Friday, August 7News That Matters

Month: ७ वर्ष अगाडि

बरुवा क्याम्पसको आफ्नै भवनमा अध्यापन सुरु

बरुवा क्याम्पसको आफ्नै भवनमा अध्यापन सुरु

शिक्षा, समाचार
गाईघाट/माघ, ८ बरुवा क्याम्पसले औपचारिक रुपमा आफ्नै भवनबाट अध्यान सुरु गराएको छ । त्रियुगा नगरपालिका १२ शान्तिधाम स्थित क्याम्पसले  आफ्नो भवन निर्माण गरेको छ । बरुवा क्याम्पसले आयोजना गरेको उद्घाटन कार्यक्रममा बुधबार नगर प्रमुख बलदेव चौधरीले भवनको उद्घाटन गर्नुभयो । २०७६ मंसिर ६ गते बाटै अनौपचारिक रुपमा अध्यान सुरु गराए पनि २०७६ माघ ८ गते बुधबार भवनको उद्घाटन गर्दै औपचारिक अध्यानको सुरु गरिएको हो । २०६६ सालदेखि त्रियुगा नमुना माविको भवनमा अध्यापन गराउँदै आएका बरुवा क्याम्पसले अहिले आफ्नै भवन तयार गरी अध्यान सुरु गराएको क्याम्पस प्रमुख भिम बहादुर खड्काले बताउनु भयो । खड्काले अहिले तत्काल व्यवस्थापन र शिक्षा गरी २  शंकायमा अध्यान सुरु गराईएको जनाउनु भयो । खड्काको अनुसार आवश्यकता अनुसार अन्य शंकायहरुलाई पनि थप गर्न सकिने बताउनु भयो । क्याम्पसमा स्नातक तहको पहिलो देखी चौथो सम्म अध्यान गराउ...
सशस्त्र प्रहरीद्धारा ५० केजी गाँजा बरामद

सशस्त्र प्रहरीद्धारा ५० केजी गाँजा बरामद

समाचार
उदयपुर, माघ ८ गते । उदयपुरमा सशस्त्र प्रहरीले ठूलो परिणाममा अवैध लागुऔषध बरामद गरेको छ । उदयपुरगढी गाउँपालिका–७ कोलटे स्थित उदयपुर र सप्तरी जिल्लाको सिमानाबाट ५० केजी गाँजा बरामद गरेको हो । प्रहरीले बुधबार पत्रकार सम्मेलन गर्दै गतराती करिब २ बजे बरामद गरेको दुई बोराका ५० केजी गाँजा सार्वजनिक गरेको थियो । उदयपुरबाट सप्तरी तर्फ अवैध रुपमा गाँजा ओसारपासार गरिरहेको भन्ने विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी टोलीले जंगलबाट बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल ५ न. गण उदयपुरका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक (एसपी) गाहरधन राईले बताए । ओसार पसार गर्दै गरेका चार पाँच जनाको समूहले प्रहरीलाई देखेपछि बोकी राखेको गाँजा छोडेर भागेको प्रहरीले जनाएको छ । पछिल्लो समय सशस्त्र प्रहरीको सक्रियतामा ठूलो परिणाममा लागुऔषध बरामद गर्दै आएको छ ।...
लागुऔषध सहित ३ जना पक्राउ

लागुऔषध सहित ३ जना पक्राउ

समाचार
झापा, माघ ८ गते । झापाको विर्तामोडबाट लागु औषधसहित तीन जना पक्राउ परेका छन् । विर्तामोड नगरपालिका–३ को एक होटलबाट ब्राउन सुगर सहित मंगलबार पक्राउ परेका हुन् । होटलबाट मेची नगरपालिका–१३ निबासी २१ वर्षीया रोषनी तामाङ, २३ वर्षीय विवेक तामलिङ सुब्बा र सिन्धुपाल्चोकका २० वर्षीय राजेन्द्र शिवाकोटीको साथबाट १६ ग्राम ब्राउन सुगरसहित मंगलबार दिउँसो ३ बजे पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनामाथी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।  ...
कोरोना भाईरसको प्रकोप बढ्दो, अमेरिकामा ६ जनाको मृत्यु

