Thursday, August 6News That Matters

Month: ७ वर्ष अगाडि

वडा नम्बर ३ ले तेस्रो मेयरकपसँगै ३ लाख जित्यो

वडा नम्बर ३ ले तेस्रो मेयरकपसँगै ३ लाख जित्यो

खेलकुद, समाचार
जयराम पूर्वछाने मगर बेलाका/माघ १४ गते । उदयपुरको बेलका नगरपालिकामा संचालन भएको तेस्रो मेयरकपसँगै तीन लाख हात पारेको छ । तेस्रो मेयरकप फुटबल प्रतियोगीताको मंगलबार भएको फाईनल खेलमा वडा नम्बर ४ लाई ०–३ गोललेपछि पार्दै जित हात पारेको हो । प्रथम मेयरकप प्रतियोतामा बेनपाका मेयर दुर्गाकुमार थापाले एउटै टिमले तेस्रो मेयर कपसम्म जिते तीन लाख रुपैयाँ दिने घोषणा गरेको थियो । यस जितसँगै वडा नम्बर ३ ले तीनलाख नगद हात पार्न सफल भएको हो । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकु”मुल नाराको साथ बेलाका नगरपालिकाको सहययोमा नगर युवा तथा खेलकुद विकास समितिको आयोजना र सुनाखरी क्लवको सहआयोजनामा प्रतियोगीता भएको थियो । प्रतियोगीतामा नगरको ९ वटै वडाबाट १० टिमले सहभागिता जनाएको थियो । गत माघ ७ गतेबाट संचालन भएको आयोजकले जनाएको छ । वडा नम्बर ३ का जर्सि नम्बर १८ का कृष्ण शाहले पहिलो हापको ७ औँ मिन...
आज विदेशी मुद्राको भाउ घट्बढ

आज विदेशी मुद्राको भाउ घट्बढ

आर्थिक, समाचार
माघ १४ गते ।  आज विदेशी मुद्राको भाउ घटबढ भएको छ । मंगलबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १४ रुपैयाँ र बिक्रीदर १ सय १४ रुपैयाँ ६० पैसा तोकेको छ । हिजो खरिददर १ सय १३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ४३ पैसा रहेको थियो । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ १० पैसा र बिक्रीदर ३१ रुपैयाँ २६ पैसा थियो । ओमानी रियाल १ को खरिददर २ सय ९६ रुपैयाँ ९४ पैसा रहेको छ । हिजो यसको खरिददर २ सय ९८ रुपैयाँ ६१ पैसा रहेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा तोकेको छ । हिजो ३० रुपैयाँ ९९ पै...
चरीबाघको छालासहित दुई जना पक्राउ

चरीबाघको छालासहित दुई जना पक्राउ

समाचार
माघ १४ गते ।  दाङबाट चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेका छन् । दंगिशरण गाउँपालिका–१ निबासी २४ वर्षीय सौगात घर्ति र चेतबहादुर पुन छालासहित पक्राउ परका हुन् । चितुवाको छाला बोकेर हिँडिरहे भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटेका प्रहरी टोलीले सोमबार बेलुकी ५ बजे घोराही उप–महानगरपालिका–१४ को नयाँ बसपार्कबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुले बोकेको झोला चेकजाँच गर्ने क्रममा झोलाभित्र प्लास्टिकको बोरामा लुकाइ छिपाई राखेको टाउको (बङ्गरा) देखि पुच्छरसम्मको पूरै भाग भएको चितुवाको छाला बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।...
उदयपुरमा लागुऔषध सहित ४ जना पक्राउ

