Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

निको भएका ३ जनामा दोहोरियो संक्रमण

निको भएका ३ जनामा दोहोरियो संक्रमण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २४ गते ।  कोरोना भाईरस (कोभिड–१९) को संक्रमित उपचारपछि निको भएर घर फर्किएका तीन जनामा फेरि संक्रमण देखिएको छ । काठमाण्डौ, वीरगञ्ज र रौतहटका एक/एक जनामो संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपचारपछि निको भएका वीरगञ्जको एक जनामा फेरि संक्रमण देखिएपछि अस्पतालमा भर्ना भएको छ । त्यस्तै काठमाण्डौको सनसिटी अपार्टमेन्टका एक पुरुष उपचारपछि निको भएको थियो । उनलाई पनि फेरि संक्रमण भएको जनाईएको छ । त्यस्तै भारतबाट फर्केका रौतहटका एक युवकमा पनि संक्रमण दोहोरिएको जनाईएको छ ।...
नेपालमा कोरोनाका जिनको अध्ययन गरिने

नेपालमा कोरोनाका जिनको अध्ययन गरिने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २४ गते ।  कोरोना भाइरस (कोभिड–१९) को अणुवांशिक (जिन) को अध्ययन नेपालमा हुने भएको छ । कोरोनाको विभिन्न जिन रहेकाले अध्ययनबाट नेपालमा रहेको जिन पत्ता लगाइने छ । यसका लागी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जिनसँग सम्बन्धित विभिन्न वैज्ञानिकसँग छलफलसमेत गरिसकेको छ । नेपालमा आएको जिन कस्तो प्रकारको हो भनेर अध्ययन गर्न थालिएको नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले जनाएको छ । अरू देशमा महामारी फैलिएको र बिरामीको मृत्यु भईरहे पनि नेपालमा संक्रमितको अवस्था सामान्य रहेकाले जिनको अनुसन्धान गर्न थालिएको जनाईएको छ । अध्ययनका लागि भाइरोलोजीमा काम गरिरहेका जिन विज्ञ, संस्था र विदेशमा रहेका वैज्ञानिकसँग छलफल गरिएको छ । अहिलेसम्मको नेपालमा कोरोनाको लक्षणविना नै संक्रमण देखिएकाले अध्ययनपछि पुष्टि हुने जनाईएको छ । संक्रमितहरूकै स्वाब र रगतबाट ...
साढे २ हजार रोपनीमा फौजि किराको प्रकोप

साढे २ हजार रोपनीमा फौजि किराको प्रकोप

समाचार
मिलन परियार बैशाख २४ गते । रौतामाई गाउँपालिका–४ को साढे दुई हजार रोपनीमा लगाएको मकै बालिमा फौजी किराको प्रकोप फैलिएपछि कृषक चिन्तित बनेका छन् । अमेरिकन फौजि किराले वडाको पोखरी, सल्ले, भदौरे, मालबासे, गोठडाँडा, नचने, सर्के र रसुवा गाउँ बस्तिको दुई हजार तीन सय ७५ रोपनी क्षेत्रफलमा लगाएको मकै बालि नष्ट गरेको हो । भर्खर छरेको मकै किराले खाएर नष्ट गर्न थालेपछि कृषकहरु चिन्तित बनेको रौतामाई गाउँपालिका–४ का वडाध्यक्ष चन्द्रकुमार मगरले बताए । मुख्य बालिको रुपमा रहेको मकैको विरुवा नै किराले खाएर नष्ट गर्न थालेपछि किराको प्रकोप नियन्त्रण गर्नका लागी गाउँपालिका, गाउँपालिकाको कृषशी शाखा र कृषी ज्ञान केन्द्रलाई जानकारी गराई सकेको वडाध्यक्ष मगरले बताए । पालिकाको २, ३, ४, ५, ६, ७ र ८ वटा वडाहरुमा लगाएको मकै बालिमा किराको प्रकोप फैलिन थालेपछि उक्त क्षेत्रको तथ्याङ्क सकलन गरी आवश्यक विषादी गरी...
भुल्केमा आज पुनः परिक्षणका लागि स्वाव संकलन हुदै, १६० को स्वाव लिइसकियो

