ईलाम, पुस ३ गते ।
ईलामको ईलाममा लडेर एक जनाको मृत्यु भएको छ । ईलाम नगरपालिका–८ निबासी ५१ वर्षीय टेकबहादुर राईको बिहान करिब ३ बजे लडेर मृत्यु भएको हो ।
घर बाहिर रहेको सार्वजनिक टहरोमा जादै गर्दा एक्कासी लडेको अवस्थामा राईलाई घरका सदस्यले देखेपछी घर भित्र लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।...
ताप्लेजुङ, पुस ३ गते ।
ताप्लेजुङको फक्तालुङमा भिरबाट लडेर दुई जनाको मृत्यु भएका छन् । फक्तालुङ गाउँपालिका–६ फेदी जंगलको भिरबाट लडेर मृत्यु भएका हुन् ।
विहान करिब १० बजे घर नजिकै रहेको फक्तालुङ गाउँपालिका–६ फेदी जंगलको भीरबाट लडेर फक्तालुङ– ५ लामाटर निबासी १८ बर्षीय दिपेश राई र खोटाङको ऐसेलुखर्क घर भई हाल फाक्तालुङ बस्दै आएको २३ वर्षीय सुजन राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरबाट मालिङगो काट्न भनि हिडेका दुवै जना घर नफर्केपछि खोजी जाने क्रममा भीरबाट लडी दुवै जना मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।...
उदयपुर, पुस ३ गते ।
उदयपुरको गोठडाँडामा बोलेरो दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन् । उदयपुरगढी गाउँपालिका–३ को गोठडाँडामा विहान करिब ९ः१५ बजे बोलेरो दुर्घटना हुदा तीन जानको घटनास्थलमै मृत्यु भएको हो ।
भारतीय नम्बर प्लेट भएको एस्के ०१ टिपी ३०६८ नम्बरको बोलेरो अनियन्त्रित भई सडकदेखि करिब दुई सयम मिटर तल खसी दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा उदयपुरगढी गाउँपालिका–३ निबासी ६१ वर्षीय टिकनारायण श्रेष्ठ, मिननारायण श्रेष्ठ र ४७ वर्षीय ढकबहादुर मगरको मृत्यु भएको थियो । घाईते भएका पाँच जानको कटारी अस्पतालमा उपचार र्भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) वीरबहादुर बुढा मगरले बताए ।...
पूर्णपुष्टि, पुस २ ।
त्रियुगा मिडिया ग्रुपले नवनिर्वाचित फोटो पत्रकार महासंघ, शाखा उदयपुर र जेसिज उदयपुरका पदाधिकारीहरुलाई बधाई ज्ञापन गरेको छ । साथै दलित अधिकारको क्षेत्रमा योगदान पुर्याएवापत डा। अम्वेडकर पुरस्कारबाट पुरस्कृत गैर सरकारी संस्था महासंघ उदयपुरका कार्यवाहक अध्यक्ष सुमन परियार, केन्द्रिय युवा सञ्जालका नवनिर्वाचित सदस्य सुरेश गुप्तालाई पनि बधाई ज्ञापन गरेको छ ।
बुधबार दिउसो गाईघाटमा आयोजित बधाई ज्ञापन कार्यक्रममा ग्रुपका अध्यक्ष विश्वराज तामाङ, त्रियुगा नगरपालिका १० नं। वडाध्यक्ष प्रकाश खड्का, गैसस केन्द्रिय सदस्य महेश्वरी राई, नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राई, त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश रसाईली, प्रेस संगठनका केन्द्रिय सदस्य यमन दनुवार, युवा समाजसेवी राजकुमार शर्मा लगायतले सबैलाई अबिर खादा लगाई सम्मान तथा बधाई ज्ञापन गरे ।
कार्...
भोजपुर, पौष ०२ गते ।
भोजपुरको षडानन्दमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । षडानन्द नगरपालिका–१ डाँडागाउँका ६० बर्षीय ऋषिधन सार्कीको मृत्यु भएको हो ।
आफ्नै घर छेउको रुखमा चढेर घाँस झार्ने क्रममा बिहान साँढे १० बजे लडेर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।...