उदयपुरमा लागुऔषध सहित ४ जना पक्राउ

समाचार
उदयपुर, माघ १४ गते ।  त्रियुगाको लालपत्ताबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–६ को प्रहरी चौकी लालपत्ताबाट चेक जाँचमा खटेका प्रहरी टोलीले पक्राउ गरेका हुन् । लहानबाट गाईघाट तर्फ आउँदै गरेको ना ५ ख ८४७९ र ना १ ज ७३४३ नम्बरको यात्रुवहाक बसमा सवार चार जनालाई लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । ना ५ ख ८४७९ नम्बरको बसमा सवार त्रिनपा–१६ निबासी २२ वर्षीय सन्तोष परियार र मोरङ हसन्दह निबासी २३ वर्षीय पुष्पराज तिम्सिना पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नाईट्रोजेपाम ३४ ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ । त्यस्तै ना १ ज ७३४३ नम्बरको बसमा सवार सप्तरीको खडक नगरपालिका–५ निबासी २२ बर्षीय सुन्दर मण्डल र १५ बर्षीय मोहम्बद फिरोज पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट एक सय ८७ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेक...
कुटपिटबाट १ जनाको मृत्यु

कुटपिटबाट १ जनाको मृत्यु

समाचार
मोरङ, माघ १४ गते ।  मोरङको धनपालथानमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । धनपालथान गाउँपालिका–४ निबासी ३८ बर्षीय बिशुनदेव मुखियाको मृत्यु भएको हो । गत माघ ४ गते स्थानीय एक होटलमा मादक पदार्थ सेवन गरी भएको बादबिबाद र कुटपिटबाट घाईते भएका मुखियाको बिराटनगरका न्यूरो अस्पतालमा उपचारको क्रममा सोमवार राती साँढे ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटमा संग्लग्न रहेका सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । कुटपिटमा संग्लग्न स्थानीय ३० बर्षीय धनिराम मुखिया, २० बर्षीय हरिओम महतो, ३५ बर्षीय मणी चन्द्र महतो, ६१ बर्षीय रामबिलास महतो र ३२ बर्षीय शंकर महतोलाई ईलाका प्रहरी कार्यालय रङगेलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । त्यस्तै कुटपिटमा संग्लग्न १८ बर्षीय किसन महतो र १५ बर्षीया जमुनाकुमारी महतो सामान्य घाईते भएकाले प्रहरी चौकी कर्सियाको निगरानीमा स्थानीय मेडिकलमा उपच...
नवजात शिशु मृत फेला

नवजात शिशु मृत फेला

समाचार
सुनसरी, माघ १४ गते ।  सुनसरीको दुहवीमा एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ । दुहवी नगरपालिका–१२ पुर्वी कुशाहा बाँसटोलको पैनीमा साल नाल सहितको एक नवजात शिशु मृत फेला परेको हो । स्त्री जातको नवजात शिशु प्लास्टिकमा पोको पारेर फालेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । शव परिक्षणको लागी कोशी अस्पताल बिराटनगर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
ट्याक्टरबाट लडेर १ जनाको मृत्यु

ट्याक्टरबाट लडेर १ जनाको मृत्यु

समाचार
पाँचथर, माघ १४ गते । पाँचथरको हिलिहाङमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका–३ गोपेटारमा गतराती करिब पौने ७ बजे ट्याक्टरबाट लडेर शिवलाल काङ्वाङको मृत्यु भएको हो । कालापानीबाट गोपेटार तर्फ आउँदै गरेको मे १ त ३३१४ नम्बरको ट्याक्टरमा सवार याङवरक गाउँपालिका–४ निबासी ४३ वर्षीय काङवाङ ट्याक्टरबाट लडेर घाईते भएको थियो । उनको उपचारको क्रममा पाथिभरा अस्पताल फिदिममा राती करिब १ बजे मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।...
मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

