Thursday, August 6News That Matters

Month: ७ वर्ष अगाडि

थारु सिंगिङ स्टारको गाईघाट अडिशनमा १४ जना छनौट

थारु सिंगिङ स्टारको गाईघाट अडिशनमा १४ जना छनौट

मनोरञ्जन, समाचार
उदयपुर, माघ १२ गते ।   थारु सिंगिङ स्टार प्रथम संस्करणको गाईघाटमा भएको पहिलो अडिसनमा १४ जना छनौट भएका छन् । शनिबार भएको पहिलो अडिसनबाट १४ जना छनौट भएका हुन् । स्टारको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाकी उप–मेयर देवीकुमारी चौधरीले थारु प्रतिभा पहिचानको माध्यम भएकोले यस कार्यक्रमले निरन्तरता दिन आग्रह गरेकी छिन् । कार्यक्रमलाई सहयोग गर्न त्रियुगा नगरपालिकाले जुनसुकै सहयोग गर्ने प्रतिवद्धतासमेत चौधरीले जनाएकी छिन् । आधुनिक गीत मात्र नभएर थारुको पौराणिक गीतहरुको पनि पहिचान गरी संरक्षण गर्न आवश्यक रहेको उप–मेयर चौधरीले बताईन् । कला क्षेत्रमा सवै भन्दा बढी थारुको नै पौराणिक गीतहरु धुमरा नाच, विरहैन, चाँचैर, फगुवा, समाचकेवा लगायतको बाह्र माहिनामा गाईने गीतहरु भएकोले यसको संरक्षणमा विवेकशील थारु युवा समूहले ध्यान दिनु पर्ने उनले बताईन् । केहि वर्षदेखि नगर भित्र रहेका थारुहरुले मनाउने जि...
सहमति विपरित ट्रिपर संञ्चालन

सहमति विपरित ट्रिपर संञ्चालन

समाचार
आशिष वस्नेत कटारी / माघ , ११ कटारी सिद्धिचरण राजमार्ग मिर्चैया–कटारी सडकखण्ड अन्र्तगत सहमति विपरित ट्रिपर संञ्चालन भईरहेको स्थानीयले गुनासो गरेको छ ।  । कटारीको देबिधापबाट तावाखोला र कमला खोलाबाट ट्रिपर संञ्चालन गर्नुपर्ने सहमति भएपनि राजमार्गबाटै ट्रिपर संञ्चालन भईरहेको हो । दिन रातै संञ्चालनमा आईरहने ट्रिपरले स्थानीयहरुमा ठुलो समस्या आईरहेको स्थानीयहरुको आपत्ति छ । राजमार्ग बाट संञ्चालनमा आएको ट्रिपरले स्थानीयहरुलाई धुलो धुवाँ, ध्वनी बाटोमा हिड्न समस्या हुनुका साथै आफुहरु सुरक्षित हुन समस्या भएको स्थानीय धन बहादुर राईले बताउनुभयो । सिरहाको मारुति सिमेण्टका लागि सिन्धुलीको दुधौली ककुरठाकुरबाट उत्खनन गरिएको चुनढुंगा कटारीको राजमार्गबाट संञ्चालन नगरी वैकल्पिक मार्गबाट संञ्चालन गर्ने यस अघि नै स्थानीयहरु सँग सहमति भएको थियो । जय भुजेलका अनुसार अहिले ट्रिपरहरु हडैयाबाट , सिमानपुर...
उदयपुरमा पहिलो फुटसल प्रतियोगीता सम्पन्न

उदयपुरमा पहिलो फुटसल प्रतियोगीता सम्पन्न

खेलकुद, समाचार
उदयपुर, माघ ११ गते । उदयपुरमा पहिलो पटक भएको फुटसल प्रतियोगीता शनिबार सम्पन्न भएको छ । सगरमाथा मोडेल स्कुलको आयोजनामा भएको प्रतियोगीता सम्पन्न भएको हो । “स्वस्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराको साथ सप्ताहिक कार्यक्रम अन्तरगत भलिबल, एथलेटिक्स, म्याम रेस र म्यूजिकल चियर खेलमा प्रतिस्पधा भएको थियो । विद्यार्थीमा लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गर्दै खेलको माध्येमबाट अगाडी बडाउने उद्देश्य रहेको सथरमाथा मोडेल स्कूलका प्रधानध्यापक पुरुषोतम सापकोटाले बताए । म्यूजिकल चियर प्रतियोगीतामा अभिभावकलाई समेत सहभागि गराएको उनले बताए । कार्यक्रममा १२ औँ राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता पुष्प विकलाई अभिन्दन गरेको थियो । त्यस्तै १ न. प्रदेशबाट रजत वजेता विद्यार्थी रोशन चोधरीलाई पुरस्कृत गरिएको प्रअ सापकोटाले बताए । प्रतियोगीताका विजेता उपविजेतालाई पदक र प्रमाण पत्रले ...
नेपालमा फेला परे कोरोना भाइरसको सङ्क्रमण