भुल्केमा आज पुनः परिक्षणका लागि स्वाव संकलन हुदै, १६० को स्वाव लिइसकियो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख २४ । देशकै सबैभन्दा बढि कोरोना संक्रमित २८ जना भेटिएको उदयपुरको भुल्केमा आज पुनः परिक्षणका लागि नमुना संकलन कार्य भइरहेको छ । आज विहानदेखि नै थालिएको परिक्षण कार्य १० बजेसम्ममा १ सय ६० जनाको स्वाव नमुना संकलन भएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो । प्रभावित क्षेत्रकालाई आवश्यकता अनुसार पुनः परिक्षण गर्ने र अन्य केही थप स्थानीयको पनि नमुना स्वाव संकलन गरिएको प्रमुख सुवेदीले बताउनुभयो । पुनः परिक्षण र नयाँ थप केहीका गरी करिब ३ सय ५० जनाको नमुना स्वाव संकलन गरी परिक्षण गरिने बताइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेतको सहयोगमा सुरक्षा घेरामा रहेको उक्त स्थान भुल्के गत वैशाख ५ गतेदेखि नै शिल रहेको छ ।...
भुल्केमा पुनः स्वाव नमुना संकलन हुने, केही थप स्थानीयको पनि हुने

भुल्केमा पुनः स्वाव नमुना संकलन हुने, केही थप स्थानीयको पनि हुने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख २३ ।  देशकै सबैभन्दा बढि कोरोना संक्रमित स्थान उदयपुरको भुल्केमा भोली (बुधबार) पुनः स्वाव नमुना संकलन हुदैछ । केहीको पुनः परिक्षणका लागि स्वाव संकलन र केही थप स्थानीयहरुको पनि स्वाव नमुना संकलन गरि परिक्षणलाई पठाइने जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो । यसअघि वैशाख ६ देखि ८ गतेसम्म तीनदिनमा ३ सय ३७ जनाको स्वाव परिक्षण गरिएकाहरु मध्येबाट २८ जना संक्रमित फेला परेका थिए । त्यसपछि पनि संक्रमितको सम्पर्कको आधारमा र संकास्पदहरु दुईसय बढिको स्वाव नमुना संकलन गरी परिक्षण गरिदा रिपोर्ट नेगेटिभ आएको छ । पहिलो पटक परिक्षण गरिएकाको आज दुईहप्ता पुरा भएकाले पुनः परिक्षणका लागि स्वाव संकलन गरिने भएको हो । पहिलो परिक्षणमा कमि कमजोरी भएको हुनसक्ने कुरालाई मध्ये नगर गर्दै वा त्यसबेला संक्रमणको असर नदेखिएको हुनसक्ने कुरालाई मध्ये नजर गर्दै फेरी स्वाव प...
खोलाले बगाएर १ बालिकाको मृत्यु

खोलाले बगाएर १ बालिकाको मृत्यु

समाचार
खोटाङ, बैशाख २३ गते । खोटाङको साप्सु खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा निबासी शुक्र रोक्काको छोरी १४ बर्षीया अम्बिका रोक्काको खालाले बगाएर मृत्यु भएको हो । सोमवार दिउँसो बाख्रा चराउन गएका अम्बिका घर फर्किदा बाटोमा पर्ने साप्सु खोला तर्ने क्रममा अचानक बाढीले बगाई बेपत्ता  भएको थियो । बालिका बेपत्ता भएको जनाकारी पाउना साथ तत्काल प्रहरी चौकी चिउरीडाँडाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा खोजतलास गर्ने क्रममा बगाएको स्थान भन्दा करिव १ किलोलमिटर तल मृत अवस्थामा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।...
जंगली च्याउ खाँदा बुबा छोरा बिरामी

जंगली च्याउ खाँदा बुबा छोरा बिरामी

समाचार
संखुवासभा, बैशाख २३ गते । संखुवासभाको सभापोखरीमा जंगली च्याउ खाँदा वुवा छोरा विरामी परेका छन् । सभापोखरी गाउँपालिका–६ बाह्रबिसेका ४५ बर्षीय सुर्यबहादुर लिम्बु र उनको ६ बर्षीय छोरा आमोस लिम्बु जंगली च्याउ खाँदा बिरामी भएका हुन् । घर नजिकै जंगलबाट टिपेर ल्याएको च्याउ सोमवार बेलुका पकाएर खाएपछि बुबा छोरा बिरामी भएको प्रहरीले जनाएको छ । उनीहरुको जिल्ला अस्पताल खाँदवारीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।...
कोरोना संक्रमतबाट नाइजरका श्रममन्त्रीको मृत्यु