समाचार
मोरङ, माघ १४ गते ।  मोरङको सुन्दरहरैचामा मोटरसाईकल दुर्घटना हुदा मोटरसाईकल चालकको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका–४ गछियामा भएको दुर्घटनामा चालक धिरेन्द्र खत्रीको मृत्यु भएको हो । पूर्वबाट पश्चिम तर्फ जादै गरेको को ३१ प ८८३ नम्करको मोटरसाईकल राती करिब पौने ११ बजे आफै अनियन्त्रित भई दुर्घटना हुदा ईटहरी–४ निबासी २६ वर्षीय खत्री घाईते भएको थियो । उनको उपचारको क्रममा  बिराटनगरको बिराट नर्सीङहोममा गतराती साँढे ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय वेलवारीले जनाएको छ ।...
लागु औषध न्युनिकरण सचेतना अभिमुखिअकरण कार्यक्रम सम्पन्न

लागु औषध न्युनिकरण सचेतना अभिमुखिअकरण कार्यक्रम सम्पन्न

समाचार, स्वास्थ्य
उदयपुर, माघ १४ गते । उदयपुरमा लागुऔषध दुव्र्यशन न्युनिकरणका लागि सचेतना अभिमुखिकरण कर्याक्रम सम्पन्न भएको छ । त्रियुगा नगरपालिका–२ मोथियाहीमा लागुऔषध दुव्र्यशन न्युनिकरणका लागि टोल स्तरिय सचेतना अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । जिल्लामा लागुऔधष दुव्र्यशनी भयाबह बन्दैै गईरहेकाले यसको न्युनिकरण गर्नका लागि स्थानीय नागरिकलाई सचेत गराउने उद्देश्यका साथ टोल स्तरिय सचेतना अभिमुखिकरण कार्यक्रममा बृहत छलफल गरिएको थियो । उक्तमा सहभागिहरु टोल विकास समितिका अध्यक्षहरु, प्रमुख अतिथी, अतिथी, र स्थानीय सरोकारवालाहरुले प्रतिबद्धता हस्ताक्ष गरेका हुन् । यस अभियानमा २०६७ सालदेखि निरन्तर रुपमा लागि परेका अभियन्ता सागर नेपाललाई उच्च मुल्याङ्कन गर्दै सम्मान गरिएको थियो । उनलाई सम्मान पत्रका साथ खादा ओढाएर सम्मान गरिएको थियो । १ न. प्रदेशलाई धुम्रपान, मध्यपान र लागुऔषध निषेधित क्षेत्र बनाउनका ला...
१५ दिने मैनी मेला ३ दिन थपियो

१५ दिने मैनी मेला ३ दिन थपियो

समाचार
आशिष वस्नेत  कटारी/माघ १३ गते । कटारीको खोक्सामा लाग्ने त्रिवेणी मैनी मेला १८ गतेसम्म लाग्ने भएको छ । कटारी नगरपालिका–२ खोक्सामा माघ १ गतेबाट १५ गतेसम्म लाग्ने मेला तीन दिन थपिएर १८ गतेसम्म लाग्ने भएको हो । परापूर्व कालदेखि प्रत्येक माघ १ गतेबाट लाग्ने मेला दश वर्षे जनयुद्धपछि १५ दनि लाग्दै आएकोमा यसपालि तीन दिन थपेर १८ दिनसम्म मेला लाग्ने भएको आयोजक समितिले जनाएको छ । सास्कृतिक कार्यक्रमको आयोजनासँगै १८ गतेसम्म मेलालाई लम्बाएको मेला व्यवस्थापन समितिका अध्यक्ष केशव धमलाले बताए । कमला , ककरु र तावा खोलाको संगम स्थलमा मेला लाग्ने भएकाले मैनीमेलालाई त्रिवेणी मेला भन्ने गरीएको स्थानीयबासीले बताएका छन् । विशेष माघ १ गतेदेखि १५ गतेसम्म विभिन्न पुजा आरधना गरी मेला मनाउने चलन रहि आएको छ । त्रिवेणी घाटमा पुजा आरधना गरे मनोकाङ्क्ष पुरा हुने विश्वा रहि आएको छ । भाकल गरेको भाकल बुझाउन र प...