Friday, August 7News That Matters

Month: ७ वर्ष अगाडि

पुस महिनाको सर्वश्रेष्ठ प्रहरीमा २ असई

पुस महिनाको सर्वश्रेष्ठ प्रहरीमा २ असई

समाचार
बिराटनगर, माघ ७ गते ।  प्रत्येक महिना सर्वश्रेष्ठ पुलिस घोषणा गर्दै आएका १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले पुस महिनामा दुई जना प्रहरी सहायक निरिक्षकलाई सर्वश्रेष्ठ प्रहरी घोषणा गरेको छ । १ न. प्रदेश प्रहरी कार्यालय विराटनगर क्षेत्रीय अनुसन्धान समूह (आरआईटी) मा कार्यरत प्रहरी सहायक निरीक्षक किरण मोक्तान र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक दुर्गापोमु लिम्बुलाई घोषणा गरेको हो । विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ अवैध हातहतियार सहित विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरीक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

आर्थिक, समाचार
माघ ७ गते ।  आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ । सुन बढेरर तोलको ७५ हजार तीन सय रुपैयाँ पुगेको हो । सुन सोमबार र आइतबार तोलाको ७५ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर तोलाको ७५ हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी तोलामा पाँच रुपैयाँ बढेर आठ सय ९५ रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।...
लिम्चुङबुङमा नयाँ प्रशासकीय अधिकृत

लिम्चुङबुङमा नयाँ प्रशासकीय अधिकृत

समाचार
दिनेश राई जाँते, माघ ७ गते लिम्चुङबुङ गाउँपालिकामा नयाँ प्रमूख प्रशासकीय अधिकृत टारजन लिम्बुको आगमन भएको छ । प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईको गत महिना अध्यागमन विभागमा सरुवा भएपछि लिम्बु लिम्चुङबुङ आएका हुन । सिन्धुली जिल्लाको मरिण गाउँपालिकाबाट सरुवा भएर आएका लिम्बुलाई गाउँपालिका अध्यक्ष मेजर कुमार राईले बिशेष कार्यक्रम आयोजना गरी भव्य स्वागत गरेका छन् । स्वागत कार्यक्रममा बोल्दै राईले –‘निवर्तमान प्रमूख प्रशासकीय अधिकृत भक्तबहादुर राईको योगदानले पालिका यहासम्म आउन सफल भएको स्मरण गर्दै उक्त जिम्मेवारी तपाईको काँधमा आएको छ, त्यसैले समन्वय र सहकार्य गरेर सेवा प्रबाह गर्न नवनियुक्त लिम्बुलाई आग्रह गरेका छन् ।’ त्यसैगरी, नवनियुक्त लिम्बुले पदभार ग्रहण गर्दै विगतमा अघि सारिएका नीति तथा कार्यक्रमहरुलाई निरन्तरता दिदै अबका दिनमा जनतालक्षित सेवा प्रबाह गर्ने लक्ष्य रहेको बताए । ...
ओली र मोदिले गरे ‘स्विच’ थिचेर आईसीपीको उद्घाटन

ओली र मोदिले गरे ‘स्विच’ थिचेर आईसीपीको उद्घाटन

समाचार
माघ ७ गते ।  १ न. प्रदेशको विराटनगरका भेडियारीमा निर्माण भएको एकिकृत चेक पोष्ट (आईसीपी)को उद्घाटन भएको छ । विराटनगर महानगरपालिकाको भेडियारीमा नेपाल–भारतको संयुक्त लगानीमा निर्माण भएको आईसीपीको नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय प्रभानमन्त्री नरेन्द्र मोदीले मंगलबार संयुक्तरुपमा उद्घाटन गरेको हो । प्रधानमन्त्री ओलीले काठमाण्डौ र नरेन्द्र मोदीले दिल्लीबाट भिडियोमार्फत् आईसीपीको बिहान ११ बजे ‘स्वीच अन’ गरेर आईसीपीको उद्घाटन गरेको थियो ।  आयात तथा निर्यात पारवहन सहज बनाउन निर्माण गरिएका आईसीपी सञ्चालनका लागि तयार भइसकेको छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका छन् । सन् २०१७ मा भारतको गुजरात राज्यको दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकन प्रालीले आईसीपीको निर्माणको ठेक्का पाएसँगै काम सुरु भएको थियो । एक ...
कोरोना भाईरसको प्रकोप

कोरोना भाईरसको प्रकोप

समाचार, स्वास्थ्य
माघ ७ गते । पछिल्लो समय चीनमा फैलिइरहेको कोरोना भाइरस मानिसबाट मानिस सर्न सक्ने अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरस प्रकोपकै कारण चिनमा चार जनाको गएको छ । चिनको मुख्य सहर बेइजिङ र शङ्घाईमा दुई सय जना भन्दा बढी मानिसमा यसको सङ्क्रमण देखा परेको छ । कोरोना भाईरसको प्रकोप रहेको ठाउँ वुहान शहरका एक जना जेष्ठनागरिकको कोरोना भाइरसबाट ज्यान गएको जनाईएको छ । यी व्यक्तिमा निमोनियाको लक्षण देखिएको अधिकारीहरुले जनाएका छन्् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले चीनको गुवाङ्गदोङ्ग प्रान्तमा सङ्क्रमणको दुई वटा घटना मानिस–मानिसबीच प्रसारणको कारण भएको पुष्टि गरेको थियो । यस भाइरसबाट विरामी भएकाहरुलाई छुट्टा छुट्टै ठाउँमा राखेर उपचार गरीरहेको छ । यो भाइरस अहिलेसम्म चार एसियाली देशमा देखिएको छ । श्वासप्रश्वास सम्बन्धी समस्याको कारण बन्ने यो भाइरस जापान र थाइल्याण्डपछि दक्षिण कोरिया पनि पुगिसकेको ...
आज विदेशी मुद्राको भाउ घटबढ

