Friday, August 7News That Matters

Month: ७ वर्ष अगाडि

खाल्डोमा डुबेर बालकको मृत्यु

खाल्डोमा डुबेर बालकको मृत्यु

समाचार
सुनसरी, माघ ५ गते । सुनसरीको ईटहरीमा खाल्डोका पानीमा डुबेर बालकको मृत्यु भएको छ । ईटहरी उप–महानगरपालिका–१३ स्थित खनारमा खाल्डोको पानीमा डुबेर मोहमद रसुदिन मियाको मृत्यु भएको हो । घर छेउमा रहेको पानी जमेको खाल्डोमा शनिबार दिउँसो ४ बजे मोहमद अवु जाहेरीको २ वर्षिय छोरा मिया खेल्ने क्रममा डुबेर घाईते भएको थियो । घाईते बालकके उपचारको लागी बिराट हेल्थ टेक्निकल कलेज बाँसबारी बिराटनगर लगि उपचारको क्रममा साँझ ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
वडा सदस्य खड्काको अन्त्येष्टि, पालिकामा सार्वजनिक विदा

वडा सदस्य खड्काको अन्त्येष्टि, पालिकामा सार्वजनिक विदा

समाचार
राजेन्द्र दुष्ट बेल्टार/माघ ५ गते । सवारी दुर्घटनामा मृत्यु भएका वडा सदस्यको आज विहान धर्म सस्कार अनुसार अन्त्यष्टि गर्ने भएको छ । शनिबार अटो दुर्घटनमा मृत्यु भएका जन्तेढुंगा गाउँपालिका–१ का वडा सदस्य गणेश खड्काको आज विहान हिन्दु सस्कार अनुसार कोशी घाटमा अन्त्यष्टि गर्ने भएको हो । सदस्य खड्काको निधन प्रति गहिरो शोक समबेदना प्रकट गर्दै एक दिन पालिकाले सार्वजानिक विदा दिईएको छ । बेल्टारमा यात्रु पु¥याएर घर फर्किने क्रममा शुक्रबार राति चौदण्डीगढी नगरपालिका–१ को छुईलामा स १ ह ३२३७ नम्बरको अटो दुर्घटनामा परी खड्काको मृत्यु भएको थियो । वडाध्यक्ष केदारमान राईले राष्ट्रिय झन्डा र नेकपा जन्तेढुंगाउँपालिका अध्यक्ष यम राई र सचिव वन्द्रि राईले पार्टीको झन्डा ओडाएर श्रदाञ्जली दिईएका थिए । खड्काको अन्त्येष्टिमा सयाँैको संख्यामा आफन्त, ईष्टमित्र नेकपाका स्थानीय नेता कार्यकर्ताहरुको उपस्थिति रहक...
हुर्रा नाच सँगै मगरहरुको मांघेसंकराटी महोत्सव धुमधाम

हुर्रा नाच सँगै मगरहरुको मांघेसंकराटी महोत्सव धुमधाम

मनोरञ्जन, समाचार
गाईघाट/माघ,४ मगरजातिले विषेश चाँडको रुपमा मनाउँदै आएको माघे मांघेसंकराटीको अवसरमा हुर्रा नाचेर यो बर्षको माघी धुमधाम साथ मगरहरुले मनाएको छ । नेपाल मगर संघ त्रिुयुगा नगर कमिटी र प्रारम्भीक कार्यसमिति १०, ११, र १२ को आयोजनामा त्रियुगा नगरपालिका १० बोक्से स्थित मांघेसंकराटीे तथा हुर्रा महोत्सव सहित यो पर्व धुमधामका साथ मनाएको हो । महोत्सवमा त्रियुगा नगरपालिका लगाएत अन्य पालिकाहरुको बाक्लो उपस्थिति सँगै राष्ट्रिय कलकारहरुको बेजोड प्रस्तुतिमा आफ्नो भेष, भुषा, संस्कार संस्कृति सहित महोत्सव मनाएको आयोजकले बताए । कार्यक्रममालाई सम्बोधन गर्दै नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन कुमार रोक्का मगरले आफ्नो महत्वपूर्ण उपस्थिति जनाउनु भयो । कार्यक्रममा बोल्दै मगरले राज्यले एउटै मात्र जात, धर्म, भाषा लाई प्राथामिकतामा राखेको बताउनु भयो । राज्यको यो हर्कतले आफ्नो जातिहरु निकै पछि परेको उहाँले ब...
अटो दुर्घटनामा वडा सदस्यको मुत्यु

