Friday, August 7News That Matters

Month: ७ वर्ष अगाडि

माछा मार्न हिडेकी महिला मृत अवस्थामा

माछा मार्न हिडेकी महिला मृत अवस्थामा

Breaking News 1, समाचार
गाईघाट/पुष,२७ माछा मार्ने भन्दै हिडेकी त्रियुगा नगरपालिका १२ बस्ने सुन्तली बोटे आइतवार त्रियुगा र बरुवा खोलाको दोवानमा मृत अवस्थामा फेला परेकी छिन् । लाल बहादुर बोटेको श्रीमती अन्दाजी ३३ बर्षकी सुन्तली बोटे मृत अवस्थामा फेला परेकी थिइन । शुक्रबार १० बजेको समयतिर माछा मार्न भनी हिडेकी बोटे साँझ बेलुका सम्म घर नआएपछि खोजतलास गर्ने क्रममा आइतवार खोलाको दोवानमा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय उदयपरले बताए । उक्त लासलाई पोष्टमाटमको लागि जिल्ला अस्पताल लगिएको प्रहरीले बताएको छ । महिला अत्यादिक चिसोको कारण मरेको हुन सक्ने अनुसन्धानले देखाएको छ । महिलाको अन्य कुनै पनि चोटपटक नभएको प्रहरीले बताएको छ ।  ...
स्थानीय तहको सिकाई अभ्यास कार्यशाला सुरु

स्थानीय तहको सिकाई अभ्यास कार्यशाला सुरु

समाचार
उदयपुर, पुस २६ गते । उदयपुरमा स्थानीय कानुन तर्जूमा तथा सभा संचालन सिकाई अभ्यास कार्यशाला सुरु भएको छ । रौतामाई, ताप्लि, लिम्चुङ्बुङ र उदयपुरगढी गाउँपालिकाको आयोजनामा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल प्रदेश कार्य समिति १ न. प्रदेशको संयोजनमा दुई दिने शनिबारदेखि कार्यशाला सुरु भएको हो । स्थानीय सरकार संचालन गर्नका लागि आवश्यक कानुन निर्माण गर्न, सभा संचालन लगायतका सिकाई र अभ्यासको लागि कार्यशाला गरेको पालिकाहरुले जनाएको छ । प्रमुख अतिथि १ नं प्रदेश सभा सदस्य नारायणबहादुर बुर्जा मगर, विशेष अतिथि गाउँपालिका राष्ट्रिय महासंघ १ नं प्रदेश कार्यसमितिका अध्यक्ष र अन्य अतिथिहरुको आतिथ्यतामा कार्यक्रम भएको थियो ।...
बाटोको रेलिङ भाचिएर १ जनाको मृत्यु

बाटोको रेलिङ भाचिएर १ जनाको मृत्यु

समाचार
सोलुखुम्बु, पुस २६ गते । सोलुखुम्बुको खुम्बुपासाङल्हमुमा बाटोमा राखेको काठको रेलिङ भाँचिएर एक जनाको मृत्यु भएको छ । खुम्बुपासाङल्हमु गाउँपालिका–४ सनासा र फोत्र्सेको बाटोमा लगाएका रेलिङ भाचिएर तल झर्दा पाल्देन शेर्पाको मृत्यु भएको हो । नाम्चे हाट गएर घर फर्कने क्रममा वाटोको किनारामा लागाएको काठको रेलिङ समाउदै हिड्ने क्रममा रेलिङ भाचिएर बाटोबाट करिब एक सय मिटर तल शुक्रबार दिउँसो पौने ३ बजे सखेर स्थानीय फोत्र्से ठागा निबासी ४० वर्षीय शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ । रेलिङबाट खसेर घाईते भएका शेर्पालाई उपचारको लागी खुन्दे अस्पताल खुम्जुङ पु¥याउना साथ डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सोलिखुम्बुले जनाएको छ ।...
टेलर दुर्घटनामा सहचालकको मृत्यु

टेलर दुर्घटनामा सहचालकको मृत्यु

समाचार
धनकुटा, पुस २६ गते । धनकुटाको चौबिसेमा टेलर दुर्घटना हुदा सहचाकलको मृत्यु भएको छ । चौविसे गाउँपालिक–८ एसपीमोर्ड स्थित भेडेटार बुधबारे सडक खण्डमा दुर्घटना हुँदा सहचालक राजकुमार राईको मृत्यु भएको हो । ना.७ ख. ७९१७ नम्बरको टेलरमा स्काईभेटर लोड गरी राजारानी धनकुटाबाट  छ नम्बर बुधबारे जादै गरेको ट्रनिङ मोर्डने क्रममा बिहान साढे १० बजे टेलर अनियन्त्रित भई सडकको छेऊमा पल्टिदा ३५ वर्षीय सहचालक राईलाई सोही टेलरले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टेलर चालक प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय राजारानीले जनाएको छ ।...
टिपरको ठक्करबाट १ जनाको मृत्यु

टिपरको ठक्करबाट १ जनाको मृत्यु

समाचार
झापा, पुस २६ गते । झापाको दमकमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका–४ कृष्ण मन्दिर अगाडी पूर्व पश्चिम राजमार्गमा टिपरको ठक्करबाट तुलसा गौतमको मृत्यु भएको हो । पूर्वबाट पस्चिम तर्फ आउँदै गरेको मे १ क ६४९ नम्बरको  टिपरले बिहान साढे ६ बजे स्थानीय ६९ वर्षीयी गौतमलाई ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर र टिपर चालक प्रहरी नियन्त्रणमा राहेको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।...
सवारी दुर्घटनामा एक जनाको मृत्यु