आज विदेशी मुद्राको भाउ घटबढ

आर्थिक, समाचार
माघ ७ गते ।  आज विदेशी मुद्राको भाउ केहि घटबढ भएको छ । मंगलबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ७ पैसा तोकेको छ । हिजो खरिददर १ सय १३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ४ पैसा रहेको थियो । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४० पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २४ पैसा थियो । ओमानी रियाल १ को खरिददर २ सय ९५ रुपैयाँ ९ पैसा रहेको छ । हिजो खरिददर २ सय ९४ रुपैयाँ ८५ पैसा रहेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६ पैसा तोकेको छ । हिजो खरिददर ३० रुप...
मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

समाचार
मोरङ, माघ ७ गते । झापा अर्जुनधारामा मोटरसाईकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका–५ निबासी ५४ बर्षीय पशुपति भट्टराईको मृत्यु भएको हो । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत बेलबारी–४ बेतनामा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ३ प ४०९७ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको को १ ज ३७६४ नम्बरको म्याजिक एक आपसमा ठोक्किदा मोटरसाईकल चालक भट्टराई र पछाडी सवार उनको श्रीमती लक्ष्मी भट्टराई घाईते भएको प्रहरील जनाएको छ । घाईते दुबै जनालाई उपचारको लागी बिराटनगरका न्यूरो अस्पताल पठाईएकोमा उपचारको क्रममा पशुपतिको बेलुका साँढे ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । लक्ष्मीको उपचार भईरहेको छ भने  म्याजिक र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।...
लागुऔषधसहित वडा सदस्य पक्राउ

लागुऔषधसहित वडा सदस्य पक्राउ

समाचार
माघ ७ गते ।  बाजुराको बडिमालिका नगरपालिकाका एक वडा सदस्य लागु औषध चरेससति पक्राउ परेको छ । बडिमालिका नगरपालिका–३ का वडा सदस्य श्यामबहादुर खड्का वडा न. ९ को गैरी बजारबाट पक्राउ परेको हो । डेढ किलो चरेससहित वडा सदसय ४० वर्षीय खड्का र गौमुल गाउँपालिका–१ निबासी हाल मार्तडीमा होटल व्यावसाय गर्दै आएका देवबहादुर रोकाया पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरी गस्ती टोलीले बजारबाट कालो झोलामा लुकाई छिपाई चरेस लिएर भाग्दै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
मृत्यु दाबीको रकम हस्तान्तरण

मृत्यु दाबीको रकम हस्तान्तरण

समाचार
आशिष वस्नेत कटारी/माघ ६ गते ।  कटारीमा प्राईम लाईफ ईन्स्युरेन्सले मृत्यु दावीको रकम हस्तान्तरण गरेको छ । कटारी नगरपालिका–३ निबासी विनिता राजवंशीलाई प्राईम लाईफ ईन्स्योरेन्स कम्पनीे कटारी शाखाले मृत्यु दावीको रकम सोमबार हस्तान्तरण गरेको हो । राजवंशीले प्राईम लाईफ ईन्स्युरेन्समा ५ लाखको विमा गरेको थियो । विमा गरेको एक वर्ष नवित्दै उनको मृत्यु भएपछी मृत्यु दावी रकम भुक्तानी दिएको शाखा कटारीका शाखा प्रमुख भिमराज खड्काले बताए । गत साउनमा विनिताको मृत्यु भएपछी उनका हकवाला श्रीमान बुद्धिबहादुर राजवंशीलाई ५ लाख २२ हजारको दावी रकम बराबरको चेक हस्तान्तरण गरेको उनले बताए । ईन्स्योरेन्स कम्पनीले कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, ईलाका प्रशासन कार्यालय कटारीका प्रमुख सुनिल पौडेल लगायतको उपस्थितिमा रकम हस्तान्तरण गरेको थियो ।...
क्रसरमा फेला परेको शंखास्पद वस्तु सेनाद्धारा डिस्पोज

क्रसरमा फेला परेको शंखास्पद वस्तु सेनाद्धारा डिस्पोज

समाचार
उदयपुर, माघ ६ गते । कटारीको एक क्रसरमा फेला परेका दुई वटा शंखास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । कटारी नगरपालिका–६ सागुरीमा रहेको क्रसर उद्योग कम्पाउण्ड भित्र रहेको स्काईभेटर र क्रसरको रोलर मुनी फेला परेको शंखास्पद वस्तु सेनाले डिस्पोज गरेको हो । विहान करिब ९ बजे संखास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेको थियो । संखास्पद वस्तु भएको जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय कटारी र शसस्त्र बेस क्याम्प कटारीबाट खटेका सुरक्षाकर्मीले घटना स्थल सुरक्षित राखेको थियो । रोलर मुनी लाईलनको झोला भित्र र चेन माथी जेब्रा झोला भित्र राखेका शंखास्पद वस्तु प्रेसर कुकर भएको प्रहरीले जनाएको छ । लामा शर्मा जेभी कन्ट्रक्सनको क्रसर हाल राजेश कार्कीले संचालन गर्दै आएको क्रसरको  ना १ क २७६० नम्बरको स्काईभेटरको चेन माथी र क्रसरको रोलर मुनी दुई ठाउँमा राखेका शंखास्पद वस्तु रण शार्दुल गण सुरक्षा पोष्ट...