अटो दुर्घटनामा वडा सदस्यको मुत्यु

समाचार
उदयपुर/माघ, ४ अटो दुर्घटनमा खोटाङ जन्ते ढुङगा गाउँपालिका १ मैनाटारका वडा सदस्यको मृत्यु भएको छ । ३५ बर्षिय गणेश खड्काको उदयपुरको बेल्टारबाट घर जाने क्रममा अटो दुर्घटनामा परि घाईते भएको थियो । घाईते खड्काको शनिवार विहान बिपि कोइराला विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । उदयपुरको चौदण्डी नगरपालिका बेल्टारबाट खोटाङतर्फ लागेको स १ ह ३२३७ नं को अटो चौदण्डीगढी १ बांशिलाघाटमा शुक्रबार दुर्घटना भएको इलाका प्रहरी कार्यलय बेल्टारका प्रहरी निरिक्षक बुद्धिमान चौलागाईले बताउनु भयो । प्रहरीका अनुसार सदस्य आफैले चलाएका अटो सडकबाट १ सय ५० मिटर तल खसेको थियो । खड्का नेकपा माओवादी बाट निर्वाचित वडा सदस्य रहेको वडाअध्यक्ष केदारमान राईले बताउनुभयो ।  ...
एसियन कलेजका विद्यार्थीटाेलीले पुरा गरे स्थलगत अध्ययन

एसियन कलेजका विद्यार्थीटाेलीले पुरा गरे स्थलगत अध्ययन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ ४ गते । एसियन कलेज फर एड्भान्स स्टडिज ललितपुरबाट स्थलगत अध्ययनका लागि आएका विद्यार्थीहरुको एक समुहले उदयपुरको स्वास्थ्य अवस्थाको अध्ययन विश्लेषण गरेका छन् । एक महिना अध्ययन तथा मूल्यांकलनका सिलसिलामा आएका जनस्वास्थ्य संकाय सातौं सेमेष्टरका १० जनाको विद्यार्थी टोलीले शुक्रबार अन्तिम प्रतिवेदनको प्रस्तुती दिएका छन् । गत पुस १ देखि सुरु गरेका उनीहरुले जिल्लाको विभिन्न स्वास्थ्य कार्यालय तथा केन्द्रहरुमा पुगेर अध्ययन गरेका थिए । जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारको प्रमुख आतिथ्य र जनस्वास्थ्य कार्यालय प्रमुख मनप्रसाद सुवेदीको अध्यक्षतमा स्थलगत अध्ययन प्रतिवेदन प्रस्तुत गरेका हुन् । जनस्वास्थ्यको कार्यक्रम हलमा स्थलगत अध्ययनको प्रतिवेदन प्रस्तुत गर्दै उनीहरुले जिल्लाको थप स्वास्थ्य सुधारका लागि सुझावसमेत दिएका थिए । महामारी रोगको रुपमा चिनिने क्ष...
सुकौरा नजिकैको जंगलमा मानव कंकाल फेला

सुकौरा नजिकैको जंगलमा मानव कंकाल फेला

समाचार
पूर्णपुष्टि, माघ ३ गते । उदयपुरको त्रियुगा नगरपालिका १६ मा पर्ने सुकौरा नजिकैको जंगलमा मानव कंकाल फेला परेको छ । धरापे गाउँबाट करिब दुईकिलोमिटर टाढाको जंगलमा मानव कंकाल फेला परेको हो । विहेका लागि पात टिप्न गएका गाउँलेहरुले जंगलमा कंकाल देखेपछि प्रहरीलाई खबर गरेको थियो । कंकाल फेला परेको कुरा जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढा मगरले पुष्टि गर्नुभयो । जंगलबीचमा छागो खस्ने अप्ठेरो ठाउँमुनी कंकाल रहेको र अबेर भएकाले भोलीपल्ट प्रहरीले मुचुल्का उठाउने जनाइएको छ । पुरुष वा महिला भन्ने कुरा प्रष्ट हुन नसकेको उक्त कंकाल दुईतिन महिना अघिको हुनसक्ने अनुमान स्थानीयको छ । त्यहाँ रहेका कपडाको आकलनले भने पुरुषकै हुनसक्ने अनुमान स्थानीयको छ । ककाल फेला परेको खबर लगत्तै घटनास्थल पुगेको सुकौरा प्रहरी चौकीले गाउँघरमा कोही हराएको छ कि भनेर सोधीखोजी गरिरहेको छ । तर हालसम्म कोही हराएको जानकार...
गाईघाटमा पहिलो पटक सर्जिकल सेवा सुरु

