Thursday, August 6News That Matters

Month: ७ वर्ष अगाडि

सगरमाथा नमुना विद्यालयको नमुना काम

सगरमाथा नमुना विद्यालयको नमुना काम

शिक्षा, समाचार
पूर्णपुष्टि, माघ १६ गते । २१ औ वार्षिक उत्सबका साथ सरस्ती पूजा मनाएको उदयपुरको गाईघाट स्थित सगरमाथा मोडेल स्कूलले विद्यालयमा पढेर प्रगति देखाएका विद्यार्थी तथा उत्कृष्ठ शिक्षक, अभिभावकलाई सम्मान तथा पुरस्कृत गरेको छ । विद्यालयले २०७२ सालमा एसइइ पास गरेर एमविविएस्मा सतप्रतिशत छात्राबृत्तिमा नाम निकाल्न सफल एकै घरका दिदीभाइ अस्मिता खतिवडा र शेखर खतिवडालाई सम्मान गरिएको हो । बुवा शैलेन्द्र खतिवडा र आमा गायत्रा दाहालका साथ दिदीभाइलाई कार्यक्रमकी प्रमुख अतिथि त्रियुगा नगरपालिकाकी उपमेयर देवीकुमारी चौधरी र प्रधानाध्यापक पुरुषोत्तम सापकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकास पौडेल, सदस्य रमेश आचार्य लगायत विद्यालय परिवारले सम्मान गरेको हो । कदरपत्रका साथ खादा ओढाई उनीहरुलाई सम्मान गरिएको थियो । एकैघरका दिदीभाइले एमविविएस जस्तो ठूलो धनरासी लाग्ने चिकित्सा शिक्षामा सतप्रतिशत छात्राबृत्ति...
दलित मानसिकता बाटै हटाउनु पर्छ

दलित मानसिकता बाटै हटाउनु पर्छ

समाचार
गाईघाट/माघ, १५  नेपालमा दलित नभई नेपालीहरु मात्रै रहेको एक कार्यक्रमा बताइएको छ । बुधबार नेपाल दलित महिला संघ उदयपुरले गाईघाटमा आयोजना गरेको दलित महिलाहरुको मानव अधिकार सुदृढीकरणको परिचयात्मक कार्यक्रमा यस्तो बताइएको हो । जनप्रतिनिधि, दलित महिला, मानव अधिकारकर्मि, दलित महिला वडा सदस्यलगाएत सँगको कार्यक्रममा जनप्रतिनिधिहरुले बोल्दै यस्तो बताएको हो । मान्छे सबै एउटै हुन् दलित कुनै परको मान्छे नभई यहि धर्तिमा अरु साधारण मानव जस्तै उत्पति भएको मानव हो मात्रै हाम्रो मानसिकतामा दलित बसेको छ । दलित तथा गैर दलित सबैले दलित शब्द सोँच मानसिकता बाट तत्काल हटाए जातिय भेदभावको अन्त्य हुने कार्यक्रममा छलफल भएको छ । नेपालमा महिला हिंसामा पनि दलितहरु झनै हिंसामा पर्ने गरेको कार्यक्रममा बताइएको छ । यस प्रबृद्धिलाई कसरी नियाल्ने यसको कानुन कार्वाही दलित महिलाहरुलाई स्वतन्त्र जिवनको लागि मानव अधिकार...
लागुऔषधसहित एक जना पक्राउ

लागुऔषधसहित एक जना पक्राउ

समाचार
मोरङ, माघ १५ गते ।  मोरङको लेटाङ–८ जाँतेबाट लागुऔषधसहित एक जना पक्राउ परेको छ । मिक्लाजुङ–५ निबासी २४ बर्षीय कोरेसम राई पक्राउ परेको हो । राईको साथबाट  एक सय चार स्पायस ट्याब्लेट र ९४ रिमाडोल ट्याब्लेट बरामद गरेको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ । पक्राउ परेका राईमाथी कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएका छ ।...
गाँजासहित १ जना पक्राउ

गाँजासहित १ जना पक्राउ

समाचार
झापा,माघ–१५ गते । झापाको कमलमा लागु औषधसहित एक जना पक्राउ परेको छ । कमल गाँउपालिका–१ पाँचगाछी निबासी ६४ बर्षीय अकालु साह पक्राउ परेको हो । साहलाई उनकै घरबाट मंगलबार बेलुका पौने ८ बजे ४ केजी गाँजा सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय झिलझिले ले जनाएको छ । पक्राउ परेका शाहलाई कानुनी कारबाही अगाडी बढाएको प्रहरीले जनाएको छ ।...
बाल्टिनमा डुबेर एक नाबालकको  मृत्यु

बाल्टिनमा डुबेर एक नाबालकको मृत्यु

समाचार
सुनसरी,माघ–१५ गते । सुनसरी हरिनगरामा बाल्टिनमा डुबेर एक नाबालकको मृत्यु भएको छ । हरिनगरा– १ निबासी नौसाद अन्सारीको छोरा  १ बर्षीय नाबालकको डुबेर मृत्यु भएको हो । आफ्नै घरमा खेल्ने क्रममा मंगलबार दिउँसो करिब ५ बजे पानी भरेर राखेको बाल्टिनमा डुबी रहेको अवस्थामा नाबालकलाई फेला पारी उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको भन्ने जानकारी गराएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ तत्काल प्रहरी टोली घटना स्थल पुगेको थियो । घटनाको थप अनुसान्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
आज  सुनचाँदीको भाउ घट्यो