कोरोना संक्रमतबाट नाइजरका श्रममन्त्रीको मृत्यु

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २३ गते ।  कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट अफ्रिकी देश नाइजरका श्रम तथा रोजगार मन्त्री मोहमद बेन ओमारको मेृत्यु भएको संचारमाध्यमहरुले जनाएको छ । राजधानी नियामेमा उपचारकै क्रममा ५५ वर्षीय बेन ओमारको आइतबार मृत्यु भएको सत्तारुढ सोसल डेमोक्राटिक पार्टी (पीएसडी)ले जनाएको छ । यस अघि मन्त्री ओमारले कोरोना भाइरस निकै खतरनाक र घातक रहेको तथा यो प्रकाशको गतिमा तीव्र रुपमा फैलिने स्वभावको रहेको सन्देश दिएको थियो ।  मन्त्रि बेन ओमारको मृत्यु प्रति अत्यन्त दुखित भएको नाइजरका राष्ट्रपति मोहमदु इसोफुले बताएका छन् । नाइजरमा अहिलेसम्म सात ५५ जनामा कोरोना संक्रमण देखा परेको छ भने ३७ जनाको मृत्यु भएको जनाईएको छ । अहिले नाइजरमा आपतकालीन स्थितिको घोषणा गर्नुका साथै यसका सीमा, धार्मिक स्थल तथा विद्यालयहरु सबै बन्द गरिएका छन् ।...
कोरोना रोकथाम तथा नियन्त्रण बारे बेलकामा अनुगमन

कोरोना रोकथाम तथा नियन्त्रण बारे बेलकामा अनुगमन

समाचार
बेलका/बैशाख, २३ प्रदेश सांम्सदहरु सहितको टोलीमा जिल्ला समन्वय समिति उदयपुरले बेलका नगरपालिकाको क्वारेन्टाइन र स्वास्थ्य सहायता कक्षहरुको मंगलबार अनुगमन गरेको छ । समन्वयले बेलकामा कोरोनाको अवस्था, रोकथाम र नियन्त्रणका लागि आवश्यक समन्वय गर्दै  नगरमा तयार पारिएका भौतिक निर्माणको अवस्थालाई स्थलगत अनुगमन गरि बुझेको छ । जिल्ला समन्वय समितिको संयोजकत्वमा प्रदेश सरकारको निर्देशन अनुसार प्रदेश सांम्सदहरुले आफ्नो जिल्ला र क्षेत्रहरुमा बिषेश भुमिका खेल्नु पर्ने भन्दै प्रदेश सांम्सद र जिल्ला समन्वय समिति सँगको सहकार्य र सहमन्वयमा १ नं प्रदेशका प्रदेश सांम्सदहरु विमल कार्की, अम्बिका थापा, सुनिता चौधरी, जिल्ला समन्वय परिषद उदयपुरका संयोजक खड्ग परियार, र जिल्ला समन्वय परिषद उदयुरका सह संयोजक गंगा राई सहितको टोलीले बेलका नगरपालिका स्थित कोरोन अवस्थाबारे अनुगमन गरेको हो । बेलका नगर प्रमुख दुर्गा ...
अति कम्जोर सदा वस्तीमा राहत वितरण

अति कम्जोर सदा वस्तीमा राहत वितरण

समाचार
गाईघाट/बैशाख, २३  त्रियुगा नगरपालिका वडा नं ९ उत्रायीटोल लगाएत सदा वस्तीहरुमा राहत वितरण गरिएको छ । लकडाउनका कारण अन्य समुदायहरु भन्दा पनि अझै कम्जोर अवस्थामा चुलै बल्न नसकिरहेको सदा वस्तीहरु उत्रायीटोल, डाँडाटोल, गैरुन, रातमाटे, सयपत्रीटोलका सदाहरुलाई ग्लोवल फोरम अमेरिका र समता फाउण्डेसनको आर्थिक सहयोग र ग्लोवल फोरम काठमाण्डौँको समन्वयमा खाद्यन्न राहत उपलब्ध गराइएको हो । सदा परिवार लगाएत आसपासमा रहेका अन्य विपन्न तथा कम्जोर मिश्रित परिवारमा पनि खाद्यन्न वितरण गरिएको छ । खाद्यन्नको लागि दलित अधिकार संञ्जाल उदयपुरका अध्यक्ष दिलिप रसाइलीले ग्लोवल फोरम अमेरिकाका र समता फाउण्डेसन काठमाण्डौँ सँग प्रत्यक्ष सहजिकरण तथा समन्वय गर्नुभएको थियो । राहत प्याकेजमा प्रत्येक घर १० केजी चामल १ पोका नुन, १ पोका तेल, र १ केजी दाल गरी खाद्यन्न वितरण गरिएको छ । वडाले छनोट गरेको अति विपन्न ११० परिवारहर...