवा पक्राउ परेको छ । अदालतका न्यायाधीश सकुन्तला घिमिरेको अंग रक्षक रनिता केवटले बोक्दै आएको सात राउण्ड गोली लोड गरिएको चाइनिज पेस्तोल लिएर भागेका प्रेमी सिवेन्द्र यादव पक्राउ परेको हो । हतियार लिएर फरार रहेको यादवलाई जनकपुरधाम उप–महानगरपालिका–१५ को रामपुरबाट हतियारसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यादवले प्रयोग गरिरहेका मोवाइल ट्रयाक गरेर लोकेसन पत्ता लगाई  पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । यादवले आफ्ना प्रेमी प्रहरी जवान केवटले बोक्दै आएको हतियार झोलामा हालेर गोठमा लुकाइएको अवस्थामा हतियार फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेको यादवलाई प्रहरीको हतियार लुटेको सन्दर्भमा मुद्दा चलाउन तयारी गरिरहेको प्रहरीले जनाएको छ । दुवै जना नवलपरासी जिल्लाका ह...
झाडापखालाले एकै गाउँका १४ विरामी

झाडापखालाले एकै गाउँका १४ विरामी

समाचार, स्वास्थ्य
उदयपुर, पुस ३ गते । उदयपुरमा एकै गाउँका दुई वालवालिकासहित १४ जना झाडापखालाले सिकिस्त विरामी परेपछि बिहिबार जिल्ला अस्पताल उदयपुर लगिएका छन् । त्रियुगा नगरपालिका १६ शाहिखदोलामा दुईदिनदेखिको झाडा पखालाले थलिएका विरामीलाई वडा कार्यालयको पहलमा अस्पताल लगिएको हो । विरामीहरुमा स्थानीय ६० वर्षिय पष्पराज कार्की, ४७ वर्षिया पवित्रा बुढाथोकी, २१ वर्षिय अञ्जु कार्की, ४२ वर्षिय गणेश बुढाथोकी, २६ वर्षिय धुर्व बुढाथोकी, ४० वर्षिया नरमाया कार्की, ६० वर्षिया ढुण्डीमाया पौडेल, भुपध्यज कार्की, टिका कार्की, ६५ वर्षिया कमला पोखरेल, ६९ वर्षिय नरेन्द्र कार्की, ७१ वर्षिया मनमाया बस्नेत, रेवती कार्की, १३ वर्षिया मुना कार्की र १४ वर्षिय नवराज खड्का रहेको त्रियुगा नगरपालिका–१६ का वडाध्यक्ष मानबहादुर राईले बताए । सात परिवारका विरामी परेको अध्यक्ष राईले बताए । उनीहरुको जिल्ला हस्पिटल उदयपुरको आकस्मिक उपचा...
बोलेरो दुर्घटनामा मर्नेको संख्या ४ पुग्यो

बोलेरो दुर्घटनामा मर्नेको संख्या ४ पुग्यो

समाचार
उदयपुर, पुस ३ गते । उदयपुरगढी गाउँपालिका–३ गोठडाँडामा भएको बोलेरो दुर्घटना मर्नेको संख्या चार पुगेको छ । मोरङको पथरी–४ निबासी ३५ वर्षीय टिकाराम श्रेष्ठलाई उपचारको लागी कटारी अस्पतालमा पू¥याउनासाथ डाक्टरले  मृत घोषणा गरेको प्रहरीले जनाएको हो । विहान करिब ९ः१५ बजे भारतीय नम्बर प्लेट भएको एस्के ०१ टिपी ३०६८ नम्बरको बोलेरो अनियन्त्रित भई सडकदेखि करिब दुई सय मिटर तल खसी दुर्घटना हुदा भएको थियो । दुर्घटनामा उदयपुरगढी गाउँपालिका–३ निबासी ६१ वर्षीय टिकनारायण श्रेष्ठ, ४७ वर्षीय मिननारायण श्रेष्ठ र ४७ वर्षीय ढकबहादुर मगरको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।...
शौचालयमा लडेर १ जनाको मृत्यु

शौचालयमा लडेर १ जनाको मृत्यु

समाचार
भोजपुर, पौष ३ गते । भोजपुरको षडानन्दमा लडेर एक जनाको मृत्यु भएको छ । षडानन्द नगरपालिका–७ सालबोटे निबासी ६२ वर्षीय मानबहादुर आले मगरको मृत्यु भएको हो । बुधबार साँझ ७ बजे आफ्नै घरको शौचालय जाने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।