पत्रकारीता क्षेत्रलाई कुण्ठित गर्न खोजीयो : पूर्व मन्त्रि बस्नेत
उदयपुर, माघ १३ गते ।
राज्य संचालन गर्ने शासकहरुले पत्रकारीता क्षेत्रलाई कुण्ठित गर्न खोजेको पुर्व मन्त्रि तथा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका बरिष्ठ नेता हरिबहादुर बस्नेतले बताएका छन् । पञ्चायत भन्दा पहिलादेखि पञ्चायतमा र अहिले पनि पत्रकारीतालाई खुम्च्याउने प्रयास भईरहेको सोमबार पत्रकार भेटघाटमा पूर्व मन्त्रि बस्नेतले बताएका हुन् ।
शासकहरुको पहिलो आँखा पत्रकारीतामा पर्ने भएकाले यस क्षेत्रलाई लगाम लगाउन खोजेकोका पूर्व मन्त्रि बस्नेतले बताए । पत्रकारीताको कानुन निर्माण गर्दा होस् वा प्रेस काउन्सिलका प्रमुख नियुक्ति गर्दा होस् । यसको विरोध गर्न सक्नु पर्ने आवश्यता भएको पुर्व मन्त्रि बस्नेतले बताए ।
पूर्व मन्त्रि बस्नेतले अहिले सवै संवैधानिक अंगहरुलाई बन्धक बनाईएको आरोप लगाएका छन् । संवैधानिक अंगका प्रमुखहरु नियुक्ति राजनैतिक तहबाट हुने भएकाले बन्धक बनाउने प्रयास बढी रहेको उनले...