नेपालमा फेला परे कोरोना भाइरसको सङ्क्रमण

समाचार, स्वास्थ्य
माघ ११ गते । नेपालको छिमेकी राष्ट्र चिनबाट फैलिएको कोरोना भाईरस नेपालमा पनि देखा परेको छ । चिनबाट आएका एक विद्यार्थीमा भाईरको सङ्क्रमण देखा परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाएको हो । “चीनको युवान क्षेत्रबाट नेपाल आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सो को निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको र हाल उक्त व्यक्ति लक्षणविहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको जानकारी गराउँछौँ, यसबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सघन निगरानी तथा विस्तृत अध्ययन गरिरहेको छ ।” विज्ञाप्तमा उल्ले गरिएको छ । बिरामीका नजिकमा आएकाको खोजी गरी पहिचान तथा परीक्षणको काम भइरहेको छ । यस बारे अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीका प्रावधान अनुसार विश्व स्वास्थ्य सङ्गठनलाई विस्तृत जानकारी गराउने मन्त्रालयले जनाएको छ । अहिले...
शक्तिशाली भूकम्पमा १९ जना भन्दाबढीको मृत्यु

शक्तिशाली भूकम्पमा १९ जना भन्दाबढीको मृत्यु

समाचार, संसार
माघ ११ गते ।  टर्कीमा गतराती ६.८ म्याग्निच्युडको भूकम्पमा परि १९ जना भन्दा बढीको मृत्यु भएको छ । एलाजिग प्रान्तको सिभ्रिस बजार केन्द्र विन्द्र भएर गएको भूकम्पले ठूलो धनजनको क्षती भएको संचारमाध्यमहरुले जनाएको छ । अहिले उद्धारको कार्य भईरहेको छ भने भूकम्पको धक्का सिरिया, लेबनान र इरानमासमेत महसुस गरिएको थियो । भूकम्पकले सयौँ भवनहरुमा क्षति पुग्दा कयौँ घाइते भएका छन् । भूकम्पको ठूलो धक्कापछि ६० भन्दा बढी परकम्पहरू गएको टर्कीको विपद व्यवस्थापनसम्बन्धी निकायले जनाएको छ ।...
भिरबाट लडेर १ जनाको मृत्यु

भिरबाट लडेर १ जनाको मृत्यु

समाचार
ताप्लेजुङ, माघ ११ गते । ताप्लेजुङ पाथिभरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । पाथिभरा याङबरक–४ डुम्रिसे निबासी ४७ बर्षीय राजमान तामाङको लडेर मृत्यु भएको हो । घोप्टे भिरमा खर काट्ने क्रममा शुक्रबार बिहान ११ बजे लडेर  घाईते भएका तामाङलाई उपचाराको क्रममा मृत्यु  भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।...
थारु सिंगिङ स्टारको पहिलो अडिसन सो गाईघाटमा हुने

थारु सिंगिङ स्टारको पहिलो अडिसन सो गाईघाटमा हुने

मनोरञ्जन, समाचार
उदयपुर, माघ १० गते ।  थारु सिंगिङ स्टार प्रथम संस्करणको पहिलो सो उदयपुरको गाईघाटमा हुने भएको छ । विवेकशील थारु युवा समूहको आयोजनामा माघ ११ गतेदेखि गाईघाटमा सो हुने भएको हो । ‘थारु सिंगिङ स्टार २०७६’ प्रथम संस्करण पहिलो अडिसनको तयारी पुरा भएको आयोजकले शुक्रबार एक पत्रकार सम्मेलनमा जनाकारी गराएको थियो ।  १ न. प्रदेशमा बसोबास गर्ने थारु समुदायका थारुहरुमा गायन प्रतिभा भएका युवाहरुलाई लक्षित गरी सिंगिङ स्टारको आयोजना गरिएको संस्थाका सचिव वीरबल गच्छदारले बताए । अडिसनको पहिलो सो औपाचारीक कार्यक्रमको साथ हुने उनले बताए ।आगामी माघ १४ गते झुम्का, १८ गते विराटनगरको नेता चोक, २४ गते विर्तामोड र २६ गते दुहवीमा अडिसन हुने गच्छदारले बताए । थारु समुदायमा लुकेर रहेका गायन प्रतिभाको पहिचान गर्दै उजागर गरी प्रोत्सहान गर्ने उद्देश्य रहेको उनले बताए । स्टार विजेता तथा उपविजेतालाई नगद, ताज सहित थारु तथा ...
सवारी दुर्घटनामा २ लाखको क्षती