गाईघाटमा पहिलो पटक सर्जिकल सेवा सुरु

समाचार, स्वास्थ्य
गाईघाट/माघ, ३ गाईघाटमा पहिलो पटक सर्जिकल सेवा सुरु भएको छ । गाईघाट स्थित संगमटोलमा पाथीभारा सर्जिकल टेड्रर्सले शुक्रबार आफ्नो सेवाको उद्घाटन गर्दै यो सेवा सुरु गरेको हो । यो सेवा उदयपुर जिल्लाकै पनि पहिलो सेवा हो । उदयपुरको अन्य ठाउँ बेल्टार र कटारीमा पनि यो सेवा सुरु भएको छैन । मेडिकल तथा हस्पिटलमा पाउने खाने र लाउने औषधी बाहेक सबै सामानहरु यस सर्जिकल सेवाले प्रदान गर्ने संञ्चालक सरोज पौडेलले बताउनु भयो । सर्जिकल सँगै कन्ज्युमर सेवाको पनि व्यवस्था रहेको छ । बच्चाहरुका लागि आवश्यक डाइफर्ड देखी सम्पूर्ण सामानहरु सँगै कन्जयुमर सेवाको पनि व्यवस्था गरिएको संञ्चालक पौडेलले बताउनु भयो । सर्जिकल सेवामा हस्पिटलमा पाउने हरेक सामानहरु पाउने भएपनि यसमा औषधीहरु भने पाइन्न बाँकी सबै हस्पीटलले उपलब्ध गराउने सर्जिकल सामानहरु भने सबै पाउने संञ्चालीका एनम सुमित्रा आचार्यले (पौडेल) बताउनु भयो । उ...
मोटरसाईकल दुर्घटनामा एक घाईते

मोटरसाईकल दुर्घटनामा एक घाईते

समाचार
कटारी माघ, २  आशिष बस्नेत कटारी स्थित सिमरामा मोटर साईकल एक आपसमा ठोक्किदा एक जना घाईते भएका छन् । दुर्घटनामा ३२ बर्षिय बर्दिया निवासी गुणहरी घिमिरे घाईते भएका छन् । घाईतेको कटारी मोडल हेल्थ केयर सेन्टरमा उपचार भईरहेको छ । विहे खान आएका घिमिरे दुर्घटनामा परेको हो । त्रिवेणीबाट कटारी आउँदै गरेको प २ –०१–००१ प १३६४ नम्बरको मोटरसाईकल र कटारीबाट दुधौली जाँदै गरेको ज १० प ५८१ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । घाईतेको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।  ...
पर्यटन भित्राउने तयारी बारे अन्र्तक्रिया

पर्यटन भित्राउने तयारी बारे अन्र्तक्रिया

पर्यटन, समाचार
गाईघाट/माघ, २ उदयपुरमा पर्यटन भित्राउने बारे वृहत छलफल भएको छ । पर्यटन बर्ष २०२० लाई सफल बनाउने भन्दै राष्ट्रिय पर्यटन बोर्ड नेपालले अहिले देशैभर पर्यटन बर्षको तयारी र पर्यटनहरु भित्र्याउने कार्यहरु गरिरहेको छ । उदयपुरमा पनि पर्यटन भित्राउन स्थानीय सरकारहरुले भव्य तयारी गरिरहेको छ । यसै शिलशिलामा जिल्लामा ५० हजार पर्यटन भित्राउने उदेश्यका साथ बिहिबार त्रियुगा नगरपालिकाले अन्र्तक्रिया तथा छलफल कार्यक्रम गरेको छ । उदयपुर जिल्लाको बिभिन्न पर्यटकिय क्षेत्रहरुलाई समेट्दै कसरी पर्यटकहरुलाई लाई सहज र सरल वातावरणका साथ भित्राउने भन्ने विषयमा विभिन्न सम्बन्धित निकायहरु सँग छलफल तथा अन्र्तक्रिया गरिएको हो । अन्र्तक्रियामा पर्यटन भित्राउन अझै धरै सेवा सुविधा र सुधारका पक्षहरु बाँकि नै रहेको कुरा छलफलमा उठेको छ । पर्यटनहरुलाई सहज वातावरणका निम्ति अझै धरै कार्यहरुलाई अगाडी बढाउनु पर्ने अन्तक्रिया...
आगलागीबाट ६५ लाख बराबरको क्षती

आगलागीबाट ६५ लाख बराबरको क्षती

समाचार
सोलुखुम्बु, माघ ०२ गते । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका(८ केरुङमा आगलागि हुदा ६५ लाख बराबरको क्षति भएको  छ । बुधबार करिब ११ बजेतिर मानकाजि थापा मगरको घरमा आगलागी हुदा पैसठी लाख बराबरको क्षती भएको हो । ढुङ्गा माटो र ढुङ्गाकै छानो भएको २ तले घर र घर भित्र रहेको नगद १ लाख ५० हजार, ५ तोला सुन, अन्नपात, ३० वटा कुखुरा तथा जिन्सी समानहरु जलेर पुर्ण रुपमा नष्ट भएको छ । घटनाबारेमा जानकारी पाउनासाथ प्रहरी चौकी केरुङबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । बिहानको राती साढे ३ बजेको समयमा पुर्ण रुपमा आगो नियन्त्रणमा लिएको केरुङ प्रहरीले बताए ।  ...