Friday, August 7News That Matters

Month: ७ वर्ष अगाडि

मोटरसाईकल ठक्करबाट घाइते बृद्धको मृत्यु

मोटरसाईकल ठक्करबाट घाइते बृद्धको मृत्यु

Breaking News 1, समाचार
मोरङ, माघ ०२ गते । मोरङको बुढीगंगा गाउँपालिका(७ डंग्राहा स्थित भित्रि सडक खण्डमा मोटरसाईकलको ठक्करबाट ७० बर्षिय बृद्दको मृत्यु भएको छ । बुधबार दिउँसो साढे १ बजेको समयमा उत्तरबाट दक्षिणतर्फ जादै गरेको को १३ प ४६९३ नम्बरको मोटरसाईकलले स्थानीय छेतधर्नु खाँ थारुलाई हिडीरहेको अवस्थामा ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएको बृद्ध बिराट मेडिकल टंकिमा उपचारको क्रममा मृत्यु भएको १ नं प्रदेश प्रहरी कार्यलय बिराटनगरले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र मोटरसाईकल चालक मोरङको बुढीगंगा गाउँपालिका(७ डंग्राहा बस्ने बर्ष(२३ को अक्ष्य कुमार चौधरीलाई ईलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिइ कानुनी प्रक्रिया अघि बढाएको छ ।...
कटारीमा १५ दिने मैनी मेला सुरु

कटारीमा १५ दिने मैनी मेला सुरु

मनोरञ्जन, समाचार
आशिष वस्नेत १ माघ २०७६  कटारी / कटारीको त्रिवेणीमा १५ दिने मैनी मेला  माघ १ गते बाट सुरु भएको छ । कटारी नगरपालिका वडा नं २ स्थित हरेक बर्षको मांघे संक्रातिको अवसरमा लाग्ने यो मेला यो पटक पनि १५ दिने लाग्ने भएको छ । स्थानीयहरुको अनुसार पहिले एक महिने लाग्ने मंकर मेला द्धन्नकाल पछि अहिले १५ दिने मैनी मेला लाग्ने गरेको छ । मैनी मेला कटारीको मात्र नभएर जिल्लाकै ठुलो मेला पनि हो । यस मेलाले कटारी त्रिवेणीको ठुलो परिचय राखेको स्थानीयहरुको भनाई छ । कमला , ककरु र तावा खोलाको किनार त्रिवेणी घाटमा लाग्ने यो मेला त्रिवेणी मेला भनेर पनि प्रख्यात छ । त्रिवेणी घाटमा भाकल गरेअनुसारको वलिदिई पुजा आजा गर्नाले चिताएको पुग्ने जनविश्वास तिर्थालु भक्तजनहरुमा  छ । मेलामा पुजाआजाको लागि बिभिन्न जिल्लाहरु खोटाङ, सोलुखुम्वु, सिराहा, सप्तरी लगएत भारतबाट समेत आउने गरेको छ । मेलामा लोप हुदै गएको सोलुख...
¥याली सहित उदयपुरमा पनि भुकम्प सुरक्षा दिवस मनाईयो

¥याली सहित उदयपुरमा पनि भुकम्प सुरक्षा दिवस मनाईयो

समाचार
 गाईघाट/माघ, २ २२ औँ भुकम्प सुरक्षा दिवसलाई गाईघाटमा प्रभातफेरी ¥यालीका साथ बिहिवार मनाइएको छ । दिवसलाई बजार परिक्रमा सँगै पिपलचोकमा कोणसभा गरी सम्पन्न गरिएयो । “भुकम्पबाट सुरक्षित पूर्वधार दिगो सुख र समृद्धिको आधार” भन्ने नारा सहित भुकम्पको क्षेति बारे नागरिकहरुलाई बुझाउँदै कुनै पनि बेला आउने भुकम्पबाट सुरक्षित हुन कार्यक्रमको आग्रह गरेको छ । कोणसभामा उपस्थितिहरुले भुकम्पले मान्छे नमार्ने तर हामिले बनाएको कम्जोर संरचनाले मान्छे मार्ने कुरा बुझाएको छ । हामिले आफ्नो घर अन्य संरचनाहरु भुकम्पप्रतिरोधात्मक बनाउने हो भने जन धन बाट बच्न सकिने कुरा बताए ।जिल्ला विपद् व्यवस्थापन उदयपुरको आयोजना, नेपाल रेडक्रस सोसाईटी प्रदेश नं १ र त्रियुगा नगरपालिकाकाको समन्वय सहयोगमा दिवस सम्पन्न गरिएको छ । दिवसमा सुरक्षा निकाय, संघसंस्था, पत्रकार, नागरिक, कर्मचारी, लगाएतको उपस्थिति रहेको थियो । &nb...
बेलकामा माँघेसंक्राति भव्य