कोरोना भाईरसको प्रकोप बढ्दो, अमेरिकामा ६ जनाको मृत्यु

समाचार, स्वास्थ्य
माघ ८ गते ।  चिनमा फैलिएको कोरोना भाईरसबाट अमेरीकामा पनि छ जनाको मृत्यु भएको छ । सिएटल शहरमा कोरोना भाइरको घटना पहिलो पटक दर्ता भएको अमेरीकाले जनाएको छ । अमेरीकामा कोरोना भाईरसको संक्रमणबाट मृत्यु हुनेको उमेर ३० देखि ३५ रहेको छ  भने उनीहरु चीनको वुहानबाट अमेरिका आएको अधिकारीहरुले बताएका छन् । भाईरसको प्रकोपलाई विश्व स्वास्थ्य सङ्गठनले गम्भीरताकासाथ हेर्दै आपतकालीन बैठक बोलाएको छ । यसअघि जापान, थाइल्याण्ड र दक्षिण कोरियामा पनि यो भाइरसको सङ्क्रमण देखिएको अधिकारीले जनाएका थिए ।  यो भाइरस मानिसबाट मानिसमा पनि सर्न सक्ने चिकित्सकहरुले बताएका छन् ।...
एकदिवसीय सिरीजको कप्तनमा क्विन्टन डी कक

एकदिवसीय सिरीजको कप्तनमा क्विन्टन डी कक

खेलकुद, समाचार
माघ ८ गते ।  दक्षिण अफ्रिकाको एकदिवसीय सिरीजका लागि क्विन्टन डी कक कप्तान नियुक्त भएको छ । फाफ डु प्लेसीलाई पछि पार्दै डी कक नयाँ कप्तामा बनेको हो । कप्तानीमा इङ्ग्ल्याण्डविरुद्धको सिरिजका लागि टिम घोषणा गरिएको छ । फाफ डु प्लेसीलाई इङ्ग्ल्याण्डविरुद्धको सिरिज बाहिर राखिएको छ । टिममा नयाँ लुथो सिम्पाला, कायल वेरिएन, सिसान्डा मगला, जानमेन मलनार र बिजोर्न फर्चुइन रहेका छन् । यस्तै कागिसो रबाडा गरी पाँच जनाले स्थान पाएका हुन् । तबरेज शम्सी, लुङ्गी एन्गिडी, जोन जोन स्मट्सले टिममा स्थान पक्का गरेपनि उनीहरुले पहिला फिटनेस टेस्ट पास गर्नुपर्ने छ ।...
तेस्रो मेयर कप फुटबल प्रतियोगीता सुरु

तेस्रो मेयर कप फुटबल प्रतियोगीता सुरु

समाचार
जयराम पूर्वछाने मगर बेलाका/माघ ७ गते । उदयपुरको बेलका नगरपालिकामा तेस्रो मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । बेनपा–४ को सुनाखरि क्लव मैदानमा मंगलबारदेखि सुरु भएको प्रतियोगीता आगामी १३ गतेसम्म सैचलान हुने हो । बेलका नगरपालिका युवा तथा खेलकुद विकास समितिकि अध्यक्ष सीता राई र नगरका कार्यवाहक मेयर ८  नम्बरका वडा अध्यक्ष जयकुमार राईले संयुक्त रुपमा प्रतियोगीताको उद्घाटन गरेको थियो । बेनपा–५  र ८ नम्बर वडा विचको उद्घाटन खेलमा ५ नम्बर वडाले जित हात पारेको छ । निर्धारीत समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राई बेकरमा गएको थियो । ८ नम्बरलाई ट्राई ब्रेकरमा ४–५ गोलले पछि पार्दै जित हात पारेको हो । बेनपा–८ का वडाध्यक्ष तथा नगरका कार्यवाहक मेयर राईले खेलकुदले व्यक्तिका शारिरिक र मानसिक अवस्थामा सन्तुलन गर्ने बताएका छन् । त्यस्तै बेनपा–४ का वडाध्यक्ष दिपक दङगालले युवामा खेलकुद प्रती ...
मर्छ भन्दै फर्काएको  बिरामी सुधार हुदै गयाे, थप उपचार खर्चकाे अभाव

मर्छ भन्दै फर्काएको बिरामी सुधार हुदै गयाे, थप उपचार खर्चकाे अभाव

समाचार, स्वास्थ्य
उदयपुर, माघ ७ गते आगोले शरिरको ४५ प्रतिशत जलेको उदयपुरका एक बिरामीलाई काडमाण्डोको किर्तिपुर हस्पिटलले घर फर्कायो । एक हप्ता भित्रै बिरामी मर्ने कुराको संकेत सहित बिरामीलाई घर पर्कायो । एक प्रतिष्ठित अस्पतालले हप्तादिन भित्रमै छोरा मर्ने कुरा सुनाएपछि विरामीको परिवार निरास हुदै घर पर्किए । उदयपुरको रौतामाई गाउँपालिका ३ लाफागाउँका १८ वर्षिय युवा हेमबहादुर पाठकलाई किर्तिपुरले फर्काई दिएपछि मरेपनि अस्पतालमै मरोस् भन्दै परिवारले पुस २८ गते घरको सट्टा जिल्ला अस्पताल उदयपुरमा भर्ना गराए । सास रहुन्जेल आश रहने भन्दै बिरामीकको परिवारले जर्वजस्ति जिल्ला हस्पिटल उदयपुरमा सामान्य भएपनि उपचारको लागि अनुरोध गरे । बिरामीको अवस्था नाजुक भएपनि हस्पिटलले अफुले सक्ने उपचार गर्ने भन्दै बिरामीको भर्ना लिए ।परिवारको अुनरोधमा अस्पतालले राखेको विरामीलाई अस्पतालले राम्रो हेरचाह, ड्रेसिङ तथा सक्दो उपचार गरेप...
बाढी पुनर्लाभ परियोजना बारे समन्वय बैंठक