सवारी दुर्घटनामा एक जनाको मृत्यु

समाचार
झापा, पुस २६ गते । झापामा ट्रकले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–७ ईटाभट्टा चोकमा ट्रकले ठक्कर दिदा रामप्रसाद यादवको घटनास्थलमै मृत्यु भएको हो । पश्चिमबाट पुर्ब तर्फ आउँदै गरेको मे ४ प ९३१३ नंबरको मोटरसाईकललाई युपी २५ डी १६९३ नम्बरको ट्रकले गतराती पौने १० बजे ठक्कर दिदा मोटरसाईकल चालक बारा काँकडी–७ निबासी ४० वर्षीय यादबको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र ट्रक चालक भारतको मधुबनी जिल्ला निबासी ४८ वर्षीय नरेश कुमार यादब ईलाका प्रहरी कार्यालय काँकडभिट्टाको नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
महिला जनजागृति सहकारीको २१ औँ साधारण सभा सम्पन्न

महिला जनजागृति सहकारीको २१ औँ साधारण सभा सम्पन्न

आर्थिक, समाचार
उदयपुर, पुस २६ गते । उदयपुरमा श्री मलिा जनजागृति सहकारीको २१ औँ बार्षीक साधारण सभा सम्पन्न भएको छ । त्रियुगा नगरपालिका–११ गाईघाटको श्री महिला जनजागृति बचत तथा ऋण सहकारी सस्था लिमिटेडको साधारण सभा शनिबारी भब्यताकासाथ सम्पन्न भएको हो । वार्षीक साधारण सभामा असल कर्जा असुली तर्फ अन्जुकुमारी मुक्तान र युनिर्भर्सल रिर्सोटलाई सम्मानपत्र साथ सम्मान गरिउको थियो । त्यस्तै नियमित तथा असल बचत तर्फका मेडलाईफ फार्मेसी र अशोककुमार झा र उत्कृष्ठ कर्मचारी ईश्वर पोखरेल र योगन्द्र श्रेष्ठलाई सम्मानपत्रका साथ सम्मान गरिएको सहकारीले जनाएको छ  । सहकारीको आर्थीक वर्ष २०७५/०७६ मा शेयर पुँजी १७ लाख २२ हजार तीन सय रहेको थियो भने चालु आव २०७६/०७७मा ३० लाख पु¥याउने लक्ष्य राखिएको छ । त्यस्तै निपेक्ष संकलन ५ करोड १३ लाख ८८ हजार चार सय ११ रुपैया रहेको थियो भने १५ करोड ५० लाख पु¥याउने लक्ष्य लिएको छ । निक्षेप फ...
किराँत राज्यका दरवार तथा गढीे घुम्दै राई

किराँत राज्यका दरवार तथा गढीे घुम्दै राई

मनोरञ्जन, समाचार
उदयपुर, पुस २६ गते ।  भोजपुरका किवाङ्हाङ राई यति बेला ऐतिहासिक किराँत राज्यका दरबार तथा गढीहरु घुम्दै हिड्नु भएको छ । हतुवागढी गाउँपालिका–३ माक्साहुत सिन्द्राङ निबासी राईले किरात सभ्यता र तत्कालीन किरात राज्यहरुका दरवार तथा गढीहरुको प्रत्यक्ष अवलोकन तथा अध्ययन गर्दै हिड्नु भएको हो । एसिया र युरोपका जुन सुकै राष्ट्रका मंगोलहरु सुम्निमा पारुहाङका सन्तान भएको राईले दावी गर्नु भएको छ । राईले भन्नुभयो “तयामा कियामाको कथाले मानव ईतिहासमा पहिलो कपडा बुन्न सिकाउने किराँती नै हो ।, विश्वका सभ्यताहरु मध्ये एक पुरानो किराँत सभ्या पनि हो । १ न. प्रदेशको नाम किराँत प्रदेश नामाकरण गर्नु पर्दछ । किन कि किराँत एउटा सभ्यता भएकाले सवैलाई समेट्ने भएकाले किराँत प्रदेश नामाकरण गर्नु पर्ने राईले बताउनुभयो । किराँतीहरु आदीबासी  हो । तर अहिले राज्यले जनजाती बनाईएको उहाले बताउनुभयो । पहिचान, प्रतिनिधित...
हराएका कार्की मृत फेला

हराएका कार्की मृत फेला

समाचार
खोटाङ, पुस २५ गते । हराएका खोटाङ हलेसीका युवराज कार्की मृत फेला परेको छ । हलेसी तुवाचुङ लुलेमाबेशी–१ निबासी ४६ वर्षीय कार्की विहिबार दिउँसो साढे ५ बजे मृत अवस्थामा फेला पारेको हो । गत पुस ८ गते घरबाट हराई बेपत्ता भएका कार्कीलाई आफन्तले खोजी गर्ने क्रममा डुम्रेलिलिमावेसी स्थित दुधकोशी नदिमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।...
पिकअप दुर्घटनामा १ जनाको मृत्यु

पिकअप दुर्घटनामा १ जनाको मृत्यु

समाचार
ताप्लेजुङ, पुस २५ गते । ताप्लेजुङको मिक्वाखोलामा पिकअप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । गतसाँझ ६ बजे पिकअप दुर्घटना हुदा मिक्वाखोला गाउँपालिका–२ निबासी ३५ वर्षीय पवित्रा थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । सदरमुकामबाट लिवाङ तर्फ जादै गरेको मे १ च ६६०६ नम्बरको पिकअप गाडी ट्रनिङ काट्ने क्रममा एक्कासी सडकदेखि करिब ५० मिटर तल खसेर दुर्घटना हुदा थापाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पिकअप चालक दिपक थापा गम्भिर घाईते भएकाले उनको विएण्डसी अस्पताल विर्तामोडमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।...