Friday, August 7News That Matters

Month: ७ वर्ष अगाडि

नगर र ट्याक्टर व्यावसायी विच सहमती

नगर र ट्याक्टर व्यावसायी विच सहमती

समाचार
उदयपुर, माघ ६ गते ।  आन्दोलीत ट्याक्टर व्यावसायी र त्रियुगा नगरपालिका विच तीन बुदे सहमती भएको छ ।  नदि जन्य सामाग्री निकासीमा अवारेध गरेको भन्दै आन्दोलित व्यावसायी र नगरपालिका विचको छलफलले सहमती जुटाएको हो । नगरपालिका अगाडी सडक जाम गरेर विहान व्यावासयीहरुले ट्याक्टर राखेर विभिन्न मागसहति आन्दोलन गरेको थियो । नगरपालिका र व्यावसायी विचको छलफलमा नगर क्षेत्र भित्र प्रारम्भिक वातावरणीय परिक्षण (आईईई) गरेका खोला तथा नदिहरुमा नदिजन्य वस्तु उत्खन्न गर्ने क्रममा समस्या भएकाले आईईई गरेको क्षेत्रको उत्खन्न प्वाईन्ट निर्धारण गरी ७ दिन भित्र बोर्ड राख्ने र कुनै समस्या आए जिम्मेवारी र व्यावस्थापन नगरपालिकाले गर्ने, नदि जन्य सामाग्रीको दर रेटका विषयमा कर्यापालिकामा निर्णय गरी प्रदेशमा सिफारिस गर्ने र पक्राउ परेका ट्याक्टर आईईई गरेको क्षेत्रमा मात्रै उत्खन्न गर्ने गरी पहिलो पटक भएकाले ट्याक्टर धनीला...
प्रभावकारी सेवामा कुनै कसुर बाँकी नराख्न निर्देशन

प्रभावकारी सेवामा कुनै कसुर बाँकी नराख्न निर्देशन

समाचार
उदयपुर, माघ ६ गते ।  नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरिक्षक ठूले राईले जिल्ला प्रहरी कार्यालय उदयपुरको भवन सिलान्यास गर्दै देश र जनताको प्रभावकारी सेवामा कुनै कसुर बाँकी नराख्न दिर्नेशन दिनुभएको छ । भवन निर्माणपछि गुणस्तरीय सेवा प्रदानमा थप मद्दत पुग्ने भएपनि सुविधा सम्पन्न भवन नहुँदाको अवस्थामा पनि नेपाल सरकारले दिएको जिम्मेवारी र सेवामा गुणस्तर कम गर्ने छुट प्रहरीमा नरहेको बताउनुभयो । भईरहेको सेवामा थप गुणस्तरीयता थप्ने प्रयास गर्न प्रोत्साहित गर्दै उहाँले घटना, अनुसन्धानका चुनौतीलाई सहि विश्लेषणका साथ समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले भवन निर्माण समयमा र पूर्णगुणस्तरीयरुपमा सम्पन्न गर्न ठेकेदार कम्पनी र प्रत्यक्ष निगरानी र अनुगमनका साथ सहयोग गर्न जिल्ला प्रहरी युनिटलाई निर्देशनसहित अनुरोध गर्नुभयो । संयोगवस आफु जिल्लाबासी र प्रहरी प्रधान कार्यालयको तत्कालिन मानव स्रोत तथा ...
टिफर दुर्घटनामा चालकको मृत्यु

टिफर दुर्घटनामा चालकको मृत्यु

समाचार
उदयपुर माघ ६ गते । उदयपुरको जोगीटोलमा टिपर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । उदयुरगढी गाउँपालिका–७ गोजीटोलमा  टिपर दुर्घटना हुदा चालक कटारी नगरपालिका–२ खोक्सा निबासी २२ बर्षीय  भुपेन्द्र खत्रीको मृत्यु भएको हो । नेपालटारबाट गाईघाट तर्फ आउदै गरेको ना ५ ख ४५१० नम्बरको टिपर आफै अनियन्त्रित भई आईतबार दिउँसो पउने २ बजे दुर्घटना भएको थियो । दुर्घटनामा गम्भिर घाईते भएका टिपर चालक खत्रीको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा राती पउने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
किराया उदयपुरद्धारा एआईजी राईलाई अभिन्नदन