बेलकामा माँघेसंक्राति भव्य

Breaking News 1, समाचार
बेलकामा/ माघ १, बेलकामा माघेँ संक्राति भब्य मानाईएको छ ।  छोरीचेलीलाई पुज्ने र पितृलाई सम्झदै यो पर्व मनाइएको हो ।  बेलका मगर संघको आयोजनामा शुभकामना आदान प्रदान सँगै यो बर्ष पनि भब्य रुपमा मनाईएको हो । मगरहरु एकजुट भएर अगाडी बढ्न नेपाल मगर संघकी केन्द्रीय अध्यक्ष सारदा मगरले सुझाइन् । मगरले सङगठन गर्दै मगरहरु हिन्न परेको बिडम्वना रहेको बताइनन् । उनले आफु मगर भए पनि थरको पछाडि मगर नलेखेका मगरहरु गैरमगर भएको बताइन । कार्यक्रममा प्रदेश नम्बर १ का माननीय साम्सद नारायण बुर्जा मगरले  आर्थिक सामाजिक र राजनितिकरुपमा मगरहरु पछाडि पारिएको बताए । उनले इतिहासका विभिन्न काल खण्डमा मगरहरुले राष्ट्रलाई दीएको योगदानलाई मगरहरुले गर्भ गर्नु पर्ने पनि बताए  ।  बेलका नगरपालिकाकि उप प्रमुख राजकुमारि चौधरिले मगरहरुले एकता सधै कायम रहनु पर्ने बताईन । उप प्रमुख चौधरिले नगरका सबै गतिविधिमा सबै समुदाय होस्...
अटो दुर्घटनामा ३ जना घाईते

अटो दुर्घटनामा ३ जना घाईते

समाचार
आशिष वस्नेत  कटारी/पुस २८ गते । कटारीमा अटो दुर्घटनामा तीन जना घाईते भएका छन् । कटारी नगरपालिका–५ भोर्लेमा सोमबार अटो दुर्घटनाहुँदा घाईते भएका हुन् । कटारीबाट रिस्कूतर्पm जाँदै गरेको ज १ ह २१६० नम्बरको अटो डङ्गडङ्गे खोलामा दुर्घटना हुँदा कनपा–७ रिस्कु निबासी रबी दनुवार, सिता दनुवार, रिना दनुवार घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरुको कटारी अस्पत्तालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ...
बन मुद्दाका २ जना फरार प्रतिबादी पक्राउ

बन मुद्दाका २ जना फरार प्रतिबादी पक्राउ

समाचार
उदयपुर, पुस २८ गते । उदयपुरमा दुई जना फरार प्रतिबादी फक्राउ परेका छन् । वन मुद्दामा फरार रहेका अनिल चौधरी र दुखिलाल चौधरी आईतबार पक्राउ परेका हुन् । जिल्ला अदालतबाट बन मुद्दामा कसुर ठहर गर्दै त्रियुगा नगरपालिका–३ निबासी २८ वर्षीय अनिललाई ६ महिना कैद र २३ हजार जरिवाना र ५१ वर्षीय दुखिलाललाई ५ महिना ६ दिन कैद फैसाल सुनाएपछि फरार रहेको प्रहरीले जनाएको छ । कदै र जरिवाना चुक्ता नगरेकाले पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखी फैसला कार्यन्वयनका लागि जिल्ला अदालतमा उपस्थिति गराएउने प्रहरीले जनाएको छ ।...
नक्कली प्रहरी बनेर ठगी गर्ने २ जना पक्राउ