सवारी दुर्घटनामा २ लाखको क्षती

समाचार
उदयपुर, माघ १० गते । उदयपुरमा बालबहाक ट्रक दुर्घटना भएको छ । त्रियुगा नगरपालिका–६ लालपत्तामा ब्रेक फेल भई ट्रक दुर्घटना भएको हो । विराटनगरबाट गाईघाट तर्फ आउँदै गरेको को १ ख ३१०१ नम्बरको ट्रक ब्रेक फेल भएर करिब दिउँसो १२ बजे सडकमा पल्टिएको थियो । एक सय १७ बोरा चामल लिएर आउँदै गरेको ट्रक दुर्घटनामा चालक र सहचालक सुरिक्षत रहेको छ भने करिब दुई लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।...
३ पालिकालाई पूर्व विपद् तयारीको सामामाग्री हस्तान्तरण

३ पालिकालाई पूर्व विपद् तयारीको सामामाग्री हस्तान्तरण

समाचार
उदयपुर/माघ, ९ जाल्पा एकीकृत विकास समाज नेपालले छिटो र सरल तरिकाले विपद् व्यवस्थापनमा सहयोग पुराउने भन्दै पूर्व विपद् तयारीका गैरखाद्य सामाग्रीहरु ३ गाउँपालिकालाई हस्तान्तरण गरेको छ । आआफ्नो क्षेत्रहरुमा आईपर्ने विपदलाई तत्काल उद्धार तथा राहत सामाग्रि उपलब्ध गराउन स्थानीय सरकारको छिटो पहल रहने भन्दै पालिकाहरुलाई सामाग्रि हस्तान्तरण गरिएको हो । सामाग्रि कुनै पनि विपद्मा परेकाहरुलाई तत्काल राहत वितरणमा आफ्नो नजिकैको स्थानीय सरकारले सरल र छरितो रुपमा प्रदान गर्ने भन्दै पालिकाहरुलाई हस्तान्तरण गरिएको हो ।सो सामाग्रि विपद्मा परेको कुनै पनि परिवारहरुलाई पालिकाले पहिचान गरी प्रदान गर्ने बताएको छ । बिहिबार गाईघाट स्थित वल्र्ड भिजन इन्टरनेशनलको सहयोगमा रौतामाई गाउँपालिका, ताप्ली गाउँपालिका र उदयपुरगढी गाउँपालिकालाई सामाग्री हस्तान्तरण गरिएको छ । विपद् कुनै पनि समयमा आईपर्न सक्ने हुनाले पूर्व त...
दैलेखमा २ सय ४१ छाउगोठ भत्कियो

दैलेखमा २ सय ४१ छाउगोठ भत्कियो

समाचार
माघ ९ गते । गृह मन्त्रालयको निर्देशनमा दैलेखमा धमाधम छाउगोठ भत्काएको छ । गृह मन्त्रालयले चालको छाउ गोठ भत्काउने अभियान अन्तर्गत दुई सय ४१ छाउगोठ भत्काएको हो । गत पुस २१ गतेदेखि छाउगोठ भत्काउन थालिएको थियो । गत पुस २१ देखि माघ ६ गतेसम्म पाँचवटा स्थानीय तहमा दुई सय ४१ छाउगोठ भत्काएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।  अछामसँग सिमाना जोडिएको आठबिस नगरपालिकामा जिल्लाकै बढी एक सय १२ छाउगोठ भत्काइएको प्रहरीले जनाएको छ । त्यसैगरी भैरवी गाउँपालिकामा ५८, दुल्लु नगरपालिकामा १३, गुराँस गाउँपालिकामा तीन, चामुण्डाविन्द्रासैनी नगरपालिकामा २० र अन्य स्थानीय तहमा गरी दुई सय ४१ छाउ गोठ भत्काइएको प्रहरीले जनाएको छ ।...