बाढी पुनर्लाभ परियोजना बारे समन्वय बैंठक

समाचार
उदयपुर, माघ ७ गते । उदयपुरको चार पालिकामा बाढि पिडितहरुलाई थप सहयोग पुर्याउने उद्देश्यले सञ्चालन भएको नेपाल बाढी पुुनर्लाभ परियोजनाबारे समन्वय बैंठक मंगलबार गाईघाटमा भएको छ । जाल्पा एकिकृत विकास समाजले सञ्चालन गर्ने परियोजनाबारे जिल्लास्थित सरोकारवालाहरुबीच समन्वय बैंठक भएको हो । बैंठकमा संस्थाले जिल्लाको उदयपुरगडी, ताप्ली, रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकामा परियोजना सञ्चालित छ । परियोजना अन्तर्गत सिचाई कुलो सफाई, मर्मत गर्ने, सडक मर्मत गर्ने,  हाटबजार सुधार तथा मर्मत, विद्यालय पर्खाल मर्मत, गाउँघर क्लिनिक भवन मर्मत जस्ता १७ वटा योजनाहरु रहेका छन् । जसमध्ये तीनवटा सम्पन्न भईसकेको जनाइएको छ ।  ४७ घरलाई बाख्रा वितरण रहेको छ । साथै विउ विजन वितरण पनि रहेको छ । वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा भएको बैंठकमा जिल्ला समन्वय प्रमुख खड्गबहादुर परियार, उपप्रमुख गंगा राई, जिल्...
कुटपिटबाट १ जनाको मृत्यु

कुटपिटबाट १ जनाको मृत्यु

समाचार
उदयपुर, माघ ७ गते । उदयपुरको कटारीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । कटारी नगरपालिका–१० राम्चेका ६६ बर्षीय बलबहादुर सुनुवारको मृत्यु भएको हो । स्थानीय ४४ बर्षीय केबल बहादुर सुनुवार र मृतक विच सोमवार राती ९ बजे बादबिबाद भई कुटपिट हुँदा बलबहादुर घाईते भएको प्रहरीले जनाएको छ । घाईते भएका बलबाहादुरको कटारी अस्पतालमा उपचारको क्रममा मंगलबार दिउँसो २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिट गर्ने केबल बहादुरलाई ईलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
प्रदेश लेखा इकाई कार्यलय उदयपुरको भवन उद्घाटन

प्रदेश लेखा इकाई कार्यलय उदयपुरको भवन उद्घाटन

आर्थिक, समाचार
उदयपुर/ माघ ७ गते  उदयपुरमा प्रदेश लेखा इकाई कार्यलयको भवन मंगलबार उद्घाटन भएको छ । कोष तथा लेखा नियन्त्रण बाट भईरहेको आर्थिक भुक्तानि  र प्रतिवेदनको कामलाई छिटो छरितो र सरल बनाउन सम्बन्धित कार्यलय स्थापना भएको हो । बिनियोजित बजेट भुक्तानी सँग बिषेश काम गर्ने यस कार्यलयले कार्यलयबाट आफ्नो काम पारदर्शीका साथ अगाडी बढाइसकिएको कार्यालय प्रमुख लेखा नियन्त्रक जीवन राजभण्डारीले बताउनुभयो । भण्डारीले आउने सेवाग्रागिहरुलाई सरल, र सहज तरिका बाट काम थालनी गरेको बताउनुभयो । प्रदेश संघीय सरकारबाट १ नम्बर प्रदेश अन्तर्गत उदयपुरमा विनियोजित बजेटको भुक्तानी र प्रतिवेदन गर्नेसम्मको अधिकार र जिम्मेवारीका साथ स्थापना भएको कार्यालयले सेवाग्राहीलाई चुस्त, दुरुस्त, पारदर्शी र छिटोछरितो ढंगले सेवा दिने लक्ष लिएको भण्डारीले बताउनुभयो । प्रदेश सांसदहरु विमल कार्की, हिमाल कार्की र अम्बिका थापाले भवनको उद्...