नक्कली प्रहरी बनेर ठगी गर्ने २ जना पक्राउ

समाचार
झापा, पौष २८ गते । झापाको बाह्रदर्शीमा नक्कली प्रहरी बनेर ठगी गर्ने दुई जना पक्राउ परेका छन् । बाह्रदर्शी गाउँपालिका–३ को  राजगढ बजारमा नक्कली प्रहरी बनेर ठगी गर्ने पर्शुराम महत्तो र जिवन दास दिउँसो साढे १२ बजे पक्राउ परेका हुन् । सो गाउँपालिका ४ को चकचकी निबासी स्थानिय व्यापारी अरफाक आलमसँग नक्कली प्रहरी बनेर ठगी गर्ने  गौरीगंञ्ज गाउँपालिका–१ निबासी २८ वर्षीय महत्तो र ३ नम्बर वडा निबासी २० वर्षीय दासले आफुहरु १ न. प्रदेश प्रहरी कार्यलय बिराटनगरको सिआईवी प्रहरी भन्दै आलमसंग सात हजार रुपैयाँ असुली गरेको प्रहरी जनाएको छ । घटनाबारेमा स्थानीयलाई  शंका लागे पछी ईलाका प्रहरी कर्यालय राजगढमा खबर गरेका थिए । घटनाको जानकारी पाउना साथ तत्काल प्रहरी पुगी दुबैजनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा लगि घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
सेप्टि ट्याङकी गाडीको ठक्करबाट साईकलयात्रीको मृत्यु

सेप्टि ट्याङकी गाडीको ठक्करबाट साईकलयात्रीको मृत्यु

समाचार
सुनसरी, पौष २८ गते । सुनसरीको ईटहरीमा सेप्टि ट्याङ्कीको गाडीको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । ईटहरी उप–महानगरपालिका–५  पिपलचोको भित्रि सडक खण्डमा गाडीको ठक्करबाट साईकलयात्री सुनिता कार्कीको मृत्यु भएको हो । को १ ख ७१२१ नम्बरको सेप्टिट्याङकी गाडीले दिउँसो पौने १ बजे साईकल यात्री ईटहरी उपमहानगरपालिका–४ हलगडा निबासी २६ वर्षीया कार्कीलाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट घाईते भएकी कार्कीलाई उपचारको लागी बिराट नर्सीङहोम अस्पताल लगि उपचारको क्रममा दिउँसो पौने २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । गाडी सह–चालकले चलाएको खुल्न आएपछी सह–चालक पनि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।...
आफ्नै घाटी रेटेर आत्महत्या

आफ्नै घाटी रेटेर आत्महत्या

समाचार
झापा, पौष २८ गते । झापाको बिर्तामोडमा एक जना बृद्धाले आफ्नै घाँटी रेटेर आत्म हत्या गरेकी छिन् । विर्तामोड नगरपालिका–१० सैनिक बजारको ७१ वर्षीया रोषनी राईले आत्म हत्या गरेकी हुन् । आफ्नै घरमा घाँस काट्ने हसियाँले आईतबार साँझ साढे ७ बजे घाँटी रेटेर गम्भीर घाईते भएकी प्रहरीले जनाएको छ । घाईते भएकी राईको उपचारका लागी  बिएण्डसी अस्पताल बिर्तामोड पु¥याउना साथ डाक्टरले मृत घोषणा गरेको ईलाका जिल्ला प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।...
उच्च सरकारी ओहोदमा पुगेका व्यक्तित्वहरु सम्मानित

उच्च सरकारी ओहोदमा पुगेका व्यक्तित्वहरु सम्मानित

समाचार
राजेन्द्र दुष्ट बेल्टार/पुस २७ नेपाल सरकारको उच्च ओहोदामा  पुग्न सफल भएको भन्दै आफ्ना पुराना विद्यार्थीहरुलाई ज्योति माध्यामिक विद्यालयले सम्मान गरेको छ । चौदण्डीगढी नगरपालिकाको ६ नं.वडा स्थित विद्यालयको ५५ औ वार्षिकोत्सबको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई आईतबार सम्मान गरेकोे हो । सम्मानित  हुनेहरुमा वरिष्ठ प्रहरी उपरिक्षक टेकप्रशाद राई, नार्क मुख्य प्रशासकिय अधिकृत बाबुराम पौडेल, कान्तिपुर दैनिकका उप सम्पादक डिल्लिराम खतिवडा, आईटि ईञ्जिनियर कञ्चनलक्ष्मी राई त्यसैगरी वडाध्यक्षहरुमा शन्तोष सुवेदी, प्रशुराम राई, कमलध्वज राई र तेजराज तिम्सिनालाई दोसल्ला ओढाउदै कदर पत्र र ट्रफिद्धारा नगर प्रमुख खगेन्द्र राई, उपप्रमुख रिताकुमारी चौधरी लगायत अतिथिहरुद्धारा  सम्मानित भएका छन् । त्यसैगरी १३ औ दक्षिण एशियालि साग खेलकुद प्रशिक्षकहरु  ह्याण्डवलका विन्दा थापा र कवडीका पार्वती राई र ह्याण्ड...