आज सुनचाँदीको भाउ घट्यो

आर्थिक, समाचार
माघ १५ गते ।  आज सुनको भाउ घटेको छ । बुधबार सुन तोलाको चार सय रुपैयाँ घटेको हो । सुन तोलाको चार सय रुपैयाँ घटेर ७५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेको छ । चाँदी तोलाको आठ सय ७० रुपैयाँमा कारोबार भैरहेको संघले जनाएको छ ।  ...
रसुवागढी नाका १५ दिन बन्द हुने

रसुवागढी नाका १५ दिन बन्द हुने

समाचार, संसार
माघ १५ गते ।  नेपाल–चिन रसुवाको रसुवागढी नाका १५ दिनसम्म बन्द हुने भएको छ । रसुवागढी पुलदेखि जिलोङ काउन्टीसम्मको सडक मर्मत सुरु भएकाले नाका बन्द गरिएको हो । चीनको जिलोङ काउन्टीले मङ्गलबार विज्ञप्ति निकालेर बुधबारदेखि राष्ट्रिय राजमार्ग बन्द गर्ने जनाएको छ । नाका बन्द गर्नु पहिला नेपाली र चिनियाँ अधिकारीहरू बीच मङ्गलबार बिहान रसुवागढीमा बैठक बसेको थियो । बैठकले कोरोना भाइरसको सङ्क्रमण रोक्न, केरुङतर्फ जाने सडकमा हिउँ परेको तथा ढुङ्गाहरू खस्ने भएकाले दुर्घटना हुन सक्ने र ल्होसार पर्वको कारण नाका बन्द गर्न लागेको जानकारी दिएको छ ।...
१०८ सरस्वती मन्दिर उद्घाटन

१०८ सरस्वती मन्दिर उद्घाटन

समाचार
उदयपुर, माघ १५ गते । उदयपुरको श्री सगरमाथा आधारभूत विद्यालय (१–८) भूल्केमा निर्माण भएका सरस्वती मन्दिरको उद्घाटन भएको छ । चौदण्डिगढी नगरपालिका–७ भूल्केको सगरमाथा आधारभूत विद्यालयमा स्थानीय केशव अधिकारीले निर्माण गरेको सरस्वती माताको मन्दिर बुधबार १ न. प्रदेश सांसद विमल कार्कीले उद्घाटन गर्नुभएको हो । मन्दिर उद्घाटन गर्दै सांसद कार्कीले आगमी वर्ष यस विद्यालयलाई आवश्यक परेको महत्वपूर्ण आवश्यकतालाई समाधान गर्ने योजना लिएर आउने बताउनुभएको छ । भाविष्यका कर्णधारहरुलाई गुणस्तरीय शिक्षा दिन सकिएन भने समृद्ध नेपाल नबन्ने उहाँले बताउँनुभयो ।नानीहरुको भविष्य उज्वल नबनेसम्म देश र समाजको भविष्य उज्वल नबन्ने सांसद कार्कीले बताउनुभयो । त्यसैले सवैले शैक्षिक क्षेत्रको हेक्का राख्न जरुरी छ । विश्वका उच्च ओहदाका राष्ट्रको दक्ष व्यक्तिहरुसँग प्रतिस्प्रधा गर्न सक्ने क्षमता बनाउन शैक्षिक क्षेत्र मजबुद बन...
आज सबै विदेशी मुद्राको भाउ घट्यो

आज सबै विदेशी मुद्राको भाउ घट्यो

आर्थिक, समाचार
माघ १५ गते ।  आज सबै विदेशी मुद्राको भाउ घटेको छ । बुधबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ४३ पैसा तोकेको छ । हिजो खरिददर १ सय १४ रुपैयाँ र बिक्रीदर १ सय १४ रुपैयाँ ६० पैसा रहेको थियो । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४८  पैसा थियो । ओमानी रियाल १ को खरिददर २ सय ९६ रुपैयाँ १८ पैसा रहेको छ । हिजो यसको खरिददर २ सय ९६ रुपैयाँ ९४ पैसा रहेको थियो । त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा तोकेको छ । हिजो ३१ रुपैयाँ ४...
प्रहरीको फन्दामा ३ पाकेटमार

प्रहरीको फन्दामा ३ पाकेटमार

समाचार
माघ १५ गते ।  बसमा पाकेट मारेर भाग्दै गरेका तीन जना पाकेटमारलाई प्रहरीले पक्राउ गरेका छन् । पाकेटमाहरुलाई ११ हजार रुपैयाँसहित महानगरीय प्रहरी वृत्त थिमिका टोलीले मङ्गलबार पक्राउ गरेका हुुन् । धनकुटा सागुरीगढी गाउँपालिका–७ स्थायी घर भई हाल ललितपुर ठैब बस्दै आएका २० वर्षीय नवीन राई, सिन्धुली घ्याङलेक गाउँपालिका–६ स्थायी घर भई हाल ललितपुर गोदावरी बस्दै आएका २६ वर्षीय राजिव गोले र मकवानपुर इपाचोक गाउँपालिका–८ स्थायी घर भई हाल ललितपुर ठैब बस्दै आएका २० वर्षीय रुविन कठायतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । काठमाण्डौबाट दुवाकोटतर्फ जाँदै गरेको बसमा सवार एक महिलाको ब्यागबाट पाकेट मारेर मध्यपुर थिमि नगरपालिका–९ राधेराधेमा भाग्दै गर्दा प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...