किराया उदयपुरद्धारा एआईजी राईलाई अभिन्नदन

समाचार
उदयपुर, माघ ६ गते । किराँत राई यायोक्खा जिल्ला कार्य समिति उदयपुरले नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक (एआईजी) ठूले राईलाई अभिनन्दन गरेको छ । समितिले गाईघाटमा  एक कार्यक्रमको आयोजना गरी सोमबार एआईजी राईलाई अभिनन्दन गरेको हो । राई समुदायबाट सरकारको उच्च पदमा पुग्न सफल भएका राईलाई किराँत राई सस्कार अनुसार फेटा बाधेर सम्मान पत्रका साथ खादा ओढाएर अभिन्नदन गरेको किराँत राई यायोक्खा जिल्ला कार्य समिति उदयपुरका अध्यक्ष बलधन राईले बताए । सम्मानीत भएका राईले खुसी व्यक्त गर्दै यहि जिल्लामा शिक्षा हासिल गरेको र आफ्नो कर्मलाई पनि यहिबाट अघि बढाएको बताएका छन् । फोटो फिचर...
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

समाचार
खोटाङ माघ ६ गते । खोटाङको ऐसेलुखर्कमा ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । दुर्घटनामा चालक उदयपुर त्रियुगा नगरपालिका–६ निबासी २८ बर्षीय देब नारायण चौधरीको मृत्यु भएको हो । हलेसीबाट रबुवा तर्फ जाँदै गरेको ना ५ त ७१५४ नम्बरको ट्याक्टर दिक्तेल सडक खण्डको ऐसेलुखर्कमा राती १ः४५ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्याक्टरी अनियन्त्रित भई सडकदेखि करिब २५ मिटर तल खसेर दुर्घटना हुदा ट्याक्टरले किचेर चालक चौधरीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ ।...
विधेयकप्रति काँग्रेसको विरोध

विधेयकप्रति काँग्रेसको विरोध

समाचार
उदयपुर, माघ ५ गते ।  भर्खरै पारीत भएको सुचना प्रविधि विधेयक लगायतका विधेयक फिर्ता लिनु पर्ने भन्दै उदयपुरमा नेपाली काँग्रेसले विरोध गर्दै जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएको छ । यस्ता विधेयकहरुले नागरिक अधिकार र लोकतन्त्रको आत्मा मानिएको स्वतन्त्रताको हत्या हुने भन्दै जिल्ला प्रमुख अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको हो । विधेयको विरोध गर्दै प्रजिअ मार्फत प्रधानमन्त्रि केपी शर्माओली समक्ष पुग्ने गरी ज्ञापन पत्र बुझाएको थियो । सरकारले नागरिक सर्वाच्चोता , लोकतन्त्र एवं बिधिको शासन बिरोधि सूचना प्रबिधि बिधेयक , नेपाल विशेष सेवा गठन , संचालन सम्बन्धि कानुनलाई संसोधन र एकीकरण गर्न बनेको बिधेयकको विरुद्ध देश ब्यापी कार्यक्रम अनुसार ज्ञापन पत्र बुझाएको नेपाली काग्रेस उदयपुर जिल्ला क्षेत्रिय सभापति भोजराज खतिवडाले बताए । वियेधकहरु फिर्ता नलिए अवका दिनमा पार्टीले अझ शसक्त विरोधका कार्यक्रमहर...
प्रदेश १ का चार राज्यमन्त्रीले लिए शपथग्रहण

प्रदेश १ का चार राज्यमन्त्रीले लिए शपथग्रहण

समाचार
माघ ५ गते ।  १ न. प्रदेशमा नयाँ नियुक्त भएका चार जना राज्यमन्त्रीहरुले आईतबार सपथ खाएका छन् । १ न. प्रदेशका मुख्यमन्त्री शेरधन राईले नव नियुक्त राज्यमन्त्रीहरुलाई शपथ ग्रहण गराएको हो । भौतिक पुर्वाधार विकास राज्यमन्त्रीमा अम्बिरबाबु गुरुङ, सामाजिक विकास राज्यमन्त्रीमा जसमायाँ गजमेर, उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा विजय बिस्वास र भूमि ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा रामबहादुर मगर नियुक्त भएका हुन् । २०७४ फागुन २ गते १ न. प्रदेशको पहिलो मन्त्रिमण्डल गठन भएको थियो । मुख्यमन्त्री शेरधन राईसहित, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियैत लगायतका मन्त्रीहरु पहिलो पटक प्रदेश सरकारमा आएका थिए ।...
निगालेका कृषकहरु व्यवसायीक सुन्ताला खेतीमा आकर्षित