पुस २ गते ।
शीतलहरले देशको पूर्व पश्चिमका तराईको जनजीवन प्रभावित भएको छ । शितलहरले पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका तराई र मध्ये तराईका जिल्लाहरुको जनजिवन प्रभावित भएको हो ।
बाक्लो हुस्सु र कुहिरोसँगै पानीका थोपा नै झर्न थालेकाले शीतलहरको घोषणा गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अझै एक दुई दिन क्षेत्रमा चिसो बढ्ने सम्भावना रहेको जनाएको छ ।
२४ सै घण्टा तराईका धेरै ठाउँमा बाक्लो हुस्सु र कुहिरो लागि तापक्रम घट्ने भएकाले चिसो बढ्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर सचेत गराएको छ । घाम नलागेपछि चिसो बढ्ने भएकाले चिसोबाट बच्न सबैलाई आग्रह गरेको छ । तराईसँगै पहाड र हिमाली जिल्लामा पनि चिसो बढेको छ ।...
पूर्णपुष्टि, पुस २ गते ।
“मेरो जनगणना–मेरो सहभागिता” भन्ने नाराका साथ २०७८ मा गरीने १२ औ राष्ट्रीय जनगणनाको तयारी उदयपुरमा थालिएको छ ।
जिल्ला स्तरीय अन्तरक्रिया गोष्ठीको आयोजना गर्दै जिल्ला तथ्याङ्क कार्यालय उदयपुरले तयारी थालेको हो । जिल्लाका आठ स्थानिय तहका जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज र सरोकारवालाहरुलाई बेलैमा तयारीको जानकारी दिदै बुधबार गाईघाटमा कार्यक्रम गरिएको जिल्ला तथ्यांक कार्यालय उदयपुरका प्रमुख शिव नारायण महतोले बताउनुभयो ।
जिल्लाका प्रत्येक नागरीकको गणनाको लागी घरघरमा गणकहरु पुर्याउने, इन्टरनेटको सुवीधा भएका स्थानहरुमा इन्टरनेट बाटै गणना लिईने र इन्टरनेट नभएका स्थानहरुमा हातैले कागजी फारममा फारम भरी गणना सुरु गरिने तयारी रहेको उहाँले बताउनुभयो ।
उदयपुरमा राष्टीय जनगणनका लागी ५ सय भन्दा बढी जनशक्ती परिचालन गरीने जनाईएको छ । जनगणनाले जनसंख्याका साथै सामाजि...
सोलुखुम्बु, पुस २ गते ।
सोलुखुम्बुको रोक खोलाले बगाएर एक बालिका बेपत्ता भएको छ । सोताङ गाउँपालिका–४ निबासी १३ वर्षीय निर्मला भुजेल बेपत्ता भएको हो ।
भाउजुलाई उपचारको लागि लैजादा बाटोमा पर्ने खोला तर्ने क्रममा मंगलबार विहान करिब १० बजे बालिकालाई खोलाले बगाई बेपत्ता भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय सोताङबाट खटेका प्रहरी टोली र स्थानीयको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।...
उदयपुर, पौष २ गते ।
उदयपुरको लिम्चुङ्बुङकी एक महिलाले सुनकोशी नदिमा हामफालेर बेपत्ता भएकी छिन् । लिम्चुङबुङ गाउँपालिका–२ ज्यामिरे निबासी ४० बर्षीय कुम्भकुमारी काकी मंगलबार बेपत्ता भएकी हुन् ।
विहान करिब ११ बजे कार्कीले सुनकोशी नदीमा हामफालेर बेपत्ता भएको भन्ने जानकारी पाउँनासाथ तत्काल ईलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटेका प्रहरी टोली र स्थानीयवासीको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
पुस २ गते ।
स्याङ्जाको एक वडा प्रहरी कार्यालयमा घुस खुवाउन पुगेका व्यापारी आफै फन्दामा परेको छ । वडा प्रहरी कार्यालय वालिङका प्रमुखलाई घुस दिन पुगेका जहरुद्दिन मियाँ फन्दामा परेको हो ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक निरन्जन घिमिरेलाई १५ हजार रुपैया घुस खुवाउन पुगेका रुपन्देहीको वसन्तपुर गाँउपालिका ४ घर भइ वालिङ नगरपालिका ८ बस्दै आएका मिया पक्राउ गरी जिल्ला प्रहरी कार्यालय स्याङ्जा लगिएको प्रहरीले जनाएको छ ।
मिया गोरु व्यापार गर्नु पर्यो यति तपाई राख्नुस् भन्दै घिमिरेको टेवलमा पैसा राखेका थिए । तत्काल मियाँलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ । घुस खुवाउन पुगेका मियालाई रकमसहित आवश्यक काबाहीको लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखरा पठाइएको प्रहरीले बताए ।...