निगालेका कृषकहरु व्यवसायीक सुन्ताला खेतीमा आकर्षित

समाचार
विक्रम राई उदयपुर/ माघ, ५ उदयपुरको रौतामाई गाउँपालिका वडा नं ४ र ६ निगाले गाउँका कृषकहरु अहिले सुन्तालाखेती तर्फ आकर्षित बनेका छन् । गाउँमै यातायातको सुविधा पुगेपछि सुन्तलाबाट राम्रो आम्दानी हात पार्न थालेका कारण कृषकहरु त्यसतर्फ आकर्षित बनेका हुन् । उतिवेला बाजे पुर्खाहरुले खान, बाँड्न र सामान्य बेच्न लगाएको दुईचार झ्याङ सुन्तला अहिले जिविकोपार्जनमा परिणत भएको कृषक जीवन राईले बताउनुभयो । कृषक राईका अनुसार एतिवेला पुरानो बोटबाट आम्दानी लिन र अन्य विरुवाहरु लगाउने क्रम बढ्दो छ । एकैघरमा ५ सय ओटा भन्दा बढी सुन्तालाको विरुवा व्यवस्थित तरिकाले खेती योग्य जमिनहरुमा लागाईदै आएको कृषकहरुले बताए । गाउँमा यातायात पुगेसँगै बजारमा एकै पटकमा धेरै सुन्ताला बजारसम्म पुराउन सकिने भएको हुदा सुन्तलाको राम्रो आम्दानी कृषकले पाएका छन् । एकमुष्ट पैसा लिन सकिने र राम्रो आम्दानीबाट घरको धेरै समस्या हल गर...
आजको विदेशी विनिमयदर

आजको विदेशी विनिमयदर

आर्थिक, समाचार
माघ ५ गते ।  आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ४ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४० पैसा रहेको छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा तोकेको छ । ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ८२ पैसा रहेको छ । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५ पैसा तोकेको छ। मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९८ पैसा र बिक्रीदर २७ पैसा १३ पैसा रहेको छ । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८३ पैसा तोकेको छ । कुवेती दिनार १ को खरिददर ३ सय ७३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३ सय ७५ रुपैयाँ ८० पैसा तोकेको छ । त्यस्तै बहराइन दिनार १ को खरिददर ३ सय रुपैयाँ ८९ पैसा र बिक्रीदर ३ स...
ह्यारी र मेगनले शाही उपाधि छोड्ने

ह्यारी र मेगनले शाही उपाधि छोड्ने

समाचार, संसार
माघ ५ गते ।  बेलायतीका राजकुमार ह्यारी र उनकी पत्नि मेगन मकेलले शाही उाधी छाड्ने भएको छ । ह्यारी र मेगनले शाही उपाधि (रोयल हाइनेस) छाडेपछि सार्वजनिक कोषको प्रयोग गर्न नपाउने भएको हो । अवको दिनमा केवल ‘ड्युक अफ् ससेक्स ह्यारी’ र ‘डचेस अफ् ससेक्स मेगन’ को रुपमा चिनिने छन् र हिजो ‘हिज रोयल हाइनेस’ र ’हर रोयल हाइनेस’ उपाधिको प्रयोग गर्न पाउने छैनन् । परम्पराका अनुसार महारानीले आफ्नो शाही परिवारभित्रको पुरुष सदस्यको विवाहको दिन एउटा पदवी दिन्छिन् । ‘ड्युक अफ् ससेक्स’का पदवी खाली थियो र बेलायतको शाही ताजको उत्तराधिकारीको क्रममा छैठौँ स्थानमा रहेका ह्यारी सम्भावित विकल्प हुने आशा थियो । महारानी एलिजावेथ द्वितीयले ‘हामीसँगै मिलेर मेरो नाति र उसको परिवारको लागि सिर्जनात्मक र सहयोगात्मक बाटो खोजिएको छ । ह्यारी, मेगन र अर्चि सधैँ मेरो परिवारको प्रिय सदस्य हुनेछन् ।’...